जिवनमै कहिल्यै नदेखेकाे पतिको नाममा ९० लाख क्षतिपूर्ति

२०७४-२-२१ आइतबार

भैरहवा । एक सेकेन्ड पनि पतिसँगै देखभेट-उठबस नगरी हकदारका रूपमा ९० लाखभन्दा बढी रकम बुझ्दा नन्दनी माली अचम्ममा परेकी छन्। रुपन्देही शुद्दोधन नगरपालिका निवासी उनी कतारको दोहामा ज्यान गुमाएका पति नन्दकुमार पासीको वियोगमा छिन्। उनीहरूको जोडी अभिभावकले बाल्यकालमै जुराइदिएको हो।

वैदेशिक रोजगारका लागि कतारको दोहामा रहेका २३ वर्षीय नन्दकुमारको कामकै सिलसिलामा ज्यान गएको हो। नन्दकुमार १८ वर्षमा कतार गएका थिए। ‘पैसा त पाएँ तर उनीसँग एक सेकेन्ड पनि देखभेट उठबस गर्न नपाई जीवनभरका लागि गुमाएँ। अब एक्लो जीवन कसरी बिताउने’, उनले भनिन्। अभिभावकले सानैमा विवाह गरिदिएको उक्त जोडीको गौनासम्म भएको थिएन। अहिले पनि मधेसी समुदायमा चार चरणमा विवाह हुने प्रचलन कायम छ। बच्चा जन्मनेबित्तिकै अभिभावकले आफूलाई मन परेका व्यक्तिका छोराछोरीसँग विवाह गरिदिने वाचा गर्छन्। छोरी बाल्यकालमा पुगेपछि केटाको घरमा गई नगद, फलफूल सामान दिने ‘तिलक’ प्रचलन छ।

तिलकपछि विवाह गरिन्छ। केटीलाई माइतै छाडेर दुलाहा घर फर्कन्छन्। केटाकेटी किशोर अवस्थामा पुगेपछि विवाह भएको बिजोर वर्ष पारी गौना गर्ने चलन छ। गौना भएपछि मात्रै केटीको घरजम सुरु हुन्छ। मधेस-तराईमा नन्दकुमार र नन्दनीकै जसरी बाल्यकालमै विवाह गरिदिने चलन अहिले पनि छ। हुर्के बढेपछि भनेजस्तो केटा-केटी नपाइने तथा दाइजो पनि धेरै दिनुपर्ने प्रचलन रहँदा मधेसका धेरै विपन्न समुदाय चेपुवामा छन्। त्यसैले बोझ हल्का गर्न सानैमा छोरीको विवाह गरिदिने चलन रुपन्देहीलगायत तराईका जिल्लामा कायमै छ। बालविवाह गर्न कानुनले प्रतिबन्ध लगाए पनि लुकिछिपी ग्रामीण भेगमा चलिरहेको छ।

तराई मधेसमा रहेको परम्परा पछ्याउँदै यसरी नै लगनगाँठो कस्सिएको हो। २१ वर्षीय नन्दनी र २३ वर्षीय नन्दकुमारको भौतिक रूपमा भेटघाट नभईकनै विछोड भएको छ। तीन वर्षपहिला नन्दकुमारको कतारको दोहामा काम गर्दैगर्दा क्रेनले चेपिएर मृत्यु भएको थियो। नन्दकुमारको क्षतिपूर्ति एवं बिमाबापत पाउने ९० लाख रुपैयाँ उनका हकदारले पाएका हुन्। शुद्दोधन नगरपालिका-७ निवासी २१ वर्षीया नन्दनीले ९० लाख १७ हजार ५ सय १२ रुपैयाँ जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत बुझेकी छन्। वैदेशिक रोजगारी क्रममा विभिन्न मुलुकमा ज्यान गुमाएकामध्ये यो वर्ष नन्दनीलगायत सात जनालाई क्षतिपूर्ति एवं बिमाबापतको रकम हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिए। दोहास्थित नेपाली दूतावास, परराष्ट्र र गृह मन्त्रालयको पहलमा उक्त क्षतिपूर्ति रकम हात परेको हो।

नन्दनीले बुझेको यो रकम हालसम्मकै ठूलो हो। यसअघि दक्षिण कोरियामा मृत्यु भएका तिलोत्तमा नगरपालिकाका ३० वर्षीय नुमराज भुसालकी श्रीमती लीला सुवेदीले ४६ लाख ३५ हजार ६सय ४८ रुपैयाँ बुझेकी थिइन्। यसैगरी, प्रशासनले कोरियामै मृत्यु भएका ३६ वर्षीय लोक भट्टराईको परिवारले १४ लाख ९५ हजार ९ सय १७ रुपैयाँ बुझेकी थिइन्। कतारमा ज्यान गुमाएका देवदहका ३० वर्षीय हिमलाल बोहोराकी पत्नी लक्ष्मी थापालाई पनि प्रशासनले एक लाख ५४ हजार ६ सय ३० रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको थियो।

साउदी अरेबियामा ज्यान गुमाएका तिलोत्तमा नगरपालिका-१९ का सञ्जयकी पत्नी योङमाया गुरुङले दुई लाख १८ हजार ७ सय ११ रुपैयाँ पाएकी थिइन्। रियादमा ज्यान गुमाएका मानपकडीका कमल मगरको परिवारलाई २५ हजार दुई सय ८४ र पोखरभिण्डीका रामकुमार खरविन्दको परिवारलाई ९९ हजार ९ सय ३ रुपैयाँ क्षतिपूर्ति रकम प्राप्त भएको जिल्ला प्रशासनका लेखा अधिकृत लुन्जलाल शाक्यले जानकारी दिए।आजको अन्नपूर्णमा खबर छ ।

वर्षका कारण सिंहदरबारको पर्खाल भत्किदा सडक अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौं / केही दिन यता परिरहेको भारी वर्षका कारण सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको छ । पर्खाल भत्किएपछि अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । भूकम्पका बेला...

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

२०७६-३-२७ शुक्रबार

कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा...

त्रिभुवन विमानस्थल अनिश्चित कालका लागि बन्द : विदेशबाट आएका जहाज अवतरण नगरी फर्किए

२०७६-३-२७ शुक्रबार

यति एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरणका त्रममा चिप्लिएको छ । नेपालगञ्जबाट काठमाडौं आएको उक्त विमान अवतरणको क्रममा शुक्रबार बिहान चिप्लँदा २ जना घाईते भएका छन् । 9N अल्फा MM को उक्त जहाज अवतरणको क्रममा चिप्लिएर विमानस्थलको धावनमार्गबाट १५ मिटर पर पुगेको छ । विमानमा ६६ जना यात्रु र चार जना चालक दलका सदस्य सवार थिए...

यस्तो गाउँ जहाँ छ महिना सबैको घरमा तालाचाबी लाग्छ

२०७६-३-२७ शुक्रबार

  रोल्पा / सुनछहरी गाउँपालिका–२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ । बस्तीमा घर छन् । तर, मानिस छैनन् । ‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा सरेका छौं’, चालवाङका ४९ वर्षीय थमन बुढामगर भन्छन्, ‘गाउँमा सबैको घरमा तालाचाबी लागेको छ ।’ २२ घरधुरी रहेको यो गाउँ ६ महिना रित्तो हुन्छ । बस्तीमुनि...

जलवायु परिवर्तन अव्यवस्थित शहरीकरण लेप्टोस्पाइरोसिस अनी रोकथामका उपाय ।

२०७६-३-२७ शुक्रबार

पृष्ठभुमीः लेप्टोस्पाइसीस पशुबाट मानीसमा सर्ने बढी प्रचलीत जीवाणुजन्य रोग मानीन्छ । विश्व स्वास्थ्य संगठनले उष्ण हावापानी भएको यो रोग कमै चासोमा पर्ने रोगका रुपमा पहिचान गरी यस्को विस्तृत प्राज्ञिक अध्ययन अनुसंधान एवं अभीलेखीकरण गर्नु पर्ने भनी औल्याइएको छ । यस रोगको स्थिती विश्वव्यापी रहेको मानिन्छ, जसले गर्दा यस रोगबाट बर्षेनी ३००००० देखि ५००००० लाख मानिस...

नजिकिँदै कांग्रेस–राजपा, सरकारविरुद्ध मोर्चाबन्दी तयारी

२०७६-३-२७ शुक्रबार

काठमान्डाैं / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी थालेका छन् । प्रतिपक्षी दुई दलका नेताहरूबीच सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न तहमा छलफल जारी छ । दुई पार्टीले विभिन्न अजेन्डा उठाएर केही दिनदेखि संयुक्त रुपमा सदन अवरुद्ध गर्दै आएका छन् । यसबाट सरकारविरुद्ध यी दुई दल...

Similar Posts

पूर्वी र मध्य भेगमा उच्च सतर्कता अपनाउन आग्रह : सबै नदीहरूमा बहाव उच्च

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसम विश्लेषणसम्बन्धी आज विषेश बुलेटिन जारी गर्दै मनसुन तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बद्ली रही धेरैजसो...

विराटनगरका अधिकांश स्थान डुबानमा : प्रदेशसभाको पानी मोटरले फालिदै ( तस्बिरहरू सहित )

२०७६-३-२७ शुक्रबार

विराटनगर / तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने सिंगिया खोलामा आएको बाढीले विराटनगर वडा नं १, २ र ८ का केही क्षेत्र आज बिहानदेखि डुबानमा परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–१ स्थित परोपकार...

ठाउँ ठाउँमा पहिरो : यात्रामा सास्ती

२०७६-३-२७ शुक्रबार

  बागलुङ / मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ । बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा...

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

२०७६-३-२७ शुक्रबार

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त...