प्रधानमन्त्री ओली स्वदेश फिर्ता

२०७६-२-१७ शुक्रबार

काठमान्डाैं / प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण सकी आज स्वदेश फिर्ता हुनु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भई उहाँ भारतको राजधानी नयाँ दिल्लीबाट अपराह्न ६ बजे स्वदेश फर्कनु भएको हो । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का महासचिव विष्णुप्रसाद पौडेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, सांसद, सुरक्षा निकायका प्रमुख, विशिष्ट श्रेणीका कर्मचारीलगायतले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

भारत सरकारले शपथ ग्रहण समारोहमा आमन्त्रित गरेका छिमेकी मुलुकका अतिविशिष्ट आठ अतिथिमध्ये प्रधानमन्त्री ओली एक हुनुहुन्छ । यसअघि सन् २०१४ मा भएको लोकसभाको निर्वाचनबाट मोदी पहिलो पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि आयोजित शपथ ग्रहण समारोहमा सार्क मुलुकका सरकार प्रमुखका हैसियतले तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सरिक हुनुभएको थियो ।

मोदीलाई रुद्राक्षको माला

प्रधानमन्त्री ओली र भारतका नवनियुक्त प्रधानमन्त्री मोदीबीच आजै अपराह्न नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको थियो । भेटवार्तामा उहाँहरूले पारस्परिक सम्बन्धलाई गतिशील एवं सुदृढ तुल्याउन दुवै देशबाट विगतमा भएका प्रयासका साथै समसामयिक विषयमा विचारविमर्श गर्नुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीको कार्यकालको सफलताको कामना गर्दै विशेष उपहारस्वरुप रुद्राक्षको माला प्रदान गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई भारतीय जनता पार्टी तथा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन ९एनडिए०ले लोकसभा निर्वाचनमा हासिल गरेको शानदार सफलताका साथै दोस्रो कार्यकालका निम्ति प्रधानमन्त्री हुनुभएकामा हार्दिक बधाइ ज्ञापन गर्दै प्रधानमन्त्री मोदीको कार्यकालको सफलताको कामना गर्नुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट बधाई सन्देश सुनाउँदै प्रधानमन्त्री मोदीको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । सोही अवसरमा राष्ट्रपति भण्डारीले नेपालको राजकीय भ्रमणका निम्ति भारतका राष्ट्रपतिलाई आमन्त्रण गर्नुभएको सन्देश पनि प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीमा प्रवाह गर्नुभयो । प्रधानमन्त्री ओली शपथ समारोहमा सहभागी हुन बिहीबार धर्मपत्नी राधिका शाक्यसहित नयाँ दिल्ली जानुभएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टादेखि अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चिप्लिएको यति एयरलाइन्सको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान सकस भएको छ । धावन मार्गमा विमान चिप्लिएका कारण झण्डै चार घण्टादेखि मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध रहेको छ । निरन्तरको प्रयासका बाबजुत पनि विमानलाई निकाल्न नसकिएको महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँले विमान...

विपद्बाट हुने क्षति रोक्न तीनै तहका सरकार ‘हाइ अलर्ट’

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन सक्रिय भएसँगै मुलुकमा विपद्बाट हुनसक्ने सम्भावित क्षति रोक्न तीनै तहका सरकार र सम्बद्ध निकाय ‘हाइ अलर्ट’को अवस्थामा रहेका छन् ।विपद जोखिम न्यूनीकरण, तत्काल उद्धार तथा राहतका लागि बाढीबाट प्रभावित मुलुकका २४४ स्थानलाई उच्च जोखिम क्षेत्र पहिचान गरी सरकारी क्षमताले भ्याएसम्मका तयारी गरिएको छ । मुलुकको पहाड र हिमाली क्षेत्र पहिरोको उच्च जोखिममा...

पूर्वी र मध्य भेगमा उच्च सतर्कता अपनाउन आग्रह : सबै नदीहरूमा बहाव उच्च

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसम विश्लेषणसम्बन्धी आज विषेश बुलेटिन जारी गर्दै मनसुन तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बद्ली रही धेरैजसो...

विराटनगरका अधिकांश स्थान डुबानमा : प्रदेशसभाको पानी मोटरले फालिदै ( तस्बिरहरू सहित )

२०७६-३-२७ शुक्रबार

विराटनगर / तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने सिंगिया खोलामा आएको बाढीले विराटनगर वडा नं १, २ र ८ का केही क्षेत्र आज बिहानदेखि डुबानमा परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–१ स्थित परोपकार...

ठाउँ ठाउँमा पहिरो : यात्रामा सास्ती

२०७६-३-२७ शुक्रबार

  बागलुङ / मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ । बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा...

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

२०७६-३-२७ शुक्रबार

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त...

Similar Posts

डुबानसँगै मोरङमा सात सय ५५ परिवार विस्थापित

२०७६-३-२७ शुक्रबार

माेरङ / केही दिनदेखि परिरहेको निरन्तरको वर्षासँगै घर डुबानमा परेपछि मोरङमा सात सय ५५ परिवारका विस्थापित भएका छन् । शुक्रबारसाँझ सम्ममा सात सय ५५ परिवारका ३५ सय भन्दा बढी जनसंख्या डुबानको चपेटामा परेर विस्थापित बनेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए । विराटनगर महानगरपालिका, बूढीगंगा, कटहरी, धनपालथान र जहदा गाउँपालिकाका धेरै जसो घर डुबानमा...

छोराले बिहे गर्न नमान्दा कुटिएका व्यक्तिको मृत्यु भएपछि तनाव, दुई जना वडा अध्यक्षसहित ७ जना विरुद्ध जाहेरी

२०७६-३-२७ शुक्रबार

माेरङ / छोराको बिहे गर्न नमान्दा २८ दिन अघि जनप्रतिनिधि समेतको संलग्नतामा कुटिएका एक व्यक्तिको मृत्यु भएपछि शुक्रबार विराटनगरको कोसी अस्पताल बाहिर अवस्था तनावग्रस्त बनेको छ । अस्पताल प्रवेश गर्ने ठाउँमै सडक अवरुद्ध पार्दै शव राखेर आफन्त प्रदर्शनमा उत्रिएपछि अवस्था तनावग्रस्त बनेको हो । बुवाले हेरेको केटीसँग छोराले बिहे गर्न नमान्दा जनप्रतिनिधिसमेतको उपस्थितिमा विराटनगर–१४ जतुवाका...

गर्धनमा बलले लागेर भारतीय क्रिकेटरको मृत्यु

२०७६-३-२७ शुक्रबार

खेलका दौरान गर्धनमा बल लागेर एक भारतीय युवा क्रिकेटरको ज्यान गएको छ । कस्मिरका यु–१९ क्रिकेटर जहाँगिर अहमद वार एक प्रतियोगिता खेलिरहेका थिए । बिहीबार गर्धनमा बल लागेपछि बेहोस भएका वारलाई अस्पताल लगिएको थियो तर अस्पतालले उनलाई मृत घोषित गर्यो । ११ कक्षामा पढ्ने जहाँगिर हालै यु–१९ क्रिकेट क्याटेगोरीमा छनोट भएका थिए । उनी बारामुला...

उर्लियो हनुमन्ते, भक्तपुरमा डुबान शुरु, प्रशासनद्धारा उच्च सतर्कता

२०७६-३-२७ शुक्रबार

  भक्तपुर / अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान शुरु भएको छ । हिजोदेखि नै परेको अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी खोलाभन्दा माथि आएपछि बस्तीमा पानी पस्न थालेको हो । हनुमन्तेमा बाढी उर्लिएपछि जिल्ला प्रशासन कार्यालयले हनुमन्ते नदी आसपासका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ भने नदी...