थरीथरीका नतिजा : सासूसँग बुहारी एकै मतले पराजित

२०७४-३-१७ शनिबार

काठमाडौं ।  रुकुमको सिस्ने गाउँपालिका–६ मा माओवादी केन्द्रका उम्मेदवार एक मतले विजयी भएका छन् । कांग्रेस–एमाले गठबन्धनसँग प्रतिस्पर्धा गरेका माओवादीका वडाध्यक्षका उम्मेदवार सुधन रेग्मीले ४७० मत ल्याए । गठबन्धनका उम्मेदवार पूर्णबहादुर मल्लले ४६९ मत पाए ।

धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ मा पनि एक मत अन्तरको हारजित भएको छ । वडाध्यक्षमा उठेका माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार मगरले एमाले उम्मेदवार इन्द्रबहादुर सारु मगरलाई एक मतले पराजित गरे । इन्द्रले ४९९ मत ल्याए भने मगरले ४९८ मत प्राप्त गरे । मत बराबरीपछि गोलाप्रथा रोल्पाको दुईखोली गाउँपालिका–३ मा कांग्रेस र माओवादीका उम्मेदवारले बराबरी मत ल्याएपछि गोलाप्रथाबाट निर्णय लिइएको छ । कांग्रेसका भीमबहादुर केसीसँग बराबरी भएपछि गोलाप्रथाबाट निर्णय लिँदा माओवादीका झपिराम डाँगी विजयी भएका छन् ।

अछाममा बराबरीपछि पुनः गणना अछामको मेल्लेख गाउँपालिका–२ मा एमाले र माओवादी अध्यक्षका उम्मेदवारले ३२८÷३२८ मत ल्याएपछि पुनः मतगणना सुरु भएको छ । स्थानीय तह निर्वाचन ऐन २०७३ मा मत बराबरी भएपछि गोलाप्रथाबाट निर्णय लिनुपर्नेमा व्यवस्था छ । तर, दलका प्रतिनिधिले गोलाप्रथा गर्न नमानेपछि पुनः मतगणना सुरु भएको हो । बाजुरामा विद्यार्थीले शिक्षकलाई हराए बाजुराको बडिमालिका नगरपालिका–८ मा आफैंले पढाएका विद्यार्थीसँग शिक्षक पराजित भएका छन् । कांग्रेसबाट वडाध्यक्षका उम्मेदार बनेका प्रकाश रावलले आफ्नै गुरु गोविन्द थापालाई पराजित गरेका हुन् । विजयी २१ वर्षीय रावलले ४८० मत ल्याए ।

बाजुरामा २८ मतान्तर बाजुराको बडिमालिका अध्यक्षमा कांग्रेसका पदम बडुवाल २८ मतअन्तरले विजयी भएका छन् । बडुवालले दुई हजार चार सय ९० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका गगनबहादुर रावलले दुई हजार चार सय ६२ मत ल्याए । रुकुमकी कुमारी पहिलो महिला अध्यक्ष दोस्रो चरणको निर्वाचनअन्तर्गत रुकुमको सिस्ने गाउँपालिकाको अध्यक्षमा कुमारी बराल विजयी भएकी छन् । माओवादी केन्द्रबाट अध्यक्षको उम्मेदार बनेकी बरालले तीन हजार दुई सय ९३ मत ल्याइन् । दोस्रो चरणको निर्वाचनमा स्थानीय तहमा निर्वाचित हुने बराल पहिलो महिला हुन् ।

प्रधानमन्त्रीको जिल्ला सदरमुकाममा एमाले विजयी प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको सदरमुकाम अमरगढी नगरपालिकामा एमालेका विपिन ओझा विजयी भएका छन् । उपमेयरमा पनि एमाले नै विजयी भएका छ। दुई पत्रकार निर्वाचित डडेल्धुराको अमरगढी नगरपालिकाको उपमेयरमा निर्वाचित संगीता भण्डारी पत्रकार पनि हुन् । त्यस्तै, बाजुराको बडामालिका–७ को वडाध्यक्षमा पनि पत्रकार धर्मराज पाध्याय एमालेबाट विजयी भएका छन् ।

सासूसँग बुहारी पराजित इलामको सन्दकपुर गाउँपालिका–१ दलित महिला सदस्यमा सासूले बुहारीलाई पराजित गरेकी छिन् । एकाघरका सासू–बुहारीको चुनावी प्रतिस्पर्धामा सासूले चुनाव जितेकी छिन् । एमालेको तर्फबाट उम्मेदवार बनेकी ६२ वर्षीया सासू दिलमाया कमिनीले माओवादीबाट उम्मेदवार बनेकी २८ वर्षीया कान्छी बुहारी सीतादेवी विश्वकर्मालाई पराजित गरेकी हुन् । सासूले ३६१ मत ल्याउँदा बुहारी ३७ मतले पराजित भइन् ।अाजको नयाँ पत्रिकामा खबर छ ।

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

२०७६-३-२७ शुक्रबार

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त...

वर्षका कारण सिंहदरबारको पर्खाल भत्किदा सडक अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौं / केही दिन यता परिरहेको भारी वर्षका कारण सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको छ । पर्खाल भत्किएपछि अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । भूकम्पका बेला...

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

२०७६-३-२७ शुक्रबार

कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा...

त्रिभुवन विमानस्थल अनिश्चित कालका लागि बन्द : विदेशबाट आएका जहाज अवतरण नगरी फर्किए

२०७६-३-२७ शुक्रबार

यति एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरणका त्रममा चिप्लिएको छ । नेपालगञ्जबाट काठमाडौं आएको उक्त विमान अवतरणको क्रममा शुक्रबार बिहान चिप्लँदा २ जना घाईते भएका छन् । 9N अल्फा MM को उक्त जहाज अवतरणको क्रममा चिप्लिएर विमानस्थलको धावनमार्गबाट १५ मिटर पर पुगेको छ । विमानमा ६६ जना यात्रु र चार जना चालक दलका सदस्य सवार थिए...

यस्तो गाउँ जहाँ छ महिना सबैको घरमा तालाचाबी लाग्छ

२०७६-३-२७ शुक्रबार

  रोल्पा / सुनछहरी गाउँपालिका–२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ । बस्तीमा घर छन् । तर, मानिस छैनन् । ‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा सरेका छौं’, चालवाङका ४९ वर्षीय थमन बुढामगर भन्छन्, ‘गाउँमा सबैको घरमा तालाचाबी लागेको छ ।’ २२ घरधुरी रहेको यो गाउँ ६ महिना रित्तो हुन्छ । बस्तीमुनि...

जलवायु परिवर्तन अव्यवस्थित शहरीकरण लेप्टोस्पाइरोसिस अनी रोकथामका उपाय ।

२०७६-३-२७ शुक्रबार

पृष्ठभुमीः लेप्टोस्पाइसीस पशुबाट मानीसमा सर्ने बढी प्रचलीत जीवाणुजन्य रोग मानीन्छ । विश्व स्वास्थ्य संगठनले उष्ण हावापानी भएको यो रोग कमै चासोमा पर्ने रोगका रुपमा पहिचान गरी यस्को विस्तृत प्राज्ञिक अध्ययन अनुसंधान एवं अभीलेखीकरण गर्नु पर्ने भनी औल्याइएको छ । यस रोगको स्थिती विश्वव्यापी रहेको मानिन्छ, जसले गर्दा यस रोगबाट बर्षेनी ३००००० देखि ५००००० लाख मानिस...

Similar Posts

विपद्बाट हुने क्षति रोक्न तीनै तहका सरकार ‘हाइ अलर्ट’

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन सक्रिय भएसँगै मुलुकमा विपद्बाट हुनसक्ने सम्भावित क्षति रोक्न तीनै तहका सरकार र सम्बद्ध निकाय ‘हाइ अलर्ट’को अवस्थामा रहेका छन् ।विपद जोखिम न्यूनीकरण, तत्काल उद्धार तथा राहतका लागि बाढीबाट प्रभावित मुलुकका २४४ स्थानलाई उच्च जोखिम क्षेत्र पहिचान गरी सरकारी क्षमताले भ्याएसम्मका तयारी गरिएको छ । मुलुकको पहाड र हिमाली क्षेत्र पहिरोको उच्च जोखिममा...

पूर्वी र मध्य भेगमा उच्च सतर्कता अपनाउन आग्रह : सबै नदीहरूमा बहाव उच्च

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसम विश्लेषणसम्बन्धी आज विषेश बुलेटिन जारी गर्दै मनसुन तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बद्ली रही धेरैजसो...

विराटनगरका अधिकांश स्थान डुबानमा : प्रदेशसभाको पानी मोटरले फालिदै ( तस्बिरहरू सहित )

२०७६-३-२७ शुक्रबार

विराटनगर / तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने सिंगिया खोलामा आएको बाढीले विराटनगर वडा नं १, २ र ८ का केही क्षेत्र आज बिहानदेखि डुबानमा परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–१ स्थित परोपकार...

ठाउँ ठाउँमा पहिरो : यात्रामा सास्ती

२०७६-३-२७ शुक्रबार

  बागलुङ / मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ । बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा...