नरुनु छविनाथ सर, आँसु पुछ्नु !

२०७४-३-१५ विहिबार

छविनाथ सर आज रोइरहनु भएको छ । उहाँको आत्मा रोइरहेको छ ।
‘बाबु तिमी पत्रकार मान्छे यो कुरा चाहिँ नलेख्नु है !’ उहाँले भन्नुभयो, ‘किनभने हामीले भोलि पनि यही समाजमा मिलेर बाँच्नु छ ।’
के हो यो ? मैले इनरुवा छोड्नुभन्दा अघिसम्म त उहाँले मसँग कहिल्यै यस्ता कुरा गर्नुभएको थिएन । यो दस वर्षमा, यो के परिस्थिति विकास भयो इनरुवामा कि आज सार्वजनिक ठाउँमा छविनाथ सरले रुँदै बोल्नुप¥यो ?

उहाँसँग पछिल्लोपटक प्रतिक्षण दैनिकको कार्यालयमा भेट भो । म इनरुवाको मेयरमा राजन मेहतालाई जिताउनु पर्छ भन्ने अभियान लिएर घुमिरहेको थिएँ । उहाँ दक्षिणतिर टेबुल छेउमा सोफामा बसेर हालसालै निस्किएका प्रतिक्षण दैनिकका दुई वटा अङ्क हातमा लिएर पढ्दै हुनुहुँदो रहेछ । म चाहिँ इकवाल अहमद भाइलाई खोज्दै त्यहाँ गएको थिएँ । किनकि प्रतिक्षण दैनिकमा एक दिनअघि मैले छाप्नु प¥यो भनेर एउटा लेख दिएको थिएँ । तर, छापिएन । किन छापिएन ? त्यो लेख उनको पत्रिकामा छाप्न उनको विवेकले किन दिएन ? के कसैले उनलाई पैसा दिएर त्यो लेख नछाप्न भन्यो ? के राष्ट्रपति विद्यादेवी भण्डारी वा उनका समर्थकहरूले यो लेख आज चाहिँ नछाप्नू, भोलि जे हुन्छ देखा जाला भने ? कि कमल थापावालाहरूले खबरदार यो लेख छाप्न पाउँदैनस् भने ? कि मनोज मेहता, जो आज इनरुवा नगरको मेयर हुन चाहिरहेका छन्, उनले ‘हे, इकवालजी यो लेख छाप्नु पर्दैन भने ? कि मेरो साथी किरण पोखरेलले यो लेख पत्रकार आचारसंहिता विपरीत छ, छाप्नुहुँदैन भने ? आखिर के परिस्थिति बन्यो र यो लेख इनरुवाको पत्रिकामा छापिएन ?


लेख किन छापिएन ? के त्यो लेख छाप्दा इनरुवामा हाल कायम सामाजिक सद्भाव खल्बलिन सक्थ्यो ? कि त्यो लेखको अन्तर्य कुनै दल विशेषको हार वा जितसँग मात्र सीमित थियो ? आखिर त्यस्तो के कुरा थियो, मैले छाप्न दबाब दिँदा–दिँदै पनि इकवाल भाइ ‘सरी दाइ ! यसपटकलाई यो लेख नछाप्ने निर्णय गरियो,’ भन्न बाध्य भए ? निर्णय गरियो भन्नाले उनले एकल निर्णय गरे कि केही व्यक्तिहरू जोसँग उनको कुरा मिल्छ, जो उनका सल्लाहकार हुन्, उनीहरूसँग सल्लाह गरेर निर्णय गरे ? यदि एकल निर्णय गरेका हुन् भने किन त्यस्तो निर्णय गरेका हुन् ? होइन यदि सामूहिक निर्णय गरेका हुन् भने अरूहरूले किन त्यो लेख रोक्न सल्लाह दिए ? यो निकै गम्भीर र जवाफ दिन ठुलै साहस चाहिने प्रश्न हो । तर, मलाई मेरा हरेक प्रश्नको जवाफ चाहिएको छ । म यतिबेला मेरा मनमा उठिरहेका प्रश्नहरूको जवाफ खोज्दा–खोज्दा कति परसम्म पुग्न खोज्दैछु ? र, म पुग्नुपर्ने गन्तव्य कहाँसम्म हो ? मलाई थाहा छैन । कृपया कसैले मलाई बताइदेओस् ।

यहाँनेर एउटा निकै गम्भीर प्रश्न पनि मेरा मनमा आएको छ । यो देशमा एउटा पत्रिकाको सम्पादकलाई यो कुरा छाप र यो कुरा नछाप भनेर उसका साथी, गुरु, मिडिया मालिक वा अरू कसैले दबाब दिन मिल्छ कि मिल्दैन ? मिल्दैन भने किन मिल्दैन ? र, मिल्छ भने के–के विषय वा शब्दमा दबाब दिन मिल्छ, के–केमा दिन मिल्दैन ? कसैले भेटेरै भनिदेओस् मलाई । मेरो फेसबुकमा कमेन्ट गरे पनि हुन्छ । bisnu[email protected] मा लेखे हुन्छ । मलाई ९८४२०२३२०५ र ९८१०५५४४०० मा फोन गरेर भन्न सक्नुहुन्छ । स्वतन्त्र कुनै लेख लेखेर मलाई ट्याग गरे पनि हुन्छ । मेरो ब्लग पनि छ, महाप्रभा, एउटा फरक साहित्यिक प्रस्तुति । Fantus Fiction लेखेर गुगल सर्च गर्दा पनि म भेटिन्छु ।

यो सानो जानकारीपछि माथिकै प्रसङ्गमा फर्किऊँ । मैले त प्रमोद भाइलाई यतिसम्म भनेको थिएँ कि ‘भाइ यो लेख भोलिको तिम्रो पत्रिकामा जसरी भए पनि छापिनुप¥यो । यदि त्यसो गर्दा तिम्रो पत्रिकाको कुनै पानाको कुनै विज्ञापन हटाउनुपर्ने भयो भने पनि त्यो विज्ञापनको पैसा म दिन्छु,’ भनेको थिएँ । तर, अहँ प्रतिक्षणमा छापिएन मेरो लेख । पत्याएनन् भाइहरूले मलाई । दोस्रो दिन मैले ‘नसोध्नु मेरो पहाड’ शीर्षकमा अर्को लेख लेखेँ । यो लेख पनि मैले प्रतिक्षण दैनिकमा छाप्न आग्रह गरेँ । यो लेख पनि छापिएन । यो शीर्षकको लेख छापिँदा वा नछापिँदा के फरक पर्छ ? त्यसबारेमा म छुट्टै लेख्नेछु ।

त्यो दिन इनरुवाका पत्रिकामा मेरो लेख नछापिने स्पष्ट भएपछि मैले यसको वर्ड कपि इनरुवाका मान्छेहरूलाई सुनाउँदै हिँड्न थाले । पहिले धिरज भट्टराईलाई सुनाएँ । त्यसपछि राजेन्द्र पोखरेललाई सुनाएँ । यही सेरोफेरोमा लेखिएका लेखहरू शशि कोइरालालाई पनि कुनै सुनाएँ, कुनै लिङ्क खोजेर पढ्न आग्रह गरेँ । तर, अहँ, त्यति गर्दा पनि त्यो लेख इनरुवाका कुनै पत्रिकामा छापिन्छन् जस्तो प्रत्याभूति पाइनँ । तपाईहरूले पनि यी साथीहरूलाई भेटेर इनरुवामा हिजोआज सुविद गुरागाई के गर्दैछ ? के लेख्दै छ ? भनेर चर्चा गर्नुभएन कि कसो ! मलाई वर्णमाला दैनिकमा पनि यो लेख छापिन्छ जस्तो लागेन । शशि भाइको, राजेन्द्र भाइको अमर काफ्ले भाइको आँखामा त्यो प्रतिक्रिया देखिनँ । बीचमा शशि भाइले मलाई प्रश्न गरे, ‘सुविद गुरागाई पत्रकार हो ? शिक्षक हो ? काङ्ग्रेस हो ? कि के हो ? मेरो प्रिय भाइ शशि कोइरालाको मनमा यस्तो प्रश्न छ आज । इनरुवाबाट प्रकाशित हुने चर्चित मिडिया हाउसको मान्छेको मनमा यस्तो प्रश्न बसेपछि मन खङ्ग्रङ्ग हुन्छ । अब, यसभन्दा उताका प्रसङ्ग सुनाउनुअघि तपाईलाई प्रष्ट भनिदिऊँ म यतिबेला कुनै अखबारी आलेखमा रमाइरहेको छुइनँ । फन्टुस फिक्सनकै सेरोफेरोमा छु । आफूलाई नायक बनाएर आफ्नै कथा लेख्दै छु ।

साँझमा प्रमोद भाइलाई भेटेँ । प्रमोदले सुरुमै, दाइ यो लेखमा आचारसंहिता लाग्छ कि लाग्दैन भनेर सोधेका थिए । लाग्दैन भाइ लाग्दैन । यदि कसैले लाग्छ भन्छ भने पत्रकार महासङ्घका सभापति महेन्द्र बिष्ट मेरा साथी हुन् । म डिल गर्छु यो कुरामा भनेँ । तर, अहँ लेख छापिएन । इनरुवाका पत्रिकाले छाप्न रुचि नदेखाएको त्यो लेख मैले कैलाश पञ्चारिया, कौशल भट्टराई, वीरेन्द्र केएम, पिएमणि भट्टराई, नवीन गड्तौलाहरूको पहुँचसम्म पु¥याए । कसैलाई पढेरै सुनाएँ, कसैलाई लिङ्क खोजेर पढ्न आग्रह गरेँ । साँझ फेरि रामदेवको पसलमा किशोर कोइराला, सन्तोष तिवारी, विष्णु भट्टराई, रामदेव साह लगायतलाई मैले ‘मौन अवधिमा घोषणापत्रको प्रुफ रिडिङ’ र ‘नसोध्नु मेरो पहाड’ शीर्षकका दुई वटै लेखहरू सुनाएँ । लेख सुनेर रामदेव भाइ डराए । उनले ‘नसोध्नु मेरो पहाड’ शीर्षकमा परेको ‘रामदेवको चिया दोकानमा चिया खाँदै,’ भन्ने पदावलीबाट ‘रामदेव’ शब्द हटाउन आग्रह गरे । तर, मैले मानिनँ । कठै ! मेरो इनरुवा । रामदेव भाइ डराइडराइ चिया दोकान गरिरहेका छन् मेरो माटोमा । कसले सिर्जना ग¥यो यो परिस्थिति ? मेरो लेखले कि यहाँ हामीले रोपेको, हुर्काइरहेको वातावरणले ?

‘मौन अवधिमा घोषणापत्रको प्रुफ रिडिङ’ शीर्षकको लेखमा एमाले इनरुवा नगर कमिटिले निकालेको चुनावी घोषणा–पत्रका कुरा, त्यो लेख्न वा लेख्न लगाउने मान्छेको सोच र इनरुवाबासीको सरोकारको विषय उठाएको थिएँ । तर, लेख छापिएन । इनरुवाका नेटको सहज पहुँच नभएका जनताले समयमै त्यो सूचना थाहा पाएनन्, जुन म धेरैभन्दा धेरै इनरुवाबासीले चाँडोभन्दा चाँडो थाहा पाउन् भन्ने सोचिरहेको थिएँ । यसरी इनरुवाका धेरै जनताको चाँडो सूचना पाउने अधिकारलाई प्रभावित पार्ने यो घटना र त्योसँग जोडिएका सरोकारवलाहरूले कसरी लिनु पर्ने हो ? कृपया कसैले मलाई यो पनि भनिदेओस् ।

यहाँनेर एउटा अर्को कुरा पनि छ । म जसरी लेख्दै, मान्छेलाई सुनाउँदै, प्रतिक्रिया लिँदै, करेक्सन गर्दै हिँडिरहेको छु । एउटा लेखकले, एउटा पत्रकारले वा परिवर्तन चाहने जो कोहीले यस्तो गर्न मिल्छ कि मिल्दैन ? म खुला बहसमा उत्रिएको छु ।

विचरा प्रमोद भाइलाई धेरैले हकर पत्रकार भन्छन् अझै पनि । यो मामलामा भने उनी निकै इमानदार देखिए । ‘दाइ मैले त छाप्न खोजेको थिएँ तर सकिनँ । मैले जागीर बचाउनु पर्ने भो दाइ’ भने । कठै ! एउटा पत्रकारले आफूलाई छाप्न मन लागेको कुरा आफ्नो पत्रिकामा छाप्न पाउँदैन । र पनि नागरिक समाज केही थाहा नपाए जस्तो गरिरहेको छ । एउटा इमानदार पत्रकारलाई जागीर बचाउँछस् भने बचा नभए जा भन्छ कुनै मिडिया हाउस सञ्चालकले ? यदि भन्छ भने हामीले आफ्नो माटोमा कस्तो खालको पत्रकारिताको अभ्यास हुर्काइरहेका छौँ ? एउटा सम्पादक जो अस्पतालभित्र पसेर चिकित्सकको हाजिर खातामा रातो लगाउँछ, त्यो सम्पादक सुविद गुरागाईसँग भेटेर फेस टु फेस कुरा गर्न चाहँदैन । के यही हो मेरो माटोमा मैले रोप्न चाहेको पत्रकारिताको बिरुवा र त्यसको परिणाम ? अहँ, होइन रोकौँ यो उल्टो गतिलाई । म नेतृत्व गर्छु । सचेत साथीहरू उत्रौँ इनरुवाका सडकहरूमा । यहाँ जनताको अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई प्रभावित पार्ने जे जति तत्वहरू छन्, ती सबैलाई सच्याउनुपर्छ अब । हैट्, लेख्दा–लेख्दै निकै भावुक र चुनौतीपूर्ण कुरा लेखियो । एकछिन यसलाई यहीँ बिट मारौँ र छविनाथ सरको कुरा गरौँ ।

छविनाथ सर पत्रिका पढिरहनुभएको थियो । उहाँले भन्नुभयो, ‘कति भन्नु, कति सम्झाउनु, मान्दै मान्दैनन् ।’ लौ यो त झन् मार्मिक र गम्भीर कुरा भयो । जब पत्रिकाको सम्पादकले, सल्लाहकारले दिएको कुनै पनि सल्लाह मान्दैन भने प्रिन्टलाइनमा सल्लाहकार भनेर नाम किन जोडिराखेको ? कसलाई भ्रमित पारेको ? हामी इनरुवाका मान्छेलाई ? के हामी इनरुवाका मान्छे यति कुरा पनि बुझ्न सक्तैनौँ ? अवश्य सक्छौँ । तर, बुझ्दा–बुझ्दै धेर बुझिएला कि भन्ने पिरलो भइसक्यो ।
मैले त प्रमोद भाइलाई यतिसम्म भनेको छु, ‘हेर भाइ मलाई, छविनाथ सरलाई यसरी नरुवाओ तिमीहरू । यदि रुवाउँछौ भने म पनि तिमीहरूलाई इनरुवाको सडकमा रुँदै हिँड्ने बनाउँछु । त्यसो नगर भाइहरू । बरु मलाई हँसाओ र आफू पनि हाँस मसँगसँगै ।’

०००
‘मौन अवधिमा घोषणापत्रको प्रुफ रिडिङ’ थाहा खबर डट कम र पूर्वी बजार दैनिकमा अक्षरशः छापिएको छ । तपाई हेर्न, पढ्न चाहनुहुन्छ भने लग इन गर्न सक्नुहुन्छ ।
हालसालै बङ्गलादेश हो कि कहाँको हो, एउटा ब्लगरलाई मन नपराउनेहरूले लेख्दालेख्दै मारि नै दिए भन्ने सुनेको छु । मलाई पनि त्यसरी नै मार्छन् होला एकदिन । यतिबेला मेरो मनमा त्यस्तै भय उत्पन्न भइरहेको छ । तर, यहाँनेर म मलाई मार्न चाहनेहरूलाई भन्न चाहन्छु, तिमीहरू जो, ‘अब अति भइसक्यो, अब सुविद गुरागाईलाई नमारे त हामीहरूले चैनले सुत्न पनि नपाउने रहेछौँ,’ जस्तो लागिरहेको छ भने ठिकै छ, मार मलाई । तर याद राख मेरो विचारलाई तिमीहरूले कहिल्यै मार्न सक्तैनौ । यस विषयमा तिमीहरूलाई म अहिले यति मात्रै भन्छु र अब छविनाथ सरसँग एकछिन कुरा गर्छु ।

‘छविनाथ सर अब म फेरि इनरुवा फर्किन चाहन्छु । इनरुवा फर्केर जयन्त सरको सालिक बनाउन चाहन्छु !’
जयन्त भट्टराईको नाम सुन्नेबित्तिकै छविनाथ सरका आँखा रसाइहाले ।

आउने त भनेँ तर आउने कसरी ? बाटो खोज्दै छु । यदि समाउने हात सही भेट्टाएँ भने म इनरुवा फेरि आइपुगुँला पनि । तर, गलत हातमा परेँ भने बिच बाटैमा कतै हराउन पनि सक्छु । जे भए पनि तपाई नरुनु छविनाथ सर ! आँसु पुछ्नु । किनभने इनरुवामा तपाई जस्तै म पनि रोएको छु धेरै पल्ट । तर, अब हामी रुने होइन । दाजु–भाइ सँगै मिलेर आफ्नो माटोमा हाँसो, खुसी, सुख र समृद्धिको रुख उमार्नुपर्छ ।

पूर्वी र मध्य भेगमा उच्च सतर्कता अपनाउन आग्रह : सबै नदीहरूमा बहाव उच्च

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसम विश्लेषणसम्बन्धी आज विषेश बुलेटिन जारी गर्दै मनसुन तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बद्ली रही धेरैजसो...

विराटनगरका अधिकांश स्थान डुबानमा : प्रदेशसभाको पानी मोटरले फालिदै ( तस्बिरहरू सहित )

२०७६-३-२७ शुक्रबार

विराटनगर / तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने सिंगिया खोलामा आएको बाढीले विराटनगर वडा नं १, २ र ८ का केही क्षेत्र आज बिहानदेखि डुबानमा परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–१ स्थित परोपकार...

ठाउँ ठाउँमा पहिरो : यात्रामा सास्ती

२०७६-३-२७ शुक्रबार

  बागलुङ / मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ । बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा...

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

२०७६-३-२७ शुक्रबार

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त...

वर्षका कारण सिंहदरबारको पर्खाल भत्किदा सडक अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौं / केही दिन यता परिरहेको भारी वर्षका कारण सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको छ । पर्खाल भत्किएपछि अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । भूकम्पका बेला...

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

२०७६-३-२७ शुक्रबार

कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा...

Similar Posts

गर्धनमा बलले लागेर भारतीय क्रिकेटरको मृत्यु

२०७६-३-२७ शुक्रबार

खेलका दौरान गर्धनमा बल लागेर एक भारतीय युवा क्रिकेटरको ज्यान गएको छ । कस्मिरका यु–१९ क्रिकेटर जहाँगिर अहमद वार एक प्रतियोगिता खेलिरहेका थिए । बिहीबार गर्धनमा बल लागेपछि बेहोस भएका वारलाई अस्पताल लगिएको थियो तर अस्पतालले उनलाई मृत घोषित गर्यो । ११ कक्षामा पढ्ने जहाँगिर हालै यु–१९ क्रिकेट क्याटेगोरीमा छनोट भएका थिए । उनी बारामुला...

उर्लियो हनुमन्ते, भक्तपुरमा डुबान शुरु, प्रशासनद्धारा उच्च सतर्कता

२०७६-३-२७ शुक्रबार

  भक्तपुर / अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान शुरु भएको छ । हिजोदेखि नै परेको अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी खोलाभन्दा माथि आएपछि बस्तीमा पानी पस्न थालेको हो । हनुमन्तेमा बाढी उर्लिएपछि जिल्ला प्रशासन कार्यालयले हनुमन्ते नदी आसपासका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ भने नदी...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टादेखि अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चिप्लिएको यति एयरलाइन्सको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान सकस भएको छ । धावन मार्गमा विमान चिप्लिएका कारण झण्डै चार घण्टादेखि मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध रहेको छ । निरन्तरको प्रयासका बाबजुत पनि विमानलाई निकाल्न नसकिएको महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँले विमान...

विपद्बाट हुने क्षति रोक्न तीनै तहका सरकार ‘हाइ अलर्ट’

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन सक्रिय भएसँगै मुलुकमा विपद्बाट हुनसक्ने सम्भावित क्षति रोक्न तीनै तहका सरकार र सम्बद्ध निकाय ‘हाइ अलर्ट’को अवस्थामा रहेका छन् ।विपद जोखिम न्यूनीकरण, तत्काल उद्धार तथा राहतका लागि बाढीबाट प्रभावित मुलुकका २४४ स्थानलाई उच्च जोखिम क्षेत्र पहिचान गरी सरकारी क्षमताले भ्याएसम्मका तयारी गरिएको छ । मुलुकको पहाड र हिमाली क्षेत्र पहिरोको उच्च जोखिममा...