प्रेमको विश्वविद्यालय

२०७३-११-२६ विहिबार

संसारमा सबै किसिमका अध्ययन हुने विश्वविद्यालय खुलेका छन् तर प्रेमको विश्वविद्यालय भने अझसम्म खुलेको छैन । अहिले हाइफाईयुक्त संसार छ । त्यसैले वाईफाईको जमाना आएको छ । वाइफाई नभएको अड्डाअदालत, संघसंस्था र घर नहुने कोही छैनन् । विकसित जमानाले मानिसलाई अझ उदात्त बनाएको छ । प्रविधिले प्रेमका सम्बन्धमा समेत युनिक विशेषताहरू थपेको छ । प्र्रेम अब दिने मात्र विषयमा सिमित रहेन । यो लिने विषय भएको छ ।

सामाजिक, पारिवारिक, व्यक्तिगत हुँदै अब प्रेमका वृत्तहरू परिवृत्त भएर दिग्दिगन्तसम्म फैलिएका छन् । मानिस संसार चाहार्ने चरो भए पछि उसलाई प्रेमचरो भन्दा पनि फरक पर्दैन । फेसबुक, भाइबर, म्यासेन्जर, स्काइप र इमोबाट समेत आजकल प्रेम व्यक्तिन थालेको छ । विज्ञानले ज्ञानलाई जितेको समय आएको छ । यत्र, तत्र र सर्वत्र विज्ञानको हंकीडंकी चलेको छ ।

पेशल आचार्य

विगतावस्थामा हाम्रो बाजे बराजुले प्रेमभाव व्यक्त गर्न मानिसलाई नै भेट्नु पर्ने थियो । भलाकुसारी गर्नु पर्दथ्यो । आमुन्ने सामुन्ने भएर गरिएको प्रेम प्रदर्शनबाट मानिसले ‘एस या नो’को जवाफ पनि पाउँथ्यो भने कतिपय अवस्थामा दैहिक सामिप्यताका कारण उसको प्रेम एकै झट्कामा ४४० भोल्टको करेन्ट लागेजस्तो पनि हुन्थ्यो । तर अब समय बद्लिएको छ । मौसममा फेरबदल आएको छ । मौसम प्रतिकूलताले प्रेमीप्रेमिकाहरू हच्केका छन् ।

प्रेम हुनका लागि मानिस मानिसको सम्मिलन हुनु पर्छ भन्ने छैन । मानिस कोसौं माइल टाढा या हजारौं किलोमिटर दूरसुदूर भए पनि फोनका माध्यमबाट, च्याटका माध्यमबाट सेकेण्ड सेकेण्डमा एक अर्कासँग जोडिन सक्छ । दैहिक मिलन नभए पनि उसका भावनाहरूको क्रयविक्रय र विनिमय हुन सक्छ ।

प्रेम हाइटेक बनाइएपछि नै संसारमा प्रेमको जलवायु परिवर्तन भएको हो । पुर्खाहरू गोठालो जाँदा प्रेम गर्थे । घाँस काट्दा माया साट्थे । घर गृहस्थी गर्दागर्दै बिहेवारीको फन्दामा परिसक्थे । अब भने जमानामा चमक आएको छ । चमकदमकको जमानाले आफ्नो जामा घटाउँदै लैजाँदा कपडा बेपारीलाई भने नाफा र सुचीकारलाई चाहिँ घाटा भएको छ । मानिसका लुगा, विचार, भावना, दया, माया, प्रेम र करुणा सबैसबै छोटिएका छन् । यो प्रेमको सेयरबजारमा दुःखको प्रकरण हो ।
पारिस्थितिक प्रणालीले प्रेमको बेपार आजकाल घाटामा चलेको छ ।

प्रेमको मवेसीमा आजकाल दाम र दमडी नभएको हरिकंगालका भावनारुपि चौपायाहरू सुक्रीविक्री हुन छाडेका छन् । बेपारीहरू भेलेन्टाइन डेलाई प्रेमको सबैभन्दा बढी विक्री हुने दिवस जबदेखि मान्न थाले अनि अग्र्यानिक प्रेमका फसलमा चिलासा लागेका हुन् । प्रेमका भकारीमा आजकाल धोकाका पुतलीहरू जताततै उडेका छन् । प्रेमिल मञ्जिलहरूमा मुच्का र धमिरा देखिन थालेका छन् । शनैःशनैः प्राकृतिक प्रेम उपभोक्तावादी बजारमा विक्री हुन छाडेपछि हाइटेक प्रेमको अनलाइन बेपार ह्वात्तै बढेको छ । कागजी नोट हुनेहरूले प्रेममा धेरै भोट पाउन थालेपछि प्रेमको चुनावमा गरिबहरूको जमानाजफत भएको छ ।

अहिलेको मानिस अनलाइनको सहाराले घडीघन्टा च्याटमा उघ्राइरहेको छ । पोथी घुर सुँघेर दूरसुदूर प्रदेशमा बसेर विचरण गर्नु उत्तरआधुनिक मानिसको दैनन्दिनी भैसक्यो । ऊ पारिवारिक सिकन्जा तोडेर पनि प्रेमका बाली हुर्काउने ध्याउन्नमा रमेको छ । विना उमेर प्रेम प्राप्तिको लालसामा जमेको छ । हातलागी सून्य भए पनि ऊ एक्चुअल दुनियाँको प्रेमलाई चटक्कै बिर्सेर भच्र्युअल दुनियाँमा प्रेमको दाइँ हाल्दै छ । भलै त्यो उसका लागि लाभप्रद होस् या नहोस् ।

संसारका मानिसले सबैभन्दा बढी चाहेको, खोजेको र गरेको विषय प्रेम नै हो । हिजोको प्रेम क्लासिकल थियो । आजको प्रेम बाजारु बनेको छ । हिजो मानिसहरू स्वच्छ र पवित्र प्रेमको वकालत गर्दथे । आज सहरीकरण र बजारीकरणले प्रेमका बास्तविक गुदीमा औंसा पार्न थाले । बाहिरबाट सद्दे देखिएको प्रेम भित्र खोतलेर हेर्दा फतक्कै गलेको पनि हुन्छ । स्वाद् लिनै नसक्ने गरी कुहिएको पनि हुन्छ ।

‘बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन’ भन्ने भाषा र भाव प्रेम अझ त्यो पनि बाजारू प्रेममा लागू हुन्छ । संसारमा प्रेमको इतिहास पढाइ हुने विश्वविद्यालयहरू छन् । छन् –भूगोल, राजनीतिशास्त्र, डाक्टरी, इन्जिनियरिङ्, आइटी, कमर्श, कानुन र विज्ञान अध्ययन गराउने घघडान विश्वविद्यालयहरू । हुँदाहुँदा अब त सेक्सलाई समेत बेलायतले अध्ययन गराउन थाल्यो रे ! अझ भन्ने हो भने मानवशास्त्र र समाजशास्त्र पढाउने हरेक विश्वविद्यालयमा प्र्रेमको अप्सानी नहाली कुनै विषयसूची नै श्रीगणेश हुँदैनन् ।

अफसोचको कुरा विशुद्ध प्रेमको मीमांशा हुने विश्वविद्यालयहरू संसारमा कहीँ छैनन् । कसैले प्रेमको विश्वविद्यालय खोल्ने आँट गर्न सकेन । आजका मितिसम्म प्रेमका विश्वविद्यालयहरू स्थापना भएका देखिँदैनन् ।

अब प्रश्न उठ्छ । मानिसले सबैभन्दा बढी खोजेको, रोजेको र व्यहोरेको प्रेम किन यति हट्क भयो त हाम्रो संसारमा ? उत्तर कतैबाट पनि सही र सटिक पारामा आउन सक्या छैन । भयो के भने, मानिसले जबदेखि प्रेममा स्वार्थका गन्धकहरू मिसावट् गर्न थाल्यो अनि प्रेम समाजमा वर्जित विषयवस्तु ठानियो । लुकेर, चोरेर, छेकिएर, छलिएर, करले, बलले र जालले गरिने वस्तु नै प्रेम हो भन्ने मानिसको मनमा परिसक्यो । त्यसैले प्रेमलाई धुमिल बनाएको छ ।

प्रेमको बादलमा स्नेह, ममता, सहयोग, सहकार्य र सद्भावका भावनाहरू जोडिनु पर्छ । प्रेमलाई संसारले अन्तर्राष्ट्रिय भाषा बनाउनु पर्छ । यसको आयात निर्यातमा कुनै भ्याट वा दैसस्तुर लगाउनु हुन्न । प्रेम संसारका लागि ग्राह्य छ त्याज्य छैन भन्ने भाषा र भाव पैदा हुनु जरूरी छ ।

अन्ततः प्रेमको विजय सुनिश्चित छ । अढाई अक्षर प्रेमको यति शाश्वत बल छ कि जसको न आदि कन्था कथेर सकिन्छ न अन्त्य पुराण ।
तैपनि जाँदाजाँदै एउटा प्रेमका बारेमा कविता भनेर विदा मागौं ।
‘संसारका सबै हतियारहरू नष्ट गरेर
जताततै प्रेमका विश्वविद्यालयहरू खोल्न पाए
आहा ! मानिस कति जाति हुन्थ्यो ?
फैलाएर भाइचारा, अपनत्व र ममता
संसारभरि बेरोकटोक छर्न पाए
आहा ! मानिस कति माथि हुन्थ्यो ।
आहा !! मानिस कति माथि हुन्थ्यो ।’
।।समाप्त।।

विराटनगरका अधिकांश स्थान डुबानमा : प्रदेशसभाको पानी मोटरले फालिदै ( तस्बिरहरू सहित )

२०७६-३-२७ शुक्रबार

विराटनगर / तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने सिंगिया खोलामा आएको बाढीले विराटनगर वडा नं १, २ र ८ का केही क्षेत्र आज बिहानदेखि डुबानमा परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–१ स्थित परोपकार...

ठाउँ ठाउँमा पहिरो : यात्रामा सास्ती

२०७६-३-२७ शुक्रबार

  बागलुङ / मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ । बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा...

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

२०७६-३-२७ शुक्रबार

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त...

वर्षका कारण सिंहदरबारको पर्खाल भत्किदा सडक अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौं / केही दिन यता परिरहेको भारी वर्षका कारण सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको छ । पर्खाल भत्किएपछि अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । भूकम्पका बेला...

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

२०७६-३-२७ शुक्रबार

कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा...

त्रिभुवन विमानस्थल अनिश्चित कालका लागि बन्द : विदेशबाट आएका जहाज अवतरण नगरी फर्किए

२०७६-३-२७ शुक्रबार

यति एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरणका त्रममा चिप्लिएको छ । नेपालगञ्जबाट काठमाडौं आएको उक्त विमान अवतरणको क्रममा शुक्रबार बिहान चिप्लँदा २ जना घाईते भएका छन् । 9N अल्फा MM को उक्त जहाज अवतरणको क्रममा चिप्लिएर विमानस्थलको धावनमार्गबाट १५ मिटर पर पुगेको छ । विमानमा ६६ जना यात्रु र चार जना चालक दलका सदस्य सवार थिए...

Similar Posts

उर्लियो हनुमन्ते, भक्तपुरमा डुबान शुरु, प्रशासनद्धारा उच्च सतर्कता

२०७६-३-२७ शुक्रबार

  भक्तपुर / अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान शुरु भएको छ । हिजोदेखि नै परेको अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी खोलाभन्दा माथि आएपछि बस्तीमा पानी पस्न थालेको हो । हनुमन्तेमा बाढी उर्लिएपछि जिल्ला प्रशासन कार्यालयले हनुमन्ते नदी आसपासका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ भने नदी...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टादेखि अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चिप्लिएको यति एयरलाइन्सको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान सकस भएको छ । धावन मार्गमा विमान चिप्लिएका कारण झण्डै चार घण्टादेखि मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध रहेको छ । निरन्तरको प्रयासका बाबजुत पनि विमानलाई निकाल्न नसकिएको महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँले विमान...

विपद्बाट हुने क्षति रोक्न तीनै तहका सरकार ‘हाइ अलर्ट’

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन सक्रिय भएसँगै मुलुकमा विपद्बाट हुनसक्ने सम्भावित क्षति रोक्न तीनै तहका सरकार र सम्बद्ध निकाय ‘हाइ अलर्ट’को अवस्थामा रहेका छन् ।विपद जोखिम न्यूनीकरण, तत्काल उद्धार तथा राहतका लागि बाढीबाट प्रभावित मुलुकका २४४ स्थानलाई उच्च जोखिम क्षेत्र पहिचान गरी सरकारी क्षमताले भ्याएसम्मका तयारी गरिएको छ । मुलुकको पहाड र हिमाली क्षेत्र पहिरोको उच्च जोखिममा...

पूर्वी र मध्य भेगमा उच्च सतर्कता अपनाउन आग्रह : सबै नदीहरूमा बहाव उच्च

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसम विश्लेषणसम्बन्धी आज विषेश बुलेटिन जारी गर्दै मनसुन तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बद्ली रही धेरैजसो...