लिपिस्टिक : यसको प्रयोग र चयन गर्ने उपाय

२०७४-१२-८ विहिबार

ओठलाई सुन्दर बनाउने माध्यम लिपिस्टिक पनि हो । बजारमा विभिन्न रङमा लिपिस्टिक पाईन्छ । यसको गुणस्तर अनुसारको मूल्य तोकिएको हुन्छ । लिपिस्टिक सक्कली ब्राण्डको मात्र प्रयोग गर्नु राम्रो हो । तथापि सबै रङका लिपिस्टिकहरु सबैलाई सुहाउँदैन । यस्ता लिपिस्टिक पनि विभिन्न समारोह अनुसार फरक फरक रङको प्रयोग गर्नु नै बुद्धिमानी हो । आफुले कस्तो रङको कपडा लगाएको छ, सोही अनुसारको लिपिस्टिक चयन गर्नु पर्छ । कपडा अनुसारको सेट मिलाएर आजकाल लिपिस्टिक लगाउने गरिन्छ । लिपिस्टिकको प्रयोग समारोह अनुसार कसरी र कस्तोसँग गर्ने भन्ने बारे यहाँ प्रस्तुत गरिएको छ –

निर्माणको हिसाबले लिपिस्टिकको प्रकार

– पेन्सिल लिपिस्टिक : यस्तो प्रकारको स्टिक तास्नु पर्ने पेनसिलमा र अर्को तास्नु नपर्ने अटो पेनसिलमा आउँछ । यो लिपिस्टिक अरुको तुलनामा सुख्खा हुन्छ । यो पनि विभिन्न रङमा पाईन्छ । यो लिपिस्टिक अरु लिपिस्टिकको तुलनामा लामो समयसम्म टिक्छ ।

– स्टिक लिपिस्टिक : यो पारम्पालिक शैलीको लिपिस्टिक हो । स्टिकमा हुने भएकाले यसलाई सोझै ओठमा लगाउने गरिन्छ । यो पनि विभिन्न रङमा पाईन्छ ।

– प्यालेट वाला लिपिस्टिक : यस्तो प्रकारको लिपिस्टिक मेकअपको किट बक्समा जस्तै प्यालेट बक्समा किन्न पाईन्छ । यसमा एउटै बक्सको विभिन्न खन्ड्मा फरक फरक रङको लिपिस्टिक हुन्छ । यसलाई ब्रसको सहायताले लगाउने गरिन्छ ।

– लिक्विड वाला (झोलयुक्त) लिपिस्टिक : यस्तो लिपिस्टिक सिसा तथा प्लास्टिकको बोलतमा पाईन्छ । यसलाई ब्रस स्टिकले ओठमा लगाईन्छ । यो पनि विभिन्न रङमा पाईन्छ ।

कार्यक्रम र अबसर अनुसार लिपिस्टिक चयन

– विवाह लगायतको पार्टीमा जाँदा प्राय गाढा रङको टल्कने लिपिस्टिक प्रयोग गर्नु राम्रो हुन्छ । यस्तो पार्टीमा आफ्नो पहिरन सुहाउँदो लिपिस्टिक प्रयोग गर्नु राम्रो हो । तथापि यस्तो पार्टीमा ग्लस युक्त, गाढा रातो, गाढा गुलाबी, कलेजी, हलुका बैजनी रङको लिपिस्टिक लगाउने । यस्तो ग्लस युक्त लिपिस्टिकले ओठमा साईनिङ दिन्छ । यस्तो लिपिस्टिकले ओठलाई अझ रसिलो र आकर्षक देखाउँछ ।

– सामान्यतया कसैसँग औपचारिक भेटघाट तथा अफिसियल कार्यकालागि ओठ सुहाउँदो केही फिक्का रङको लिपिस्टिक प्रयोग गर्ने । अझ ओठको रङ अर्थात छाला रङको लिपिस्टिक यस्तो बेलामा प्रयोग गर्नु राम्रो हो । फिक्का लिपिस्टिकले व्यक्तिको व्यक्तित्व पनि बढाउँछ ।

– टिन एजर्सले डान्सिङ पार्टीमा जाँदा साईनिङ डस्ट मिस्सिएको फेन्सी ग्लस लिपिस्टिक लगाउँदा राम्रो हुन्छ । डान्स पार्टीमा प्रयोग हुने विभिन्न लाईटले ओठको लिपिस्टिकमा रहेको साईनिङ डस्ट टल्कने हुँद ओठमा अझ सुन्दरता थपिन्छ ।

– यस्तै घुमफिरमा जाँदा चिल्लो तथा ग्लस नभएको सुख्खा (पेन्सिल) लिपिस्टिक लगाएर जानु राम्रो । किनकी घुमफिरका क्रममा दुषित वातावरणले गर्दा यस्तो सुख्खा लिपिस्टिकमा धुलो टास्सिने तथा पसिनाले लिपिस्टिक पुछिने समस्या कम हुन्छ । ब्यूटी न्यूज नेपाल

ठाउँ ठाउँमा पहिरो : यात्रामा सास्ती

२०७६-३-२७ शुक्रबार

  बागलुङ / मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ । बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा...

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

२०७६-३-२७ शुक्रबार

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त...

वर्षका कारण सिंहदरबारको पर्खाल भत्किदा सडक अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौं / केही दिन यता परिरहेको भारी वर्षका कारण सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको छ । पर्खाल भत्किएपछि अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । भूकम्पका बेला...

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

२०७६-३-२७ शुक्रबार

कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा...

त्रिभुवन विमानस्थल अनिश्चित कालका लागि बन्द : विदेशबाट आएका जहाज अवतरण नगरी फर्किए

२०७६-३-२७ शुक्रबार

यति एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरणका त्रममा चिप्लिएको छ । नेपालगञ्जबाट काठमाडौं आएको उक्त विमान अवतरणको क्रममा शुक्रबार बिहान चिप्लँदा २ जना घाईते भएका छन् । 9N अल्फा MM को उक्त जहाज अवतरणको क्रममा चिप्लिएर विमानस्थलको धावनमार्गबाट १५ मिटर पर पुगेको छ । विमानमा ६६ जना यात्रु र चार जना चालक दलका सदस्य सवार थिए...

यस्तो गाउँ जहाँ छ महिना सबैको घरमा तालाचाबी लाग्छ

२०७६-३-२७ शुक्रबार

  रोल्पा / सुनछहरी गाउँपालिका–२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ । बस्तीमा घर छन् । तर, मानिस छैनन् । ‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा सरेका छौं’, चालवाङका ४९ वर्षीय थमन बुढामगर भन्छन्, ‘गाउँमा सबैको घरमा तालाचाबी लागेको छ ।’ २२ घरधुरी रहेको यो गाउँ ६ महिना रित्तो हुन्छ । बस्तीमुनि...

Similar Posts

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टादेखि अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चिप्लिएको यति एयरलाइन्सको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान सकस भएको छ । धावन मार्गमा विमान चिप्लिएका कारण झण्डै चार घण्टादेखि मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध रहेको छ । निरन्तरको प्रयासका बाबजुत पनि विमानलाई निकाल्न नसकिएको महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँले विमान...

विपद्बाट हुने क्षति रोक्न तीनै तहका सरकार ‘हाइ अलर्ट’

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन सक्रिय भएसँगै मुलुकमा विपद्बाट हुनसक्ने सम्भावित क्षति रोक्न तीनै तहका सरकार र सम्बद्ध निकाय ‘हाइ अलर्ट’को अवस्थामा रहेका छन् ।विपद जोखिम न्यूनीकरण, तत्काल उद्धार तथा राहतका लागि बाढीबाट प्रभावित मुलुकका २४४ स्थानलाई उच्च जोखिम क्षेत्र पहिचान गरी सरकारी क्षमताले भ्याएसम्मका तयारी गरिएको छ । मुलुकको पहाड र हिमाली क्षेत्र पहिरोको उच्च जोखिममा...

पूर्वी र मध्य भेगमा उच्च सतर्कता अपनाउन आग्रह : सबै नदीहरूमा बहाव उच्च

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसम विश्लेषणसम्बन्धी आज विषेश बुलेटिन जारी गर्दै मनसुन तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बद्ली रही धेरैजसो...

विराटनगरका अधिकांश स्थान डुबानमा : प्रदेशसभाको पानी मोटरले फालिदै ( तस्बिरहरू सहित )

२०७६-३-२७ शुक्रबार

विराटनगर / तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने सिंगिया खोलामा आएको बाढीले विराटनगर वडा नं १, २ र ८ का केही क्षेत्र आज बिहानदेखि डुबानमा परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–१ स्थित परोपकार...