सबै समस्याको समाधान डीएनए परीक्षण नहुन सक्छ

२०७४-२-२८ आइतबार

काठमाण्डाै । “विज्ञान असजिलो पनि हुन्छ, यसले सामाजिक संरचना हेर्दैन।  जे छ, त्यो देखाइदिई हाल्छ।  कहिलेकाहीँ त डीएनए नगराइदिए हुन्थ्योजस्तो लाग्छ।  सबै समस्याको समाधान डिअक्सिराइवो न्युक्लिक एसिड अर्थात् डीएनए नै त होइन नि ?”

यो भनाइ राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समिति खुमलटारका कार्यकारी निर्देशक जीवनप्रसाद रिजालको हो ।  “अदालतले कतिपय मुद्दा र व्यक्तिले शङ्काकै भरमा डीएनए गराउनुपर्छ भन्ने छैन।  परीक्षणको नजिता र त्यसको असर अर्कै हुनसक्छ”, उनले भने।

कार्यकारी निर्देशक रिजालले नेपाली सामाजिक संरचना फरक खालको भएको बताए। उनले मिलेर बसेको समाज र परिवारमा विशेष परिस्थितिबाहेक डीएनएको पछि लाग्न नहुने जिकिर गरे।  “कहिलेकाहीँ त बच्चा लिएर बाबु वा आमा आउँछन् र लौ यो बच्चाको डीएनए गर्नुप¥यो, यो मेरो छोरा वा छोरी हो/होइन ? भन्छन्।  त्यो बच्चा उनीहरूको सन्तान ठहरिएन भने के हुन्छ”, रिजालले भने, “जसरी समाजमा धर्मपुत्र वा पुत्रीका रूपमा अर्काको सन्तान राख्ने चलन छ।  अभिभावकको मृत्युपछि तिनले डीएनए गराए भने के होला ?”

विधि विज्ञान प्रयोगशालामा यस्तो एक जोडी  चार जना बच्चा लिएर आए।  रिजालका अनुसार ती बच्चाको डीएनए परीक्षण गरी हेर्दा चार जनामध्ये दुई जना बच्चा दुवै जनाको ठहर भयो भने अन्य एक जना बाबु फरक र एक जना बाबुआमा दुवै फरक देखियो र त्यसले आश्चर्य बनायो।

कार्यकारी निर्देशक रिजालले जोडीलाई सोध्नुभयो, किन यस्तो भयो ? के यो कुरा ती आमाबुवालाई थाहा थियो।  त्यो जोडीले यो कुरा आफूहरूलाई थाहा भएको, डीएनए परीक्षण सही भएको र परीक्षणबाट आएको नतिजाप्रति सन्तुष्ट भएको बतायो।

किन यस्तो भयो ? भन्दा त्यो जोडीले पछिमात्र कुरा खोल्यो।  खासमा चार जना बच्चामध्ये दुई जना उनीहरू दुवैको थियो।  श्रीमान् भारतमा रोजगारीको सिलसिलामा रहँदा ती महिला यौन दुव्र्यवहारको सिकार भएकी रहिछन्।  त्यति बेला उनको गर्भमा बच्चा बसेछ।  श्रीमान् फर्केपछि ती महिलाले सबै कुरा सुनाइन्।  श्रीमान्ले जे हुनु भइगयो, गर्भमा रहेको बच्चालाई स्वीकार्ने वचन दिएछन्।  अर्को बच्चा जो दुवै जनाको देखिएन, त्यो बच्चा नातेदारको रहेछ।  भतिजाको एक जना युवतीसँग बिहेपूर्व बसउठ रहेछ।  ती युवतीबाट जन्मेको बच्चालाई ती महिलाले आफ्नो सन्तानजसरी हुर्काएकी रहिछन्।

“मानौँ, ३०/४० वर्षपछि ती बच्चाहरू डीएनएका लागि आए भने के जवाफ दिने ? विज्ञानले यस्तो अवस्थामा के कसरी न्याय दिन सक्छ ?”, रिजाल प्रश्न गर्छन्। अदालतको पछिल्लो निर्णय डीएनएको नतिजाविपरीत गयो भन्ने कुरा मलाई पनि धेरैले सुनाए तर अदालतले जे ग¥यो त्यो सही ग¥यो।  म अदालतको निर्णयलाई हार्दिकताका साथ स्वागत गर्छु”, कार्यकारी निर्देशक रिजालको भनाइ छ।

उनले कुनै बेला प्रयोगशालामा काम गर्ने वैज्ञानिकसमेत समेत अप्ठ्यारोमा पर्ने गरेको बताउनुभयो।  रिजालले भने, “विज्ञानले जे छ, त्यो देखाइहाल्छ।  तर, हाम्रो समाज अलिक बेग्लै छ।  खासगरी नाता प्रमाणितका लागि गरिने डीएनए परीक्षण विशेष परिस्थितिमा बाहेक अरू अवस्थामा नगराए हुन्थ्योजस्तो लाग्छ। ”

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समिति खुमलटारमा क्लिनिकल टक्सिकोलोजी, टक्सिकोलोजी, केमेस्ट्री, लागूपदार्थ, सिरोलोजी, बायोलोजी, वन्यजन्तु, डीएन, ब्यालेस्टिक्स, क्रिमिनालिस्टिक्स, विवादित प्रलेख आदि विभिन्न विषयसँग सम्बन्धित नमुनाहरूको परीक्षण तथा विश्लेषण सेवा उपलब्ध गराउँदै आएको छ।अाजकाे गाेरखापत्र दैनिकमा खबर छ ।

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

२०७६-३-२७ शुक्रबार

कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा...

त्रिभुवन विमानस्थल अनिश्चित कालका लागि बन्द : विदेशबाट आएका जहाज अवतरण नगरी फर्किए

२०७६-३-२७ शुक्रबार

यति एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरणका त्रममा चिप्लिएको छ । नेपालगञ्जबाट काठमाडौं आएको उक्त विमान अवतरणको क्रममा शुक्रबार बिहान चिप्लँदा २ जना घाईते भएका छन् । 9N अल्फा MM को उक्त जहाज अवतरणको क्रममा चिप्लिएर विमानस्थलको धावनमार्गबाट १५ मिटर पर पुगेको छ । विमानमा ६६ जना यात्रु र चार जना चालक दलका सदस्य सवार थिए...

यस्तो गाउँ जहाँ छ महिना सबैको घरमा तालाचाबी लाग्छ

२०७६-३-२७ शुक्रबार

  रोल्पा / सुनछहरी गाउँपालिका–२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ । बस्तीमा घर छन् । तर, मानिस छैनन् । ‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा सरेका छौं’, चालवाङका ४९ वर्षीय थमन बुढामगर भन्छन्, ‘गाउँमा सबैको घरमा तालाचाबी लागेको छ ।’ २२ घरधुरी रहेको यो गाउँ ६ महिना रित्तो हुन्छ । बस्तीमुनि...

जलवायु परिवर्तन अव्यवस्थित शहरीकरण लेप्टोस्पाइरोसिस अनी रोकथामका उपाय ।

२०७६-३-२७ शुक्रबार

पृष्ठभुमीः लेप्टोस्पाइसीस पशुबाट मानीसमा सर्ने बढी प्रचलीत जीवाणुजन्य रोग मानीन्छ । विश्व स्वास्थ्य संगठनले उष्ण हावापानी भएको यो रोग कमै चासोमा पर्ने रोगका रुपमा पहिचान गरी यस्को विस्तृत प्राज्ञिक अध्ययन अनुसंधान एवं अभीलेखीकरण गर्नु पर्ने भनी औल्याइएको छ । यस रोगको स्थिती विश्वव्यापी रहेको मानिन्छ, जसले गर्दा यस रोगबाट बर्षेनी ३००००० देखि ५००००० लाख मानिस...

नजिकिँदै कांग्रेस–राजपा, सरकारविरुद्ध मोर्चाबन्दी तयारी

२०७६-३-२७ शुक्रबार

काठमान्डाैं / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी थालेका छन् । प्रतिपक्षी दुई दलका नेताहरूबीच सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न तहमा छलफल जारी छ । दुई पार्टीले विभिन्न अजेन्डा उठाएर केही दिनदेखि संयुक्त रुपमा सदन अवरुद्ध गर्दै आएका छन् । यसबाट सरकारविरुद्ध यी दुई दल...

काँक्रोको बिउ बेचेरै सवा करोड कमाउने किसान

२०७६-३-२७ शुक्रबार

काठमाडाै‌ । पर्वतको फलेबास नगरपालिका-११ मा पर्ने सानो गाउँ कर्नासमा यस वर्ष सवा करोड मूल्य बराबरको काँक्रोका बिउ उत्पादन गरेका छन्।व्यावसायिक रूपमा बिउ उत्पादन गर्दै आएका १ सय घरधुरी परिवारले १ करोड २० लाखभन्दा बढी मूल्य पर्ने काँक्रोको बिउ उत्पादन गरेका हुन्। कर्नासका कृषकले यस वर्ष ४ टनभन्दा बढी काँक्रोको बिउ उत्पादन गरेको स्थाानीय कृषक बाबुराम...

Similar Posts

विराटनगरका अधिकांश स्थान डुबानमा : प्रदेशसभाको पानी मोटरले फालिदै ( तस्बिरहरू सहित )

२०७६-३-२७ शुक्रबार

विराटनगर / तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने सिंगिया खोलामा आएको बाढीले विराटनगर वडा नं १, २ र ८ का केही क्षेत्र आज बिहानदेखि डुबानमा परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–१ स्थित परोपकार...

ठाउँ ठाउँमा पहिरो : यात्रामा सास्ती

२०७६-३-२७ शुक्रबार

  बागलुङ / मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ । बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा...

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

२०७६-३-२७ शुक्रबार

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त...

वर्षका कारण सिंहदरबारको पर्खाल भत्किदा सडक अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौं / केही दिन यता परिरहेको भारी वर्षका कारण सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको छ । पर्खाल भत्किएपछि अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । भूकम्पका बेला...