भीमसेन थापादेखि शेरबहादुर देउवासम्म

२०७४-२-२४ बुधबार

काठमाडौं। ‘बाह्र वर्षपछि खोलो फर्कन्छ’ भन्ने उखान नेपाली राजनीतिमा चरितार्थ भएको छ । अन्ततः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुनः नेपालको ४०औँ प्रधानमन्त्रीका रूपमा निर्वाचित हुनुभएको छ । यस पटकसमेत गरी उहाँले चारपटक प्रधानमन्त्रीका रूपमा नेपालको बागडोर सम्हाल्नुभएको छ । कांग्रेस संसदीय दलको नेतृत्व गर्दै २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री हुनुभएका देउवा २०५८ र २०६१ सालमा पनि प्रधानमन्त्री बन्नुभएको थियो ।

वि.सं. २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचनमा डडेल्धुरा क्षेत्र नं. १ बाट निर्वाचित हुनुभएका सभापति देउवा वि.सं. २०६४ को संविधान सभा निर्वाचनमा डडेल्धुरा र कैलाली तथा २०७० को संविधान सभा निर्वाचनमा डडेल्धुरा–१ र कञ्चनपुर–४ बाट विजयी हुनुभएको थियो । संविधान सभा निर्वाचनमा दुई ठाउँबाट निर्वाचित भए पनि संवैधानिक व्यवस्था अनुसार हाल उहाँले डडेल्धुरा–१ बाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्दै आउनुभएको छ ।

राजनीति सङ्घर्षका क्रममा नौ वर्ष जेल जीवन बिताउनुभएका देउवा पूर्व गृहमन्त्री र माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्षसमेत हुनुहुन्थ्यो । तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा देउवालाई प्रधानमन्त्री पदबाट पदच्यूत गरेका थिए । त्यसको दुई वर्षपछि (२०६१ सालमा) राजा ज्ञानेन्द्रले देउवालाई पुनः प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

नेपालको इतिहासमा प्रथम (प्रधानमन्त्री) मुख्तियार प्राप्त गर्ने व्यक्ति भीमसेन थापा हुनुहुन्थ्यो । वि.सं. १८६३ देखि १८९४ सम्म (झण्डै ३१ वर्ष) मुख्तियार भई शासन सत्ता सञ्चालन गर्नुभएका थापा राष्ट्रिय विभूतिसमेत हुनुहुन्छ ।

त्यसैगरी रणजङ पाण्डे ९१८९६–१८९७०, पुष्कर शाह ९१८९५–१८९६०, पण्डित रङ्गनाथ पौड्याल ९१८९४–१८९५० नेपालमा ९प्रधानमन्त्री० मुख्तियार भई शासन व्यवस्था सञ्चालन गर्ने व्यक्ति हुनुहुन्छ । तत्कालीन अवस्थामा राजा राजेन्द्र, रानी लक्ष्मीदेवी र राजकुमार सुरेन्द्रले आ–आफ्नै ढङ्गबाट शासन सञ्चालन गरेपश्चात् दरबारमा देखिएको फुटलाई शक्तिमा रुपान्तरण गर्दै जङ्गबहादुर राणा नेपालको प्रधानमन्त्री भए । यसअघि माथवरसिंह (जङ्गबहादुर राणाका मामा) वि.सं. १९०० देखि १९०२ सम्म नेपालको प्रधानमन्त्री हुनुभएको थियो ।

झण्डै ३० वर्षसम्म ९१९०३–१९३३० नेपालको प्रधानमन्त्री हुनुभएका राणा प्रधानमन्त्री जङ्गबहादुरले कोतपर्वको रचना गरेका थिए । फलस्वरूप नेपालमा वि.सं. १९०३ देखि २००७ सम्म जहानियाँ राणशासन रह्यो ।

नेपालको पहिलो राणा प्रधानमन्त्री जङ्गबहादुर हुन् । जङ्गबहादुरले भाइलाई रोलक्रम अनुसार नेपालको प्रधानमन्त्री बनाए । बमबहादुर राणाले वि.सं. १९१३ देखि १९१४, रणोद्दीप सिंह राणाले १९३३ देखि १९४२, वीरशमशेरले १९४२ देखि १९५७, देवशमशेरले १९५७ देखि १९५८, चन्द्रशमशेरले १९५८ देखि १९८६, भीमशमशेर १९८६ देखि १९८९, जुद्धशमशेरले १९८९ देखि २००२, पद्यशमशेरले २००२ देखि २००५­ र मोहनशमशेरले २००५ देखि २००८ सम्म प्रधानमन्त्रीका रूपमा नेपालमा शासन गरे ।

राणा शासनको अन्त्यसँगै भारतबाट फर्किएका राजा त्रिभुवनले मातृकाप्रसाद कोइरालालाई वि.सं. २००८ देखि २००९ र वि.सं. २०१० देखि २०११ सम्म प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । त्यसपछि क्रमशः टङ्कप्रसाद आचार्य ९२०१२–२०१४०, डा. केआई सिंह ९२०१४–२०१५० सम्म नेपालको प्रधानमन्त्री हुनुभएको थियो ।

विभिन्न कालखण्डमा प्रधानमन्त्री पदको सट्टामा मन्त्रिपरिषद्को अध्यक्षका रूपमा समेत केही व्यक्तिले मुलुकमा शासन गरे । राजा महेन्द्रले सुवर्ण शमशेरको अध्यक्षतामा वि.सं. २०१५ देखि २०१६, डा. तुलसी गिरीको अध्यक्षतामा २०१९ देखि २०२१ र २०३२ देखि २०३४ तथा सूर्यबहादुर थापाको अध्यक्षतामा २०२१ देखि २०२३ सम्म मन्त्रिपरिषद्को गठन गर्नुभएको थियो । त्यस्तै वि.सं. २०६९ मा पनि तत्कालीन प्रधान न्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा मन्त्रिपरिषद् गठन भएको थियो ।

वि.सं. २०१६ देखि २०१७ सम्म नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला हुनुहुन्थ्यो । राजा महेन्द्रले वि.सं. २०१९ सालमा पञ्चायत व्यवस्था लागू गरेपछिको पहिलो प्रधानमन्त्री डा. तुलसी गिरी हुनुभयो । पञ्चायत कालमै सूर्यबहादुर थापाले वि.सं. २०२१ देखि २०२३ सम्म मन्त्रिपरिषद्को अध्यक्ष र वि.सं. २०२३ देखि २०२५ तथा वि.सं. २०३६ देखि २०४० सम्म प्रधानमन्त्रीका रूपमा काम गर्नुभएको थियो । बहुदलीय व्यवस्थापछि वि.सं. २०५४ र २०६० मा समेत उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो ।

पञ्चायत कालमा क्रमशः कीर्तिनिधि विष्ट ९२०२५–२०२६०, २०२८–२०३०० र ९२०३४–२०३६०, नगेन्द्रप्रसाद रिजाल ९२०३०–२०३२० र २०४२, लोकेन्द्रबहादुर चन्द ९२०४०–२०४२० र २०४६ तथा मरिचमान सिंह श्रेष्ठ ९२०४३–२०४६० सम्म प्रधानमन्त्री हुनुहुन्थ्यो । वि.सं. २०४६ को जनआन्दोलनबाट प्राप्त बहुदलीय व्यवस्थामा कृष्णप्रसाद भट्टराई पहिलो अन्तरिम प्रधानमन्त्री हुनुभयो । त्यस्तै गिरिजाप्रसाद कोइराला ९२०४८–२०५१० र

९२०६३–२०६५० सम्म मुलुकको प्रधानमन्त्री हुनुभयो । कम्युनिस्ट पार्टीका तर्फबाट मनमोहन अधिकारी वि.सं. २०५१ देखि २०५२­ सम्म प्रधानमन्त्री बन्नुभयो । पहिलो संविधान सभाले मुलुकमा गणतन्त्र घोषणा गरेलगत्तै २०६५ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्नुभयो ।

यसैगरी वि.सं. २०६६ देखि २०६७ सम्म माधवकुमार नेपाल, २०६७ देखि २०६८ सम्म झलनाथ खनाल, २०६८ देखि २०६९ सम्म बाबुराम भट्टराई, २०६९ देखि २०७० सम्म तत्कालीन प्रधान न्यायाधीश रेग्मी, २०७० देखि २०७२ सम्म सुशील कोइराला, २०७२ देखि २०७३ सम्म केपी ओली र वि.सं. २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म ‘प्रचण्ड’ नेपालको प्रधानमन्त्री हुनुभयो ।अाजकाे गाेरखापत्र दैनिकमा खबर छ ।

त्रिभुवन विमानस्थल अनिश्चित कालका लागि बन्द : विदेशबाट आएका जहाज अवतरण नगरी फर्किए

२०७६-३-२७ शुक्रबार

यति एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरणका त्रममा चिप्लिएको छ । नेपालगञ्जबाट काठमाडौं आएको उक्त विमान अवतरणको क्रममा शुक्रबार बिहान चिप्लँदा २ जना घाईते भएका छन् । 9N अल्फा MM को उक्त जहाज अवतरणको क्रममा चिप्लिएर विमानस्थलको धावनमार्गबाट १५ मिटर पर पुगेको छ । विमानमा ६६ जना यात्रु र चार जना चालक दलका सदस्य सवार थिए...

यस्तो गाउँ जहाँ छ महिना सबैको घरमा तालाचाबी लाग्छ

२०७६-३-२७ शुक्रबार

  रोल्पा / सुनछहरी गाउँपालिका–२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ । बस्तीमा घर छन् । तर, मानिस छैनन् । ‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा सरेका छौं’, चालवाङका ४९ वर्षीय थमन बुढामगर भन्छन्, ‘गाउँमा सबैको घरमा तालाचाबी लागेको छ ।’ २२ घरधुरी रहेको यो गाउँ ६ महिना रित्तो हुन्छ । बस्तीमुनि...

जलवायु परिवर्तन अव्यवस्थित शहरीकरण लेप्टोस्पाइरोसिस अनी रोकथामका उपाय ।

२०७६-३-२७ शुक्रबार

पृष्ठभुमीः लेप्टोस्पाइसीस पशुबाट मानीसमा सर्ने बढी प्रचलीत जीवाणुजन्य रोग मानीन्छ । विश्व स्वास्थ्य संगठनले उष्ण हावापानी भएको यो रोग कमै चासोमा पर्ने रोगका रुपमा पहिचान गरी यस्को विस्तृत प्राज्ञिक अध्ययन अनुसंधान एवं अभीलेखीकरण गर्नु पर्ने भनी औल्याइएको छ । यस रोगको स्थिती विश्वव्यापी रहेको मानिन्छ, जसले गर्दा यस रोगबाट बर्षेनी ३००००० देखि ५००००० लाख मानिस...

नजिकिँदै कांग्रेस–राजपा, सरकारविरुद्ध मोर्चाबन्दी तयारी

२०७६-३-२७ शुक्रबार

काठमान्डाैं / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी थालेका छन् । प्रतिपक्षी दुई दलका नेताहरूबीच सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न तहमा छलफल जारी छ । दुई पार्टीले विभिन्न अजेन्डा उठाएर केही दिनदेखि संयुक्त रुपमा सदन अवरुद्ध गर्दै आएका छन् । यसबाट सरकारविरुद्ध यी दुई दल...

काँक्रोको बिउ बेचेरै सवा करोड कमाउने किसान

२०७६-३-२७ शुक्रबार

काठमाडाै‌ । पर्वतको फलेबास नगरपालिका-११ मा पर्ने सानो गाउँ कर्नासमा यस वर्ष सवा करोड मूल्य बराबरको काँक्रोका बिउ उत्पादन गरेका छन्।व्यावसायिक रूपमा बिउ उत्पादन गर्दै आएका १ सय घरधुरी परिवारले १ करोड २० लाखभन्दा बढी मूल्य पर्ने काँक्रोको बिउ उत्पादन गरेका हुन्। कर्नासका कृषकले यस वर्ष ४ टनभन्दा बढी काँक्रोको बिउ उत्पादन गरेको स्थाानीय कृषक बाबुराम...

अकुत सम्पत्ति आर्जन गरेका जोशीको मुद्दा सर्वोच्चले हेर्न नभ्याउने !

२०७६-३-२७ शुक्रबार

काठमाडौं । विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका गोविन्दराज जोशीको मुद्दाको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा बुझाए पनि हेर्न नमिल्ने सूचीमा राखेको छ । पटक–पटक मुद्दा स्थगित र हेर्न नभ्याउने सूचीमा राख्दै आएको सो मुद्दा १२औं पटक हेर्न नमिल्ने सूचीमा राखिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले हेर्न नमिल्ने सूचीमा पेसी तोकेपछि सो मुद्दा अर्को महिनाका...

Similar Posts

ठाउँ ठाउँमा पहिरो : यात्रामा सास्ती

२०७६-३-२७ शुक्रबार

  बागलुङ / मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ । बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा...

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

२०७६-३-२७ शुक्रबार

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त...

वर्षका कारण सिंहदरबारको पर्खाल भत्किदा सडक अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौं / केही दिन यता परिरहेको भारी वर्षका कारण सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको छ । पर्खाल भत्किएपछि अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । भूकम्पका बेला...

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

२०७६-३-२७ शुक्रबार

कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा...