प्रमद्वारा डा सायमीको ‘मेरो जीवन–कथा’ सार्वजनिक

२०७५-१०-१९ शनिबार

काठमाडौँ / वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा अरुण सायमीको पुस्तक ‘मेरो जीवन–कथा’को आज प्रधानमन्त्री केपी शर्मा ओलीले विमोचन गर्नुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा डा सायमीले ६१ वर्षको अनुभव सङ्गालेर लेख्नुभएको पुस्तक सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले पुस्तकमा विचित्रको आत्मस्वीकारोक्ति समावेश गरिएको जानकारी दिनुभयो । उहाँले डाक्टरी र अरु उपचारका कुरा तथा बिरामी, बिरामीका कुरुवा, उनका आश्रित परिवारसँग गरिएका कुरा समेटेर आस्थाको उपन्यास तयार गर्न समेत डा सायमीलाई सुझाव दिनुभयो । “कस्ताकस्ता बिरामी भेटिए, अनुभव के रहे, त्यस्ता विषय पनि पुस्तकमा आओस् भन्ने अपेक्षा छ” उहाँले भन्नुभयो ।

पुस्तक लेख्न अलि हतार भएको हो की भन्ने महसुस भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफ्नै कहानीको नाममा अरुका कहानी पुस्तकले समेटेको उल्लेख गर्नुभयो । देशमा विभिन्न विषेशता बोकेका डाक्टर रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले पुस्तकबारे भन्नुभयो, “तपाइँको पुस्तक राम्रो छ यो सानो प्वाल भएको आँखीझ्याल हो, थोरै पाटो समेटिएको छ, तर आत्मवृत्तान्त निर्मम हुनुपर्छ ।”अहिले धेरै काम गर्न बाँकी भएकाले डा सायमीले धेरै कुरा नखोतलेको बताउँदै प्रधानमन्त्री ओलीले जब मान्छेले कुनै सम्मान, मान प्रतिष्ठा खोज्न रहर गर्दैन त्यसपछि भने यथार्थ कुरा आउने बताउनुभयो । “अहिले तपाइँ सबै यथार्थ लेख्न सक्नुहुन्न, किनकी तपाइँलाई अझै केही गर्न मन छ, कोही रिसाउलान् कि भन्ने डर छ, प्रधानमन्त्री ओलीले भन्नुभयो, “म पनि अहिले नै आत्मवृत्तान्त जस्ताको तस्तै लेख्न सक्तिन, किनकी पार्टी चलाउनुपर्छ, प्रधानमन्त्री भएर देश चलाउनुपर्छ ।” उहाँले यथार्थ साहित्यिक कृति भनेको प्रस्तुतिको चमत्कार भएको उल्लेख गर्दै कृति लेख्दै जान डा सायमीलाई सुझाव दिनुभयो ।

डा सायमीले डाक्टरी उपचार गरेको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो “पार्टी चलाउने उपचार प्रभावकारी छ कि छैन, मेरो मात्रै उपचार छ कि अरुको पनि उपचार छ, पुस्तक हेर्न बाँकी नै छ ।” डा सायमीले आफ्ना धेरै साथी बितेर गइसकेको प्रसङ्ग जोड्दै जिन्दगीको भरोसा नभएर पुस्तक लेखेको बताएपछि प्रधानमन्त्री ओलीले कुनै कारणले साथी बितेर गएकामा चिन्ता लिनुभन्दा राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीलाई हेरेर अघि बढ्न आग्रह गर्नुभयो ।कार्यक्रममा बोल्दै लेखक डा सायमीले १५ दिन बिदा बसेर पुस्तक लेखेको बताउँदै आफ्नो ६१ वर्षे जीवनकालका अनुभवहरु समेटेको उल्लेख गर्नुभयो । पुस्तक भित्रको ‘मैले चिनेको केपी ओली’ शीर्षकको एउटा अङ्श सुनाउँदै भन्नुभयो, “दुई तिहाई सरकारलाई विपक्षले ढाल्न नसके पनि यो दुईतिहाईमा निराशा भएर विद्रोहमा उत्रियो भने नेपालमा नौ रेक्टरको भूकम्प आउँछ, त्यसकारण जनताको मन जित्ने काम गरेर देखाउन शुभकामना दिन्छु ।”

डा सायमीको चिकित्सकीय योगदानबारे बोल्दै डा शशी शर्माले निडर स्वभावका कुशल प्रशासन, चिकित्सक, प्राध्यापक र अरुलाई हौसला दिने प्रेरणाको स्रोतका व्यक्तिको सङ्ज्ञा दिनुभयो । उहाँले शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रका संस्थापक अध्यक्ष, आफैँले मुटुरोगको ओपिडी शुरु गरेका व्यक्ति र ठूलो दिल भएको उदाहरणीय व्यक्ति भन्दै उहाँको योगदानको चर्चा गर्नुभयो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीदेखि हालका प्रधानमन्त्री केपी शर्मा ओलीसम्मलाई उपचार गरेका डा सायमी साहित्यिक, सामाजिक, स्वास्थ्य, शिक्षालगायत हरेक क्षेत्रमा योगदान दिने व्यक्ति भन्दै प्रशंसा गर्नुभयो ।

कलाकार हरिहर शर्माले अहिलेसम्म डा सायमीका ११ वटा कृति प्रकाशित भइसकेको जानकारी दिँदै सारतत्व हेर्दा उहाँको लेख रचना र कृतिमा समाज रुपान्तरण गर्ने भावना जागृत भएको सरल भाषामा परिवर्तनका अवस्थालाई उतारेर चेतना दिने खालका विषय उल्लेख भएको बताउनुभयो । उहाँका छ वटा उपन्यास प्रकाशित छन् । अन्य लेख रचना र कविता सङ्ग्रह गरी चार वटा पुस्तक प्रकाशित भइसकेका छन् । आज सार्वजनिक भएको पुस्तक डा सायमीको आत्मकथा हो ।

त्रिभुवन विमानस्थल अनिश्चित कालका लागि बन्द : विदेशबाट आएका जहाज अवतरण नगरी फर्किए

२०७६-३-२७ शुक्रबार

यति एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरणका त्रममा चिप्लिएको छ । नेपालगञ्जबाट काठमाडौं आएको उक्त विमान अवतरणको क्रममा शुक्रबार बिहान चिप्लँदा २ जना घाईते भएका छन् । 9N अल्फा MM को उक्त जहाज अवतरणको क्रममा चिप्लिएर विमानस्थलको धावनमार्गबाट १५ मिटर पर पुगेको छ । विमानमा ६६ जना यात्रु र चार जना चालक दलका सदस्य सवार थिए...

यस्तो गाउँ जहाँ छ महिना सबैको घरमा तालाचाबी लाग्छ

२०७६-३-२७ शुक्रबार

  रोल्पा / सुनछहरी गाउँपालिका–२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ । बस्तीमा घर छन् । तर, मानिस छैनन् । ‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा सरेका छौं’, चालवाङका ४९ वर्षीय थमन बुढामगर भन्छन्, ‘गाउँमा सबैको घरमा तालाचाबी लागेको छ ।’ २२ घरधुरी रहेको यो गाउँ ६ महिना रित्तो हुन्छ । बस्तीमुनि...

जलवायु परिवर्तन अव्यवस्थित शहरीकरण लेप्टोस्पाइरोसिस अनी रोकथामका उपाय ।

२०७६-३-२७ शुक्रबार

पृष्ठभुमीः लेप्टोस्पाइसीस पशुबाट मानीसमा सर्ने बढी प्रचलीत जीवाणुजन्य रोग मानीन्छ । विश्व स्वास्थ्य संगठनले उष्ण हावापानी भएको यो रोग कमै चासोमा पर्ने रोगका रुपमा पहिचान गरी यस्को विस्तृत प्राज्ञिक अध्ययन अनुसंधान एवं अभीलेखीकरण गर्नु पर्ने भनी औल्याइएको छ । यस रोगको स्थिती विश्वव्यापी रहेको मानिन्छ, जसले गर्दा यस रोगबाट बर्षेनी ३००००० देखि ५००००० लाख मानिस...

नजिकिँदै कांग्रेस–राजपा, सरकारविरुद्ध मोर्चाबन्दी तयारी

२०७६-३-२७ शुक्रबार

काठमान्डाैं / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी थालेका छन् । प्रतिपक्षी दुई दलका नेताहरूबीच सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न तहमा छलफल जारी छ । दुई पार्टीले विभिन्न अजेन्डा उठाएर केही दिनदेखि संयुक्त रुपमा सदन अवरुद्ध गर्दै आएका छन् । यसबाट सरकारविरुद्ध यी दुई दल...

काँक्रोको बिउ बेचेरै सवा करोड कमाउने किसान

२०७६-३-२७ शुक्रबार

काठमाडाै‌ । पर्वतको फलेबास नगरपालिका-११ मा पर्ने सानो गाउँ कर्नासमा यस वर्ष सवा करोड मूल्य बराबरको काँक्रोका बिउ उत्पादन गरेका छन्।व्यावसायिक रूपमा बिउ उत्पादन गर्दै आएका १ सय घरधुरी परिवारले १ करोड २० लाखभन्दा बढी मूल्य पर्ने काँक्रोको बिउ उत्पादन गरेका हुन्। कर्नासका कृषकले यस वर्ष ४ टनभन्दा बढी काँक्रोको बिउ उत्पादन गरेको स्थाानीय कृषक बाबुराम...

अकुत सम्पत्ति आर्जन गरेका जोशीको मुद्दा सर्वोच्चले हेर्न नभ्याउने !

२०७६-३-२७ शुक्रबार

काठमाडौं । विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका गोविन्दराज जोशीको मुद्दाको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा बुझाए पनि हेर्न नमिल्ने सूचीमा राखेको छ । पटक–पटक मुद्दा स्थगित र हेर्न नभ्याउने सूचीमा राख्दै आएको सो मुद्दा १२औं पटक हेर्न नमिल्ने सूचीमा राखिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले हेर्न नमिल्ने सूचीमा पेसी तोकेपछि सो मुद्दा अर्को महिनाका...

Similar Posts

ठाउँ ठाउँमा पहिरो : यात्रामा सास्ती

२०७६-३-२७ शुक्रबार

  बागलुङ / मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ । बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा...

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

२०७६-३-२७ शुक्रबार

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त...

वर्षका कारण सिंहदरबारको पर्खाल भत्किदा सडक अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौं / केही दिन यता परिरहेको भारी वर्षका कारण सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको छ । पर्खाल भत्किएपछि अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । भूकम्पका बेला...

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

२०७६-३-२७ शुक्रबार

कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा...