कतै तपाइ कण्डम किन्दा यस्तो गल्ती त गर्नुहुन्न ?

२०७४-१२-२३ शुक्रबार

‘साहुजी एक जोर जुत्ता दिनुस् त’ भन्दै तपार्इँ पसलबाट जुत्ताको प्याकेट लिएर फर्किनुहुन्छ त ? पक्कै पनि तपाईं पहिला साइज नाप्नुहुन्छ । ब्रान्ड जाँच्नुहुन्छ । चित्त बुझे अनिमात्रै जुत्ता किन्नुहुन्छ, हैन त ?

त्यसो हो भने कण्डम नि ? के तपाईंले कण्डम किन्दा कहिल्यै जुत्ता वा अन्य कुनै वस्तु चेकजाँच गरेझैँ किन्नुभएको छ त ? पक्कै धेरै कमले मात्र त्यसो गर्नुभएको होला ।

राम्रो गुणस्तरको जुत्ता जसरी हिँड्दा आरामदायी हुन्छ, त्यसरी नै सही कण्डमको छनोट र प्रयोगले तपाईंको यौनसाथीसँगको सम्पर्क उत्तिकै आनन्दमय बनाउँछ । त्यसैले सहवासलाई कत्तिको सुरक्षित र सेक्सी बनाउने भन्ने कुरा तपाईंको सानो छनोटमा भर पर्दछ ।

नेपाली बजारमा दसौंथरी कण्डमहरू उपलब्ध छन् । सरकारी या संघसंस्थाहरूले पनि कण्डम उपलब्ध गराउने गरेका छन् । गुणस्तरीय कण्डमको सही प्रयोगले अनिच्छित गर्भ रहनबाट मात्रै जोगाउँदैन । एचआईभीको संक्रमण रोक्न पनि यसले भूमिका खेल्छ । सहवास गर्नुपूर्व लिङमा लगाइने कण्डमको फाइदा यत्तिमात्रै छैन । यसले कतिपय यौनरोगहरू, हेपाटाइटिस ‘सी’ लगायतका अन्य संक्रमणबाट समेत जोगाउँछ ।

जुत्ता किन लगाउने त ? नांगै हिंडे पनि त भइहाल्यो नि ! भन्नेहरूलाई तपाईं जे जवाफ दिनुहुन्छ, ठीक त्यही कुरा कण्डमको सन्दर्भमा पनि लागू हुन्छ । त्यसैले श्रीमान् श्रीमतीका बीच, यौनसाथीका बीच, जुनसुकै बेला पनि कण्डमको प्रयोग जरुरी हुन्छ । हो, कण्डमको प्रयोगबाट यौन आनन्द आउँदैन भन्ने गुनासाहरू पनि नसुनिएका होइनन् ।

माथि नै भनिसकियो, तपाईंले कण्डम छान्ने, कण्डमको प्रयोग गर्ने र यौन वातावरणको निर्माण गर्ने कुरामा सही निर्णय लिएर काम गर्नुभयो भने यसले तपाईंको सहवासलाई चरमसुखतर्फ लैजानेमा शंका गर्नुपर्दैन । कण्डमको गुणस्तरीयता तपाईंको छनोटको मुख्य आधार हुनुपर्छ ।

विडम्बना, नेपालमा कण्डमको गुणस्तर नाप्ने कुनै संयन्त्र छैन । औषधिहरूको गुणस्तरीयतालाई औषधि व्यवस्था विभागले नियन्त्रण गर्ने भए पनि कण्डमको गुणस्तर के कस्तो छ र यसमा आवश्यक सबै तत्वहरू छन् कि छैनन्, यसलाई प्याकेजिङ गर्नु अगाडि जाँच गरिएको छ कि छैन् अनि प्रयोग गरिएको रबर, सिलिकन, ल्युब या अन्य पदार्थहरू उपर्युक्त छन् कि छैनन् भन्ने बारेमा नेपालमा जाँच हुँदैन ।

बजारमा पाइने सबै कण्डमहरू गुणस्तरीय नै छन् भनेर दाबी गर्न सकिँदैन । अमेरिकामा भने ल्याटेक्स (रबरबाट प्राप्त गरिने पदार्थ) कण्डम उत्पादकहरूले भने संघीय औषधि प्रशासन फेडरल ड्रग एडमिनिस्ट्रसनका मानकहरू पूरा गर्नै पर्दछ । यो भनेको कुनै एउटा ब्याजको कण्डम प्याकेज गर्नु अगाडि यो खराब अर्थात् डिफेक्ट छ कि छैन भनेर अनिवार्य विद्युतीय जाँच गरिनुपर्दछ । यसबाहेक औषधि प्रशासनले हरेक ब्याचका नमुनाहरूलाई यसमा प्वाल छ या छैन भनेर जाँचगर्दछ ।

हामीकहाँ अमेरिकामा उत्पादन हुने कण्डमहरू पनि बजारमा छन् । कतिपय कण्डमहरू भारतबाट आयात हुन्छन् । कुन कम्पनीको कण्डम गुणस्तरीय र भरपर्दो छ भन्ने कुरा उपभोक्तालाई जानकारी दिने किसिमको कुनै संयन्त्र नहुँदा उपभोक्ता स्वयमले यसमा सचेत हुनुपर्ने अवस्था छ । अनुदानमा बाँडिने कण्डमहरू कमिसनको कारण कमसल गुणस्तरको किनिने र उपभोक्ताहरूले प्रयोग गर्न नमान्ने गुनासाहरू बारम्बार आइरहने गर्छन् । विज्ञापन या बाहिरको खोल आकर्षक हुँदैमा भित्रको सामान राम्रो हुन्छ भन्ने भ्रममा पर्नु हुँदैन ।

साइजको कुरा गर्दा कण्डमहरू औसत लिंगको साइजका आधारमा (४ इन्चदेखि ७ इन्चसम्म) निर्माण गरिएका हुन्छन् । विशेष साइज या साँघुरो या खुकुलो कण्डम पनि बजारमा पाउन सकिन्छ । नेपाली बजारमा भने औसत सबैलाई मिल्ने किसिमको कण्डम उपलब्ध छन् । कण्डमभित्र प्रयोग हुने ल्युब या जेली (चिल्लो पदार्थ) गुणस्तरीय कम्पनीको उत्पादनमा राम्रो खाले प्रयोग गरिएको हुन्छ ।

मुख मैथुनका लागि बिना जेल या चिल्लो भएका कण्डम पनि बनाइएका हुन्छन् । कण्डमबाहेक आफैंले अतिरिक्त ल्युब या चिल्लोपदार्थ प्रयोग गर्दा सबै खालको कण्डममा सबै किसिमको चिल्लो पदार्थ मेल नहुन सक्छ । कुनै कण्डमको बाहिर पातलो, डेटेड आदि इत्यादि लेखिएको हुन्छ । तर लेखिएअनुसार उक्त पातलो या मोटो कुन कण्डम कति प्रभावकारी हुन्छ भन्ने कुनै अनुसन्धान नेपालमा भएको देखिँदैन ।

कण्डमको प्रयोग गर्दा मुख्य कुरा तपाईँले आफू र आफ्नो साथीको स्वास्थ्य सुरक्षालाई विशेष ख्याल राख्नुपर्दछ । गुणस्तरीय कम्पनीको कण्डम किन्ने, यौन आनन्दलाई कण्डमसँग तुलना नगर्ने, यौन सम्पर्कको वातावरण आनन्दमय बनाउने, कण्डमको सही किसिमले प्रयोग गर्ने हो भने तपाईंको यौन जीवनमा कण्डमले उन्मादको आगोमा घिउको काम पक्कै गर्नेछ ।

यस्तो गाउँ जहाँ छ महिना सबैको घरमा तालाचाबी लाग्छ

२०७६-३-२७ शुक्रबार

  रोल्पा / सुनछहरी गाउँपालिका–२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ । बस्तीमा घर छन् । तर, मानिस छैनन् । ‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा सरेका छौं’, चालवाङका ४९ वर्षीय थमन बुढामगर भन्छन्, ‘गाउँमा सबैको घरमा तालाचाबी लागेको छ ।’ २२ घरधुरी रहेको यो गाउँ ६ महिना रित्तो हुन्छ । बस्तीमुनि...

जलवायु परिवर्तन अव्यवस्थित शहरीकरण लेप्टोस्पाइरोसिस अनी रोकथामका उपाय ।

२०७६-३-२७ शुक्रबार

पृष्ठभुमीः लेप्टोस्पाइसीस पशुबाट मानीसमा सर्ने बढी प्रचलीत जीवाणुजन्य रोग मानीन्छ । विश्व स्वास्थ्य संगठनले उष्ण हावापानी भएको यो रोग कमै चासोमा पर्ने रोगका रुपमा पहिचान गरी यस्को विस्तृत प्राज्ञिक अध्ययन अनुसंधान एवं अभीलेखीकरण गर्नु पर्ने भनी औल्याइएको छ । यस रोगको स्थिती विश्वव्यापी रहेको मानिन्छ, जसले गर्दा यस रोगबाट बर्षेनी ३००००० देखि ५००००० लाख मानिस...

नजिकिँदै कांग्रेस–राजपा, सरकारविरुद्ध मोर्चाबन्दी तयारी

२०७६-३-२७ शुक्रबार

काठमान्डाैं / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी थालेका छन् । प्रतिपक्षी दुई दलका नेताहरूबीच सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न तहमा छलफल जारी छ । दुई पार्टीले विभिन्न अजेन्डा उठाएर केही दिनदेखि संयुक्त रुपमा सदन अवरुद्ध गर्दै आएका छन् । यसबाट सरकारविरुद्ध यी दुई दल...

काँक्रोको बिउ बेचेरै सवा करोड कमाउने किसान

२०७६-३-२७ शुक्रबार

काठमाडाै‌ । पर्वतको फलेबास नगरपालिका-११ मा पर्ने सानो गाउँ कर्नासमा यस वर्ष सवा करोड मूल्य बराबरको काँक्रोका बिउ उत्पादन गरेका छन्।व्यावसायिक रूपमा बिउ उत्पादन गर्दै आएका १ सय घरधुरी परिवारले १ करोड २० लाखभन्दा बढी मूल्य पर्ने काँक्रोको बिउ उत्पादन गरेका हुन्। कर्नासका कृषकले यस वर्ष ४ टनभन्दा बढी काँक्रोको बिउ उत्पादन गरेको स्थाानीय कृषक बाबुराम...

अकुत सम्पत्ति आर्जन गरेका जोशीको मुद्दा सर्वोच्चले हेर्न नभ्याउने !

२०७६-३-२७ शुक्रबार

काठमाडौं । विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका गोविन्दराज जोशीको मुद्दाको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा बुझाए पनि हेर्न नमिल्ने सूचीमा राखेको छ । पटक–पटक मुद्दा स्थगित र हेर्न नभ्याउने सूचीमा राख्दै आएको सो मुद्दा १२औं पटक हेर्न नमिल्ने सूचीमा राखिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले हेर्न नमिल्ने सूचीमा पेसी तोकेपछि सो मुद्दा अर्को महिनाका...

आज हरिशयनी एकादशी : ‘असंख्य औषधीय गुण’ भएकाे तुलसी रोपेर चतुर्मास व्रतको आरम्भ गरिँदै

२०७६-३-२७ शुक्रबार

काठमाडौं । आज हरिशयनी एकादशी अर्थात ठूलो एकादशी । हिन्दू धर्ममा यस दिनलाई अति विशिष्ठ र महत्वका साथ हेर्ने र लिने गरिन्छ । आजको दिन नै घरघरमा तुलसी रोपेर आम हिन्दूहरुले चतुर्मास व्रतको आरम्भ गर्दै भगवान विष्णुको उपासना गर्ने गर्छन । भनिन्छ आजको दिनदेखि भगवान विष्णु चार महिनाका लागि क्षीर सागर सुत्न जानु हुन्छ ।...

Similar Posts

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

२०७६-३-२७ शुक्रबार

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त...

वर्षका कारण सिंहदरबारको पर्खाल भत्किदा सडक अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौं / केही दिन यता परिरहेको भारी वर्षका कारण सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको छ । पर्खाल भत्किएपछि अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । भूकम्पका बेला...

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

२०७६-३-२७ शुक्रबार

कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा...

त्रिभुवन विमानस्थल अनिश्चित कालका लागि बन्द : विदेशबाट आएका जहाज अवतरण नगरी फर्किए

२०७६-३-२७ शुक्रबार

यति एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरणका त्रममा चिप्लिएको छ । नेपालगञ्जबाट काठमाडौं आएको उक्त विमान अवतरणको क्रममा शुक्रबार बिहान चिप्लँदा २ जना घाईते भएका छन् । 9N अल्फा MM को उक्त जहाज अवतरणको क्रममा चिप्लिएर विमानस्थलको धावनमार्गबाट १५ मिटर पर पुगेको छ । विमानमा ६६ जना यात्रु र चार जना चालक दलका सदस्य सवार थिए...