हामी सधैँ दलित नै हुने ?

२०७३-१२-३ विहिबार

‘कोही भन्छन् दलित एउटा सिङ्गो व्यथा हो ।
कोही भन्छन् दलित आफैंमा अल्झिएको गाथा हो ।
तर, मेरो भनाइमा दलित
एउटा तिरस्कृत व्यक्तिको कथा हो ।’

‘दलित के हो ?’ शीर्षकमा २०४४ जेठ ८ गते मैले यस्तो मुक्तक लेखेको रहेंछु । त्यो बेला अलिअलि लेख्न जान्नेले केही न केही उपनाम राख्ने चलन थियो । सम्भवतः पञ्चायती शासकको नजरमा भूमिगत हुन लेखक–कविहरू उपनाम राख्थे । किशोर उमेरमा स्वभावगत विद्रोहको हावाले हामीलाई पनि छोएको थियो । कोही साथीले पीडित, कसैले कथित, कसैले अकेला, कसैले राख, कसैले एमटी भन्दैे आफूलाई चिनाउन थाले । मलाई दलित लेख्न मन लाग्यो । विद्याधर गुरागाई ‘दलित’ । यसरी २०४१ असोज २० देखि २०४५ कात्तिक १७ सम्म म दलित भएँ ।

गुरागाई ‘दलित’ नामबाट कविता, कथा, समाचार लेख्थें । कविता सुनाउँथें, पुरस्कार, प्रमाणपत्र थाप्थें । कसैले ‘ओ ! दलितजी !’ भन्दा दङ्ग पर्थें किनकि म आफूलाई त्यही नामले चिनाउन चाहन्थें । त्यसरी चिनिएकोलाई उपलब्धि ठान्थें । इटहरीबाट प्रकाशित हुने सप्तकोसी साप्ताहिकको २०४४ कात्तिक १२ गते बिहीबारको अङ्कमा ‘गुरागाई दलित’का नामबाट छापिएको ‘कल्पना’ शीर्षकको कविता मेरो बृहत् क्षेत्रमा सार्वजनिक भएको पहिलो रचना थियो । कवि दलितको आरम्भिक कोसेढुङ्गा बनेको त्यो कविता छापिएको पत्रिका मित्र गीतनारायण एमटीले सुनसरी क्याम्पसभरि घुमाउँदा कम्ती गौरवको अनुभूति भएको थिएन ।

ती दिनहरूमा म काठमाडौंबाट प्रकाशित हुने मातृभूमि र विमर्श साप्ताहिकमा गुरागाई दलितका नामबाट अनेक प्रश्न र सूचनाहरू पठाइरहन्थें । ‘एसियाली मापदण्ड’ र ‘आधारभूत आवश्यकता’ के एक–अर्काका पुरक हुन् ?, सिर्जनशील पुस्तकालय खोइ ? जस्ता प्रश्नहरू हुन्थे । कतिपय प्रश्नले राजनीतिक अर्थ पनि बोक्ने हुँदा ‘को हो यो दलित ?’ भन्ने जिज्ञासा समाजमा हुन्थ्यो, जसलाई म आफ्नो सफलता ठान्थें ।

त्यही क्रममा इनरुवाबाट प्रकाशित हुने ‘समाचार जगत’ साप्ताहिकमा गुरागाई दलितका नामबाट ‘अभिवादन’ शीर्षकको अर्को कविता छापियो । सूचना थाहा पाएर पत्रिकाका केहीप्रति लिनुप¥यो भनेर समाचार जगतको कार्यालयमा गएँ । रविन्द्र चक्रवर्ती सम्पादकीय लेख्दै थिए ।

‘कता आएको भाइ ?’
‘मेरो कविता छापिएको पत्रिका लिन ।’
‘लियौ ?’ … ‘लिएँ !’
‘खोइ हेरौं ! कुन कविता ?’
मैले पत्रिका दिएँ । कविताको सुरुमै छापिएको नाम देख्ने बित्तिकै उनले सोधे, ‘के हो यो दलित भनेको ?’
नेपाली विषयमा स्नातकोत्तर उत्तीर्ण चक्रवर्तीलाई प्रमाणपत्र तह पढ्दै गरेको मैले दलित शब्दको अर्थ लगाउँदै भनें, ‘दमन गरिएको, हेपिएको, पछि प®ेको वा पारिएको ।’
‘अनि तिमी दलित कसरी भयौ त ?’
‘होइन, यो एउटा उपनाम राखेको !’
‘ठिकै छ, तर तिमीले आफूलाई चिनाउन यही शब्द किन छानेको ? शब्दकोशमा अरू पनि शब्दहरू थिए होलान् !’
‘… … … … … !’

‘हेर भाइ, तिमी आफूलाई जस्तो बनाउन चाहन्छौ, त्यस्तै बन्छौ । आफूलाई दलित, हेपिएको पिछडिएको ठानिरहन्छौ भने त्यस्तै हुन्छौ । यदि अगाडि बढ्न्, सफल हुन चाहन्छौ भने पहिले आफ्नो सोच परिवर्तन गर ।’

संवाद भएको यति हो । तर, यो संवादले मलाई निकै दिनसम्म सोच्न बाध्य बनायो । अन्ततः मैले आफ्नो नाम बदल्ने निर्णय गरें । र, २०४५ असार १ गते परिवर्तनको यो परिस्थितिबारे पाठकहरूप्रति जवाफदेही भएर लेखें –

‘सुरुवात हुँदा मैले आफ्नो उपनाम दलित राखेको कुरा सम्झिन्छु । विभिन्न कारणहरूले । मनभित्रको व्यथा दलित थियो । वातावरणसँग तिरस्कृत हुनुको यथार्थ र आफूसँगको असफलता थियो दलित । साँचो अर्थमा जबसम्म हाम्रो समाज यथावत छ, सामाजिक विकृतिहरूका विरुद्ध तबसम्म दलितहरू यथावत् रहिरहनेछन् । दलित कहिल्यै पनि अन्त हुने प्रकरण हुँदै होइन । बरु आत्मभिमानको सुरुवात हो ।

तर, परिवर्तनको गति पनि विचित्रको छ । परिवर्तनको क्रममा साथीहरूको सल्लाहबाट ‘दलित’ उपनामलाई मैले परिवर्तन गर्ने निर्णय गरेको छु । मेरो पालो अब ‘दलित’बाट ‘सुविद’ भयो ।’

०००
कम्प्युटर प्रशिक्षक सुनिता मरिकलाई चिन्नुहुन्छ तपाई ? बेचन मरिक अर्थात् बाबा भूतनाथकी छोरी । ऊ मेरो साथी हो । म उसलाई दलित भन्न चाहन्न । प्रसङ्गवश, उनका बुबा बेचन मरिक कसरी बाबा भूतनाथ बने, त्यो प्रसङ्ग म यहाँ सम्झिन चाहन्छु ।

काठमाडौं वनकाली र धरानमा सञ्चालित किरो रिसर्च सेन्टरका संस्थापक उनी जीवनकालमा दलित भनिएको समुदायका एक रोलमोडल बनिरहे । हस्तरेखा विद्या, तन्त्र–साधना, वास्तुशास्त्र र अङ्क विज्ञानमा सिद्धहस्त मानिन्थे उनी । हिमालय टेलिभिजनबाट प्रशारण हुने ‘ब्रá–सूत्र’ कार्यक्रमका सञ्चालक पनि थिए ।

नेपालमा अझ पनि सबैभन्दा बढी छुवाछुत र भेदभावको पीडा भोगिरहेको समुदाय हो, डोम । त्यसै समुदायका प्रतिनिधि उनी भन्थे, ‘वेदलगायत धर्मशास्त्रले भन्छ कि कोही पनि मान्छे जन्मजात ब्राáण वा पुरोहित हँुदैन । सबै मान्छे जन्मिदा शुद्र नै हुन्छ । मानिसको कर्मले उसको जात निर्धारण हुने हो । उदाहरणका लागि मलाई लिन सक्नहुन्छ । म त्यही डोम समुदायको व्यक्ति हुँ, जुन समुदायले आफ्नो पहिचान दिएर अहिले पनि सार्वजनिक होटलमा चिया खान पाउँदैन । जसको शरीर छोएमा छुनेकै शरीर अपवित्र हुन्छ भन्ने धारणा छ ।’ तर, उनीकहाँ आफ्नो हात देखाउन उच्चजातका व्यक्तिहरू पुग्थे ।
तर, बाबा भूतनाथ हुनुअघि बेचन मरिकले छुवाछुत र भेदभावको चरम पीडा भोगेका थिए, जुन घटनाले उनलाई बाबा भूतनाथ बनाएको थियो ।
२०१७ साल माघ ३ गते उनी आमासहित बिरामी बुबाको उपचार गर्न बिहारको दरभङ्गास्थित लोहरियासराय अस्पताल गएका थिए । अस्पताल भर्ना गरेको भोलिपल्ट बिहानै बुबाको मृत्यु भयो । त्यहाँबाट लास घर ल्याउँदा बढी खर्च लाग्ने भएकाले विपन्न बेचन र उनकी आमाले त्यहीं कोसी नदी किनारमा दाहसंस्कार गर्ने निधो गरे ।

सात सय रुपैयाँमा दाहसंस्कार गर्न पण्डा (पण्डित) राजी भयो । दागबत्ती दिने बेला पण्डाले बेचनकी आमासँग मृतकको गोत्र सोधे । जसै उनी डोम भएको थाहा भयो, ती पण्डाले बेचनकोे बुबाको लासलाई लात्तले हानेर चिताबाट तल झारिदिए । त्यतिले नपुगेर आमा छोरामाथि पहिले नै जात किन नभनेको भन्दै कुटपिटसमेत भयो । त्यो घटनाले बेचन ज्यादै मर्माहत भए । र, त्यही दिन उनले कसम खाए कि म एकदिन यस्ता कथित बाहुनहरूलाई घुँडा टेकाएरै छाड्छु !
त्यही इख बोकेर उनी घरबाट हिँडे र विभिन्न स्थानमा भौतारिँदै बनारस पुगे । त्यहाँ डाक्टर रामनाथ अघोरीसँग भेट भयो, जसको सेवा–टहलमा उनले आफूलाई समर्पित गरे । बुबाको दाहसंस्कार गर्ने क्रममा पण्डाहरूले गरेको दुव्र्यवहारको पीडा सुनाए । उनको दुखद् कथा सुनेर रामनाथ अघोरी आश्चर्यचकित भए । र, भने, ‘चिन्ता नगर तिमीलाई म हजारौंले खुट्टा ढोग्ने उच्चकोटीको योगी बनाइदिन्छु ।’
नभन्दै तिनै अघोरीले सिकाएको साधना र मार्गमा लागेर, १४ वर्षको बनारस बसाइसँगै उनी ‘अछुत’ बेचन मरिकबाट ‘मान्यवर’ बाबा भूतनाथ भए ।

०००
दलित भन्नाले दमन गरिएको, थिचिएको, कुल्चिएको, समाजमा हक, इज्जत ® प्रतिष्ठा समान रूपले पाउन नसकेको जाति वा समूह, सामाजिक व्यवस्थाको असमानताले सोसिएको वा पछि पारिएको जनसमुदाय भनी बृहत् नेपाली शब्दकोशमा परिभाषित गरिएको छ । यो पृष्ठभूमिमा, मेरो मनमा बीसौं वर्षदेखि एउटा जिज्ञासा रहिरहेको छ कि हामीले डोमलगायत जातिलाई कहिलेसम्म दलित बनाइराख्ने ? कहिलेसम्म दलित भनाइराख्ने ? राज्यले उनीहरूलाई दलितको टीको कहिलेसम्म लगाइराख्ने ? अझ संविधानको प्रस्तावनामै दलित शब्द लेख्न लगाएर र दलित आयोग बनाएर त्यसलाई संस्थागत गर्ने कसरतमा किन लागेका हुन् अगुवाहरू ? के हाम्रा नाति–पनाति पुस्ताले पनि दलित भनेका यी–यी हुन् भनेर गनिरहुपर्ने, भनिरहनुपर्ने हो ?

यो देशमा अघिल्लोपटक संविधान बनाउँदा झाँगडलाई पनि दलितको अनुसूचीमा समावेश गरिएको थियो । तर, त्यसलाई उनीहरूले स्वीकार गरेनन् र हामी दलित होइनौं, हामीलाई दलित भन्न पाइँदैन भनेर साहसका साथ अगाडि आए । र, सर्वोच्च अदालतको सहयोगमा जातीय गौरव उठाए । यसैगरी, कामी, दमाई, सार्की, डोम, चमार आदिले हामी आफूलाई दलित मान्दैनौं, हामीलाई कसैले पनि दलित नभनोस् र त्यस्तो व्यवहार नगरोस् भनेर सर्वोच्च अदालत गए, के अदालतले ‘होइन, तिमीहरू दलित नै हौ ! दलित नै हुनुपर्छ ! भन्छ ? किमार्थ भन्दैन । न अदालत, न राज्य, न समाज कसैले पनि त्यसो भन्दैन । भन्न पाउँदैन । स्मरणीय छ एलिनोर रुजबेल्टका शब्द, ‘कसैले पनि तपाईको इच्छा नभइकन तपाईलाई हीनताबोध (सानो) गराउन सक्तैन ।’

०००
सामाजिक सञ्जालहरूमा मैले यस्तो विचार सार्वजनिक गरेपछि, सेरोफेरोमा विभिन्न प्रतिक्रियाहरू देखापरे । साहित्कार÷राजनीतिकर्मी गोपाल कोइरालाले भने, ‘दलित त्यो हो जसले अरूलाई वा आफूलाई दलित भन्छ ।’ गोपाल निरौलाले सुझाव दिए, ‘अब बन्ने किताबमा दलित शब्द हटाउनु राम्रो होला ।’ अर्जुनकुमार आचार्यले भने, ‘कुरा बुझेका लेखक–कवि, पत्रकारहरू खुलेर सडकमा आए भइगयो नि, कसले रोकेको छ ?’

कवि हाङयुग अज्ञातले पोस्ट राखे, ‘कामी–दमाई मात्रै दलित होइनन् । किनभने, दलित भनेका राज्यसत्ताले अन्याय, अत्याचार, दमन र शोषण गरेका नागरिकहरू हुन् । तसर्थ नेपालमा ९९ प्रतिशत दलित छन् । बाँकी रहेका एक प्रतिशतले भारतको आडमा राज्यसत्ता कब्जा गरेर हामीमाथि कुशासन थोपरिरहेछन् ।’

अधिकारकर्मी भेषराज पोख्रेलले लेखे, तपाईले मात्र खुवाएर हुँदैन दाइ समाजले नै खुवाउनुपर्छ अनि मात्र परिवर्तन भएको मानिन्छ । त्यसमा उत्तम कोइरालाको टिप्पणी छ, पुरानो पुस्ताले मान्दैन । अबको पुस्तालाई भन्दै पर्दैन । सञ्चा रकर्मी विवेक गौतमले प्रतिप्रश्न गरे, ‘त्यसोभए के सिरहाको धनगढी–३ नयनपुरका दीपक मल्लिक आफूले चाहेर दलित भएका हुन् त ?’

मैले तर्क गरें, ‘हो नि ! राउटेहरू अझै जङ्गलमै बस्न चाहन्छन् । त्यसैमा विडम्बनायुक्त मजा छ उनीहरूलाई । सिरहाको मात्र किन जुनसुकै ठाउँका दलितहरूले ‘म किन दलित ?’ भनेर प्रश्न गर्ने हो भने उनीहरूको मुक्ति उहिल्यै भइसक्थ्यो । कतिले यो कुरा बुझेर आफूलाई दलितभन्दा माथिल्लो श्रेणीमा पु¥याइसकेका छन् । सिरहालगायत सीमान्त बस्तीमा त्यो चेतना नपुग्नुको अलिअलि दोष तपाई–हामी जस्ता सरोकारवालाहरूको पनि हो । जो, कुनै कार्यक्रम गर्दा भत्ता पाइने लोभले वा चुनावका बेला भोट चाहिने करले मात्र ती बस्तीहरूमा पुगेका हुन्छौं । तथ्य कुरा बुझाउन आफ्नो छुट्टै समय दिँदैनौं ।’

शिक्षक दिनेश पौडेलका अनुसार जातीय विभेद समाजको तात्कालिक आवश्यकताले जन्मेको व्यवस्था थियो । त्यस समयमा उनीहरूको दृष्टिमा दुराचार, व्यभिचार वा नैतिक पतन हुनेलाई जातिच्युत गराइन्थ्यो । यही दण्डविधान थियो । तर, अब कानुन फेरिए । युगको आवश्यकताले व्यक्तिलाई अछुत राख्नुपर्छ भनेन । तर, दलित अधिकारकर्मी भनिने अहिलेका एनजिओकर्मीहरूले त दलितलाई बाँकी समाजबाट एक्ल्याएर झगडालु, इष्र्यालु र शङ्कालु बन्ने तालिम दिइरहेका छन् । जबसम्म उच्च भनिएका जातिबाट अलग पहिचान निर्माण गरिन्छ तबसम्म यो आन्दोलनको औचित्य कहिल्यै सकिनेवाला छैन अर्थात् दलितहरू जहिल्यै दलित भन्ने कलङ्कको साइनबोर्ड झुन्ड्याइरहन बाध्य हुनेछन् ।

ज्योतिष मधुसूदन रिजाल अशिक्षा, बेरोजगार, गरिबी र रुढीवाद नै दलित हो भन्छन् । रिजालका अनुसार यसमा सबै जातिका मान्छे पर्छन् । अरूको के कुरा गर्नु उत्तम जात भनिने ब्राम्हणमा पनि जैसी भनेर कर्मकाण्ड नचल्ने, छोएको नखाने चलन छ । तथापि यस्ता कुरा हिजो थिए होलान् । अब छैन । जातको आधारमा विभेद गर्नु अपराध हो ।

यसरी प्रतिक्रियाहरू सञ्चयन गर्दा थाहा हुन्छ, कोही पनि व्यक्ति बाहिरी आवरण खासगरी शरीरले होइन मनले दलित हुने रहेछ । महाकवि देवकोटाले भनेका छन्, ‘मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन ।’ प्रष्टै छ, मानिस जातले ठुलो मात्र होइन, सानो पनि हुँदैन ।

०००
मर्यादा पुरुषोत्तम रामले सबरीले दिएको जुठो बयर खाएर पौराणिक कालमै हिन्दू धर्म–संस्कृतिमा छुवाछुतको भेदभाव ग्राह्य नहुने सन्देश दिएका थिए । बुझेका मान्छे र धर्म–प्रचारकहरूले राम्रा कुरा समाजमा फैलाउन नसक्दाको परिणाम हो अहिले सनातनी समाजमा देखिएको अनपेक्षित परिदृश्य ।

फेरि छुवाछुतको कुरा गर्दा बाहुन–क्षेत्रीहरूले दलित भनिएका जातकाहरूलाई भेदभाव गरिएको कुरा आउँछ, तर दलित भनिएका जातहरूमै आन्तरिक छुवाछुत भयङ्कर छ । बाहुन–क्षेत्री बाहुन–क्षेत्रीभित्रै पनि आन्तरिक छुवाछुत छ । यी सबै धर्मसँग जोडिएका ऐंजेरुहरू हुन् । क्रिश्चियन, इस्लाम र बौद्ध धर्ममा पनि छुवाछुतको व्यवहार हुन्छ । कुनै पनि धर्मले छुवाछुतलाई प्रश्रय दिँदैन । तर, मानिसहरू जान्दा–जान्दै पनि साबुन पानीले हात नधोएको अवस्थामा पनि ‘फोहोरी हात’ले खानेकुरा समातिरहेका, खाइरहेका हुन्छन् । त्यस्तै भएको छ यो छुवाछुत, बोक्सी, महिनाबारीसँग सम्बन्धित कुप्रथाहरूको कुरा पनि ।

कालान्तरमा बालागुरु षडानन्द, पण्डित छविलाल पोखरेललगायत महापुरुषहरूले सार्वजनिक रूपमा दलित भनिएका समुदायका मानिसको उत्थानका लागि काम गरेका थिए । दलित भनिएकाहरूको घरमा गएर व्रतबन्ध, पूजा–श्राद्ध गर्ने, उनीहरूले पकाएको खाने, सहभोजको आयोजना गर्ने थुप्रै बाहुनहरू भए इतिहासमा र अझ पनि कतिले त्यस्तो सत्कार्य गरिआएकै छन् । तर, हामी कतिपय अधिकारकर्मीहरू नै यस्ता सकारात्मक उदाहरणहरूको प्रचार गर्न हिच्किचाउने गर्छाैं ।
अर्को कुरा, संविधानबाट यो दलित शब्द हटाउनुपर्छ । र, राज्यले दलित भनिने र व्यवहार गरिने कुप्रथा उन्मूलन गर्नुपर्छ । दलित आयोग खारेज गर्नुपर्छ । किनकि हाम्रो समाजको अघिल्लो पुस्ताले गरेको गल्तीलाई हामीले कहिलेसम्म बोकेर हिँडिरहने ? कहिलेसम्म हामीले कोही ‘मान्छे’ ‘दलित’ पनि हुन्छ भनेर मानिरहने ?

नेपालमा उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिमार्फत् २२ जातलाई दलित भनी पहिचान गर्दा नेवारी दलितभित्रका कुसुले, कुचे, च्यामे र पोडे जातिलाई समेत समावेश गरेको थियो । तर, अहिले यी चार जाति दलित हो कि होइन भन्नेमा विवाद छ । उही जातिलाई कोही दलित हो भन्ने कोही होइन भन्ने ! विवादको चुरो बुझिनसक्नु छ । दलित जातिमा सूचीकृत गरिएका मुसहरहरूका ‘कुल देवता’ मानिने दिनाभद्रीले राज्य सञ्चालन गरेको मिथकीय कथा तराईतिर लोकप्रिय छ । मिथिला समाजमा यसका अनेकौ प्रमाणहरू पनि छन् । विडम्बना उनै राजाका सन्ततिहरू आज आफूलाई दलित ठानिरहेका छन् ।
यसबाहेक नेपालमा दलितको सूचीमा थपिने जातिहरूको सङ्ख्या बढ्दो छ । त्यसैको एउटा उदाहरण हो, महोत्तरीमा रहेको धनकार जाति । समाजमा आफूहरूमाथि डुम र हलखोर जातिसरह व्यवहार हुने गरेको दाबी गर्दै उनीहरूले आफूहरूलाई पनि दलित वर्गमा सूचीकृत गराउन माग गरेका छन् । राज्यबाट दलितले पाउने सुविधा आफूहरूले पनि पाउनुपर्ने उनीहरूको दाबी छ । दुःख लाग्छ, आरक्षण र अरू सुविधाको प्रलोभनमा परेर–पारेर थप जातिहरू दलित हुन प्रेरित हुँदैछन् ।

प्रश्न यो होइन कि मैले यो आलेखमा के तर्क गरें ? के विषय उठान गरें ? मूल प्रश्न वा सवाल यो हो कि आज दलित भनेर सम्बोधन गरिएका जाति कसैले पनि आफूलाई त्यसो भनिदिँदा गौरवको अनुभव गर्छन् कि गर्दैनन् ? कि अपमानबोध हुन्छ ? यदि यो शब्दप्रति गौरवबोध हुँदैन भने किन उनीहरू आफूलाई दलित नै भनाइराख्न उद्यत छन् ?

एकदिन मधेली सात नम्बरस्थित मुसहरीको रिपोर्टिङ गर्ने क्रममा मैले सोधेको थिएँ, ‘तपाईहरूले आफ्ना छोराछोरीलाई स्कुलमा पढाउन थाल्नुभएछ, त्यसो गर्दा मुसा खोजेर खाने अनि माटो काट्ने तपाईहरूको परम्परा र पेसा त हराउने भयो नि, होइन ?’

जवाफमा स्थानीय तारादेवी ऋषिदेवको प्रतिप्रश्न थियो, ‘सबदिनसे पाछुए रहबे ? हमरा आरु नै पढ्लिए त बालबच्चाके पढावै पर्ले कि !’ (हामी सधैं पछि नै रहनु ? हामीहरूले पढ्न पाएनौं तर केटाकेटीलाई त पढाउनै प¥यो नि !’)
०००
[email protected]

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

२०७६-३-२७ शुक्रबार

कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा...

त्रिभुवन विमानस्थल अनिश्चित कालका लागि बन्द : विदेशबाट आएका जहाज अवतरण नगरी फर्किए

२०७६-३-२७ शुक्रबार

यति एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरणका त्रममा चिप्लिएको छ । नेपालगञ्जबाट काठमाडौं आएको उक्त विमान अवतरणको क्रममा शुक्रबार बिहान चिप्लँदा २ जना घाईते भएका छन् । 9N अल्फा MM को उक्त जहाज अवतरणको क्रममा चिप्लिएर विमानस्थलको धावनमार्गबाट १५ मिटर पर पुगेको छ । विमानमा ६६ जना यात्रु र चार जना चालक दलका सदस्य सवार थिए...

यस्तो गाउँ जहाँ छ महिना सबैको घरमा तालाचाबी लाग्छ

२०७६-३-२७ शुक्रबार

  रोल्पा / सुनछहरी गाउँपालिका–२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ । बस्तीमा घर छन् । तर, मानिस छैनन् । ‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा सरेका छौं’, चालवाङका ४९ वर्षीय थमन बुढामगर भन्छन्, ‘गाउँमा सबैको घरमा तालाचाबी लागेको छ ।’ २२ घरधुरी रहेको यो गाउँ ६ महिना रित्तो हुन्छ । बस्तीमुनि...

जलवायु परिवर्तन अव्यवस्थित शहरीकरण लेप्टोस्पाइरोसिस अनी रोकथामका उपाय ।

२०७६-३-२७ शुक्रबार

पृष्ठभुमीः लेप्टोस्पाइसीस पशुबाट मानीसमा सर्ने बढी प्रचलीत जीवाणुजन्य रोग मानीन्छ । विश्व स्वास्थ्य संगठनले उष्ण हावापानी भएको यो रोग कमै चासोमा पर्ने रोगका रुपमा पहिचान गरी यस्को विस्तृत प्राज्ञिक अध्ययन अनुसंधान एवं अभीलेखीकरण गर्नु पर्ने भनी औल्याइएको छ । यस रोगको स्थिती विश्वव्यापी रहेको मानिन्छ, जसले गर्दा यस रोगबाट बर्षेनी ३००००० देखि ५००००० लाख मानिस...

नजिकिँदै कांग्रेस–राजपा, सरकारविरुद्ध मोर्चाबन्दी तयारी

२०७६-३-२७ शुक्रबार

काठमान्डाैं / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी थालेका छन् । प्रतिपक्षी दुई दलका नेताहरूबीच सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न तहमा छलफल जारी छ । दुई पार्टीले विभिन्न अजेन्डा उठाएर केही दिनदेखि संयुक्त रुपमा सदन अवरुद्ध गर्दै आएका छन् । यसबाट सरकारविरुद्ध यी दुई दल...

काँक्रोको बिउ बेचेरै सवा करोड कमाउने किसान

२०७६-३-२७ शुक्रबार

काठमाडाै‌ । पर्वतको फलेबास नगरपालिका-११ मा पर्ने सानो गाउँ कर्नासमा यस वर्ष सवा करोड मूल्य बराबरको काँक्रोका बिउ उत्पादन गरेका छन्।व्यावसायिक रूपमा बिउ उत्पादन गर्दै आएका १ सय घरधुरी परिवारले १ करोड २० लाखभन्दा बढी मूल्य पर्ने काँक्रोको बिउ उत्पादन गरेका हुन्। कर्नासका कृषकले यस वर्ष ४ टनभन्दा बढी काँक्रोको बिउ उत्पादन गरेको स्थाानीय कृषक बाबुराम...

Similar Posts

विराटनगरका अधिकांश स्थान डुबानमा : प्रदेशसभाको पानी मोटरले फालिदै ( तस्बिरहरू सहित )

२०७६-३-२७ शुक्रबार

विराटनगर / तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने सिंगिया खोलामा आएको बाढीले विराटनगर वडा नं १, २ र ८ का केही क्षेत्र आज बिहानदेखि डुबानमा परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–१ स्थित परोपकार...

ठाउँ ठाउँमा पहिरो : यात्रामा सास्ती

२०७६-३-२७ शुक्रबार

  बागलुङ / मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ । बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा...

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

२०७६-३-२७ शुक्रबार

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त...

वर्षका कारण सिंहदरबारको पर्खाल भत्किदा सडक अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौं / केही दिन यता परिरहेको भारी वर्षका कारण सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको छ । पर्खाल भत्किएपछि अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । भूकम्पका बेला...