मेरो देश हराएको होइन, नेताहरु चाहिँ हराएका हुन !

२०७४-१-९ शनिबार

यति बेला नेपाली भाषी भूटानीहरुको कथा वस्तुमा निर्माण गरिएका नेपाली चलचित्र मध्ये धेरै चर्चा र सबैले प्रतिक्षा गरिरहेका चलचित्र हो ”देश खोज्दै जाँदा’’ भनेर लेख्दा मैले त्यस्तो ठुलो गलत लेखे जस्तो लाग्दैन । चलचित्रको प्रचारबाजी कति धेरै छ भन्ने कुरा मलाई मात्र होइन, लगभग सबैलाई थाहा भैसकेको छ ! अमेरिका र अष्ट्रेलियालगायत देशको विभिन्न राज्यहरुमा प्रदर्शन भएता पनि सबै नेपाली भाषी भूटानीहरुले सो चलचित्र हेर्न पाएका छैनन ! नेपालमा भूटानी शरणार्थीहरु छँदा, उनीहरुसँग एकदम निकट भएका युवा साहित्यकार प्रकाश आङदेम्बेले निर्देशन गरेका चलचित्रले भूटानबाट लखेटिएका नेपाली भाषी भूटानीहरुको दुख र संघर्षको कथा त समेटिएकै छ ।

हेम गिरी

मेरो मनमा सधै एउटै प्रश्न डुलिरहन्थ्यो ! त्यो प्रश्न थियो, निर्देशक आङदेम्बेले किन दुनियाँले निर्माण गर्दै आएका कथा वस्तु नै समाएर अगाडि बढे त ? एउटा भेटमा मैले निर्देशक आङदेम्बेलाई सोधेको पनि थिएँ, त्यस बेला आङदेम्बेले भनेको कुरा अझै याद छ, उनले भनेका थिए,’ म चलचित्रलाई बुझेर यस क्षेत्रमा आएको मानिस हुँ, हुल बुलमा मिसीनु मात्रै जानुको कुनै अर्थ हुन्न । चलचित्र लाईनमा आइसके पछि केहि नयाँ कुरा लिएर आउँदा मात्र त्यसको अर्थ रहन्छ । त्यसैले अरुले भन्दा अलिक फरक ढंगले चलचित्रको निर्माण तथा निर्देशन गरेको हुँ । अर्को कुरा, २२ वर्ष अघि देखि पूर्वी नेपालको झापा र मोरङमा बस्दै आएका भूटानी शरणार्थीको दुख अनि संघर्षले पश्चात् मलाई शरणार्थीको कथा वस्तुमा आधारित चलचित्र निर्माण गर्न मन लागेकै थियो ।

’ जे जस्तो भए पनि चलचित्र निर्माण भयो अब प्रदर्शन हुने तरखरमा छ तर, दुनियाँले धेरै सस्तो बनाएको हाम्रो कथा वस्तुलाई यो चलचित्रमा कसरि प्रस्तुत गरिएको छ हेर्न बाँकी नै छ । हाम्रा नेता ज्युहरुले घरफिर्तीको अभियान यतिसम्म चलाए कि भनेर पनि भन्न सकिन्न ! सबैले लेखेर राख्दा हुन्छ, हाम्रा नेता ज्युले सुचारु गरेको त्यो अभियान सफल हुनु भए, हाम्रो कथा वस्तुमा कसम भनेको एउटै पनि चलचित्र भन्ने थिएनन अहिलेसम्म अनि हाम्रा कलाकारहरुले चलचित्रमा अभिनय गर्नको लागि अवसर पाउन गाह्रो पर्थ्यो ! शिविरमा भूटानी शरणार्थी हुँदासम्म कहिल्यै पनि सुनिन मैले दुनियाँ दारले हाम्रो कथा वस्तुमा चलचित्र निर्माण गर्दैछन् भन्ने कुरा ! झुपडीको जिन्दगी नामक चलचित्र थाहा छ तर, त्यो चलचित्र नेपाली भाषी भूटानीहरुले नै निर्माण गरेको हुन भन्ने कुरा पनि मलाई मज्जाले थाहा छ ! अहिले आएर घरफिर्तीको अभियान सफल हुन्छ भनेर भन्नु भनेको मरे पछि स्वर्ग देखिन्छ भन्ने कुरामा विश्वास गरेर बस्नु जस्तै हो ।

शिविरको बसाईमा हाम्रा मान्छेहरु यति धेरै सिर्जनशील भए कि त्यसको रेकोर्ड राखिएको भए विश्वामा नाम लेखिन्थ्यो होला सायद नेपाली भाषी भूटानीहरुको ! लुकाइएको हो या नभनिएको हो चलचित्र देश खोज्दै जाँदामा कलाकारहरुले निस्शुल्कमा अभिनय गरेका छन् । नेपाली भाषी भूटानी कलाकारहरुले अभिनय गरे बापत शुल्क पाउने कुरा त हुँदै भएन तर, नेपाली चलचित्र क्षेत्रका नाम चलेका कलाकारहरु हेमन्त बुढाथोकी,अरुणा कार्की अनि बाबु बोगटी लगायत कलाकारहरुले शुल्क बिना अभिनय गरेका छन् चलचित्रमा ! चलचित्र सम्बन्धी मैले यो आलेख लेखिरहँदा लाग्दैछ, यो आलेख प्रकाशित पछि दुनियाँ दारले मलाई नराम्रो सोच्लान, कसैले वक्त्तिगत रुपमा मलाई नराम्रो भन्लान, म अनुरोध गर्दछु सबैमा, मेरो यो आलेखलाई गलत नठानिहोस ! मैले उठाउन खोजेको कुरा अझै पनि उठाइरहेको छैन, अब विषय वस्तुमा प्रवेश गरौ ! आलेख पढिसके पछि दुनियाँले भन्लान,’प्रकाश आङदेम्बे सरले निर्देशन गर्नु भएको चलचित्र सम्बन्धी त्यो हेमेले प्रश्न गरेको ?’ कान्तिपुर पत्रिकाका पत्रकार देबेन्द्र भट्टराईले पो हुन त चलचित्रको नाम जुराई दिएको भन्लान !’ चलचित्रको निर्माण हुँदादेखि नै मेरो असहमति थियो चलचित्रको नामप्रति ! मेरो असहमति हुँदा हुन त केहि हुन्न, केहि बिग्रिने पनि होइन तर, मेरो कथा वस्तु पनि समेटिएको छ भन्ने बुझेर मैले चलचित्रको नाम गलत भयो भनेर भन्नु मैले पाउनु पर्छ जस्तो लाग्छ ।

हुन त आफ्नो आफ्नो बुझाई अनुसार पनि हो, मेरो बुझाई धेरै राम्रो हो ! म कहिल्यै भन्दिन तर, मेरो कुरा पनि सुनिनु पर्छ चाहि भन्छु ज्यानै गए पनि ! त्यस बखत नै मैले चलचित्र निर्देशकलाई चलचित्रको नाम सम्बन्धी प्रश्न गर्दा उनले भनेका थिए,’अरुले के भन्छन त्यो कुरासँग हाम्रो कुनै मतलब छैन तर, हामीलाई यहि शीर्षक उचित लाग्यो, अनि राख्यौं । शरणार्थीको रूपमा लखेटिएका नेपालभाषी भूटानीहरुको मूल कथा वस्तुमा रहेर निर्माण गरिएको चलचित्र भएको कारण हामीलाई शीर्षक उचित लागेको हो ।’ मैले सो चलचित्र हेरेको छैन, अमेरिकाको कोलोराडोमा कसैले सो चलचित्र देखाए भने हेर्छु, जति चोटी देखाउछन त्यति चोटी नै हेर्छु तर, मेरो प्रश्न, अब टेकनाथ रिजाल, बलाराम पौडेल, डा. भम्पा राई, चम्फा सिङ्ग राई अनि हर्कजंग सुब्बाहरु लगायत जो देश फिर्ने भन्दै शिविरमा बसिरहेका छन्, उनीहरुलाई भन्दिम हाम्रो देश हराएको छ, देश फिर्ने आशामा बस्ने होइन, देश खोज्नु हिड्नु पर्छ भनेर ? अनि के उत्तर आउँदो रहेछ !

हेरौला ! चलचित्रमा समेटिएको ’ नेपाल सरकार बोलिदेऊ, भारत सरकार बाटो देऊ, भूटान सरकार माटो देऊ’ !’, ’जस्तो सुकै मूल्य चुकाएर भए पनि हामी भूटान फर्किनु पर्छ, जे भए पनि हाम्रो पुर्खाहरुले घोरिया फाडेर सिगारेका देश हो, हामी त्यहि बस्नु पर्थ्यो, त्यहि बसेर लड्नु पर्थ्यो, मर्नु पर्थ्यो !’, हाम्रो भूटान हाम्रो देश, प्राणा भन्दा प्यारो छ !’ र “ के हामी साँच्चै हाम्रो देश फर्कन्छौं त ?’ भन्ने संवादहरुले नै हाम्रो देश हराएको छैन भन्ने बुझिन्छ ! वास्तावमा हाम्रो देश हराएको पनि होइन, करिब १ लाख ८ हजार नेपाली भाषी भूटानीहरुलाई भूटानको शासकले देशबाट लखेटिदिएको चाहि हो ! इतिहासको लागि निर्माण गरिएको चलचित्रले इतिहासमै नाम लेखाउछ लेखाउदैन त्यो मैले भन्ने विषय त होइन तर, चलचित्रको विषय वस्तु जति नै स(शक्त अनि मन छुने भए पनि चलचित्रको नामले मलाई चाहि कति पनि चित्त बुझेको छैन ।

भन्न त भनिरहेको छौ, प्रताप सुब्बा नेपाली भाषी भूटानी प्रथम गायक हुन, याम थुलुंग नेपाली भाषी भूटानी प्रथम गजलकार हुन अनि राकेश काफ्ले नेपाली भाषी भूटानी प्रथम मुक्त्तककार हुन भनेर तर, उहाँहरु नै सो विधाका प्रथम सर्जक हुन भन्ने कुरा हाम्रो नेपाली भाषी भूटानीहरुको कुनै पनि इतिहासमा लेखिएको छैन ! म यसो भनेर उहाँहरुप्रति कति पनि आलोचलना गर्न खोजेको होइन, इतिहासमै लेखिएको कुरालाई मात्र मान्नु पर्छ भन्न मैले खोजिरहेको होइन, मैले भन्न खोजेको कुरा के हो भने, सबै राम्रो कुराले इतिहासमै नाम लेखाउछ भन्ने पनि हुन्न ! इतिहासमा नाम नलेखाए पनि सबै नेपाली भाषी भूटानीहरुको मनमा नाम लेखाउन सकुन ! म जन्मिदा शरणार्थीको रुपमा आफुलाई पाए ।

अहिले अमेरिकामा छु, मैले भूटान देखेको छैन, मसँग कुनै देशको नागरिता छैन तर पनि मेरो देश भूटान नै हो भनिरहेको हुन्छु सधै म ! नेपाली भाषा बोल्छु, नेपालमै जन्मेको हुँ ! नेपाली भाषी भूटानी हुँ भन्न रुचाउछु तर. मेरो कथा वस्तुमा निर्माण भएको चलचित्र देश खोज्दै जाँदा नामले चिनिएको छ विश्व भर ! दुख लाग्छ, मेरो देश हराएको भनेर दुनियाँ भर प्रचार गरेको देख्दा ! अमेरिका–अष्ट्रेलियालगायत मुलुकमा पुर्नावश भएका नेपाली भाषी भूटानीहरु यता देश खोजिरहेकै छैनन बरु देशप्रतिको माया मनमा राखेर उनीहरुको कथा वस्तुमा निर्माण गरिएको हो भन्ने नेपाली चलचित्र हेर्दै नेपाली चलचित्र उधोगलाई साथ अनि सहयोग गरिरहेका छन् ! अन्त्यमा यति भनेर केबोर्डबाट हात निकाल्छु, मेरो देश हराएको होइन बरु मेरा नेताहरु चाहिँ हराएका हुन !

भुपेद्र तिम्सिना दाजुले लेख्नु भएको मुक्तक थियो …

पुनाखा र थिम्पु संगै पारो रुनु पर्छ
तिमी भित्र तिम्रो देश सरो हुनु पर्छ

जन्मने हुर्कने मर्ने अलक देशमा
तिमी संगै घाम जुन तारो हुनु पर्छ

देश बिहिन,आमा बिहिन कस्तो पिडा होला
चर्किएको पर्खाल अनि घारो रुनु पर्छ

लेखक नेपाली भाषी भूटानी पत्रकारितामा सक्रिय छन् !

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

२०७६-३-२७ शुक्रबार

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त...

वर्षका कारण सिंहदरबारको पर्खाल भत्किदा सडक अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौं / केही दिन यता परिरहेको भारी वर्षका कारण सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको छ । पर्खाल भत्किएपछि अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । भूकम्पका बेला...

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

२०७६-३-२७ शुक्रबार

कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा...

त्रिभुवन विमानस्थल अनिश्चित कालका लागि बन्द : विदेशबाट आएका जहाज अवतरण नगरी फर्किए

२०७६-३-२७ शुक्रबार

यति एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरणका त्रममा चिप्लिएको छ । नेपालगञ्जबाट काठमाडौं आएको उक्त विमान अवतरणको क्रममा शुक्रबार बिहान चिप्लँदा २ जना घाईते भएका छन् । 9N अल्फा MM को उक्त जहाज अवतरणको क्रममा चिप्लिएर विमानस्थलको धावनमार्गबाट १५ मिटर पर पुगेको छ । विमानमा ६६ जना यात्रु र चार जना चालक दलका सदस्य सवार थिए...

यस्तो गाउँ जहाँ छ महिना सबैको घरमा तालाचाबी लाग्छ

२०७६-३-२७ शुक्रबार

  रोल्पा / सुनछहरी गाउँपालिका–२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ । बस्तीमा घर छन् । तर, मानिस छैनन् । ‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा सरेका छौं’, चालवाङका ४९ वर्षीय थमन बुढामगर भन्छन्, ‘गाउँमा सबैको घरमा तालाचाबी लागेको छ ।’ २२ घरधुरी रहेको यो गाउँ ६ महिना रित्तो हुन्छ । बस्तीमुनि...

जलवायु परिवर्तन अव्यवस्थित शहरीकरण लेप्टोस्पाइरोसिस अनी रोकथामका उपाय ।

२०७६-३-२७ शुक्रबार

पृष्ठभुमीः लेप्टोस्पाइसीस पशुबाट मानीसमा सर्ने बढी प्रचलीत जीवाणुजन्य रोग मानीन्छ । विश्व स्वास्थ्य संगठनले उष्ण हावापानी भएको यो रोग कमै चासोमा पर्ने रोगका रुपमा पहिचान गरी यस्को विस्तृत प्राज्ञिक अध्ययन अनुसंधान एवं अभीलेखीकरण गर्नु पर्ने भनी औल्याइएको छ । यस रोगको स्थिती विश्वव्यापी रहेको मानिन्छ, जसले गर्दा यस रोगबाट बर्षेनी ३००००० देखि ५००००० लाख मानिस...

Similar Posts

विपद्बाट हुने क्षति रोक्न तीनै तहका सरकार ‘हाइ अलर्ट’

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन सक्रिय भएसँगै मुलुकमा विपद्बाट हुनसक्ने सम्भावित क्षति रोक्न तीनै तहका सरकार र सम्बद्ध निकाय ‘हाइ अलर्ट’को अवस्थामा रहेका छन् ।विपद जोखिम न्यूनीकरण, तत्काल उद्धार तथा राहतका लागि बाढीबाट प्रभावित मुलुकका २४४ स्थानलाई उच्च जोखिम क्षेत्र पहिचान गरी सरकारी क्षमताले भ्याएसम्मका तयारी गरिएको छ । मुलुकको पहाड र हिमाली क्षेत्र पहिरोको उच्च जोखिममा...

पूर्वी र मध्य भेगमा उच्च सतर्कता अपनाउन आग्रह : सबै नदीहरूमा बहाव उच्च

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसम विश्लेषणसम्बन्धी आज विषेश बुलेटिन जारी गर्दै मनसुन तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बद्ली रही धेरैजसो...

विराटनगरका अधिकांश स्थान डुबानमा : प्रदेशसभाको पानी मोटरले फालिदै ( तस्बिरहरू सहित )

२०७६-३-२७ शुक्रबार

विराटनगर / तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने सिंगिया खोलामा आएको बाढीले विराटनगर वडा नं १, २ र ८ का केही क्षेत्र आज बिहानदेखि डुबानमा परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–१ स्थित परोपकार...

ठाउँ ठाउँमा पहिरो : यात्रामा सास्ती

२०७६-३-२७ शुक्रबार

  बागलुङ / मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ । बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा...