डुबानसँगै मोरङमा सात सय ५५ परिवार विस्थापित

२०७६-३-२७ शुक्रबार
माेरङ / केही दिनदेखि परिरहेको निरन्तरको वर्षासँगै घर डुबानमा परेपछि मोरङमा सात सय ५५ परिवारका विस्थापित भएका छन् । शुक्रबारसाँझ सम्ममा सात सय ५५ परिवारका ३५ सय भन्दा बढी जनसंख्या डुबानको चपेटामा परेर विस्थापित बनेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए । विराटनगर महानगरपालिका, बूढीगंगा, कटहरी, धनपालथान र जहदा गाउँपालिकाका धेरै जसो घर डुबानमा...

छोराले बिहे गर्न नमान्दा कुटिएका व्यक्तिको मृत्यु भएपछि तनाव, दुई जना वडा अध्यक्षसहित ७ जना विरुद्ध जाहेरी

२०७६-३-२७ शुक्रबार
माेरङ / छोराको बिहे गर्न नमान्दा २८ दिन अघि जनप्रतिनिधि समेतको संलग्नतामा कुटिएका एक व्यक्तिको मृत्यु भएपछि शुक्रबार विराटनगरको कोसी अस्पताल बाहिर अवस्था तनावग्रस्त बनेको छ । अस्पताल प्रवेश गर्ने ठाउँमै सडक अवरुद्ध पार्दै शव राखेर आफन्त प्रदर्शनमा उत्रिएपछि अवस्था तनावग्रस्त बनेको हो । बुवाले हेरेको केटीसँग छोराले बिहे गर्न नमान्दा जनप्रतिनिधिसमेतको उपस्थितिमा विराटनगर–१४ जतुवाका...

गर्धनमा बलले लागेर भारतीय क्रिकेटरको मृत्यु

२०७६-३-२७ शुक्रबार
खेलका दौरान गर्धनमा बल लागेर एक भारतीय युवा क्रिकेटरको ज्यान गएको छ । कस्मिरका यु–१९ क्रिकेटर जहाँगिर अहमद वार एक प्रतियोगिता खेलिरहेका थिए । बिहीबार गर्धनमा बल लागेपछि बेहोस भएका वारलाई अस्पताल लगिएको थियो तर अस्पतालले उनलाई मृत घोषित गर्यो । ११ कक्षामा पढ्ने जहाँगिर हालै यु–१९ क्रिकेट क्याटेगोरीमा छनोट भएका थिए । उनी बारामुला...

बिवाह समारोहमा आत्मघाती आक्रमण, पाँच सर्वसाधारणको मृत्यु

२०७६-३-२७ शुक्रबार
अफगानिस्तानको पूर्वी क्षेत्र नान्गाहार प्रान्तको पाचिरागाम जिल्लामा भइरहेको एक बिवाह समारोहमा भएको आत्मघाती आक्रमणमा परी पाँच सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य कैयौँ घाइते भएका छन् । एक सरकारी अधिकारीले एएफपी समाचार समितिलाई उक्त जानकारी दिएका छन् । सर्वसाधारण नागरिकको हत्या नगर्ने दाबी गर्दै आएका तालिबान लडाकू समूहले उक्त आक्रमणको जिम्मा लिन अस्विकार गरेका छन् ।...

उर्लियो हनुमन्ते, भक्तपुरमा डुबान शुरु, प्रशासनद्धारा उच्च सतर्कता

२०७६-३-२७ शुक्रबार
  भक्तपुर / अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान शुरु भएको छ । हिजोदेखि नै परेको अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी खोलाभन्दा माथि आएपछि बस्तीमा पानी पस्न थालेको हो । हनुमन्तेमा बाढी उर्लिएपछि जिल्ला प्रशासन कार्यालयले हनुमन्ते नदी आसपासका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ भने नदी...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टादेखि अवरुद्ध

२०७६-३-२७ शुक्रबार
काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चिप्लिएको यति एयरलाइन्सको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान सकस भएको छ । धावन मार्गमा विमान चिप्लिएका कारण झण्डै चार घण्टादेखि मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध रहेको छ । निरन्तरको प्रयासका बाबजुत पनि विमानलाई निकाल्न नसकिएको महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँले विमान...

विपद्बाट हुने क्षति रोक्न तीनै तहका सरकार ‘हाइ अलर्ट’

२०७६-३-२७ शुक्रबार
काठमाडौँ / मनसुन सक्रिय भएसँगै मुलुकमा विपद्बाट हुनसक्ने सम्भावित क्षति रोक्न तीनै तहका सरकार र सम्बद्ध निकाय ‘हाइ अलर्ट’को अवस्थामा रहेका छन् ।विपद जोखिम न्यूनीकरण, तत्काल उद्धार तथा राहतका लागि बाढीबाट प्रभावित मुलुकका २४४ स्थानलाई उच्च जोखिम क्षेत्र पहिचान गरी सरकारी क्षमताले भ्याएसम्मका तयारी गरिएको छ । मुलुकको पहाड र हिमाली क्षेत्र पहिरोको उच्च जोखिममा...

पूर्वी र मध्य भेगमा उच्च सतर्कता अपनाउन आग्रह : सबै नदीहरूमा बहाव उच्च

२०७६-३-२७ शुक्रबार
काठमाडौँ / मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसम विश्लेषणसम्बन्धी आज विषेश बुलेटिन जारी गर्दै मनसुन तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बद्ली रही धेरैजसो...

विराटनगरका अधिकांश स्थान डुबानमा : प्रदेशसभाको पानी मोटरले फालिदै ( तस्बिरहरू सहित )

२०७६-३-२७ शुक्रबार
विराटनगर / तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने सिंगिया खोलामा आएको बाढीले विराटनगर वडा नं १, २ र ८ का केही क्षेत्र आज बिहानदेखि डुबानमा परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–१ स्थित परोपकार...

लेदोले सडक पुरिदा पृथ्वीराजमार्ग अवरुद्ध

२०७६-३-२७ शुक्रबार
मुग्लिन / पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । मुग्लिन–नौबिसे सडकखण्डअन्तर्गत चितवन र धादिङको सिमानामा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजीकै माथिबाट झरेकोे लेदोले सडक पुरिएपछि आज दिउँसो १२ः३० बजेदेखि सडक अवरुद्ध भएको हो । डोजर लगाएर लेदो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लेदो झरेर सडक अवरुद्ध भएपछि सवारी साधनहरू...

ठाउँ ठाउँमा पहिरो : यात्रामा सास्ती

२०७६-३-२७ शुक्रबार
  बागलुङ / मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ । बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा...

आगलागीबाट चार जनाको मृत्यु

२०७६-३-२७ शुक्रबार
नानचाङ / चीनको साङ्गारो नगरको एक आवासीय भवनमा शुक्रबार भएको आगलागीमा परी चार जनाको ज्यान गएको छ । चीनको जिङ्सी प्रान्तमा पर्ने सो नगरको आवासीय भवनमा आगलागी भएको र त्यसमा परी ज्यान गुमाउनेमा एकै परिवारका या अरु हुन् भन्ने बारेमा भने केही बताइएको छैन । यहाँका स्थानीय अधिकारीहरुले आगलागीमा परी चार जनाको ज्यान गएको पुष्टि...

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

२०७६-३-२७ शुक्रबार
मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त...

वर्षका कारण सिंहदरबारको पर्खाल भत्किदा सडक अवरुद्ध

२०७६-३-२७ शुक्रबार
काठमाडौं / केही दिन यता परिरहेको भारी वर्षका कारण सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको छ । पर्खाल भत्किएपछि अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । भूकम्पका बेला...

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

२०७६-३-२७ शुक्रबार
कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा...

रन–वेमै चिप्लियो यती एयरको विमान, दुई घाइते, विमानस्थल बन्द

२०७६-३-२७ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा यती एयरको विमान धावनमार्गबाट चिप्लिएको छ । यतीको एटीआर ७२ विमान अवतरणको क्रममा शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो । विमान चिप्लिएपछि सबै उडान तथा अवतण अनिश्चित कालका लागि बन्द गरिएको छ । विमान चिप्लिएर ट्याक्सी वेमा पुगेको छ । सो विमान नेपालगञ्जबाट आएको हो । जहाजका अरु यात्री सकुशल भए पनि...

उत्तरपश्चिम सिरियामा १०० भन्दा बढी लडाकू मारिए

२०७६-३-२७ शुक्रबार
बेरुत / सिरियाको उत्तरपश्चिममा सरकारी फौज र जिहादी–आबद्ध लडाकूबीच भएको भिडन्तमा दुबै पक्षका १०० भन्दा बढी लडाकाहरु मारिएका छन् । सिरियाली अब्जरभेटरी फर ह्यूमन राइट्सका अनुसार गत बुधबारयता भएका पछिल्ला हिंसामा परेर आठ सर्वसाधारणको पनि ज्यान गएको छ । जिसर अल–शुघुरमा सरकारी फौजले गरेको हवाई आक्रमणमा सर्वसाधारणको ज्यान गएको अब्जरभेटरीले जनाएको छ । राष्ट्रसंघका अनुसार...

त्रिभुवन विमानस्थल अनिश्चित कालका लागि बन्द : विदेशबाट आएका जहाज अवतरण नगरी फर्किए

२०७६-३-२७ शुक्रबार
यति एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरणका त्रममा चिप्लिएको छ । नेपालगञ्जबाट काठमाडौं आएको उक्त विमान अवतरणको क्रममा शुक्रबार बिहान चिप्लँदा २ जना घाईते भएका छन् । 9N अल्फा MM को उक्त जहाज अवतरणको क्रममा चिप्लिएर विमानस्थलको धावनमार्गबाट १५ मिटर पर पुगेको छ । विमानमा ६६ जना यात्रु र चार जना चालक दलका सदस्य सवार थिए...

इटहरीकाे अधिकांश स्थान जलमग्न (२५ तस्विरहरू)

२०७६-३-२७ शुक्रबार
इटहरी । विगत केही दिन देखिकाे लगातारकाे बार्षाका कारण देशै भरी जनजीवन त्रसित भएकाे छ । इटहरी लगायत सुनसरी र माेरङकाे अधिकांश स्थान जलमग्न भएकाे छ भने माेरङकाे दक्षिणी भाग बाडीकाे उच्च जाेखिममा रहेकाे छ । इटहरी आसपासका क्षेत्रमा पानीको सतह बढ्दा बस्ती नै डुवानमा परेको छ । तस्विररू सहित

पहिरोले विपी र मध्यपहाडी राजमार्ग अवरुद्ध

२०७६-३-२७ शुक्रबार
सिन्धुली / सडकमा पहिरो खसेपछि गए रातिदेखि विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गोलन्जोर र सुनकोशी गाउँपालिकामा विपी राजमार्ग अवरुद्ध भएको छ । गए राति गोलन्जोर गाउँपालिका–५ को सोलाभञ्याङ र खनियाखर्कको बीचमा सडकमा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो । यस्तै सुनकोशी...

प्रदेश २ को अस्थायी राजधानी जनकपुर डुबानमा (१८ तस्विरहरू)

२०७६-३-२७ शुक्रबार
जनकपुर / जनकपुर  गएरातिदेखि निरन्तर परिरहेको पानीले जनकपुरधाम जलमग्न भएको छ। सरकारी कार्यालयहरुमा पानी जमेका कारण कार्यलय संचालनमा समस्या देखिएको छ। जनकपुरको ऐतिहासिक बाह्रविघा मैदान, रामानन्दचोक, जिल्ला प्रहरी कार्यालय लगायतको स्थना डुबानमा परेको हो । अविरल वर्षाले कुनै अप्रिय घटना अहिलेसम्म नभएको र वर्षाले भएको क्षतिको तथ्यांक संकलन काम भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर...

यस्तो गाउँ जहाँ छ महिना सबैको घरमा तालाचाबी लाग्छ

२०७६-३-२७ शुक्रबार
  रोल्पा / सुनछहरी गाउँपालिका–२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ । बस्तीमा घर छन् । तर, मानिस छैनन् । ‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा सरेका छौं’, चालवाङका ४९ वर्षीय थमन बुढामगर भन्छन्, ‘गाउँमा सबैको घरमा तालाचाबी लागेको छ ।’ २२ घरधुरी रहेको यो गाउँ ६ महिना रित्तो हुन्छ । बस्तीमुनि...

मध्यरातमा १३ दिने नवजात शिशु चोरेर दिल्लीतिर

२०७६-३-२७ शुक्रबार
काठमान्डाैं / बुधबार मध्यरात १३ दिने नवजात शिशु चोरी भयो । त्यही पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति कक्षबाटै । जब आमाले छोरो हराएको थाहा पाइन् तर हल्लीखल्ली मच्चियो । त्यसको तीन घण्टामै प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिई बच्चा आमाबुबाको जिम्मा लगाएको छ । सुनसरी भोक्राहा नर्सिङ–१ की बबिता मेहताले असार १३ मा छोरो जन्माएकी...

सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछी रातो बत्ती बालियाे

२०७६-३-२७ शुक्रबार
राजविराज / सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछी खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । विगत ४ दिनदेखि परेको अविरल वर्षाले नदीमा पानीको बहाव बढेको हो । कोशीव्यारेज कनट्रोल रुमले सप्तकोशीमा शुक्रबार बिहान ७ बजे पानीको बहाव प्रतिसेकण्ड १ लाख ६५ हजार ७२० क्युसेक पुगेको जनाएको छ जुन बहाव अघिल्ला दिनको तुलनामा बढी हो...

जलवायु परिवर्तन अव्यवस्थित शहरीकरण लेप्टोस्पाइरोसिस अनी रोकथामका उपाय ।

२०७६-३-२७ शुक्रबार
पृष्ठभुमीः लेप्टोस्पाइसीस पशुबाट मानीसमा सर्ने बढी प्रचलीत जीवाणुजन्य रोग मानीन्छ । विश्व स्वास्थ्य संगठनले उष्ण हावापानी भएको यो रोग कमै चासोमा पर्ने रोगका रुपमा पहिचान गरी यस्को विस्तृत प्राज्ञिक अध्ययन अनुसंधान एवं अभीलेखीकरण गर्नु पर्ने भनी औल्याइएको छ । यस रोगको स्थिती विश्वव्यापी रहेको मानिन्छ, जसले गर्दा यस रोगबाट बर्षेनी ३००००० देखि ५००००० लाख मानिस...

नजिकिँदै कांग्रेस–राजपा, सरकारविरुद्ध मोर्चाबन्दी तयारी

२०७६-३-२७ शुक्रबार
काठमान्डाैं / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी थालेका छन् । प्रतिपक्षी दुई दलका नेताहरूबीच सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न तहमा छलफल जारी छ । दुई पार्टीले विभिन्न अजेन्डा उठाएर केही दिनदेखि संयुक्त रुपमा सदन अवरुद्ध गर्दै आएका छन् । यसबाट सरकारविरुद्ध यी दुई दल...

भोजपुर भिडन्तः ‘बोले फसिन्छ, बरु नबोलेकै बेस’

२०७६-३-२७ शुक्रबार
काठमान्डाैं / बुधबार बिहान आँखा उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङ कार्यालय जाने तयारीमा थिए । त्यहीबेला उनले गोली पड्केको आवाज सुने । त्यसलगत्तै अलि पर सडकमा मान्छे ढलिरहेको देखियो । सो घटनाका कारण उनको घरका सबैजना त्राहिमा देखिए । त्यसैबेला गोलीको अर्को आवाज सनियो । त्यसबारे विजय अझै खुलेर बताउन सक्दैनन् । उनी मात्र...

प्रचण्डलाई बाँस्काेटाकाे चेतावनी- ‘हामी एउटै जहाजमा सवार छौं, कोही पनि उम्किन पाउने छैन’

२०७६-३-२७ शुक्रबार
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको एकताको जग कमजोर नभएको बताएका छन्। पछिल्लो समय नेकपाभित्र आलोपालो सहमतिको विषयमा नेताहरुबीच गुटगत दुरी बढ्दै गएको र सो सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नमानेको तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल असन्तुष्ट रहेको खबरहरु आइरहेका बेला बिहीबार मन्त्रालयमा आयोजित...

काँक्रोको बिउ बेचेरै सवा करोड कमाउने किसान

२०७६-३-२७ शुक्रबार
काठमाडाै‌ । पर्वतको फलेबास नगरपालिका-११ मा पर्ने सानो गाउँ कर्नासमा यस वर्ष सवा करोड मूल्य बराबरको काँक्रोका बिउ उत्पादन गरेका छन्।व्यावसायिक रूपमा बिउ उत्पादन गर्दै आएका १ सय घरधुरी परिवारले १ करोड २० लाखभन्दा बढी मूल्य पर्ने काँक्रोको बिउ उत्पादन गरेका हुन्। कर्नासका कृषकले यस वर्ष ४ टनभन्दा बढी काँक्रोको बिउ उत्पादन गरेको स्थाानीय कृषक बाबुराम...

अकुत सम्पत्ति आर्जन गरेका जोशीको मुद्दा सर्वोच्चले हेर्न नभ्याउने !

२०७६-३-२७ शुक्रबार
काठमाडौं । विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका गोविन्दराज जोशीको मुद्दाको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा बुझाए पनि हेर्न नमिल्ने सूचीमा राखेको छ । पटक–पटक मुद्दा स्थगित र हेर्न नभ्याउने सूचीमा राख्दै आएको सो मुद्दा १२औं पटक हेर्न नमिल्ने सूचीमा राखिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले हेर्न नमिल्ने सूचीमा पेसी तोकेपछि सो मुद्दा अर्को महिनाका...

आज हरिशयनी एकादशी : ‘असंख्य औषधीय गुण’ भएकाे तुलसी रोपेर चतुर्मास व्रतको आरम्भ गरिँदै

२०७६-३-२७ शुक्रबार
काठमाडौं । आज हरिशयनी एकादशी अर्थात ठूलो एकादशी । हिन्दू धर्ममा यस दिनलाई अति विशिष्ठ र महत्वका साथ हेर्ने र लिने गरिन्छ । आजको दिन नै घरघरमा तुलसी रोपेर आम हिन्दूहरुले चतुर्मास व्रतको आरम्भ गर्दै भगवान विष्णुको उपासना गर्ने गर्छन । भनिन्छ आजको दिनदेखि भगवान विष्णु चार महिनाका लागि क्षीर सागर सुत्न जानु हुन्छ ।...

प्रधानमन्त्री लज्जित मन्त्रीहरु पन्छिए, पत्रबारे जानकारी नगराउनेलाई कारबाही गरिने

२०७६-३-२७ शुक्रबार
काठमान्डाैं / प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरण्मा भारतीय दूतावासको पत्रबारे मन्त्रालयहरुबाट बेलैमा जानकारी नगराइँदा आफू जनतासामू लज्जित हुनुपरेको बताएका छन् । त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुपर्ने जिम्मेवार मन्त्रीहरु भने एकअर्कालाई आरोपित गर्दै पन्छिन खोजेका छन् । राजधानीमा बिहीबार आयोजित ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनःसंरचना’ विषयक अन्तर्क्रियामा ओलीले आफूलाई गुमराहमा राख्नेमाथि कारबाही गर्ने जनाए । उनले...

विचाराधीन मुद्दामा प्रेसलाई निषेधको तयारी

२०७६-३-२७ शुक्रबार
काठमान्डाैं / ‘कुनै पनि तहका अदालतमा विचाराधीन मुद्दाको निर्णय, आदेश वा काम–कारबाहीमा प्रभाव पर्नेगरी कुनै समाचार, सूचना, टिप्पणी वा लेख–रचना प्रकाशन–प्रसारण गर्न पाइने छैन ।’ न्यायपालिकाको प्रस्तावित सूचना तथा सञ्चार नीतिमा यस्तो प्रावधान राखिएको छ । नीति संशोधन नगरी पारित भएमा सुन काण्डजस्ता तस्करी र पदीय दुरुपयोग गरी हुने भ्रष्टाचारजस्ता विषयमा कलम चलाएर प्रेस जगत्ले...

डुबानमा विराटनगर, बाजुरामा पहिरो

२०७६-३-२७ शुक्रबार
विराटनगर / लगातारका वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र जलमग्न भएका छन् । कोशी अञ्चल अस्पताल डुबेको छ। सडकको पानी अस्पतालभित्र पस्दा औषधि पसलसहितका प्रशासनिक भवनसमेत नराम्रोसँग प्रभावित बनेका छन् । विराटनगरको दक्षिणी क्षेत्रका केही बस्तीमा पानीको सतह बढेपछि डुबानमा छन् भने बजार क्षेत्रमा पनि पानी जमेको छ । ढलको निकास नगरी सडक उच्च बनाइदिँदा अस्पतालभित्र...

मौसमविद्को सुझावः जीउ र बीउ जोगाउनुहोस्

२०७६-३-२७ शुक्रबार
काठमान्डाैं / मौसम पूर्वानुमान महाशाखाले देशका २५ जिल्लामा साताभर मेघ गर्जनसहित पानी पर्ने भविष्यवाणी गरेको छ । सक्रियता बढाउँदै गएको मनसुनले देशभर आफ्नो फैलावट बढाइसकेको अवस्थामा २५ जिल्लामा बढी पानी पर्ने भविष्यवाणी गरेको हो । यो बेला खाद्यान्नका बीउ र मानिसको जीउ जोगाउन सतर्क रहनुपर्ने मौसमविद्हरू बताउँछन् । महाशाखाले बिहीबार विशेष भविष्यवाणी गर्दै ती २५...

फ्रान्सेली कम्पनीलाई बिनाप्रतिस्पर्धा मध्यरातमा पौने दुई अर्बको ठेक्का

२०७६-३-२७ शुक्रबार
काठमान्डाैं / एक लाख राष्ट्रिय परिचयपत्रसमेत समयमै छाप्न नसकेको फ्रान्सेली कम्पनीलाई सरकारले बिनाप्रतिस्पर्धा १६ मिलियन अमेरिकी डलर (पौने दुई अर्ब रुपैयाँ) को ठेक्का दिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभागले मध्यराति फ्रान्सेली कम्पनी आइडेमियासँग ठेक्का सम्झौता गरेको हो । विभागका प्रवक्ता शिवराज जोशीले बुधबार राति सम्झौता भएको बताए । परिचयपत्र...

आजको  राशिफल / वि.सं. २०७६ आषाढ २७ गते शुक्रबार

२०७६-३-२७ शुक्रबार
वि.सं. २०७६ आषाढ २७ गते शुक्रबार तदनुसार ई. सं. २०१९ जुलाई १२ तारिख, परिधावी नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, आजको चाडपर्व र उत्सव : हरिशयनी एकादशी व्रत, तुलसी रोप्ने दिन, चतुर्मासा (चौमासा) व्रत प्रारम्भ, आजको मूहुर्त : द्रव्यप्रयोग वा लगानी, कलशचक्र, आषाढ शुक्लपक्ष (दिल्लाथ्व) एकादशी तिथि, मध्यरात्रीपछि ०२:१७ बजेसम्म, त्यसपछि द्वादशी तिथि, विशाखा नक्षत्र, साँझ ०६:३८...

बिप्लब समुहका सोलुखुम्बु सेक्रेटरी पक्राउ

२०७६-३-२६ विहिबार
सोलुखुम्बु / विप्लव समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्का बिहीबार चितवनमा पक्राउ परेकी छन् । लुकीछिपी बसेको भन्ने सूचनाको आधारमा उनलाई भरतपुर महानगरपालिका २६ बाट पक्राउ गरिएको चितवन प्रहरीका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । उनका अनुसार खड्का केही दिनदेखि चितवनमा थिइन् । सोलुखुम्वुको नेचा सल्यान गाउँपालिका २ खाल्पा माइती भएकी खड्का २०७१ मंसिर ८...

आठ लाख घुससहित बिपी प्रतिष्ठानका उपकुलपति पक्राउ

२०७६-३-२६ विहिबार
सुनसरी / बिपी कोइराला स्वास्थ्य विज्ञान प्रष्तिष्ठान, धरानका उपकुलपति राजकुमार (आरके) रौनियार ८ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले उनलाई प्रतिष्ठानकै सरकारी निवासबाट घुससहित पक्राउ गरेको हो । भवन निर्माणको भुक्तानीका लागि उनले घुस लिएका थिए । घुस लिएर उनले भजिता रामहरि रौनियारलाई राख्न दिएका अख्तियारका प्रवक्ता प्रदीप...

कान पाक्ने रोग के हो ֍ कानबाट किन पिप आउछ ֍ यसबाट बाँच्ने उपाय यस्तो छ !

२०७६-३-२६ विहिबार
काठमाडौं / कानमा लाग्ने रोग हेर्दा साधारण लागे पनि समयमै उपचार भएन भने यसले अन्य अंगमा पनि असर गर्न सक्छ । कानमा देखिने समस्या मध्ये सबैभन्दा धेरै कान पाक्ने समस्या हो । जुन सुकै लिङ्ग, उमेर समुहका मानिसमा यो समस्या देखिन सक्छ । हाम्रो देशको सन्दर्भमा कान पाक्ने समस्या अझ धेरै छ । कानको बनावट...