पर्यटकको रोजाइमा बोराका घुमाउने घर

२०७६-२-१७ शुक्रबार

पोखरा / बोरा, माटोसँगै जाली र सानो फलामे रडबाट गारो र खरको छानोबाट निर्मित आधुनिक घुमाउने घर यतिखेर पर्यटकको रोजाइमा पर्ने गरेका छन् । पोखरा महानगरपालिका–२४ चिप्लेटिस्थित इन्द्रेणी घरबासका घुमाउने गोलाकारका घर आन्तरिक एवं बाह्य पर्यटकमाझ रोजाइमा पर्ने गरेका हुन् ।

जमीनको सतहमा निर्माण गरिएको सिमेन्टेड पक्की जगमा विराटनगरबाट ल्याइएको भूकम्परहित बोरा (अर्थ व्याग) मा चिम्ट्याइलो माटो भरेर गारो निर्माण गरी प्राचीन शैलीका घुमाउने घर निर्माण गरिएको इन्द्रेणी घरबास कार्यक्रम सञ्चालक गोमा ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सानो फलामे रड, काँडेतारबाट निर्मित गोलो आकारको गारो निर्माण गरी बाहिरबाट जाली राखेर परम्परागत रातो माटोले लिप्नुका साथै बाँसको खपेटामाथि खरको छानोले घर बनाइएको हो । गर्मीमा न्यानो र चिसो मौसममा तातो हुने (तापअनुकूलित) गोलो आकारको घुमाउने घरमा दुई बेडसहित आवश्यक सम्पूर्ण सुविधा रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार आधुनिक सेवासुविधासहित प्राचीन शैलीका घर यतिखेर पर्यटकको रोजाइमा पर्ने गरेका छन् । सामान्य घरायसी कच्चा पदार्थको प्रयोग गरी भूकम्परहित नवीनतम् प्रविधिबाट घर निर्माणमा अमेरिकन इञ्जिनीयर लुकासले सहयोग गरेका हुन् ।

एक रातको बास, बिहान–बेलुकाको सादा खाना एवं बिहानको नास्ताको प्याकेजमा स्वदेशीका लागि प्रतिव्यक्ति रु एक हजार र विदेशीको हकमा भने घरसहित रु तीन हजार ५०० लिने गरेको बताउँदै उहाँले माछामासु र पेय पदार्थका लागि छुट्टै शुल्क लाग्ने बताउनुभयो ।

सञ्चालन भएको एक वर्षको अवधिमा अमेरिका, अष्ट्रेलिया, बेल्जियम, बेलायत, चीनलगायत विभिन्न मुलुकका पर्यटक घरबासमा आउने गरेको बताउँदै उहाँले हालसम्म दुई लाखभन्दा बढी आम्दानी भएको जानकारी दिनुभयो । घरबासमा आउने आन्तरिक पर्यटक छोटो समय बास बस्ने गरेको भए पनि विदेशी भने एक महीनासम्म बस्ने गरेको अनुभव सुनाउँदै उहाँले प्राकृतिक सौदर्यतासहित शान्त र रमणीय वातावरणका कारण पर्यटकको बसाइँ लम्बिने गरेको बताउनुभयो ।

बोराबाट निर्मित चार घरमा आठ र अर्को भान्छासहितको ट्रष्ट भवनमा १६ जना क्षमताको घरबासमा कहिलेकाहीँ त २० जनासम्म पनि बास बसेको बताउँदै उहाँले घरबासको सम्पूर्ण भौतिक निर्माणमा रु ५० लाखभन्दा बढी लगानी भएको बताउनुभयो । घरबास कार्यक्रमलाई उत्पादनसँग जोड्ने उद्देश्यका साथ उहाँले सोही स्थानमा खरीद गरिएको १५ रोपनी बाँझो जग्गामा अहिले इन्द्रेणी अर्गानिक तरकारी फार्म सञ्चालन गर्नुभएको छ ।

आधुनिक हरितगृहभित्र काँक्रो, धनिया, क्याप्सिकम, अकबरे खुर्सानी, रायोसागलगायतका तरकारी र सामान्य टनेलमा गोलभेँडा उत्पादन गर्दै घरबासमा बस्न आउने पाहुनाले अर्गानिक उत्पादनको स्वाद लिने गरेका छन् । उत्पादित तरकारी लेकसाइडका विभिन्न होटलमा बिक्री गर्दै आएको गोमाले जानकारी दिनुभयो ।

खेतमा उत्पादित धानको चामल, बारीको तरकारी, खोरका खसीबोका र लोकल कुखुराको मासु स्वाद चखाउँदै आएको बताउँदै उहाँले १० भैँसी पालेर पाहुनालाई शुद्ध दूध खुवाउने व्यवस्था गर्ने तयारी गरिरहेको बताउनुभयो । भाडामा लिएको १० रोपानी जग्गामा रु १२ लाखभन्दा बढी लगानी गरेर आधुनिक गोठ निर्माण गरेको बताउँदै उहाँले भन्नुभयो, “बंैकबाट ऋण स्वीकृत हुन समय लागेका कारण भैँसी खरीदमा ढिलाइ भएको छ, इन्द्रेणी घरबास र अर्गानिक तरकारी फार्ममा हाल आठ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।”

कास्कीकोटको काउलेदेखि टारीसम्म पैmलिएको लगभग पाँच किलोमिटर लम्बाइको अलौकिक एउटै चिप्लेढुङ्गोसहित मनोरम पिप्ले झरना घरबासमा आउने पर्यटकका लागि थप आकर्षण रहेका छन् । फेवातालको किनारै किनारबाट खपौदी, भकुण्डे, पामेबजार हुँदै लगभग आठ किलोमिटरको दूरीमा रहेको सो घरबास कार्यक्रमसम्म पुग्नका लागि यातायातको समेत व्यवस्था छ ।

यस्तो गाउँ जहाँ छ महिना सबैको घरमा तालाचाबी लाग्छ

२०७६-३-२७ शुक्रबार

  रोल्पा / सुनछहरी गाउँपालिका–२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ । बस्तीमा घर छन् । तर, मानिस छैनन् । ‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा सरेका छौं’, चालवाङका ४९ वर्षीय थमन बुढामगर भन्छन्, ‘गाउँमा सबैको घरमा तालाचाबी लागेको छ ।’ २२ घरधुरी रहेको यो गाउँ ६ महिना रित्तो हुन्छ । बस्तीमुनि...

जलवायु परिवर्तन अव्यवस्थित शहरीकरण लेप्टोस्पाइरोसिस अनी रोकथामका उपाय ।

२०७६-३-२७ शुक्रबार

पृष्ठभुमीः लेप्टोस्पाइसीस पशुबाट मानीसमा सर्ने बढी प्रचलीत जीवाणुजन्य रोग मानीन्छ । विश्व स्वास्थ्य संगठनले उष्ण हावापानी भएको यो रोग कमै चासोमा पर्ने रोगका रुपमा पहिचान गरी यस्को विस्तृत प्राज्ञिक अध्ययन अनुसंधान एवं अभीलेखीकरण गर्नु पर्ने भनी औल्याइएको छ । यस रोगको स्थिती विश्वव्यापी रहेको मानिन्छ, जसले गर्दा यस रोगबाट बर्षेनी ३००००० देखि ५००००० लाख मानिस...

नजिकिँदै कांग्रेस–राजपा, सरकारविरुद्ध मोर्चाबन्दी तयारी

२०७६-३-२७ शुक्रबार

काठमान्डाैं / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी थालेका छन् । प्रतिपक्षी दुई दलका नेताहरूबीच सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न तहमा छलफल जारी छ । दुई पार्टीले विभिन्न अजेन्डा उठाएर केही दिनदेखि संयुक्त रुपमा सदन अवरुद्ध गर्दै आएका छन् । यसबाट सरकारविरुद्ध यी दुई दल...

काँक्रोको बिउ बेचेरै सवा करोड कमाउने किसान

२०७६-३-२७ शुक्रबार

काठमाडाै‌ । पर्वतको फलेबास नगरपालिका-११ मा पर्ने सानो गाउँ कर्नासमा यस वर्ष सवा करोड मूल्य बराबरको काँक्रोका बिउ उत्पादन गरेका छन्।व्यावसायिक रूपमा बिउ उत्पादन गर्दै आएका १ सय घरधुरी परिवारले १ करोड २० लाखभन्दा बढी मूल्य पर्ने काँक्रोको बिउ उत्पादन गरेका हुन्। कर्नासका कृषकले यस वर्ष ४ टनभन्दा बढी काँक्रोको बिउ उत्पादन गरेको स्थाानीय कृषक बाबुराम...

अकुत सम्पत्ति आर्जन गरेका जोशीको मुद्दा सर्वोच्चले हेर्न नभ्याउने !

२०७६-३-२७ शुक्रबार

काठमाडौं । विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका गोविन्दराज जोशीको मुद्दाको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा बुझाए पनि हेर्न नमिल्ने सूचीमा राखेको छ । पटक–पटक मुद्दा स्थगित र हेर्न नभ्याउने सूचीमा राख्दै आएको सो मुद्दा १२औं पटक हेर्न नमिल्ने सूचीमा राखिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले हेर्न नमिल्ने सूचीमा पेसी तोकेपछि सो मुद्दा अर्को महिनाका...

आज हरिशयनी एकादशी : ‘असंख्य औषधीय गुण’ भएकाे तुलसी रोपेर चतुर्मास व्रतको आरम्भ गरिँदै

२०७६-३-२७ शुक्रबार

काठमाडौं । आज हरिशयनी एकादशी अर्थात ठूलो एकादशी । हिन्दू धर्ममा यस दिनलाई अति विशिष्ठ र महत्वका साथ हेर्ने र लिने गरिन्छ । आजको दिन नै घरघरमा तुलसी रोपेर आम हिन्दूहरुले चतुर्मास व्रतको आरम्भ गर्दै भगवान विष्णुको उपासना गर्ने गर्छन । भनिन्छ आजको दिनदेखि भगवान विष्णु चार महिनाका लागि क्षीर सागर सुत्न जानु हुन्छ ।...

Similar Posts

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

२०७६-३-२७ शुक्रबार

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त...

वर्षका कारण सिंहदरबारको पर्खाल भत्किदा सडक अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौं / केही दिन यता परिरहेको भारी वर्षका कारण सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको छ । पर्खाल भत्किएपछि अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । भूकम्पका बेला...

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

२०७६-३-२७ शुक्रबार

कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा...

त्रिभुवन विमानस्थल अनिश्चित कालका लागि बन्द : विदेशबाट आएका जहाज अवतरण नगरी फर्किए

२०७६-३-२७ शुक्रबार

यति एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरणका त्रममा चिप्लिएको छ । नेपालगञ्जबाट काठमाडौं आएको उक्त विमान अवतरणको क्रममा शुक्रबार बिहान चिप्लँदा २ जना घाईते भएका छन् । 9N अल्फा MM को उक्त जहाज अवतरणको क्रममा चिप्लिएर विमानस्थलको धावनमार्गबाट १५ मिटर पर पुगेको छ । विमानमा ६६ जना यात्रु र चार जना चालक दलका सदस्य सवार थिए...