भ्यालेन्टाईन डे मा शरिर कि प्रेम ???

२०७५-११-१ बुधबार


रातीको ११ बज्नै लागेको थियो, म दिनभरीको अफिसको कामको थाकाईले निदाउनै लागेको थिएँ । झट्पट् एउटा आवाज कानमा प¥यो, ‘बेबी भ्यालेन्टाईन डे का दिन हामी कहाँ भेट्ने ?’ एउटा २०÷२१ बर्षको जस्तो लाग्ने केटाको आवाज थियो त्यो । उताबाट मधुरो स्वरमा जवाफ सुनियो ‘उम खोई बजार तिर कतै भटौँ न, बसेर ब्रेकफास्ट गरौँ ।’

सोचेँ, अर्काको व्यक्तिगत जिवनका कुराहरु के कान थापेर सुन्नु , फेरी मनले मानेन । मनमा झन उत्सुकता बढ्न थाल्यो । फेरी केटाको आवाज सुनियो ‘हे त्यसरी हुन्न के, दिउँसो तिर भेटौला, अस्ति हामीले कुरा गरेको ठाउँतिर घुमौँला, फोटो खिचौँला अनि बेलुका कुनै होटल तिर बसौँ न ।’

‘नाई, घरमा कसरी कुरा मिलाउनु ??? राती त कतै हिड्न दिँदैनन् ।’ केटीको कडा जवाफ आयो ।’ मेरो मनमा भने अझै उत्सुकता र कौतुहलता बढ्दै जान थाल्यो । कान ठाडा ठाडा भए । यताबाट केटा बिस्तारै बोल्यो ‘मिलाउन के त्यति, साथीकोमा बर्थ डे छ भन्दा भैहाल्यो नी ।’ उसले फकाउने शैलीमा भन्यो ।

उताबाट मधुरो स्वरमा जवाफ आयो ‘राती त दिँदैनन् होला, त्यहि पनि मिलाउने कोशिस गर्छु, राती आउन दिएनन् भने नरिसाउनु ल ?’ केटाले जवाफ फर्कायो ‘सकेसम्म मिलाउन, झन भ्यालेन्टाईन डे मा भेटेर अबिष्मरणिय क्षण बनाउँ भनेको, उसलाई चाहिँ केहि मतलब छैन ।’ केटा केहि आक्रोश सहितको भावमा बोल्यो । ‘अब घरबाट दिदैनन् त के गर्नु त ? माया त म पनि गर्छु नी तपाईलाई ।’ केटिको जवाफ आयो । केटाले फकाउँदै भन्यो ‘सकेसम्म मिलाउन, नत्र दिउँसो मेरो कोठामा आउन त ।’

केटीको केहि चर्को स्वर सुनियो ‘किन नी तपाईको कोठा चाहिँ, बाहिर भेटे हुन्न र ?’ केटा कड्किियो ‘भो भो भेट्नुपर्दैन मलाई, तिम्रो आखिर म को रहेछु र ? मैले मात्रै रहेछ तिम्लाई माया गर्ने, तिम्लाई त के वास्ता मेरो ?

केहि समयसम्म केटीको जवाफ आएन वा मैले सुनिन । तर मेरा कान अझै तिखा हुन थाले । केहि समयपछि केटिको मधुर स्वरमा जवाफ सुनियो ‘ ल ल हुन्छ, म आउँछु ।’ मसिनो स्वरमा उनीहरुको कुरा हुँदै थियो । मलाई भने निन्द्राले च्यापो, निदाएँ ।

भोलीपल्ट अफिसमा व्यस्त रहँदा पनि अघिल्लो रात ति जोडीहरुले गरेको कुराकानीले मनमा ढ्याङ्ग्रो बजाईरह्यो । मनमा अनेक तर्कनाहरु सुरु भए । हुन त अर्काको निजी जिवनको मामिलामा त्यति चासो राख्नु पटक्कै राम्रो थिएन । तर भ्यालेन्टाईन डे का नाममा शारिरिक सम्बन्धको प्रस्ताव राख्ने ति युवकको आचरणले झस्काईरहेको थियो । पछिल्लो समय भ्यालेन्टाईन डे प्रेमजोडीहरुका लागी शारिरिक सम्बन्ध स्थापित गर्ने एउटा गतिलो बाहानाकोे रुपमा बिकास हुँदै गएको छ । प्रबिधि, पश्चिमा संस्कृति, सामाजिक संजालको प्रभाव तथा फेरिदो जिवनशैलीको कारण नेपाली समाजमा यौन प्रतिको धारणा फराकिला हुँदै त गएको छ तर अप्रत्यक्ष रुपमा यसले बिकृती भित्र्याईरहेको छ । झाँगिदै गएको यौन सम्बन्धहरुले प्रेमको परिभाषा नै संकुचित बनाईदिएको छ ।
भ्यालेन्टाईडे प्रेम गर्नेहरुका लागी पबित्र दिन हो । जुन दिन एक अर्कामा प्रेम, सद्भाव र आत्मियता बाँडिन्छ । प्रेम सम्बन्धलाई प्रगाढ बनाउने अनेकन उपायहरु हुन सक्छन । एक अर्काका बिगतका रमाईला र रोचक कुराकानी सेयर गर्ने, आफ्नो पार्टनरको कुरा बढी सुन्ने, उसको बिषयमा सहमती जनाउने, एकअर्काको सकारात्मक आचरण र व्यबहारको चर्चा गर्ने, भबिष्यको योजनाका बिषयमा कुरा गर्ने, आफ्नो गल्ति कमजोरीहरुमा माफि माग्ने, आफ्नो पार्टनरलाई आदार तथा सम्मान गर्ने । यस्ता बिषयमा ध्यान दिनुभयो भने पक्कै तपाईहरुको प्रेम जिवन सफल हुन सक्छ ।

भ्यालेन्टाईन डे मा शारिरिक सम्बन्ध नै स्थापित गर्नुपर्छ भन्ने हैन । तपाईको पार्टनरले तपाईलाई ईमानदार तथा जिम्मेवार व्यक्तिको रुपमा सोँचिरहेको हुन सक्छ तर उसको भावना बिपरित तपाईले शारिरिक सम्पर्क राख्नुभयो भने तपाई प्रतिको उसको विश्वास र दृष्टिकोण नै परिवर्तनत भैदिन्छ । यदि तपाई आफ्नो पार्टनरको मन जित्न चाहनुहुन्छ भने उ सँगै रहँदा उसको मन जित्ने कुरा गर्नुस । जुन कुरा उसलाई मन पर्छ त्यसको खोजी गर्नुस अनि जुन मन पर्दैन त्यो कदापी गर्ने प्रयास नर्गनुस ।
यदि तपाईबाट कुनै गल्ति भयो भने तत्काल माफि माग्नुस । आफ्नो पार्टनर रिसाउँदा त्यति नै बेला कहिल्यै नरिसाउनुस् । तत्काल तपाई पनि आवेशमा आउनुभयो भने तपाईको सम्बन्ध टुक्रिन कुनै समय लाग्दैन । बरु उ तनाबमुक्त भएको बेला सभ्य भाषामा त्यसको चर्चा गर्नुस । जसले एकअर्काको गल्तिको महसुस हुन्छ र सम्बन्धमा प्रगाढता थपिन्छ ।

यहि बिचमा एउटा घटनालाई जाडि हालौँ । भ्यालेन्टाईन डे को सप्ताह सुरु भैसकेको थियो । म खोज पत्रकारीतामा चासो राख्ने भएकाले समसामयिक बिषयमा रिपोर्टिङका लागी बजार निस्किएको थिएँ । आफ्नो काम सम्पन्न गरि दिउँसो नास्ताको समयमा बजारको एउटा होटेलमा छिरेँ । मेरो टेबल छेउमै तिन जना २०÷२१ बर्ष जतिका देखिने २ जना युवाहरु चुुरोट र ममको स्वादमा गफ लडाईरहेका थिए । उनीहरु तिर झलक्क नजर गएपनि भोकले गर्दा त्यति ध्यान गएन । एक प्लेट चिकेन मम मगाएँ र कपाकप खान सुरु गरेँ । प्लेटमा भएका १० वटा ममका डल्ला मध्ये ८ वटा पेट भित्र पुगिसकेका थिए । तर २ वटा डल्ला निक्न मलाई निकै समय लाग्यो । कारण ति युवाहरुको गफमा एक्कासी तानिएछु म ।

ति मध्येको एउटाले भन्यो ‘ओई केटा यसपाली प्रपोज डेमा कति जना केटीहरुलाई प्रपोज गरिस ?’ पहेँलो टिसर्ट लगाउने केटा एकछिन मज्जाले हाँस्यो अनि हाँस्दै जवाफ दियो ‘१५÷२० वटीलाई प्रपोज गरेको ८ जनाले मात्रै ‘एक्सेप्ट’ गरे यार ।
प्रश्न सोध्ने केटाले फेरी प्रश्न ग¥यो ‘अनि यतिका धेरै केटीहरुलाई कसरी ‘म्यानेज’ गर्छस त ??’ त्यो केटाले निकै फुर्तिका साथ जवाफ दियो ‘अब हेर २÷३ वटा सिमकार्ड छन्, मिलाई मिलाई कल गर्छु । त्यसै गरी मिलाएर भेट्छु । फेसबुक आईडी पनि ४ वटा छन् । अब तिनिहरु सबैलाई बिहे गर्ने हैन क्यारे, टाईम पास त हो नी ।’ त्यो केटाले आफ्नो शब्द सक्न नपाउँदै मेरो नवौँ गाँसको रुपमा भित्रन लागेको ममको डल्लो मुखबाट उछिट्एर फुत्त बाहिर निस्कियो । म अक्क न बक्क भएँ । ति केटाहरु भने मलाई देखेर मरी मरी हाँसे एकछिन सम्म । मेरो दृश्यलाई लिएर त्यसरी हाँसेपछि झनक्क रिस उठ्यो मलाई । मैले सोधेको ‘किन हाँसेको भाईहरु ??’

उनीहरुले हाँसेरै जवाफ दिए ‘हाम्रो गर्लफ्रन्डको कुराले दाई पनि छक्क पर्नु भयो कि के हो ?’ हामी त यस्तै हो दाई ।’ आफुभित्र भएका कोतुहलतालाई उनीहरुको सामु पोख्न खोजेँ ‘ अनि यसरी जिन्गी चल्छ त भाई ?’ त्यो केटाले एकै शब्दमा जवाफ दियो ‘खै अहिले सम्म चलिरेकै छ दाई ।’ ‘अनि यति धेरै गर्लफ्रेन्ड बनाउनुको कारण चाहिँ के नी ?’ मेले फेरी प्रश्न गरेँ । उसले त्यगरी जवाफ फर्कायो ‘रमाईलो नी दाई, दुई दिनको जिन्दगीमा रमाईलो गर्नुपरेन त ?’ मेरो दिमागमा आश्चर्यता झनै बढ्यो । मैले अन्तिम डल्लो मम मुखमा राख्दै सोधेँ ‘अनि अर्काको छोरीको जिन्दगी त्यसरी बिगार्न पाईन्छ ??’ उसले अलि भावुक शैलीमा जवाफ फर्कायो ‘अहिलेको जमानामा साँचो प्रेम गर्ने जोडी कोहि छैनन् । यो कलियुग हो दाई कलियुग । यहाँ कसैको विश्वास छैन, तपाई के केटीको भबिष्यको कुरा गर्नुहुन्छ ? हिजोआजका केटीहरुलाई त यस्ता कुराहरुको वास्तै हुन्न ।’

त्यो केटाको जवाफ सुनेर मलाई फेरी रिस उठ्यो । रिस मिश्रित आवाजमा मैले भने, ‘ए भाई तिमि चाहिँ २० वटी गर्लफ्रेन्ड बनाउदै हिन्छौ, अनि कसरी असल र ईमानदार केटीहरु पाईन्नन भन्छौ ? लाज लाग्दैन ? एउटा कुनै युवाले तिम्रो बहिनी सहित अरु पनि ठाउँ ठाउँमा केटीहरु झुलाउँदै राखेको चाल पाए के गर्छौ ??’ मेरो प्रश्नले उ केहि हच्किए झै लाग्यो । उसले एकचोटी लामो शास तान्यो र भन्यो, ‘त्यो त हो दाई तर के गर्नु जमाना नै त्यस्तै छ, म एक्लैले सुर्धेर हुँदैन ।’ उसको अनुहारमा पहिला जस्तो चमक र हाँसो थिएन, अनुहार केहि निन्याउरो देखिन्थ्यो ।

मैले सम्झाउने भावमा भने ’भाई हामी यस्तै सोच्छौँ र त समाज परिवर्तन हुन सक्दैन । हामी परिवर्तन सबैजना चाहन्छौँ तर आफु परिवर्तन हुन कहिल्यै चाहँदैनौँ । अनि हामीले सोँचेको र खोजेको संस्कार कसरी प्राप्त हुन्छ ? समाजिक चेतनाको बिस्तार कसरी हुन्छ ? संसार परिवर्तन गर्न सुरुवात आफुबाट गर्नुपर्छ । जब हामी उ खराब छ म किन असल बन्नु भन्ने मान्यता राख्छौँ, तब हामी जहाँको तहीँ रहन्छौँ, तपाई एकजना असल र ईमान्दार बन्नुहोस, कम्तिमा ईमानदार मान्छे खोज्ने कसैको ईच्छा त तपाईबाट पुर्ति हुन्छ ।’ उसले केहि बोलेन । मात्रै भुईँतिर हेरे टाउको निहु¥याई रह्यो । त्यति भनेर म नास्ताको बिल तिर्न काउन्टर तर्फ लम्किएँ । फर्किदा उनीहरु त्यहाँबाट निस्किसकेछन् । उनीहरुलाई त्यति भनेर गल्ति त गरिँन भन्ने महसुस भयो । फेरी सोँचे आखिर त्यो बिचार सामाजिक चेतना अभिबृद्धिकै लागी त थियो । जे गरेँ ठिक गरेँ भन्ने बिचार मनमा राखेँ । अफिसमा कामको चाप निकै भएकाले मैले पनि त्यहाँबाट पाईला लम्काएँ ।

धन, रुप, जातभातका आधारमा सुरु भएका प्रेम सम्बन्धहरु स्वार्थ रहुन्जेल सम्म रहन्छन् । ति सम्बन्धहरु स्वार्थ पुरा भएपछि या पुरा नहुने अवस्था नदेखिएपछि आफै टाढिन्छन् । चाहे त्यो भ्यालेनटाईन डे बाट सुरु भएका हुन या अरु दिनबाट । प्रेम र सम्बन्ध दुबै फरक बिषयहरु हुन् । प्रेम जो कोहिलाई पनि एकतर्फि रुपमा पनि गर्न सकिन्छ तर सम्बन्ध एकजनाबाट मात्र सम्भव छैन । अर्थात यसलाई यसरी बुझौँ सम्बन्धका लागी दुबैको जरुरी छ । एकतर्फी प्रेम हुन सक्छ तर सम्बन्ध हुन सक्दैन । मान्छेहरु भन्छन् ‘तिम्रो मेरो प्रेम आजबाट सकियो ।’ गलत, प्रेम कहिल्यै सकिदैन, अन्त्य हुँदैन । सकिने, टुक्रिने तर नाता हो सम्बन्ध हो । सम्बन्ध छुटेपछि के हामी उसलाई एकरत्ती पनि माया गर्दैनौँ, याद गर्दैनौ र ? पक्कै गर्छौ । किनकी त्यहाँ प्रेम हैन सम्बन्ध मात्र सकिएको हुन्छ । प्रेम त एकतर्फि पनि सम्भव छ ।

तर तिनै सम्बन्धहरुलाई हामीले प्रेम सँग जोडेर प्रेमको महिमालाई घटाईरहेका छौँ । सम्बन्ध सँग सँगै हामी एक व्यक्तिबाट अर्को व्यक्ति सँग सम्बन्ध सार्न खोज्छौँ तर त्यो कदापी सम्भव छैन । किनकी प्रेम, सम्बन्ध जस्तै सजिलै अर्को व्यक्तिमा पनि उत्तिकै समर्पित हुन्छ भन्ने छैन । एक पछिका अर्को सम्बन्धहरुमा आफ्नो साँचो प्रेमलाई पनि सार्न थाल्यौँ भने प्रेमको अस्थित्व, महिमा र महत्व ह्वात्तै घट्छ । किनकी पहिलो प्रेमसम्बन्ध जस्तो सुमधुर अरु कुनै सम्बन्धहरु हुन सक्दैनन् ।

प्रेम गर्न जति सजिलो छ निभाउन त्यहिकै गाह्रो पनि छ । प्रेममा एकअर्कामा सम्मान, सुखदुख साटासाट, सहयोग, लचकता, धैर्यता र परिपक्कता भएन भने त्यो सम्बन्ध सँधैभरी टिकिरहन सक्दैन । त्यसैले आफ्नो पार्टनरबाट प्रेंमको अपेक्षा गर्नुहुन्छ भने सुरुमा उसलाई प्रेम गर्नुस, सम्मान गर्नुस, उसको भावना र बिचारलाई बुझ्ने कोसिस गर्नुहोस । एकअर्काको मन, भावना, बिचार र भबिष्यका सपनाहरु मिल्छन् भने मात्र प्रेम सम्बन्धको सुरुवात गर्नुहोस । यदि कसैको रुप र धनको आधारमा सम्बन्धको सुरुवात गर्नुभएको छ भने एकदिन त्यो सम्बन्ध छुट्छ, टुक्रिन्छ । जसको तपाईको भबिष्य र आगामी सम्बन्धमा समेत असर पार्छ । तपाईको जिवनमा केहि सम्बन्धहरु जोडिएर छुटिसकेका छन् भने अर्को सम्बन्धका लागी पहला जस्तै निश्चल प्रेम कहिल्यै हुँदैन । चुडिँदै, टुक्रिँदै, ठक्कर खाँदै तपाई भित्र भएका चोखो प्रेमका मुनाहरु रित्तिसकेका हुनेछन् । त्यो बेला तपाई चाहेर पनि आफ्नो अम्तिम जिवनसाथीलाई चोखो माया र खुसी दिन सक्नुहुनेछैन र उ बाट समेत त्यस्तो अपेक्षा व्यर्थ हुनेछन् ।

जिवन सफल बनाउने की बिफल ६० प्रतिशत भन्दा बढी भुमिका तपाईको प्रेम सम्बन्धको आधारमा हुन्छ । संसारका युगल जोडीहरुको प्रेम कहानीको ईतिहाँस हेर्दा पनि असल प्रेमकै कारण संसार जितेका र प्रेमकै कारण जिवन त्याग गरेका उदाहरणहरु प्रशस्त भेटिन्छन् । त्यसैले आफ्नो जिवन सफल बनाउन दिगो र विश्वासिलो प्रेमसम्बन्धको आवश्यक्ता छ । भएको सम्बन्धलाई विश्वासिलो र व्यबस्थित बनाउनु नै सबैका लागी फलदायी हुनेछ । प्रेममा शारिरिक सम्बन्धलाई भन्दा भावना, बिचार, एकअर्का प्रतिको सम्मान र विश्वासलाई प्राथमिकता दिनुस । जसले तपाईकै जिवन सफल र उज्जवल बनाउँछ । अन्तमा यसपालिको भ्यालेन्टाईन डे सभ्य र मर्यादित होस, सबैलाई शुभकामना ।

त्रिभुवन विमानस्थल अनिश्चित कालका लागि बन्द : विदेशबाट आएका जहाज अवतरण नगरी फर्किए

२०७६-३-२७ शुक्रबार

यति एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरणका त्रममा चिप्लिएको छ । नेपालगञ्जबाट काठमाडौं आएको उक्त विमान अवतरणको क्रममा शुक्रबार बिहान चिप्लँदा २ जना घाईते भएका छन् । 9N अल्फा MM को उक्त जहाज अवतरणको क्रममा चिप्लिएर विमानस्थलको धावनमार्गबाट १५ मिटर पर पुगेको छ । विमानमा ६६ जना यात्रु र चार जना चालक दलका सदस्य सवार थिए...

यस्तो गाउँ जहाँ छ महिना सबैको घरमा तालाचाबी लाग्छ

२०७६-३-२७ शुक्रबार

  रोल्पा / सुनछहरी गाउँपालिका–२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ । बस्तीमा घर छन् । तर, मानिस छैनन् । ‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा सरेका छौं’, चालवाङका ४९ वर्षीय थमन बुढामगर भन्छन्, ‘गाउँमा सबैको घरमा तालाचाबी लागेको छ ।’ २२ घरधुरी रहेको यो गाउँ ६ महिना रित्तो हुन्छ । बस्तीमुनि...

जलवायु परिवर्तन अव्यवस्थित शहरीकरण लेप्टोस्पाइरोसिस अनी रोकथामका उपाय ।

२०७६-३-२७ शुक्रबार

पृष्ठभुमीः लेप्टोस्पाइसीस पशुबाट मानीसमा सर्ने बढी प्रचलीत जीवाणुजन्य रोग मानीन्छ । विश्व स्वास्थ्य संगठनले उष्ण हावापानी भएको यो रोग कमै चासोमा पर्ने रोगका रुपमा पहिचान गरी यस्को विस्तृत प्राज्ञिक अध्ययन अनुसंधान एवं अभीलेखीकरण गर्नु पर्ने भनी औल्याइएको छ । यस रोगको स्थिती विश्वव्यापी रहेको मानिन्छ, जसले गर्दा यस रोगबाट बर्षेनी ३००००० देखि ५००००० लाख मानिस...

नजिकिँदै कांग्रेस–राजपा, सरकारविरुद्ध मोर्चाबन्दी तयारी

२०७६-३-२७ शुक्रबार

काठमान्डाैं / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी थालेका छन् । प्रतिपक्षी दुई दलका नेताहरूबीच सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न तहमा छलफल जारी छ । दुई पार्टीले विभिन्न अजेन्डा उठाएर केही दिनदेखि संयुक्त रुपमा सदन अवरुद्ध गर्दै आएका छन् । यसबाट सरकारविरुद्ध यी दुई दल...

काँक्रोको बिउ बेचेरै सवा करोड कमाउने किसान

२०७६-३-२७ शुक्रबार

काठमाडाै‌ । पर्वतको फलेबास नगरपालिका-११ मा पर्ने सानो गाउँ कर्नासमा यस वर्ष सवा करोड मूल्य बराबरको काँक्रोका बिउ उत्पादन गरेका छन्।व्यावसायिक रूपमा बिउ उत्पादन गर्दै आएका १ सय घरधुरी परिवारले १ करोड २० लाखभन्दा बढी मूल्य पर्ने काँक्रोको बिउ उत्पादन गरेका हुन्। कर्नासका कृषकले यस वर्ष ४ टनभन्दा बढी काँक्रोको बिउ उत्पादन गरेको स्थाानीय कृषक बाबुराम...

अकुत सम्पत्ति आर्जन गरेका जोशीको मुद्दा सर्वोच्चले हेर्न नभ्याउने !

२०७६-३-२७ शुक्रबार

काठमाडौं । विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका गोविन्दराज जोशीको मुद्दाको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा बुझाए पनि हेर्न नमिल्ने सूचीमा राखेको छ । पटक–पटक मुद्दा स्थगित र हेर्न नभ्याउने सूचीमा राख्दै आएको सो मुद्दा १२औं पटक हेर्न नमिल्ने सूचीमा राखिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले हेर्न नमिल्ने सूचीमा पेसी तोकेपछि सो मुद्दा अर्को महिनाका...

Similar Posts

ठाउँ ठाउँमा पहिरो : यात्रामा सास्ती

२०७६-३-२७ शुक्रबार

  बागलुङ / मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ । बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा...

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

२०७६-३-२७ शुक्रबार

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त...

वर्षका कारण सिंहदरबारको पर्खाल भत्किदा सडक अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौं / केही दिन यता परिरहेको भारी वर्षका कारण सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको छ । पर्खाल भत्किएपछि अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । भूकम्पका बेला...

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

२०७६-३-२७ शुक्रबार

कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा...