बढ्दाे विद्युतीय जोखिम, पाँच वर्षमा ४७ को मृत्यु

२०७३-१२-२५ शुक्रबार

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको काठमाडौँ क्षेत्रीय कार्यालयअन्तर्गतका इकाइमा सबैभन्दा बढी विद्युतीय दुर्घटनामा हुने गरेको पाइएको छ ।  नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सुरक्षा दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा दिइएको जानकारीअनुसार २०६८ असारदेखि २०७३ चैतसम्म ४७ जनाको मृत्यु भएको छ ।

सोही अवधिमा पोखरामा नौ जना, बुटवलमा १४, विराटनगरमा १०, जनकपुरमा १९ र अत्तरियामा आठ जनाको निधन भएको छ । दुर्घटनाबाट काठमाडौँमा ६९, पोखरा १७, बुटवल १५, विराटनगर १४, जनकपुर ११, नेपालगन्ज सात, अत्तरियामा १६ जना घाइते भएका छन् ।

दुर्घटनामा परी पशु चौपाया पनि १०० भन्दाबढी मरेका छन् । हेटौँडा क्षेत्रीय कार्यालयको भने त्यसमा विवरण समावेश गरिएको छैन । प्राधिकरणले क्षतिपूर्ति मात्रै रु आठ करोड १७ लाख २१ हजार १९७ उपलब्ध गराएको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक दीर्घायुकुमार श्रेष्ठले विद्युत् उपलब्धता बढेसँगै विद्युतीय दुर्घटना बढेको जानकारी दिनुभयो । घरघरमा हाई भोल्टेज पुगी बत्तीको स्वीच छुने व्यक्ति दुर्घटनामा परी मानवीय क्षति भएको, गुुडिरहेको यात्रुवाहक बसमा ११ केभीको तार छुन पुगी बसमा सवार यात्रुलाई करेन्ट लागेको, एलटी लाइन मर्मत गर्न ट्रान्सफर्मरको ११ केभी लाइन काटी एलटी पोलमा चढी काम गर्दा प्राविधिकलाई करेन्ट लागी ढलान गरेको जमिनमा खसेको र उपचारका क्रममा निधन भएका छन् ।

पनौती जलविद्युत् गृहबाट निस्किएको ११ केभीको फिडरमा रहेको सामान्य प्राविधिक समस्याका कारण दुई प्राविधिक र नजिकैैको कुलामा लुगा धोइरहेकी एक महिलाको घटनास्थलमा नै निधन मृत्यु भएको थियो । यी त प्रतिनिधि घटना भए तर पछिल्लो समयमा बढेको विद्युतीय जोखिम कम गर्न भएका प्रयास र पहल भने दुर्घटनाको तुलनामा कम भएको गुनासो पनि आउने गरेको छ ।

प्राधिकरणका अनुसार तोकिएको मापदण्ड विपरीत विद्युत् लाइन विस्तार एवम् निर्माण भएका कारण विद्युतीय दुर्घटना बढेको पाइएको छ । त्यसमा ११ केभी हाइटेन्सन लाइनमा काठका पोल प्रयोग हुनु, धेरै लामो लाइन हुनु, लामो दूरीमा रहेका पोल, अपर्याप्त सवस्टेसन, विद्युत् लाइन भएका स्थान प्रष्ट नदेखिनु र सुरक्षात्मक उपाय अवलम्बन नगरिनु पनि अर्को कारणका रुपमा देखिएको छ ।

यस्तै घर तथा आवास नजिकै प्रसारण लाइन रहनु, मानवीय हेलचेक्र्याँइ हुनु तथा जनचेतनाको अभाव पनि विद्युतीय दुर्घटनाको खास कारणका रुपमा रहेका छन् । दुर्घटना रोक्नका लागि जनशक्तिको व्यवस्थापन, वितरण प्रणाली सुदृढीकरण, गुणस्तरीय प्रसारण लाइन सामग्रीको प्रयोग, जनचेतना फैलाउनुपर्ने र सुरक्षात्मक उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ ।

जीर्ण भएका पोल बदल्नुपर्छ भने, उचित रुपमा कन्डक्टरको प्रयोग गर्नु आवश्यक पर्दछ । धेरै लामो फिडर रहेका ठाउँमा सवस्टेसन र स्वीचिङ स्टेसन थप गर्ने, नियमित अनुगमन गरी वितरण प्रणालीमा जडान हुने अन्य निकायका तार र केवल सुरक्षापूर्वक व्यवस्थापन गर्नु आवश्यक छ ।

विद्युतीय सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जामन्त्री जनार्दन शर्माले विद्युतीय सुरक्षा अपनाउन नसक्दा बर्सेनि विद्युतीय दुर्घटना बढ्दै गएको बताउनुभयो । कतिपय दुर्घटना कर्मचारी तथा उपभोक्ताकै लापर्बाहीले हुने गरेकाले मृतक र घाइतेलाई क्षतिपूर्ति दिएर मात्रै समस्या समाधान नहुने उहाँको भनाइ थियो ।

“विद्युतीय दुर्घटनाबाट कर्मचारीको मृत्यु हुनु दुःखद् विषय हो”– मन्त्री शर्माले भन्नुभयो, “क्षतिपूर्ति दिनुभन्दा सुरक्षाको प्रविधि भित्र्याएर जोखिम न्यूनीकरण गर्नुपर्छ ।” तालिम दिएर जनचेतना बढाउनुपर्छ । आजैबाट सुरक्षासम्बन्धी नीति बनाएर, कार्यक्रम बनाएर काम सुरु

गरिनुपर्छ ।”

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय प्रणाली सुधार गर्न दिनरात खटिने कर्मचारीको सम्मानमा कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । विद्युत्भार कटौतीको अन्त्य गर्न सफल भइसकेकाले प्राधिकरणको अबको ध्यान भरपर्दो र सुरक्षित विद्युत् सेवा प्रदान गर्नमा केन्द्रित हुने उहाँको भनाइ थियो । कार्यक्रममा विद्युतीय सुरक्षाका विभिन्न उपायकाबारेमा कार्यपत्र पेस भएका थिए ।

वर्षका कारण सिंहदरबारको पर्खाल भत्किदा सडक अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौं / केही दिन यता परिरहेको भारी वर्षका कारण सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको छ । पर्खाल भत्किएपछि अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । भूकम्पका बेला...

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

२०७६-३-२७ शुक्रबार

कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा...

त्रिभुवन विमानस्थल अनिश्चित कालका लागि बन्द : विदेशबाट आएका जहाज अवतरण नगरी फर्किए

२०७६-३-२७ शुक्रबार

यति एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरणका त्रममा चिप्लिएको छ । नेपालगञ्जबाट काठमाडौं आएको उक्त विमान अवतरणको क्रममा शुक्रबार बिहान चिप्लँदा २ जना घाईते भएका छन् । 9N अल्फा MM को उक्त जहाज अवतरणको क्रममा चिप्लिएर विमानस्थलको धावनमार्गबाट १५ मिटर पर पुगेको छ । विमानमा ६६ जना यात्रु र चार जना चालक दलका सदस्य सवार थिए...

यस्तो गाउँ जहाँ छ महिना सबैको घरमा तालाचाबी लाग्छ

२०७६-३-२७ शुक्रबार

  रोल्पा / सुनछहरी गाउँपालिका–२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ । बस्तीमा घर छन् । तर, मानिस छैनन् । ‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा सरेका छौं’, चालवाङका ४९ वर्षीय थमन बुढामगर भन्छन्, ‘गाउँमा सबैको घरमा तालाचाबी लागेको छ ।’ २२ घरधुरी रहेको यो गाउँ ६ महिना रित्तो हुन्छ । बस्तीमुनि...

जलवायु परिवर्तन अव्यवस्थित शहरीकरण लेप्टोस्पाइरोसिस अनी रोकथामका उपाय ।

२०७६-३-२७ शुक्रबार

पृष्ठभुमीः लेप्टोस्पाइसीस पशुबाट मानीसमा सर्ने बढी प्रचलीत जीवाणुजन्य रोग मानीन्छ । विश्व स्वास्थ्य संगठनले उष्ण हावापानी भएको यो रोग कमै चासोमा पर्ने रोगका रुपमा पहिचान गरी यस्को विस्तृत प्राज्ञिक अध्ययन अनुसंधान एवं अभीलेखीकरण गर्नु पर्ने भनी औल्याइएको छ । यस रोगको स्थिती विश्वव्यापी रहेको मानिन्छ, जसले गर्दा यस रोगबाट बर्षेनी ३००००० देखि ५००००० लाख मानिस...

नजिकिँदै कांग्रेस–राजपा, सरकारविरुद्ध मोर्चाबन्दी तयारी

२०७६-३-२७ शुक्रबार

काठमान्डाैं / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी थालेका छन् । प्रतिपक्षी दुई दलका नेताहरूबीच सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न तहमा छलफल जारी छ । दुई पार्टीले विभिन्न अजेन्डा उठाएर केही दिनदेखि संयुक्त रुपमा सदन अवरुद्ध गर्दै आएका छन् । यसबाट सरकारविरुद्ध यी दुई दल...

Similar Posts

पूर्वी र मध्य भेगमा उच्च सतर्कता अपनाउन आग्रह : सबै नदीहरूमा बहाव उच्च

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसम विश्लेषणसम्बन्धी आज विषेश बुलेटिन जारी गर्दै मनसुन तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बद्ली रही धेरैजसो...

विराटनगरका अधिकांश स्थान डुबानमा : प्रदेशसभाको पानी मोटरले फालिदै ( तस्बिरहरू सहित )

२०७६-३-२७ शुक्रबार

विराटनगर / तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने सिंगिया खोलामा आएको बाढीले विराटनगर वडा नं १, २ र ८ का केही क्षेत्र आज बिहानदेखि डुबानमा परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–१ स्थित परोपकार...

ठाउँ ठाउँमा पहिरो : यात्रामा सास्ती

२०७६-३-२७ शुक्रबार

  बागलुङ / मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ । बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा...

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

२०७६-३-२७ शुक्रबार

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त...