अंग्रेजी त्यागेर संस्कृत रोज्दै विद्यार्थी

२०७६-१-१५ आइतबार

बिर्तामोड / संस्कृत विषय अध्ययनपछि समाजमा कायम हुने इज्जत र आर्थिक उपार्जनका लागि समेत सहज हुने भएपछि पछिल्लो समय झापामा गुरुकुल शिक्षा प्रति विद्यार्थीको आकर्षण बढ्दो छ ।

अध्ययनपछि रोजगारीको सुनिश्चित र सुलभ शिक्षा प्रणालीका कारण अंग्रेजी शिक्षा त्यागेर विद्यार्थी संस्कृत विद्यालयमा धमाधम भर्ना हुन थालेका हुन् । सरकारले वैशाख महिनालाई विद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेका बेला झापामा रहेका गुरुकुल विद्यालयमा संस्कृत शिक्षा लिने विद्यार्थीको संख्या बढेको पाइएको छ । भर्ना अभियान सफल बनाउन झापा सहित देशभरका सामुदायिक विद्यालयले घर घरमा गएर विद्यार्थी संकलन गरिरहेका बेला झापाको चारपानेमा रहेको साङ्गबेद संस्कृत माध्यमिक विद्यालय विवेकाश्रममा संस्कृत पढ्न आउने विद्यार्थीको चाप उच्च रहेको विद्यालयका प्रधानाध्यापक दामोदर न्यौपानेले बताए । उनले भने – ‘हाम्रो विवेकाश्रममा मात्र होइन जिल्लामा रहेको सबै गुरुकुलमा संस्कृत पढ्न आउने विद्यार्थीको चाप अहिले बढेको छ ।’

शिक्षा विकास तथा समन्वय इकाई झापाका आनुसार जिल्लामा अहिले २३ वटा गुरुकुल विद्यालय सञ्चालनमा छन् । सबै गुरुकुलमा संस्कृत विषय अध्यनन गर्ने विद्यार्थीको चाप उच्च रहेको बताउँदै विवेकाश्रमका प्रधानाध्यापक न्यौपानेले भने – ‘बोर्डिङ पढ्ने विद्यार्थी अत्याधिक मात्रामा संस्कृत पढ्न गुरुकुल आउन थालेपछि प्रवेश परीक्षा लिएर मात्रै भर्ना गर्ने गरेका छौं ।’

शैक्षिकसत्र २०७६ का लागि भर्ना अभियान चलिरहेका बेला ३५ जना नयाँ विद्यार्थी गुरुकुलमा भर्ना भएको र त्यसमा झण्डै तीसको हाराहारिमा बोर्डिङमा पढ्ने विद्यार्थी भर्ना भएको प्रधानाध्यापक न्यौपानेले बताए । उनले भने–‘ माध्यमिक शिक्षा अध्ययन अध्यापन अध्यापन हुने यस विवेकाश्रममा संस्कृत विषय कक्षा चारबाट मात्रै पढाई हुँदै आएको छ ।’

विवेकाश्रममा संस्कृत सहित अन्य विषय पनि पठन पाठन हुने भएकाले गुरुकुल शिक्षाका लागि विवेकाश्रम विद्यार्थीको रोजाइमा परेको बताइन्छ ।

आवास सहित शिक्षा प्रदान गरिने भएपछि झापासहित विभिन्न जिल्लाका हाल १५० वढी विद्यार्थी अहिले सो विद्यालयमा गुरुकुलीय शिक्षा लिइरहेका छन् ।

आधुनिक तथा प्राविधिक शैक्षिक प्रणालीको बहस भइरहेका बेला झापामा गुरुकुल शिक्षा प्रणालीप्रतिको आकर्षणले पूर्वीय संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ । संस्कृत विद्यालयमा अध्ययन गर्दा पारिवारिक बातावरण हुने भएकाले अभिभावकले पनि संस्कृत शिक्षालाई प्राथमिकता दिएको बताइन्छ । सरकारले पनि केही बर्षयता संस्कृत विषयको पाठ्यक्रम तयार र ब्यवस्थापनमा चासो देखाएका कारण यस्ता विद्यालय तथा गुरु कुलहरु सञ्चालनमा सहजता हुने अपेक्षा गरिएको छ ।

झापा देशमै सबैभन्दा बढी गुरुकुल भएको जिल्ला हो भने बिर्तामोड–२ स्थित चारपानेको विवेकाश्रम सांगवेद संस्कृत माध्यमिक विद्यालय झापाकै सबैभन्दा पुरानो संस्कृत विद्यालय हो ।

२०२८ सालमा स्थापना भएको विवेकाश्रम तथा सांगवेद माद्यमिक विद्यालय समाजकै आस्थाको केन्द्रका रुपमा स्थापित छ । विद्यालय भने दाताकै भरमा सञ्चालन हुँदै आएको विवेकाश्रमका प्राचार्य न्यौपाने बताउँछन् । उनी भन्छन्– ‘२०३२ सालदेखि विद्यालयले औपचारिक रुपमा पठन पाठन शुरु ग¥यो त्यसयता विवेकाश्रम दाताकै भरमा चलेको छ ।’

‘कसैले विद्यार्थीलाई एक दिनको भोजन गराइदिन्छन् न्यौपाने भन्छन् – ‘ ५१ सय रुपैयाँ दिएपछि एक दिनको भोजन गराएको मानिन्छ, दाताले दिएको रकम हामी विद्यार्थीको भोजनका लागि व्यवस्थापन गर्छौं ।’

विद्यालयले अक्षयकोष समेत खडा गरेको छ । अक्षयकोष दाताहरुले २१ सय रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने गरेका छन् । त्यसबाट प्राप्त ब्याजले पूजाआजा गरिनुका साथै विद्यालय सञ्चालन खर्च र शिक्षकलाई तलब दिइने न्यौपानेले बताए । उनले भने –‘विद्यालय मुष्ठीदानबाट सुरुवात भएको हो । यो क्रम अझै निरन्तर चलिरहेकै छ । ‘सरकारबाट न्यून सहयोग छ, केही शिक्षकको मात्र दरबन्दी छ ।’

गुरुकुल शिक्षा प्रणाली पूर्वीय शैलीको शिक्षण प्रणाली हो । यो प्रणालीमा विद्यार्थी गुरूको आश्रममा रहेर विभिन्न विषयमा पारङ्गत नहुन्जेल अध्ययन गर्छन् । यस्तो शिक्षा दिने गुरुकुलको सख्या देशभर ६० वटामात्रै छन् । झापामा गुरुकुलीय पद्धतिमा आधारित भएर केहीले विभिन्न स्थानमा विद्यालय सरह नै कक्षा सञ्चालन गरिरहेका छन् । वेद वेदाङ्ग संस्कृत पाठशाला साधुटार, विवेकाश्रम साङ्गवेद, संस्कृत मावि चारपाने, अर्जुनधारा संस्कृत विद्यापीठ, अर्जुनधारा, कृष्णद्वैपायन गुरुकुल वेद विद्याश्रम महेशपुर झापाका नाम चलेका गुरुकुलमा पर्छन् ।

पण्डीत बन्ने सपना बोकेर संस्कृत पढ्दै

झापाको वुद्धशान्ति – १ होक्सेका तुलसी तिम्सिना कक्षा ५ मा पढ्दा पढ्दै अभिभावकको सल्लाह अनुसार संस्कृत शिक्षा लिन दुई वर्ष अघि विवेकाश्रम आएका हुन् । हाल वेद व्यापकरण अध्ययन गरिरहेका तिम्सिना उच्च शिक्षा हुँदै आचार्यसम्मको अध्ययन गरेर व्यासमा बस्ने सपना बोकेर दिनरात मेहनत गरिरहेका छन् । उनले कक्षा ४ देखि संस्कृत शिक्षा अध्ययनलाई निरन्तरता दिए । हाल उनी कक्षा आठमा पढ्छन् ।

उनीजस्तै मोरङको वुढिगंगा नगरपालिकाका दिवस भट्टराई तीन वर्ष देखि संस्कृत शिक्षा अध्ययन गरिरहेका छन् । सप्तरीको एक निजी विद्यालयमा अध्ययनरत भट्टराई अंग्रेजी शिक्षा त्यागेर गुरुकुलीय शिक्षा लिन झापा आएका हुन् । इलामको देउमाई नगरपालिकाका डिल्लीरमण सापकोटा पनि अहिले चण्डी रुद्री, पढ्न सक्ने भएका छन् । मामाले पनि गुरुकालबाटै संस्कृत शिक्षा लिएकाले आफू जितपूर माविमा अध्ययन गर्दा गर्दै चार वर्ष अघि झापा आएको डिल्लीरमणले बताए । उनले भने – ‘संस्कृत पढ्दा मन, शान्त हुँदो रहेछ , शरीरमा उत्पन्न हुने क्रोध समेत हटेर जाँदो रहेछ । सुरुमा पढ्न कठिन भएपनि अहिले संस्कृत पढ्न मलाई सहज छ भविश्यमा व्यासमा वसेर पुराणा भन्न सक्ने हुन्छु ।’

उनीहरु मात्र होइन खोटाङको सरस्वती माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्दा पढ्दै सुनसरीको इटहरिका भुवन सुवेदी पनि गुरुकुलीय शिक्षा आर्जनका लागि झापा आएका छन् । उनी अहिले विवेकाश्रम संङगवेद संस्कृत विद्यालयमा कक्षा आठमा अध्ययनरत रहेका छन् । उनको पनि सपना व्यासमा बसेर पुराण बाचन गर्ने नै रहेको छ ।

Subscribe PURBELI TV

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

२०७६-३-२७ शुक्रबार

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त...

वर्षका कारण सिंहदरबारको पर्खाल भत्किदा सडक अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौं / केही दिन यता परिरहेको भारी वर्षका कारण सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको छ । पर्खाल भत्किएपछि अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । भूकम्पका बेला...

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

२०७६-३-२७ शुक्रबार

कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा...

त्रिभुवन विमानस्थल अनिश्चित कालका लागि बन्द : विदेशबाट आएका जहाज अवतरण नगरी फर्किए

२०७६-३-२७ शुक्रबार

यति एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरणका त्रममा चिप्लिएको छ । नेपालगञ्जबाट काठमाडौं आएको उक्त विमान अवतरणको क्रममा शुक्रबार बिहान चिप्लँदा २ जना घाईते भएका छन् । 9N अल्फा MM को उक्त जहाज अवतरणको क्रममा चिप्लिएर विमानस्थलको धावनमार्गबाट १५ मिटर पर पुगेको छ । विमानमा ६६ जना यात्रु र चार जना चालक दलका सदस्य सवार थिए...

यस्तो गाउँ जहाँ छ महिना सबैको घरमा तालाचाबी लाग्छ

२०७६-३-२७ शुक्रबार

  रोल्पा / सुनछहरी गाउँपालिका–२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ । बस्तीमा घर छन् । तर, मानिस छैनन् । ‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा सरेका छौं’, चालवाङका ४९ वर्षीय थमन बुढामगर भन्छन्, ‘गाउँमा सबैको घरमा तालाचाबी लागेको छ ।’ २२ घरधुरी रहेको यो गाउँ ६ महिना रित्तो हुन्छ । बस्तीमुनि...

जलवायु परिवर्तन अव्यवस्थित शहरीकरण लेप्टोस्पाइरोसिस अनी रोकथामका उपाय ।

२०७६-३-२७ शुक्रबार

पृष्ठभुमीः लेप्टोस्पाइसीस पशुबाट मानीसमा सर्ने बढी प्रचलीत जीवाणुजन्य रोग मानीन्छ । विश्व स्वास्थ्य संगठनले उष्ण हावापानी भएको यो रोग कमै चासोमा पर्ने रोगका रुपमा पहिचान गरी यस्को विस्तृत प्राज्ञिक अध्ययन अनुसंधान एवं अभीलेखीकरण गर्नु पर्ने भनी औल्याइएको छ । यस रोगको स्थिती विश्वव्यापी रहेको मानिन्छ, जसले गर्दा यस रोगबाट बर्षेनी ३००००० देखि ५००००० लाख मानिस...

Similar Posts

विपद्बाट हुने क्षति रोक्न तीनै तहका सरकार ‘हाइ अलर्ट’

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन सक्रिय भएसँगै मुलुकमा विपद्बाट हुनसक्ने सम्भावित क्षति रोक्न तीनै तहका सरकार र सम्बद्ध निकाय ‘हाइ अलर्ट’को अवस्थामा रहेका छन् ।विपद जोखिम न्यूनीकरण, तत्काल उद्धार तथा राहतका लागि बाढीबाट प्रभावित मुलुकका २४४ स्थानलाई उच्च जोखिम क्षेत्र पहिचान गरी सरकारी क्षमताले भ्याएसम्मका तयारी गरिएको छ । मुलुकको पहाड र हिमाली क्षेत्र पहिरोको उच्च जोखिममा...

पूर्वी र मध्य भेगमा उच्च सतर्कता अपनाउन आग्रह : सबै नदीहरूमा बहाव उच्च

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसम विश्लेषणसम्बन्धी आज विषेश बुलेटिन जारी गर्दै मनसुन तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बद्ली रही धेरैजसो...

विराटनगरका अधिकांश स्थान डुबानमा : प्रदेशसभाको पानी मोटरले फालिदै ( तस्बिरहरू सहित )

२०७६-३-२७ शुक्रबार

विराटनगर / तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने सिंगिया खोलामा आएको बाढीले विराटनगर वडा नं १, २ र ८ का केही क्षेत्र आज बिहानदेखि डुबानमा परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–१ स्थित परोपकार...

ठाउँ ठाउँमा पहिरो : यात्रामा सास्ती

२०७६-३-२७ शुक्रबार

  बागलुङ / मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ । बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा...