न्यायालयदेखि चुनावी चर्चासम्म

२०७४-२-२ मंगलबार

न्यायालय स्वतन्त्रताको मन्दिर हो । प्रधानन्यायाधिस माथि लगाइएको महाअभियोग कार्यले संयुक्त राष्ट्र संघको उच्च आयुक्तदेखि विश्वको ध्यान खिचिरहेका खबर आइरहेका छन् । संयुक्त राष्ट्र संघले संसदमा विचाराधिन सो महाअभियोग प्रस्तावलाई तत्काल फिर्ता लिन आग्रह गरिसकेको छ । अलिकति पनि नसोची आवेसमा आएर सत्तारूढ संसदहरूको राजनैतिक आग्रहको व्यवहारले विश्व समुदायको ध्यान खिचिरहेको छ । नेपालका लागि संविधान सबैभन्दा माथि छ । हरेक इतिहासको अन्तिम सफलताको कारण एकता र सहकार्यमै छ । तर, लोकतन्त्रले दलतन्त्रलाई स्वीकार्न सक्दैन । सही र तर्कसङ्गत न्यायिक छानबिनमा न्यायले बाँच्नुपर्छ । यो निष्पक्ष र स्वतन्त्र निकायमा पाटी गुटबन्दी बढ्छ भने त्यो त सोचनीय गम्भिर विषय बन्छ । कुनै दलको टीका लगाएर न्यायिक क्षेत्राधिकारलाई अस्तव्यस्त पारिनु कम लाजमर्दो विषय होइन । एकातिर संविधान कार्यान्वयनको संसदीय जिम्मेवारी छ अर्कातिर न्यायिक मूल्यमा अनायास चर्किएको शैलीचित्रले विधिको शासन खोज्ने स्थानमै शङ्का र भय जन्माएको पो हो कि ? जनताका पीडा पर्दापछि अड्किरहँदा उच्च तहमै तिक्तता आउनु लज्जासपद विषय हो । लोकतान्त्रिक चरित्रसँग जोडिएर जन्मेको संविधानले बामे सर्ने तरखर गर्दै गर्दा यस्ता विवादास्पद पक्षले बाधा नपु¥याइऊन् ।

 
एकातिर दुई चरणको निर्वाचनका क्रममा बजेट कहिले ल्याउने भन्ने विषयका कुरा, अर्कातिर सत्ता हस्तान्तरण पनि जोडिएला– यी अबका विवादका विषय नबनून् । नेपाली राजनीतिको क्षेत्रको इतिहासमै पहिलो महिला राष्ट्रपति, पहिलो महिला सभामुखसँगै पहिलो महिला प्रधानन्यायाधिससमेत्को प्रशंसनीय सहभागिता बनिरहँदा न्यायालयमा भएको आकस्मिक हलचलले न्यायिक वास्तविकतामा नै चर्चा पाइरहेको छ । प्रधानन्यायाधिजस्तो गरिमामय पदको लागि भएको अविश्वास प्रस्तावसँग जोडिएको नेपालको न्यायालयका सात्विक पक्षलाई लिएर बहस चल्दै छन् । एकातिर अस्थिरता अर्कोतिर आग्रह–पूर्वाग्रहको लज्जास्पद व्यवहार आखिर यहाँ कसैको इजजतमा दाग लाग्दैछ भन्नुभन्दा पनि सिङ्गो राज्यशक्तिको आग्रह पूर्वाग्रहको कठोर निर्णयले भ्रष्ट्रमतिलाई पक्षपोषण गर्छ । न्यायिक क्षेत्रमा भएको यत्रो हलचलले सिङ्गो नेपाली न्यायिक नैतिकता र सुझमा अन्योल र अविश्वस्तताको खाडल बनाइदियो । महिलाले आँट, जोस र जाँगर बढाउने आधारशिलाको उदाहरण खै किन यो अवस्थामा पुग्यो– नारी सहभागितामा रहेको हौसलामै आँच आएभैmँ लाग्छ । तर, नारी जातिले समाजमा नेतृत्व लिँदै जाँदा त्यहाँ परिवर्तनीय सहजता आउने आशा निष्पक्ष बनोस् ।

रमेश भट्टराई ‘सहृदयी’

पितृसत्तात्मक सोचमाभन्दा नारीमा अलिकति मानवता र सेवाभाव पनि बढी हुन्छ । निष्पक्ष ढङ्गले अलिकति नारी सम्मानतिर ढल्कँदा यस्तो लाग्छ, हुन त कतिपय व्यक्तिगत सोचले प्रभाव जमाउन सक्ला तर आकस्मिक रूपको यस्तो कार्यमा ऐतिहासिक विषयसँग जोडेर गल्ति भए पनि सुधारात्मक खबरदारी गर्दै गइए राज्यलाई घाटा हुने थिएन होला । यसो भनिरहँदा न्यायिक अस्मितामा आँच आउने बाटो खुकुलो होओस् भन्ने मेरो राय पनि नबुझियोस् । समाज, देश, महिला नेतृत्व या त सही गलतका पाटामा कतिपय सत्यता चुकेका विडम्बना पनि देशमा नभएका होइनन् । यसमा त एउटा सिङ्गो नेपाल र नेपाली नारीको नेतृत्व इतिहास जोडिन्छ । कार्यमूल्याङ्कन त जनताले पनि गर्न सक्लान् । यहाँ राजनीतिक इगोका असरले निष्पक्ष व्यवहारमा रम्न चाहने सत्यवादीले लाचार बन्नु परेको पीडा नहोस्, देशमा । मुलुकको हीत त वास्तवमै कानुनभन्दा माथि छ, त्यसमा जनता पनि त कानुन सुझका लागि हकदार हुन् । असत्यको विजय हुन थालेमा मुलुकले लोकतान्त्रिक सत्यलाई उपभोग कसरी स्वीकार्ने अब ?
कुनै पाटीको पक्षपोषण गर्न नसके टिक्नै नसकिने नत्र हरेक अवसरमा गलत्याइँने मनोवैज्ञानिक दर्दमा कैयौँ नेपाली नचाहेरै पाटीका पछाडि दौडिन विवस छन् । आज देशमा राजनीति जति ठूलो पेसा शिक्षक हुन सकेन, अन्य सामान्य कर्मचारीले त्यति राम्रो र उच्च सम्मान पाउन सकेनन् अनि राजीनामा दिएर नेता बन्ने होड चल्दै छ । हैकमवादी प्रभुत्वले कानुन हातमा बोकेर देशलाई रणभुल्लमा पार्नु दुःखको कुरा हुन जान्छ । अन्धो बनेर पाटीका प्रभुत्वमा दौडिने अवसरवादी पुरानो सोचलाई नेपाली जनताले सुधार्न नसके ठूलो दुर्घटना हुनेमा सचेत हुनै पर्छ । हामी असचेत बन्दै गर्दा ‘नेपालको कानुन दैव जानून्’ भन्ने घनचक्कर उही रूपले कालोबजारी, भ्रष्ट्राचारी अनि दादावादी सोचमा नाटकीय रूपबाट समस्याले पहाड चुमेको पीडा छ । यदि यो निर्वाचनमा समस्याले निकास पाउन नसके त्यसको परिणाम हामी कसैलाई थाहा छैन, के होला । हिजो त एउटा समूह, एउटा पाटी या त तराईका केही दाजुभाइ चिढिएका तर पीडा सिङ्गो देशले भोग्यो । संविधान एकातिर छ, अर्कातिर भाषण र चुनावी चर्चा छ । संविधान कार्यान्वयनको महायज्ञमा होमिने समय यहाँ आरोप्रत्यारोपमा अल्झिएको छ । नेतालाई गाली गरेर मात्रै समस्याको समाधान खोज्ने परिपाटीमा हामी जनता अड्किएका छौँ । अतः संविधानलाई सबैले बुझ्नु आवश्यक छ, संविधान पुस्तकालयमा सजाइने पुस्तक होइन यो त जीवित कार्यान्वयनको दस्तावेज हो । एकतामा सिङ्गो देशले अराजकतामा प्रश्न गरोस्, सही कर्मको सम्मान गर्ने अभ्यास पनि होस् ।

 
सामाजिक सञ्जाल तातेको छ– चुनावी चर्चा, न्यायालयदेखि बजेट भाषण तथा सत्ता गठबन्धनको रङ्गमञ्चमा आज । एक त कैयौँ नेपाली जनता काठमाडौँमा बाध्यताले बस्छन् । पहिलो चरणका लागि सरकारले विदा दिएकै हो । कैयौँ अर्कै क्षेत्रमा कार्यरत होलान् त कैयौँ छिमेकी मुलुक अनि विदेशबाट चुनावका लागि विदा मिलाएर आए तर दोश्रो चरणमा भने विदा मिलाएर भोट हाल्न जाने अवस्था नहुने सम्भाव्यता उत्तिकै छ । कि त दोश्रो चरणमा पनि सरकारले यसै गरी विदा दिने हो कि ? त्यसका नकारात्मक प्रभाव पनि रहलान् । कैयौँ प्रवासमा पसिना बगाइरहेका नेपालीका मताधिकार स्वतः कुण्ठित छन् । यो कुरा त छायाँमै छ कैयौँ जनता चाहेर पनि काठमाडौँ या अन्य आफ्नो कार्यथलोबाट घरसम्म जान सक्दैनन् किनकि त्यहाँ आर्थिक अभावको, आफ्नो जिम्मेवारीको बाध्यता जोडिन्छ । कैयौँ गरिबलाई चुलो चौकाको वेदनाले चुनावको रौनकले सदियौँदेखि छोएकै छैन । यस्तो परिस्थितिमा समेत् केन्द्रीय सरकारमा उथलपुथल छँदै छन् ।

 

विकासको जलपमा नेतृत्वका महŒवाकाङ्क्षाको लुछाचुँडीले निम्त्याएका तिक्ततामा सचेतना आवश्यक छ । यस्तो लाग्छ, कसैलाई भड्काउने अभिव्यक्ति र राजनीतिको अन्योलतताको साटो विकासका वस्तुनिष्ठ सम्भाव्यतालाई लिएर अघि बढ्नुमा वैज्ञानिक बुद्धिमता झल्किन्छ । विगतमा २००७ यता जनताको शासन आएको ठान्ने हामी आपैmँले आपैmँमा प्रहार गर्दै आएको दुःखान्त इतिहास हामी सामु छ । विरोधी सोचले देशलाई अप्ठ्यारोमा पार्ने गैरजिम्मेवारीपूर्ण भावनालाई अब भने निरुत्साहित पार्न सक्नुपर्छ । जनताले खोजेको आशा एकातिर तर परिणाम अर्कातिर मोडिएको गलपासोमा जनता स्वयम् पर्दै गएको अनुभूत हुन्छ । लुगा लगाएर पनि नाङ्गो चलखेल गर्न जान्ने अस्थिर राजनीतिबाट हामी आपूm नसचिने अनि अरुलाई गाली गरिरहने प्रवृत्तिबाट देशले कसरी निकास पाउला ? हामीले राजनीतिका गफमा फास्ट ट्रयाकका आवाज निकाल्न जान्यौँ तर भूकम्प पीडितका पीडामा, ग्रामीण जनताका गुनासामा, द्वन्द्व पीडितका पीडामा, गरिबका चुलो बाल्नेजस्ता कार्यमा कहिल्यै फास्ट ट्रयाक खोजेनौँ । पीडितका छाप्रामा आज उमेद्दवारहरूले अनुहार देखाउन नसकेका तथ्य सञ्चार माध्यममा आइरहेका छन् । भाषण छाँटिए तर पूरा गर्न नसकिएका तीता सत्यले नेताजीलाई कतिको पोलेको होला त ? भनिन्छ नि एउटा सफल मान्छेले कामको फल पाउनु पूर्व मौनतालाई अपनाउँछ जब सफलता प्राप्त हुन्छ नि खुशीले बुर्कुसी मार्छ । अब पनि जनता भाषणमा अड्किने सम्भाव्यता कमै होला कि ।

 

 
वर्तमान सरकारमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति हुँदै गरेको जनतालाई थाहा छ र विद्युतीय विकासले एउटा खुशी दिएको छ । नयाँ नेपालले के दियो र दिँदै छ, हामीले हेरिरहेकै छौँ । विश्लेषण गर्छौँ, संसद चुनेको हामीले नै हो । देशमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई लिएर लामो समय भयो, चर्चा चलिरहेकै छ । वास्तवमै हरेक समस्या विभाजनको टकरावमा अनि राजनीतिको दाउपेचमा आएर अड्किन्छ । त्यसमा साथ दिने हामी जनता नै हौँ । त्यसैले त सोझा निरीह जनताका आवाज नै खोलाका गीत बन्दै छन् भैmँ लाग्छ । आज हाम्रा पुर्खाले दिएको अस्मिता मक्काउँदै जाँदा हामी नेपाली विदेशी हस्तक्षेपको सिकार बन्यौँ । कति सजिलै गोली चल्छ, जनता नउर्लिकन राहत मिल्दैन । विडम्बना ती दोषीले कारवाही पाएको बारे कुन नेपालीलाई थाहा छ र ! को राम्रो, को नराम्रो आखिर हामीले नै छानेका व्यक्ति हुन् । नेपाल आमाको रोदनलाई चिर्न देशले भूपि शेरचनको ‘आमाको सपना’ कविताका भावलाई खोज्दै गरेको भान हुन थालेको छ । सिङ्गो राजनीति र देशको कर्मण्यतामा शङ्काको घेरा लागेको छ । आज राजीतिक घटनाले रचित प्रपञ्चमा जनताले मुछिरहनुपर्दा मन कटक्क दुख्छ ।

 
सरकारले करिब आठ अर्ब रकमलाई चुनावमा प्रयोग गरिसकेका खबर छन् । मुलुकमा कतै खुशी, कतै आशा त कतै महŒवाकाङ्क्षा बोकेर विरोध, एकता र आरोपको पर्यावरणले समय राम्ररी खिचेको छ । यस्तो पनि लाग्छ, घोषणापत्रको पर्याय विपक्षीको विरोध र कल्पना सागर हो ! विजेता बन्ने पाटीको कार्यमूल्याङ्कन गर्दै जनता पनि राम्रैसँग तर्क वितर्क गरिरहेका छन् । निर्वाचनका लागि अर्बौँ खर्च भइरहेको अवस्थामा दुई चरणको चुनाव गर्ने निर्णयको अर्को मनोवैज्ञानिक असर छ नै । सबैको बाँच्ने जिन्दगी कहाँ सोचेजस्तो सजिलो छ र ! झनै दुई चरणको चुनावले त एक महिनामा रात रहे अग्राख पलाउँछ भनेभैmँ नबनोस् ।

 
हामीले कसैसँग गुलामी भएर बाँच्नुको परिणाममा छिमेकीले प्रहार गरे, दोषीलाई कति सजाय हुन्छ त्यो थाहा छैन । तर, माटो छोएर माटाको कसम खान सिक्यौँ भने, सत्तालिप्साभन्दा अलि पर पार्टीभन्दा माथि उठेर समन्वयकारी सोचले राष्ट्रियतालाई सोच्यौँ भने देशमा एकता कति टाढा छ र । हिजो नाकाबन्दीका बखत हामी एक थियौँ तब त त्यो दबाबमा जुध्न सक्यौँ । एउटै निराशावादी अकर्मण्यताले नेपाली जनताको कान पाकिसक्यो । अन्याय होइन न्यायिक समता खोजौँ । विगतका इतिहासमा थुप्रै निर्दोष नेपालीले रगत पोखिसकेका छन्, अब यस्तो नहोस् ।

पूर्वी र मध्य भेगमा उच्च सतर्कता अपनाउन आग्रह : सबै नदीहरूमा बहाव उच्च

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसम विश्लेषणसम्बन्धी आज विषेश बुलेटिन जारी गर्दै मनसुन तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बद्ली रही धेरैजसो...

विराटनगरका अधिकांश स्थान डुबानमा : प्रदेशसभाको पानी मोटरले फालिदै ( तस्बिरहरू सहित )

२०७६-३-२७ शुक्रबार

विराटनगर / तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने सिंगिया खोलामा आएको बाढीले विराटनगर वडा नं १, २ र ८ का केही क्षेत्र आज बिहानदेखि डुबानमा परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–१ स्थित परोपकार...

ठाउँ ठाउँमा पहिरो : यात्रामा सास्ती

२०७६-३-२७ शुक्रबार

  बागलुङ / मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ । बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा...

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

२०७६-३-२७ शुक्रबार

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त...

वर्षका कारण सिंहदरबारको पर्खाल भत्किदा सडक अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौं / केही दिन यता परिरहेको भारी वर्षका कारण सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको छ । पर्खाल भत्किएपछि अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । भूकम्पका बेला...

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

२०७६-३-२७ शुक्रबार

कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा...

Similar Posts

गर्धनमा बलले लागेर भारतीय क्रिकेटरको मृत्यु

२०७६-३-२७ शुक्रबार

खेलका दौरान गर्धनमा बल लागेर एक भारतीय युवा क्रिकेटरको ज्यान गएको छ । कस्मिरका यु–१९ क्रिकेटर जहाँगिर अहमद वार एक प्रतियोगिता खेलिरहेका थिए । बिहीबार गर्धनमा बल लागेपछि बेहोस भएका वारलाई अस्पताल लगिएको थियो तर अस्पतालले उनलाई मृत घोषित गर्यो । ११ कक्षामा पढ्ने जहाँगिर हालै यु–१९ क्रिकेट क्याटेगोरीमा छनोट भएका थिए । उनी बारामुला...

उर्लियो हनुमन्ते, भक्तपुरमा डुबान शुरु, प्रशासनद्धारा उच्च सतर्कता

२०७६-३-२७ शुक्रबार

  भक्तपुर / अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान शुरु भएको छ । हिजोदेखि नै परेको अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी खोलाभन्दा माथि आएपछि बस्तीमा पानी पस्न थालेको हो । हनुमन्तेमा बाढी उर्लिएपछि जिल्ला प्रशासन कार्यालयले हनुमन्ते नदी आसपासका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ भने नदी...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टादेखि अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चिप्लिएको यति एयरलाइन्सको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान सकस भएको छ । धावन मार्गमा विमान चिप्लिएका कारण झण्डै चार घण्टादेखि मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध रहेको छ । निरन्तरको प्रयासका बाबजुत पनि विमानलाई निकाल्न नसकिएको महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँले विमान...

विपद्बाट हुने क्षति रोक्न तीनै तहका सरकार ‘हाइ अलर्ट’

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन सक्रिय भएसँगै मुलुकमा विपद्बाट हुनसक्ने सम्भावित क्षति रोक्न तीनै तहका सरकार र सम्बद्ध निकाय ‘हाइ अलर्ट’को अवस्थामा रहेका छन् ।विपद जोखिम न्यूनीकरण, तत्काल उद्धार तथा राहतका लागि बाढीबाट प्रभावित मुलुकका २४४ स्थानलाई उच्च जोखिम क्षेत्र पहिचान गरी सरकारी क्षमताले भ्याएसम्मका तयारी गरिएको छ । मुलुकको पहाड र हिमाली क्षेत्र पहिरोको उच्च जोखिममा...