कर प्रणालीमा सुधार, मदिरा र सुर्तीजन्य पदार्थको मूल्यवृद्धि

२०७६-२-१५ बुधबार

सरकारले मदिरा, चुरोट‚ अन्य सुर्तीजन्य पदार्थ र स्वास्थ्यका लागि हानिकारक वस्तुमा लाग्दै आएको भन्सार तथा अन्तःशुल्क दरमा वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत भएको बजेटमा आयकरका दरहरुमा वृद्धि गरिएको छैन । आयकर छुट हुने सीमा वृद्धि गरी व्यक्तिका लागि रु चार लाख र दम्पत्तीका लागि रु चार लाख ५० हजार पु¥याइएको छ । एक व्यक्ति एक स्थायी लेखा नम्बरको नीतिलाई कार्यान्वयन गर्न जुनसुकै आन्तरिक राजश्व कार्यालयबाट सरल रुपमा स्थायी लेखा नम्बर लिनसक्ने व्यवस्था गरिएको छ ।

आयात निरुत्साहन गर्न भन्सारका दरमा संशोधन

मूल्य अभिवृद्धि करको दायरामा आउने कारोबार सीमा रकम र दर यथावत् कायम गरिएको छ भने कृषिजन्य र औद्योगिक उत्पादनलाई संरक्षण तथा प्रवद्र्धन गरी स्वदेशी उत्पादनको उपभोगमा आत्मनिर्भर हुन तथा अनावश्यक र स्वास्थ्यका लागि हानिकारक वस्तुको आयातलाई निरुत्साहित गर्न भन्सारका दरहरुमा संशोधन गरिएको छ ।

निकासी व्यापारको प्रवद्र्धनका लागि मदिरा र सुर्तीजन्य वस्तु, स्वदेशमै खपत हुने कच्चा पदार्थ, तथा आधारभूत कृषि उपज बाहेकका अन्य मालवस्तुको निकासीमा लाग्दै आएको महसुल हटाइएको छ । निर्यात व्यापार प्रवद्र्धन गर्न आफ्नो उत्पादनको २० प्रतिशतभन्दा बढी निकासी गर्ने सबै प्रकारका कच्चा पदार्थको आयातमा बण्डेड वेयर हाउसको सुविधा उपलब्ध हुने भएको छ ।

सहकारीलाई पैठारीमा छुट

उद्योगले पैठारी गर्ने औद्योगिक कच्चा पदार्थको भन्सार दर तयारी मालवस्तुको भन्दा कम्तीमा एक तह कम गर्ने नीतिअनुरुप केही कच्चा पदार्थको भन्सार महसुल घटाइएको छ । कृषिमा आधारित सहकारी उद्योगले पैठारी गर्ने ढुवानी साधनमा ५० प्रतिशत छुट दिइने भएको छ ।

एम्बुलेन्समा भन्सार छुट

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सिफारिशमा गाउँपालिका‚ नगरपालिका तथा उप–महानगरपालिका र महानगरपालिकाले आयात गर्ने क्रमशः दुई‚ तीन र चार थान एम्बुलेन्समा एक प्रतिशत मात्र भन्सार महशुल लाग्ने व्यवस्था गरी बाँकी भन्सार महशुल छुट दिइएको छ ।

स्वदेशी उद्योगको प्रवद्र्धन

कपडा उद्योगले आफ्नो प्रयोजनको लागि आयात गर्ने मिल मेसिनरी र पार्टपूर्जा एवं केमिकलमा १ प्रतिशत मात्र भन्सार महशुल लगाइएको छ । स्वदेशमा प्रशस्त सम्भावना भएका कपडा, धागो, चिया, आधारभूत औषधि, महिलाहरुले प्रयोग गर्ने स्यानीटरी प्याड‚ फिड सप्लिमेण्टजस्ता उद्योगको संरक्षण र प्रवद्र्धन गर्न त्यस्ता उद्योगहरूले पैठारी गर्ने औद्योगिक मेशिनरी तथा यन्त्र उपकरणमा लाग्ने भन्सार महशुल दर घटाइएको छ ।

मुलुकमा जल यातायातको प्रवद्र्धन र विकासको लागि सबै किसिमका जल यातायातका साधनहरुको पैठारी महसुल १५ प्रतिशतबाट घटाएर छ प्रतिशत कायम गरिएको छ भने विदेशबाट फर्किएका नेपालीले आफ्नो साथमा ल्याएको १०० ग्राम सम्मको सुनको गहना महसुल तिरी पैठारी गर्नसक्ने छन् ।

विदेशी कृषिजन्य वस्तुको भन्सार बढ्यो

मुलुक आत्मनिर्भर भएका चिया, कफी, दुग्ध पदार्थ, घ्यू, कुखुराको मासु, केराउ, बदाम, आलु चिप्स, विस्कुट, चाउचाउ, आइसक्रिम, जुस, मिनरल वाटर, चिनी तथा सक्खर चकलेट, चुइङगम, पास्ता, जस्तापाता, जुत्ता चप्पल, धागो र त्रिपाललगायतका कृषिजन्य तथा औद्योगिक वस्तुको स्वदेशी उत्पादनलाई संरक्षण गर्न त्यस्ता वस्तुको आयातमा भन्सार दर बढाइएको छ ।
पुरानो करमा छुट

नवीनतम सोच‚ सीप‚ उद्यमशीलता र प्रविधिको उपयोग गरी ‘स्टार्ट अप’व्यवसाय गरेका तर करको दायरामा नआएका व्यक्तिले २०७६ पुस मसान्तभित्र मूल्य अभिवृद्धि कर र आयकरको दायरामा आएमा आर्थिक वर्ष २०७५÷७६ भन्दा अघिका कर, जरिवाना, थप दस्तुर‚ शुल्क तथा ब्याज मिनाहा हुने भएको छ ।

विभिन्न ऐनमा भएका कर छुट र सुविधासम्बन्धी व्यवस्थासँग तादाम्यता हुनेगरी राजश्व सम्बन्धी कानूनमा संशोधन गरिनेछ भने शेयर कारोबारको पूँजीगत लाभकरको गणना भारित औसतलागत विधिबाट गर्ने व्यवस्था मिलाई शेयर लगानीकर्तालाई प्रोत्साहित गर्न हाल प्राकृतिक व्यक्तिलाई लाग्दै आएको करको दर ५ प्रतिशत कायम गरिएको छ ।

पूँजीगत लाभकरको दर घटाइयो

व्यावसायिक घर जग्गाको कारोबारमा अग्रिम करको रुपमा लाग्दै आएको पूँजीगत लाभकरको दर घटाइएको छ । वित्तीय कारोबार गर्ने सहकारीलाई नगरपालिका क्षेत्रभित्र ५ प्रतिशत र उपमहानगरपालिका र महानगरपालिका क्षेत्रभित्र भए दश प्रतिशत मात्र कर लाग्ने व्यवस्था गरिएको छ ।

सुरक्षा कोषको आयमा कर नलाग्ने
कारोबारमा आधारित करको दरलाई पुनरावलोकन गरी प्रगतिशील बनाइएको छ भने योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन २०७४ बमोजिम स्थापना भएको सामाजिक सुरक्षा कोषको आयमा कर नलाग्ने व्यवस्था गरिएको छ ।

मर्जरमा कर छुट

बैंकिङ तथा वित्तीय वा बीमा व्यवसायको मर्जरमा कर छुट तथा सुविधाको प्रयोजनका लागि आयकर ऐन, २०५८ मा तोकिएको अवधि एक वर्षका लागि थप गरिएको छ भने दुर्घटना तथा स्वास्थ्य बीमामा मूल्य अभिवृद्धि कर नलाग्ने व्यवस्था गरिएको छ ।

बायोमेट्रिक दर्ता प्रणाली

करदाता दर्ता प्रणालीमा सुधार गरी गुणस्तरीयता कायम गर्न आगामी आर्थिक वर्षदेखि बायोमेट्रिक दर्ता प्रणाली लागू गरिन भएको छ । हाल मूल्य अभिवृद्धि करमा दर्ता रहेका करदातालाई आगामी आर्थिक वर्षभित्र र आयकरमा दर्ता रहेका करदाताहरुलाई क्रमशः नयाँ दर्ता प्रणालीमा आफ्नो विवरण अद्यावधिक गराउनुपर्नेछ ।

कर कानूनलाई सरल, सहज तथा पारदर्शी बनाउन एकीकृत कर संहिता तर्जुमा गरिने, नयाँ भन्सार विधेयक संसद्को यसै अधिवेशनमा पेश गरिने, भन्सारमा पेश गर्नुपर्ने सबै किसिमका कागजात विद्युतीय माध्यमबाट बुझाउने व्यवस्था मिलाई भन्सार जाँचपास प्रणालीलाई सरल बनाइने बजेट वक्तव्यमा उल्लेछ ।

अग्रिम कर कट्टी गर्नु नपर्ने

मूल्य अभिवृद्धि करको सङ्कलन प्रभावकारी तुल्याउन उपभोक्ताले वस्तु तथा सेवा खरीदको मूल्य कार्ड वा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा त्यसरी भुक्तानी गरिएको बिजकमा उल्लेखित मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम भुक्तानीकर्ताको बैंक खातामा स्वतः जम्मा हुने व्यवस्था गरी त्यसरी जम्मा हुने रकममा अग्रिम कर कट्टी गर्नु नपर्ने व्यवस्था मिलाएको छु ।

गुणस्तर नखुलेका, कमसल गुणस्तर भएका र मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने वस्तुको आयात नियन्त्रण, मालवस्तु आयात गरेपछि प्याकिङ अनिवार्य रुपमा आयातकर्ता र बजार वितरकको लेवल लगाएर बजारमा पठाउनुपर्नेछ ।

राजश्व भुक्तानी विद्युतीय माध्यमबाट

आगामी आर्थिक वर्षदेखि सबै किसिमको राजश्वको भुक्तानी विद्युतीय माध्यमबाट गर्नसक्ने व्यवस्था मिलाइनेछ । विद्युतीय माध्यमबाट विजक जारी गर्ने र त्यसलाई आन्तरिक राजश्व विभागको केन्द्रीय बिजक अनुगमन प्रणालीमा आवद्ध गर्ने व्यवस्था गरी मूल्य अभिवृद्धि करको कार्यान्वयनलाई थप प्रभावकारी बनाइनेछ । आयकर फिर्ताको प्रक्रिया सरलीकरण गरी सम्बन्धित कार्यालयमार्फत कर फिर्ता हुनेछ । करको बाँकी बक्यौता नभएका करदाताले आन्तरिक राजश्व विभागको प्रणालीबाट स्वतः कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सक्नेछन्

चोरी निकासी पैठारीको अनुगमन

चोरी निकासी पैठारी र आन्तरिक उत्पादनको परिवहनमा हुने विचलनलाई न्यूनीकरण गरी राजश्व चुहावट नियन्त्रण गर्न उत्पादन, परिवहन र बिक्रीसम्मको शृङ्लालाई ट्र्याकिङ प्रणालीमा आवद्ध गरिने भएको छ ।

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

२०७६-३-२७ शुक्रबार

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त...

वर्षका कारण सिंहदरबारको पर्खाल भत्किदा सडक अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौं / केही दिन यता परिरहेको भारी वर्षका कारण सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको छ । पर्खाल भत्किएपछि अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । भूकम्पका बेला...

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

२०७६-३-२७ शुक्रबार

कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा...

त्रिभुवन विमानस्थल अनिश्चित कालका लागि बन्द : विदेशबाट आएका जहाज अवतरण नगरी फर्किए

२०७६-३-२७ शुक्रबार

यति एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरणका त्रममा चिप्लिएको छ । नेपालगञ्जबाट काठमाडौं आएको उक्त विमान अवतरणको क्रममा शुक्रबार बिहान चिप्लँदा २ जना घाईते भएका छन् । 9N अल्फा MM को उक्त जहाज अवतरणको क्रममा चिप्लिएर विमानस्थलको धावनमार्गबाट १५ मिटर पर पुगेको छ । विमानमा ६६ जना यात्रु र चार जना चालक दलका सदस्य सवार थिए...

यस्तो गाउँ जहाँ छ महिना सबैको घरमा तालाचाबी लाग्छ

२०७६-३-२७ शुक्रबार

  रोल्पा / सुनछहरी गाउँपालिका–२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ । बस्तीमा घर छन् । तर, मानिस छैनन् । ‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा सरेका छौं’, चालवाङका ४९ वर्षीय थमन बुढामगर भन्छन्, ‘गाउँमा सबैको घरमा तालाचाबी लागेको छ ।’ २२ घरधुरी रहेको यो गाउँ ६ महिना रित्तो हुन्छ । बस्तीमुनि...

जलवायु परिवर्तन अव्यवस्थित शहरीकरण लेप्टोस्पाइरोसिस अनी रोकथामका उपाय ।

२०७६-३-२७ शुक्रबार

पृष्ठभुमीः लेप्टोस्पाइसीस पशुबाट मानीसमा सर्ने बढी प्रचलीत जीवाणुजन्य रोग मानीन्छ । विश्व स्वास्थ्य संगठनले उष्ण हावापानी भएको यो रोग कमै चासोमा पर्ने रोगका रुपमा पहिचान गरी यस्को विस्तृत प्राज्ञिक अध्ययन अनुसंधान एवं अभीलेखीकरण गर्नु पर्ने भनी औल्याइएको छ । यस रोगको स्थिती विश्वव्यापी रहेको मानिन्छ, जसले गर्दा यस रोगबाट बर्षेनी ३००००० देखि ५००००० लाख मानिस...

Similar Posts

विपद्बाट हुने क्षति रोक्न तीनै तहका सरकार ‘हाइ अलर्ट’

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन सक्रिय भएसँगै मुलुकमा विपद्बाट हुनसक्ने सम्भावित क्षति रोक्न तीनै तहका सरकार र सम्बद्ध निकाय ‘हाइ अलर्ट’को अवस्थामा रहेका छन् ।विपद जोखिम न्यूनीकरण, तत्काल उद्धार तथा राहतका लागि बाढीबाट प्रभावित मुलुकका २४४ स्थानलाई उच्च जोखिम क्षेत्र पहिचान गरी सरकारी क्षमताले भ्याएसम्मका तयारी गरिएको छ । मुलुकको पहाड र हिमाली क्षेत्र पहिरोको उच्च जोखिममा...

पूर्वी र मध्य भेगमा उच्च सतर्कता अपनाउन आग्रह : सबै नदीहरूमा बहाव उच्च

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसम विश्लेषणसम्बन्धी आज विषेश बुलेटिन जारी गर्दै मनसुन तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बद्ली रही धेरैजसो...

विराटनगरका अधिकांश स्थान डुबानमा : प्रदेशसभाको पानी मोटरले फालिदै ( तस्बिरहरू सहित )

२०७६-३-२७ शुक्रबार

विराटनगर / तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने सिंगिया खोलामा आएको बाढीले विराटनगर वडा नं १, २ र ८ का केही क्षेत्र आज बिहानदेखि डुबानमा परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–१ स्थित परोपकार...

ठाउँ ठाउँमा पहिरो : यात्रामा सास्ती

२०७६-३-२७ शुक्रबार

  बागलुङ / मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ । बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा...