राहत शिक्षक कोटामा आफन्त उत्तीर्ण गराएपछि , प्राध्यापकको छोरी र नगर प्रमुखको सासुको नियुक्तिले स्थानीय आन्दोलित

२०७६-१-२२ आइतबार

राजविराज । राहत शिक्षकको दरबन्दीमा सुनियोजित रूपले विद्यालय प्रधानाध्यापककी छोरी र नगरपालिका प्रमुखका माइजू–सासुलाई उत्तीर्ण गराएपछि वडाअध्यक्षसहित व्यवस्थापन समितिका केही सदस्य र स्थानीयहरू आन्दोलित भएका छन् । सप्तरीको बोदेबरसाइन नगरपालिका–७ स्थित महेन्द्र चुन्नी माध्यमिक प्रधानाध्यापक, व्यवस्थापन समिति अध्यक्ष र स्थानीय तहका प्रमुखले नातागोता आफन्तलाई शिक्षकमा नियुक्ति गर्न लिखित परीक्षापूर्व प्रश्नपत्र आउट भएको भनेर विरोध भएपछि मौखिक परीक्षा स्थगित गरिएको थियो ।

तर, एक्कासी वैशाख १६ गते मौखिक परीक्षा लिएर विद्यालयका प्रधानाध्यापक हरिवंश मंडरले परीक्षामा आफ्नी छोरी सरस्वती कुमारी र नगरप्रमुख आतेशकुमार सिंह यादवले आफ्नो माइजू–सासु लिलमकुमारी यादवलाई उत्र्तीण गराएपछि विवाद चर्किएको हो । समाजिक विषयको मावि स्तरको एक सीटमा नगरप्रमुखनजिकका विनोदकुमार यादव र व्यवस्थापन समिति अध्यक्षनजिकका निरन्जनकुमार पण्डितलाई उत्तीर्ण गराउने खिचातानीले सो विषयको मौखिक परीक्षा नै स्थगित गरिएको व्यवस्थापन समितिका सदस्य देवनारायण प्रमाणीले जानकारी दिएका छन् ।

सो वडाका वडाअध्यक्ष विजयनारायण कापैरसहित व्यवस्थापन समिति सदस्यत्रय प्रमाणी, सुवोध झा, संगीताकुमारी दास र स्थानीय दिनेश यादवसहित परीक्षामा समिलित अन्य उम्मेदवार स्थानीयसहित करिब ५० जना बढीले बुधबार राजविराजको शिवमन्दिर परिसरमा पत्रकार सम्मेलन गरी प्रअ, व्यवस्थापन समिति र नगरप्रमुखले जवर्जस्ती उत्र्तीण गराएकाले तत्काल बदरको माग गर्दै थप आन्दोलन गर्ने चेतावनी दिएका छन् । प्रलोभनमा परी आफ्ना नातागोतालाई नियुक्त गरेकोले यसले विद्यालयको वातावरण प्रभावित भएको समेत पत्रकार सम्मेलनमा उपस्थित वडाअध्यक्ष कापैरले दाबी गरे । व्यवस्थापन समितिले गर्ने गरेको यस्तो निर्णयप्रति आफू सहमत नरहेको उनले बताए ।

चैत २९ गते राहत दरबन्दीका लागि लिइएको लिखित परीक्षाको परिणाम त्यही दिन सार्वजनिक गरिएको थियो । सोही दिन नतिजा सार्वजनिक भएलगत्तै बोदेबरसाइन नगरपालिका उपप्रमुख रञ्जुकुमारी साहको पहलमा परीक्षाको बस्तुगत प्रश्नपत्र बाहिरिएको भन्दै केही परीक्षार्थीले स्थगनको माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा निवेदन दर्ता गराएका थिए । जिल्ला प्रशासन कार्यालयले आवश्यक जाँचबुझ गर्न शिक्षा विकास तथा समन्वय एकाइलाई पत्र लेखियो । यसैबीच परीक्षा समितिले लिखित परीक्षाको नतिजापछि तुरुन्तै ६ बजे साँझ मौखिक परीक्षाको लागि समय तोकेको थियो । परीक्षा रद्दको लागि निवेदन दर्ता भएपछि समितिले आफै राती भयो भनी मौखिक परीक्षा स्थगन गरेको सूचना टाँस गरेका थिए ।

विद्यालयले आफ्नो विद्यालयमा वा बोदेबरसाइन नगरपालिकामा शिक्षक नियुक्तिको लागि परीक्षा सञ्चालन नगरी राजविराजस्थित थानगाछी विद्यालयमा परीक्षा सञ्चालन गरेका थिए । शिक्षक छनौट समितिले माध्यमिक तहमा सामाजिक र विज्ञान विषयमा एक(एक जना र निमावि तहमा सामाजिक र नेपाली विषयमा एक÷एकजना राहत शिक्षकका लागि परीक्षा लिएको थियो ।

मावि सामाजिकमा सात, विज्ञानमा दुई, निमावि सामाजिकमा १२ र नेपालीमा नौ जना गरी ३० जनाले आवेदन गरेका थिए । परीक्षामा अनियमितता भएको भन्दै परीक्षाथीहरू राजसेवी कुमारी राउत, बुधेश्वर राम, आरतीकुमारी यादवले परीक्षाको बस्तुगत प्रश्नपत्र आउट भएको भन्दै परीक्षाको बाँकी परीक्षा स्थगनको माग गर्दै जिल्ला प्रशासनमा निवेदन दिएका थिए ।

शिक्षक नियुक्तिका लागि बादेबरसाइन नगरपालिका प्रमुख आतेशकुमार सिंह यादवको ससुरा तर्फको माइजु निलमकुमारी यादव, विद्यालयाका प्रधानाध्यापक हरिबंश मंडरकी छोरी सरस्वतीकुमारी मण्डल, विद्यालय व्यवस्थापन समितिका सदस्य देवनारायण प्रमाणीकी श्रीमती राजसेवीकुमारी मण्डल, अर्का सदस्य संगिताकुमारी दासको श्रीमान जीतन दासले आवेदन दिएका छन् । उनीहरुसहित लिखित परीक्षामा १२ जना उत्तीर्ण पनि भएका थिए ।लिखित परीक्षाको लागि परीक्षास्थलमै हस्तलिखित प्रश्नपत्र तयार गरिएकोे थियो ।

तर, प्रश्नपत्रको फोटोकपी गराउन जाँदा बाटोमा प्रश्नपत्र बाहिरिएको परीक्षापछि थाहा भएकोले स्थगनको माग गरी निवेदन दिएका परीक्षार्थी राजसेवीको कथन छ । यता परीक्षा लिन रमाना हुनु एकदिन अगाडी शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका शाखा अधिकृत छवि खड्काले चैत २९ गते लिखित परीक्षा लिएका थिए भने अर्का शाखा अधिकृत दिपकुमार यादव पनि रमाना हुनु एक दिनअघि मौखिक परीक्षा लिएको छ । र, उत्तीर्ण गरीएका उम्मेदवारलाई प्रश्नप्रत्र पनि परीक्षाअगावै दिएको विद्यालय व्यवस्थापन समितिका सदस्य देवनारायण प्रमाणीको दाबी छ । यो राहत दरबन्दी २०६७र०६८ आवकै रहेको तर पटक–पटक विवादका कारण स्थगित हुँदै आएको थियो ।

Subscribe PURBELI TV

त्रिभुवन विमानस्थल अनिश्चित कालका लागि बन्द : विदेशबाट आएका जहाज अवतरण नगरी फर्किए

२०७६-३-२७ शुक्रबार

यति एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरणका त्रममा चिप्लिएको छ । नेपालगञ्जबाट काठमाडौं आएको उक्त विमान अवतरणको क्रममा शुक्रबार बिहान चिप्लँदा २ जना घाईते भएका छन् । 9N अल्फा MM को उक्त जहाज अवतरणको क्रममा चिप्लिएर विमानस्थलको धावनमार्गबाट १५ मिटर पर पुगेको छ । विमानमा ६६ जना यात्रु र चार जना चालक दलका सदस्य सवार थिए...

यस्तो गाउँ जहाँ छ महिना सबैको घरमा तालाचाबी लाग्छ

२०७६-३-२७ शुक्रबार

  रोल्पा / सुनछहरी गाउँपालिका–२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ । बस्तीमा घर छन् । तर, मानिस छैनन् । ‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा सरेका छौं’, चालवाङका ४९ वर्षीय थमन बुढामगर भन्छन्, ‘गाउँमा सबैको घरमा तालाचाबी लागेको छ ।’ २२ घरधुरी रहेको यो गाउँ ६ महिना रित्तो हुन्छ । बस्तीमुनि...

जलवायु परिवर्तन अव्यवस्थित शहरीकरण लेप्टोस्पाइरोसिस अनी रोकथामका उपाय ।

२०७६-३-२७ शुक्रबार

पृष्ठभुमीः लेप्टोस्पाइसीस पशुबाट मानीसमा सर्ने बढी प्रचलीत जीवाणुजन्य रोग मानीन्छ । विश्व स्वास्थ्य संगठनले उष्ण हावापानी भएको यो रोग कमै चासोमा पर्ने रोगका रुपमा पहिचान गरी यस्को विस्तृत प्राज्ञिक अध्ययन अनुसंधान एवं अभीलेखीकरण गर्नु पर्ने भनी औल्याइएको छ । यस रोगको स्थिती विश्वव्यापी रहेको मानिन्छ, जसले गर्दा यस रोगबाट बर्षेनी ३००००० देखि ५००००० लाख मानिस...

नजिकिँदै कांग्रेस–राजपा, सरकारविरुद्ध मोर्चाबन्दी तयारी

२०७६-३-२७ शुक्रबार

काठमान्डाैं / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी थालेका छन् । प्रतिपक्षी दुई दलका नेताहरूबीच सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न तहमा छलफल जारी छ । दुई पार्टीले विभिन्न अजेन्डा उठाएर केही दिनदेखि संयुक्त रुपमा सदन अवरुद्ध गर्दै आएका छन् । यसबाट सरकारविरुद्ध यी दुई दल...

काँक्रोको बिउ बेचेरै सवा करोड कमाउने किसान

२०७६-३-२७ शुक्रबार

काठमाडाै‌ । पर्वतको फलेबास नगरपालिका-११ मा पर्ने सानो गाउँ कर्नासमा यस वर्ष सवा करोड मूल्य बराबरको काँक्रोका बिउ उत्पादन गरेका छन्।व्यावसायिक रूपमा बिउ उत्पादन गर्दै आएका १ सय घरधुरी परिवारले १ करोड २० लाखभन्दा बढी मूल्य पर्ने काँक्रोको बिउ उत्पादन गरेका हुन्। कर्नासका कृषकले यस वर्ष ४ टनभन्दा बढी काँक्रोको बिउ उत्पादन गरेको स्थाानीय कृषक बाबुराम...

अकुत सम्पत्ति आर्जन गरेका जोशीको मुद्दा सर्वोच्चले हेर्न नभ्याउने !

२०७६-३-२७ शुक्रबार

काठमाडौं । विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका गोविन्दराज जोशीको मुद्दाको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा बुझाए पनि हेर्न नमिल्ने सूचीमा राखेको छ । पटक–पटक मुद्दा स्थगित र हेर्न नभ्याउने सूचीमा राख्दै आएको सो मुद्दा १२औं पटक हेर्न नमिल्ने सूचीमा राखिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले हेर्न नमिल्ने सूचीमा पेसी तोकेपछि सो मुद्दा अर्को महिनाका...

Similar Posts

ठाउँ ठाउँमा पहिरो : यात्रामा सास्ती

२०७६-३-२७ शुक्रबार

  बागलुङ / मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ । बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा...

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

२०७६-३-२७ शुक्रबार

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त...

वर्षका कारण सिंहदरबारको पर्खाल भत्किदा सडक अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौं / केही दिन यता परिरहेको भारी वर्षका कारण सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको छ । पर्खाल भत्किएपछि अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । भूकम्पका बेला...

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

२०७६-३-२७ शुक्रबार

कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा...