वर्तमान समाज र नारी

२०७३-११-२५ बुधबार

समयको परिवर्तन सँगसँगै मान्छेका सोच, विचार, चिन्तन र जीवनशैलीमा हुँदै गइरहेको परिवर्तनको सत्यलाई नकार्न सकिँदैन ।  एक्काइसौँ शताब्दीलाई समीक्षा गर्ने हो भने हाम्रो समाज र राष्ट्रमा पहिलेको तुलनामा आकाश र जमिनको फरक आएको छ ।  इतिहासलाई फेरि स्मरण गरेर हेर्दा हामी ढुङ्गे युगबाट बल्ल मात्र मान्छे भएका हौंँ भन्ने अनुभूति हुँदाहुँदै पनि पहिलेको समाज र अहिलेको समाजलाई तुलना गरेर हेर्दा मुलुक सामाजिक रूपान्तरणमा फड्को मारेको अवस्था छ ।  परिवर्तनसँगै मान्छेका सोचाइ र दृष्टिकोणमा पनि आमूल परिवर्तन आइसकेका छन् ।  यसलाई कसरी मर्यादित र व्यवस्थित तुल्याउने भन्ने ज्वलन्त प्रश्न भने उठिरहेको छ ।
 आज आम नेपाली नारी विभिन्न युग र शताब्दीको कालखण्ड पार गर्दा पनि पित्तृसत्तात्मक सोच र चिन्तनको सङ्कुुचित घेराबन्दीबाट उम्किन सकेका छैनन् ।  बेलाबखत नारी उन्मुक्तिको बहानामा हरेक आन्दोलन भए पनि वास्तविकतामा खासै फेरबदल आएको छैनभन्दा फरक नपर्ला ।  कुनै युग किन नहोस् नारीहरू पितृसत्तात्मक अवस्थाबाट माथि उठ्न सकेको छैन ।  प्राचीनकालदेखि नै नारीहरू पुरुषार्थको शिकार भइरहेका छन् ।  नारीप्रति पुरुषले हेर्ने दृष्टिकोण नै साँघुरो छ, हरेक पक्षबाट पुरुषले नारीलाई केही रूपबाट भने अहिलेसम्म पनि दुर्बल मानिरहेकै अवस्था छ ।  समाज बदलिएको छ, व्यवस्था बदलिएको छ तर पनि नारीहरूलाई हेर्ने दृष्टिकोण खासै बदलिएको छैन ।  पहिलेको तुलनामा केही समानता त छ तर पनि न्यायोचितरूपमा कार्यनीति नै बनेको छैन नारीको हकमा ।

अतिन अाचार्य
हाम्रो देशकै स्थितिबाट गुज्रेका धेरै राष्ट्र माथिल्लो तहमा पुगिसके ।   विकसित मुलुकमा नारी र पुरुषमा कुनै प्रकारको विभेद गरिदैन र उस्तै खालको सामाजिक बाहुल्य र अधिकार रहन्छ ।  जसको कारणले उनीहरूलाई कुनै पनि सामाजिक, आर्थिक र राजनीतिक तìवहरूले खासै असर पार्दैन ।  राज्यका हरेक तहमा बराबर पहुँच हुन्छ ।  तसर्थ सबै क्षेत्रमा उनीहरूको समान सहभागिता रहेको हामीले सुन्दै र पढ्दै आइरहेका छौंँ तर समग्रमा हाम्रो देश भने अरूको तुलनामा निक्कै पछाडि छ ।  यसको मुख्य कारक तìव भनेको असमनता र राजनीतिक अस्थिरता नै प्रमुख कारण हो ।  नेपाल एक भौगोलिक दृष्टिकोणले पनि बहुआयामिक राष्ट्र हो ।  यहाँ विविध संस्कृति, रहनसहन, जातजाति, भाषा, भेषभूषाले पनि निकै अर्थ राखेको छ ।   नेपालको कुल जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगटेका छन महिलाले ।
 हरेक तह र तप्कामा झण्डै ८० प्रतिशतभन्दा माथि पुरुषकै बाहुल्य रहेको छ ।  राज्यले पनि आरक्षणका नाममा केही हदसम्म प्रयास त गरेको छ तर नीति निर्माण र निर्णायक तहमा पुरुषकै हलीमुहाली छ ।  राजनीतिक फाँटमा त झन् नारीहरूको उपस्थिति अत्यन्त कमजोर रहेको पाइन्छ ।  यदी कोही नारी माथिल्लो तहमा पुगिहाले भने पनि उनीहरूको मनोबल गिराउने काम भइरहेकै हुन्छ ।  के यही हो त समानता ? यही हो महिला अधिकार ? एकपटक सबैले सोच्नुपर्ने बेला आएको छ ।  हरेक दिन महिला हिंसाका घटना बढिरहेका छन् ।  पछिल्लो समयमा झन् यसले उग्ररूप लिएको छ ।  दुःखको कुरा सरकारको यसप्रति ध्यानाकर्षण देखिंँदैन यस्ता संवेदनशील विषयमा ।
 यदि पुरुषवादी सोच र चिन्तनबाट मात्र देश चन्छ भने नारीहरूको के अस्तित्व रहन्छ त, यो बडो गम्भीर विषय बनेको छ ।  नारी पुरुष भनेका एक रथका दुई पाङग्रा हुन् भने एउटा पाङ्ग्रा मात्र गुडेर वा अगाडि बढेर के हुन्छ ? त्यसैले हरेक पुरुषले अब पितृसत्तात्मक सोचबाट मुक्त हुनुपर्छ र नारीहरूलाई पनि बन्धनबाट मुक्त गराउन खुला दिलले तयार हुनेछौ भनेर अाज हरेक पुरूषले सङकल्प गर्नैपर्छ।अहिले पनि कतिपय महिला चुलो चौकामा मात्र सीमित रहनुपर्ने अवस्थामा छन् ।  यो अवस्थाबाट पार नभएसम्म जतिसुकै  नारी स्वतन्त्रताको कुरा गरे पनि केही हुनेवाला छैन ।  यसमा समाजको सोच र चिन्तनमा परिवर्तन जरुरी छ ।
 हाल मुलुकको राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानन्यायाधीश सुशीला कार्कीहरू पनि पुरातनवादी सोचलाई परास्त गर्दै बडो सङ्घर्षले त्यो स्थानमा पुग्न सफल भएको हो ।  आजको नारीले पनि यो सङ्घर्षलाई निरन्तरता दिन सक्नुपर्छ ।  त्यसैले सबभन्दा पहिले नारीहरूले आफ्नो मनोबल उच्च बनाउन जरुरी छ ।  कमजोर मानसिकताबाट सधैँं टाढा रहेर अगाडि बढेको खण्डमा नारीहरू पनि समानरूपमा पुरुषसरह सबै क्षेत्रमा अगाडि बढ्न सक्छन् यसमा दुईमत छैन ।

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

२०७६-३-२७ शुक्रबार

कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा...

त्रिभुवन विमानस्थल अनिश्चित कालका लागि बन्द : विदेशबाट आएका जहाज अवतरण नगरी फर्किए

२०७६-३-२७ शुक्रबार

यति एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरणका त्रममा चिप्लिएको छ । नेपालगञ्जबाट काठमाडौं आएको उक्त विमान अवतरणको क्रममा शुक्रबार बिहान चिप्लँदा २ जना घाईते भएका छन् । 9N अल्फा MM को उक्त जहाज अवतरणको क्रममा चिप्लिएर विमानस्थलको धावनमार्गबाट १५ मिटर पर पुगेको छ । विमानमा ६६ जना यात्रु र चार जना चालक दलका सदस्य सवार थिए...

यस्तो गाउँ जहाँ छ महिना सबैको घरमा तालाचाबी लाग्छ

२०७६-३-२७ शुक्रबार

  रोल्पा / सुनछहरी गाउँपालिका–२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ । बस्तीमा घर छन् । तर, मानिस छैनन् । ‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा सरेका छौं’, चालवाङका ४९ वर्षीय थमन बुढामगर भन्छन्, ‘गाउँमा सबैको घरमा तालाचाबी लागेको छ ।’ २२ घरधुरी रहेको यो गाउँ ६ महिना रित्तो हुन्छ । बस्तीमुनि...

जलवायु परिवर्तन अव्यवस्थित शहरीकरण लेप्टोस्पाइरोसिस अनी रोकथामका उपाय ।

२०७६-३-२७ शुक्रबार

पृष्ठभुमीः लेप्टोस्पाइसीस पशुबाट मानीसमा सर्ने बढी प्रचलीत जीवाणुजन्य रोग मानीन्छ । विश्व स्वास्थ्य संगठनले उष्ण हावापानी भएको यो रोग कमै चासोमा पर्ने रोगका रुपमा पहिचान गरी यस्को विस्तृत प्राज्ञिक अध्ययन अनुसंधान एवं अभीलेखीकरण गर्नु पर्ने भनी औल्याइएको छ । यस रोगको स्थिती विश्वव्यापी रहेको मानिन्छ, जसले गर्दा यस रोगबाट बर्षेनी ३००००० देखि ५००००० लाख मानिस...

नजिकिँदै कांग्रेस–राजपा, सरकारविरुद्ध मोर्चाबन्दी तयारी

२०७६-३-२७ शुक्रबार

काठमान्डाैं / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी थालेका छन् । प्रतिपक्षी दुई दलका नेताहरूबीच सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न तहमा छलफल जारी छ । दुई पार्टीले विभिन्न अजेन्डा उठाएर केही दिनदेखि संयुक्त रुपमा सदन अवरुद्ध गर्दै आएका छन् । यसबाट सरकारविरुद्ध यी दुई दल...

काँक्रोको बिउ बेचेरै सवा करोड कमाउने किसान

२०७६-३-२७ शुक्रबार

काठमाडाै‌ । पर्वतको फलेबास नगरपालिका-११ मा पर्ने सानो गाउँ कर्नासमा यस वर्ष सवा करोड मूल्य बराबरको काँक्रोका बिउ उत्पादन गरेका छन्।व्यावसायिक रूपमा बिउ उत्पादन गर्दै आएका १ सय घरधुरी परिवारले १ करोड २० लाखभन्दा बढी मूल्य पर्ने काँक्रोको बिउ उत्पादन गरेका हुन्। कर्नासका कृषकले यस वर्ष ४ टनभन्दा बढी काँक्रोको बिउ उत्पादन गरेको स्थाानीय कृषक बाबुराम...

Similar Posts

विराटनगरका अधिकांश स्थान डुबानमा : प्रदेशसभाको पानी मोटरले फालिदै ( तस्बिरहरू सहित )

२०७६-३-२७ शुक्रबार

विराटनगर / तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने सिंगिया खोलामा आएको बाढीले विराटनगर वडा नं १, २ र ८ का केही क्षेत्र आज बिहानदेखि डुबानमा परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–१ स्थित परोपकार...

ठाउँ ठाउँमा पहिरो : यात्रामा सास्ती

२०७६-३-२७ शुक्रबार

  बागलुङ / मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ । बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा...

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

२०७६-३-२७ शुक्रबार

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त...

वर्षका कारण सिंहदरबारको पर्खाल भत्किदा सडक अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौं / केही दिन यता परिरहेको भारी वर्षका कारण सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको छ । पर्खाल भत्किएपछि अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । भूकम्पका बेला...