विद्यार्थी जीवन, राजनीति र बेरोजगारको हीनताबोध

२०७३-११-२९ आइतबार

कर्मयोगी युवा शक्तिले जिउँदो लासको संज्ञा भिरेर बस्न चाहँदैन । त्यसमा पनि पाएसम्म मातृभूमिको सौन्दर्यमा परिवारसँग पाखुरी साट्दै पौरख पोख्ने अभिलाषा तमाम नेपाली युवामा नहुने हुँदै होइन । इलमको जोहो र टुङ्गो नहुँदा आज हजारौँ शिक्षित बेरोजगारीमा मानसिक तनाबले डेरा जमाउन थालेका पीडा हाबी बन्दै गइरहेका छन् । शिक्षितवर्गहरुका आफ्नै वेदना छन् । रोजगारीको खोजीमा तड्पिरहेका बेला कुनै रिक्त दरबन्दी देखिसक्दा आवेदन दिनेहरुको लर्को लाग्छ । निःस्वार्थ र स्वच्छ प्रतिस्पर्धा हुने आशा लोकसेवा आयोगको लिखित परीक्षामा मात्र देखिन्छ । जब सेवा आयोगले विभिन्न पदमा खुला प्रतियोगिताको आवेदन खुलाउँछ तब भोक न तिर्खा हुँदै ठूलो सपना बोकेर शिक्षित वर्गहरु मिहिनेतमा लाग्छन् । कोही तयारी कक्षाका विज्ञापन हेर्दै महङ्गो शूल्क तिर्छन्, त कोही आपैmँ तयारी गर्छन्; महान् अभिलाशा राखेर परीक्षा दिन्छन् ।

कोरियन, जापानिज वा अन्य विदेशी भाषाका तयारी कक्षाका आकर्षक विज्ञापनसँग मितेरी गाँस्दै स्पप्ना तुन्ने युवाशक्तिको लर्को पनि पनि त छोटो हुँदैन । यद्यपि लिखित प्रतिस्पर्धामा आवेदन भरेर नाम ननिस्कँदा त आफ्नै तयारीको कमी सम्झेर मन मान्छ तर जब कडा मिहिनेतबाट नाम निस्किन्छ तब राज्य व्यवस्थाप्रति मन साह्रै दुख्छ । मौखिक परीक्षामा राम्रै चलखेलको चर्खा चल्छ; पैसा, पाटी वा पहुँचको । नातावाद, कृपावाद, पाटीहरुको सकेसम्म पहुँच लगाइन्छ त्यतिमात्र होइन घुसको प्रतिस्पर्धा बकाइदासँग चल्छ; फलतः नेपाल तिनै गरिबको पसिना चुस्ने दक्षिण एसियाकै तृतीय भ्रष्ट्राचारी मुलुक बन्छ । साथमा महङ्गो आवेदन फारमका लागि अलिकति छाक टार्न पुग्ने नगदनारायणलाई ठूलो आशा बोकेर तिनै बेरोजगारीले सरकारको ढुकुटीमा हाल्नै प¥यो– आजको तीतो यथार्थ । यस्तोसम्म पीडा बैंकमा भौचर नबुझाए प्रमाणपत्र रुजु नहुने, रुजु गरेपछि प्रमाण नपुग्दा बुझाएको रकम फिर्ता नहुने दादागिरी प्रवृत्तिको सिकार समेत तिनै पढाइको मूल्य नपाएर विरक्तिएका व्यक्ति बन्छन् ।

रमेश भट्टराई ‘सहृदयी’

युवा विद्यार्थी सङ्गठनहरू राजनीतिका विभिन्न खेमामा अभिँदै गर्दा आपसी फाटो र द्वन्द्व चर्काएको दृश्य कति पाच्य र सभ्य छ त ! के राजनीति भनेको युद्धजन्य प्रवृत्तिको पर्याय हो त ? आखिर युवाशक्तिले किन पढाइका साथै राजनीति गर्नुपर्दो रहेछ त ? यही प्रश्नमा घोत्लिँदा थाहा हुन्छ,  सिद्धान्तलाई व्यवहारसँग एकाकार गर्नेभन्दा आफ्नो पहुँच विस्तार गर्दै जागिर खाने एउटा सबल आधार तयार पार्नलाई रहेछ । पार्टीको झण्डा उठाउँदै गरेमा जागिर खान सहज हुने एक झोला अभिलाषा बोकेर युवाशक्ति पाटीका पुच्छर बन्छन् । चुनावमा आपसी मुङ्ग्रे बल तिनै उच्च तहका शिक्षित वर्गमा देखिन्छ, लाग्छ शत्रु–शत्रुको प्रहार हो । कति सोझा मान्छेमा महत्वाकाङ्क्षाको फेटा गुथिएको हुन्छ, गुथाइएको हुन्छ । फलतः मुख्र्याईँ संस्कारबाट शिक्षित युवाशक्ति नैतिक दबाबमा आफ्नै दौँतरीको टाउको फोर्न पछि पर्दैन, कस्तो शैक्षिक विचार हो यो ! अर्को प्रश्न उब्जिन्छ, यिनै प्राचीन राजनीतिक दृष्टिबाटै युवाशक्तिले सूक्ष्म सोचको कुर्सि मोहमा लहसिने हो भने अबका दशौँ वर्षमा पनि कस्तो परिवर्तनको आशा गर्न सकिएला त ! श्रमलाई पाटीको सिद्धान्तको तुलोमा राख्नु कस्तो राष्ट्रिय बफादार हो !

कुनै पनि कार्यालय वा संघ–संस्थाभित्र योग्यता र क्षमतालाई तिरस्कार गर्दै पैसा र पाटीको दिग्विजय दबाबमूलक ढङ्गमा हुँदा कस्तो हुन्छ– पीडा भोग्ने व्यक्तिलाई थाहा हुँदो रहेछ । पढुन्जेल त विद्यार्थी नै हो आमाबाबाले मजबुरी गरेर, घरखेत खोस्रेर, ऋण गरेर भए पनि पैसा पठाउँदै गर्नुहुन्छ । पढिसकेपछि अब को हुँ ? आफ्नै परिचय खोज्न अलिकति पढेको मान्छे तड्पिन्छ । घरको जिलो बेचेर भएपनि पढ्न सकेजति पढ्ने मानसिकता राख्नु प्रगतिशील बौद्धिकता अवस्य हो । पढेका प्रमाणलाई सिरानी लगाएर सुत्नेको सपना केवल निदाउन्जेल मात्र साकार बन्ने विडम्बना छ । कर्म गर्ने अपेक्षा हुँदाहुँदै कर्मथलोको अभावमा, विधि या अवसरका ध्याउन्नमा तड्पिनेहरूका आन्तरिक समस्या समाधानसँग देश विकासको आशा जोडिएका बौद्धिक विचार र विशिष्ट भावना निबन्धका भाषामै अड्किन्छन् । यो पनि सबैलाई थाहा छ, राष्ट्रोन्नति युवा पौरखबाटै सम्भव छ तर यी विषय नेताजीको भाषणका लागि मजबुत खुराक हुन् ।

स्वर्णिम जीवन निर्माणको आशामा बाँचेर कोठाको महङ्गो भाडा तिर्ने अनि घरबाट ल्याएको अलिकति अचार र महङ्गीको तरकारीमा थोरै रस हालेर गाँस टिप्दै सहरमा बसेर पढ्ने तमाम विद्यार्थीका निराशालाई कस्ले बुझ्छ र ! शिक्षित बेरोजगारीका आन्तरिक समस्या र पीडालाई बुझ्न र अवसरका बाटा दिन नसक्नु नेपाल र नेपालीका चुनौतिले आज भन्दै गरिएका परिवर्तनबाट राहत पाएको पनि लाग्दैन । ‘आपूmले त पढिएन कमसे कम छोरा–छोरीलाई त पढाउँ’ भन्ने महान् इच्छा आमा–बाबाको हुन्छ । बूढेसकालमा घरको सम्पूर्ण बोझ बोकेर आमा–बाबाले छोरा–छोरीलाई ठूलो जागिरे बनाउने लक्ष्य राख्दै गाउँबाट पढ्नका लागि अलि विकसित सहर वा राजधानीतिर पठाउनुभएको हुन्छ । घरको गर्जो टार्दैमा सन्तानको पढाइ खर्च धान्न धौ धौ हुन्छ । शैक्षिक दक्षता र गुणस्तरको सही मूल्याङ्कन भएमा देशले गरिब मुलुकको खोल भिरिरहनु पर्ने थिएन होला । ठूलो जागिरे बनेस्; दशैँ या शुभ साइतमा आशीर्वाद दिँदा समेत आमाबाबाको एउटै आशा हुन्छ । आखिर दुवैतिरको पसिना हात लागी शून्य बनेपछि जन्मिन्छ– शैक्षिक हीनताबोध ! परिणाम वैदेशिक रोजगारीका मेन पावरका दलाली प्रवृत्तिको सिकार बनेर बिल एउटा देखाउने अनि लाखौँको बिटो बुझाएर पारिवारिक प्रेमलाई समेत तिलाञ्जली दिनुपर्ने बाध्यता सृजना हुन्छ ।

हरेक अवसरहरूमा राजनैतिक भागबण्डा खुलेआम चल्छ । घुस नखाने कर्मचारीहरु त औषधि नै होलान् अनि जन्मिन्छ शिक्षितहरुमा– हीनताबोध । ‘आज त घुस खानु जघन्य अपराध हो’ भन्न पनि डरै लाग्छ । विश्वविद्यालय, कलेजका विद्यार्थीहरुका भिड जति देखिन्छन् त्यहाँ यस्तै र यिनै बेरोजगारी पीडाका स्वर हुन्छन् र थोरै सुनिन्छन् । आज पढ्न नसकेकाहरु जति चिन्तित छन् त्यति शिक्षित बेरोजगारहरु पहिचानको सङ्घर्षभित्र चिन्तित छन् । सिद्धान्तलाई नै हेर्दा त पढ्नु केवल जागिरका लागि हैन, ज्ञान हाँसिल गर्नु हो तर ज्ञानको प्रमाणपत्रले भोको पेटको आशालाई मेट्न सक्दैन । लाखौँ खर्च गरेर विज्ञान, व्यवस्थापन, शिक्षा वा सि.ए.जस्ता विविध विषय लिएकाहरु हुन् वा अन्य कुनै सङ्काय उत्तीर्ण गरेका हुन्; आखिर निजी स्कुल वा अन्य संघ संस्थाका ढोकामा लज्जास्पद न्युन रकमको नै किन नहोस्, नोकरीको भिख माग्दै हिँड्नु परेको छ । आपैmँ कमाएर बाँच्ने आशा सबैसँग हुन्छ तर सिप र दक्षता पोख्ने अवसरमा आज ठूलो चुनौति छ – शिक्षित युवा पुस्ताका लागि । अर्कोतर्पm पढ्ने बहानाकै कारणले घरको काम गर्ने बानी समेत हराइसकेको पीडा पनि जोडिँदो रहेछ ।

क्षमता पोख्ने वातावरणलाई जटिल बनाउने नीतिभन्दा अवसरका क्षेत्रलाई फराकिलो बनाउने बाटाभन्दा राज्यमा सत्तामोहको गोलचक्कर रुचिपूर्ण पर्दामा भाइरल भइरहन्छ । शैक्षिक तथा बौद्धिक क्षमताको उचित मूल्याङ्कनभन्दा स्वार्थी, घुसखोरी, नातावाद, कृपावादको चक्रव्युहले शैक्षिक हीनताबोधलाई मलजल गराउँछ । आफ्नो देशमा पाखुरी बजार्न नै नपाउने विवशताका बाबजुत नै कयौँ दक्ष युवाशक्तिले विदेश पलायन हुनुपरेको छ । विकल्पको खोजीमा देशको दक्ष पौरख नचाहेर पनि परदेशमा बेचिरहेको देख्दा मन कटक्क हुन्छ । जुन सरकार बन्छ त्यहाँ आफ्नो सत्ता स्थायित्वको लालसा भइरहन्छ । भाषण जनताको सेवाका लागि गरिन्छ, व्यवहारमा विपक्षी पाटीको विरोध या त खुशी बनाएर सरकार टिकाउने ध्याउन्नको साझा संस्कारी सरुवा रोगको नीतिबाट पीडित छ देश । जनतालाई दबाबमा पारेर भन्दा स्वच्छ सेवाको परिचय दिने जुनसुकै पाटी, जनताका आँखामा बिझाउँदैन थियो होला तर यसको प्रत्यक्ष असर आर्थिक तथा राजनैतिक पहुँच नभएका युवावर्गमा परेको छ ।

देशमै जागिर खाने मन भए पढाइका साथमा राजनैतिक दखल मजबुत पार्न झण्डा बोक्नु पर्ने रहर मात्र होइन, बाध्यता हो । तसर्थ रोजगारको आवेदनका साथमा सोधिन्छ “तपाई कुन पाटीको मान्छे ?” हुनलाई त शिक्षा र राजनीति आपैmँमा पृथक क्षेत्रका विषयहरु हुन् । यद्यपि पढेर मात्रै हुँदैन जागिर खाने नै हो भने त कुनै दह्रो पाटीगत दखल हुनैपर्छ भन्ने कुरामा शिक्षितवर्ग लगभग अभ्यस्त नै छन्, सायद । पढेर मात्र रोजगार कहाँ पाइन्छ र । शिक्षाको मन्दिरमा राजनीतिको वृक्ष निर्लज्ज हुर्कन्छ, यसमा विचराले आपत्ति जनाउन पनि त सक्दैन । राजनैतिक पहुँच बढाउन चाहनेले कलेजमा भर्ना भएर त्यहीँबाट सुरु गर्ने संस्कार पनि नौलो होइन । यसर्थ कलेज नै राजनीति गर्ने थलो पनि बनेकै छ । अर्कोतिर पढेको तर राजनैतिक पहुँच नहुनेले बाबु बाजेले अपनाएको पुरानो पेशालाई सम्हाल्दाले पनि उसलाई समाजको हाँसो पात्र बन्ने डर हुन्छ । प्राचीन कर्म आपैmँमा दोषी छैन तर समाजले गीत गाइदिन्छ – ऊ मनोवैज्ञानिक हिसाबमा दमित बन्छ ।

समाजले आफ्नो बारीमा श्रम पोख्ने शिक्षित वर्ग स्तरीयताको बारभित्र थुनिदिन्छ त्यसैले मेनपावरका एजेन्टलाई लाखौँ रकम बुझाएर वैदेशिक रोजगारका निम्ति समुद्रपारी जान चाहन्छ, शिक्षित बेरोजगारी मान्छे । यदि कसैलाई ऊप्रति दुश्मनी भए भन्दा हुन्– खुब पढेको ठान्थिस् नि आपूmलाई ! आपूmसँगका साथीहरु पढाइ छोडेर पहिला नै विदेश गएका हुन्छन् । सम्भव भएसम्म अलिअलि भौतिक उन्नति गर्लान् । कमाउने साथीले पढ्न नसकेकोमा खेद व्यक्त गरिरहँदा त्यो बेरोजगारीले आपूmमा रहेको अभावलाई मात्र हेरिरहन्छ यो उसको कुण्ठाको उत्कर्ष हो । यद्यपि कर्मशील शिक्षित युवाहरु गाईपालन, बाख्रापालन, बङ्गुरपालन, मौरीपालन वा आधुनिक खेती प्रणालीजस्ता अन्य घरेलु व्यवसायतिर उन्मुख हुनु भने आपैmँमा गौरवको विषय हो, घरेलु उद्योग विकासको सशक्त माध्यम हो । यसमा राजनैतिक पूजारी र कसैलाई खुट्टा ढोग्न जानुपर्ने विवसता सायद कम होला । धेरै अवस्थामा भने पुँजीको अभावले कैयौँ प्रगतिशील युवाका योजनाले साकार हुन पाएका हुँदैनन् । बाटा त होलान् तर सबैले अवसरलाई मन भएर पनि बजार व्यवस्थापनजस्ता विविध कारणले अवलम्बन गर्न सक्दैनन् ।

वास्तविकतालाई नियाल्दा आज हज्जारौँ सङ्ख्यामा युवाहरु झण्डा बोकेर मैदानमा दौडिनुको औचित्य पाटीको सिद्धान्तको भावनात्मक समर्थन हो भन्ने ठाउँ नै कहाँ रहन्छ, प्रश्न उठ्छ । जब मान्छेले अधिकार र अवसर पाउँछ तब उसलाई बाटामा दौडिने फुर्सदै कहाँ हुन्छ र ! जसले शिक्षा र सभ्यताको ठूलो सपना देख्न सिकाएका हुन्छन् तिनैले अन्तमा अभावको झोला भिराएपछि अर्को थप बोझको बर्को ओढाई विदेश पलायन हुन विवश बनाउँछन् । सबै जना मेडिकलमा पास हुँदैनन्, त्यहाँ पनि जन्मिन्छ – शैक्षिक हीनताबोध । यद्यपि यो पनि थाहा छ तिनले देशलाई दोष दिएका छैनन् किनकि तिनका फेसबुक स्टाटसमा नेपालको महिमा हुन्छ । साथीलाई को कमेन्ट (प्रतिक्रिया) मा पनि भनिन्छ त्यत्रो पढिसकेपछि पनि विदेश !

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टादेखि अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चिप्लिएको यति एयरलाइन्सको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान सकस भएको छ । धावन मार्गमा विमान चिप्लिएका कारण झण्डै चार घण्टादेखि मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध रहेको छ । निरन्तरको प्रयासका बाबजुत पनि विमानलाई निकाल्न नसकिएको महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँले विमान...

विपद्बाट हुने क्षति रोक्न तीनै तहका सरकार ‘हाइ अलर्ट’

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन सक्रिय भएसँगै मुलुकमा विपद्बाट हुनसक्ने सम्भावित क्षति रोक्न तीनै तहका सरकार र सम्बद्ध निकाय ‘हाइ अलर्ट’को अवस्थामा रहेका छन् ।विपद जोखिम न्यूनीकरण, तत्काल उद्धार तथा राहतका लागि बाढीबाट प्रभावित मुलुकका २४४ स्थानलाई उच्च जोखिम क्षेत्र पहिचान गरी सरकारी क्षमताले भ्याएसम्मका तयारी गरिएको छ । मुलुकको पहाड र हिमाली क्षेत्र पहिरोको उच्च जोखिममा...

पूर्वी र मध्य भेगमा उच्च सतर्कता अपनाउन आग्रह : सबै नदीहरूमा बहाव उच्च

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसम विश्लेषणसम्बन्धी आज विषेश बुलेटिन जारी गर्दै मनसुन तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बद्ली रही धेरैजसो...

विराटनगरका अधिकांश स्थान डुबानमा : प्रदेशसभाको पानी मोटरले फालिदै ( तस्बिरहरू सहित )

२०७६-३-२७ शुक्रबार

विराटनगर / तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने सिंगिया खोलामा आएको बाढीले विराटनगर वडा नं १, २ र ८ का केही क्षेत्र आज बिहानदेखि डुबानमा परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–१ स्थित परोपकार...

ठाउँ ठाउँमा पहिरो : यात्रामा सास्ती

२०७६-३-२७ शुक्रबार

  बागलुङ / मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ । बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा...

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

२०७६-३-२७ शुक्रबार

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त...

Similar Posts

डुबानसँगै मोरङमा सात सय ५५ परिवार विस्थापित

२०७६-३-२७ शुक्रबार

माेरङ / केही दिनदेखि परिरहेको निरन्तरको वर्षासँगै घर डुबानमा परेपछि मोरङमा सात सय ५५ परिवारका विस्थापित भएका छन् । शुक्रबारसाँझ सम्ममा सात सय ५५ परिवारका ३५ सय भन्दा बढी जनसंख्या डुबानको चपेटामा परेर विस्थापित बनेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए । विराटनगर महानगरपालिका, बूढीगंगा, कटहरी, धनपालथान र जहदा गाउँपालिकाका धेरै जसो घर डुबानमा...

छोराले बिहे गर्न नमान्दा कुटिएका व्यक्तिको मृत्यु भएपछि तनाव, दुई जना वडा अध्यक्षसहित ७ जना विरुद्ध जाहेरी

२०७६-३-२७ शुक्रबार

माेरङ / छोराको बिहे गर्न नमान्दा २८ दिन अघि जनप्रतिनिधि समेतको संलग्नतामा कुटिएका एक व्यक्तिको मृत्यु भएपछि शुक्रबार विराटनगरको कोसी अस्पताल बाहिर अवस्था तनावग्रस्त बनेको छ । अस्पताल प्रवेश गर्ने ठाउँमै सडक अवरुद्ध पार्दै शव राखेर आफन्त प्रदर्शनमा उत्रिएपछि अवस्था तनावग्रस्त बनेको हो । बुवाले हेरेको केटीसँग छोराले बिहे गर्न नमान्दा जनप्रतिनिधिसमेतको उपस्थितिमा विराटनगर–१४ जतुवाका...

गर्धनमा बलले लागेर भारतीय क्रिकेटरको मृत्यु

२०७६-३-२७ शुक्रबार

खेलका दौरान गर्धनमा बल लागेर एक भारतीय युवा क्रिकेटरको ज्यान गएको छ । कस्मिरका यु–१९ क्रिकेटर जहाँगिर अहमद वार एक प्रतियोगिता खेलिरहेका थिए । बिहीबार गर्धनमा बल लागेपछि बेहोस भएका वारलाई अस्पताल लगिएको थियो तर अस्पतालले उनलाई मृत घोषित गर्यो । ११ कक्षामा पढ्ने जहाँगिर हालै यु–१९ क्रिकेट क्याटेगोरीमा छनोट भएका थिए । उनी बारामुला...

उर्लियो हनुमन्ते, भक्तपुरमा डुबान शुरु, प्रशासनद्धारा उच्च सतर्कता

२०७६-३-२७ शुक्रबार

  भक्तपुर / अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान शुरु भएको छ । हिजोदेखि नै परेको अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी खोलाभन्दा माथि आएपछि बस्तीमा पानी पस्न थालेको हो । हनुमन्तेमा बाढी उर्लिएपछि जिल्ला प्रशासन कार्यालयले हनुमन्ते नदी आसपासका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ भने नदी...