गुगलले एन्ड्रोइड अपडेट राेक्ने भएपछि हुवावे मोबाइलका ग्राहक बिच्किए, नेपालमा घट्यो व्यापार

२०७६-२-१७ शुक्रबार

काठमाडौं । एन्ड्रोइड सिस्टम निर्माता कम्पनी गुगलले विश्वकै दोस्रो ठूलो स्मार्टफोन उत्पादन गर्ने कम्पनी हुवावेविरुद्ध कदम चालेपछि हुवावेका ग्राहक बिच्किएका छन् । गुगलले हुवावे स्मार्ट फोनमा आफ्नो एन्ड्रोइड अपरेटिङ सिस्टमका सबै अपडेट रोक्ने निर्णय गरेसँगै हुवावेका ग्राहक घट्न थालेका हुन् । अमेरिका र चीनबीचको बढ्दो व्यापारिक द्वन्द्वसँगै चिनिया कम्पनी हुवावेविरुद्धका कदमहरु चालिन थालेका हुन् । अमेरिकाले हुवावेका उत्पादनप्रति कडा नीति लिएसँगै त्यसको असर हुवावेका उत्पादनमा पर्न थालेको छ । अमेरिकी सरकारले हुवावेको पहुँचलाई खुम्च्याउन गुगललाई अपडेट रोक्न दबावपूर्ण निर्देशन दिएको बताइन्छ । यसका कारण विश्वबजारमै हुवावे स्मार्टफोनको कारोबारमा कमी आउन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनपश्चात् अमेरिकामै मुख्यालय रहेको गुगलले हालै हुवावेको एन्ड्रोइड लाइसेन्स रद्द गरिसकेको छ । इन्टेल, क्वालकम, ब्रोडकम इन्फेनियनजस्ता चिप्स निर्माता कम्पनीले पनि हुवावेसँगको सम्झौता रद्द गरेका कारण हुवावे थप मारमा पर्ने देखिएको छ । तर चीनमै यी सिस्टम तथा चीप्स तयार गर्नुपर्ने बाध्यता रहेकोले हुवावेलगायत कम्पनीले निकट भविष्यमै विकल्प तयार गर्ने आँकलन समेत अन्तर्राष्ट्रिय बजारमा हुन थालेको छ ।

नेपालमा पनि हुवावे स्मार्टफोनको कारोबार पछिल्लो समय खस्किँदै गएकाे माेबाइल बिक्रेताहरु बताउँछन् । केही समयअघिसम्म हुवावेप्रति नेपाली मोबाइल प्रयोगकर्ताहरुको आकर्षण बढ्दै गएको थियो । तर गुगलको उल्लिखित निर्णयपछि भने हुवावेप्रतिको आकर्षण घटेको छ । ग्राहकले अहिले अन्य विकल्प खोज्न थालेका छन् । न्युरोड पाकोस्थित एक मोबाइल व्यवसायी भन्छन्, ‘पछिल्लो समय हुवावेका मोबाइल हेर्न आउने ग्राहक किन्न भने हिच्किचाउन थालेका छन् । हामी जवरजस्ती गर्न पनि सक्दैनौँ, ग्राहकले रुचाएकै ब्रान्ड बेच्ने हो ।’ उनका अनुसार गुगलका सबै फङ्सन चल्दैन भन्ने समाचार आएसँगै अहिले नेपाली मोबाइल प्रयोगकर्ताहरु हुवावेका स्मार्टफोन किन्न हच्किएका छन् ।

नेपालमा पछिल्लो समय हुवावेका ‘पी ३० प्रो’, ‘पी ३०’ र ‘पी ३० लाइट’ सबैभन्दा बढी रुचाइएका ब्राण्ड हुन् । यीमध्ये र्सवाधिक रचाइएको हुवावेको ‘पी ३० प्रो’ मोडेलका स्मार्टफोनको व्यापार हिजोआज घटेको छ । यस मोडेलको उत्कृष्ट क्यामेरा र सामान्य मोबाइलको भन्दा ५० गुणा बढी जुमलेन्स क्यामेरा भएकाले धेरैको रोजाइमा पथ्र्यो तर अहिले हेर्न आउने ग्राहक किन्न भने हच्किने गरेको ती व्यवसायीले सुनाए । यसको मूल्य नेपाली बजारमा १ लाख २० हजार हाराहारी पर्छ, यति महंगो मोबाइल किनेर पछि गुगलका अपडेटहरु काम नगर्ने भए फसिने डरले ग्राहक हच्किने गरेका हुन् ।

यद्यपि हुवावे हाल सार्वजनिक भएर बजारमा आएका तथा प्रयोगमा रहेका मोबाइल सेट चलाउन र खरिद बिक्रीमा भने कुनै समस्या नहुने एकथरीको विश्लेषण छ । गुगलले आफ्नो विश्व पहिचान र बजार हिस्सा खस्काउन नचाहने भएकाले पनि गुगलकै पहलमा यो समस्या समाधान हुनेमा चर्चा समेत छ । साभार श्राेतः न्यूज२४नेपाल

त्रिभुवन विमानस्थल अनिश्चित कालका लागि बन्द : विदेशबाट आएका जहाज अवतरण नगरी फर्किए

२०७६-३-२७ शुक्रबार

यति एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरणका त्रममा चिप्लिएको छ । नेपालगञ्जबाट काठमाडौं आएको उक्त विमान अवतरणको क्रममा शुक्रबार बिहान चिप्लँदा २ जना घाईते भएका छन् । 9N अल्फा MM को उक्त जहाज अवतरणको क्रममा चिप्लिएर विमानस्थलको धावनमार्गबाट १५ मिटर पर पुगेको छ । विमानमा ६६ जना यात्रु र चार जना चालक दलका सदस्य सवार थिए...

यस्तो गाउँ जहाँ छ महिना सबैको घरमा तालाचाबी लाग्छ

२०७६-३-२७ शुक्रबार

  रोल्पा / सुनछहरी गाउँपालिका–२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ । बस्तीमा घर छन् । तर, मानिस छैनन् । ‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा सरेका छौं’, चालवाङका ४९ वर्षीय थमन बुढामगर भन्छन्, ‘गाउँमा सबैको घरमा तालाचाबी लागेको छ ।’ २२ घरधुरी रहेको यो गाउँ ६ महिना रित्तो हुन्छ । बस्तीमुनि...

जलवायु परिवर्तन अव्यवस्थित शहरीकरण लेप्टोस्पाइरोसिस अनी रोकथामका उपाय ।

२०७६-३-२७ शुक्रबार

पृष्ठभुमीः लेप्टोस्पाइसीस पशुबाट मानीसमा सर्ने बढी प्रचलीत जीवाणुजन्य रोग मानीन्छ । विश्व स्वास्थ्य संगठनले उष्ण हावापानी भएको यो रोग कमै चासोमा पर्ने रोगका रुपमा पहिचान गरी यस्को विस्तृत प्राज्ञिक अध्ययन अनुसंधान एवं अभीलेखीकरण गर्नु पर्ने भनी औल्याइएको छ । यस रोगको स्थिती विश्वव्यापी रहेको मानिन्छ, जसले गर्दा यस रोगबाट बर्षेनी ३००००० देखि ५००००० लाख मानिस...

नजिकिँदै कांग्रेस–राजपा, सरकारविरुद्ध मोर्चाबन्दी तयारी

२०७६-३-२७ शुक्रबार

काठमान्डाैं / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी थालेका छन् । प्रतिपक्षी दुई दलका नेताहरूबीच सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न तहमा छलफल जारी छ । दुई पार्टीले विभिन्न अजेन्डा उठाएर केही दिनदेखि संयुक्त रुपमा सदन अवरुद्ध गर्दै आएका छन् । यसबाट सरकारविरुद्ध यी दुई दल...

काँक्रोको बिउ बेचेरै सवा करोड कमाउने किसान

२०७६-३-२७ शुक्रबार

काठमाडाै‌ । पर्वतको फलेबास नगरपालिका-११ मा पर्ने सानो गाउँ कर्नासमा यस वर्ष सवा करोड मूल्य बराबरको काँक्रोका बिउ उत्पादन गरेका छन्।व्यावसायिक रूपमा बिउ उत्पादन गर्दै आएका १ सय घरधुरी परिवारले १ करोड २० लाखभन्दा बढी मूल्य पर्ने काँक्रोको बिउ उत्पादन गरेका हुन्। कर्नासका कृषकले यस वर्ष ४ टनभन्दा बढी काँक्रोको बिउ उत्पादन गरेको स्थाानीय कृषक बाबुराम...

अकुत सम्पत्ति आर्जन गरेका जोशीको मुद्दा सर्वोच्चले हेर्न नभ्याउने !

२०७६-३-२७ शुक्रबार

काठमाडौं । विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका गोविन्दराज जोशीको मुद्दाको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा बुझाए पनि हेर्न नमिल्ने सूचीमा राखेको छ । पटक–पटक मुद्दा स्थगित र हेर्न नभ्याउने सूचीमा राख्दै आएको सो मुद्दा १२औं पटक हेर्न नमिल्ने सूचीमा राखिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले हेर्न नमिल्ने सूचीमा पेसी तोकेपछि सो मुद्दा अर्को महिनाका...

Similar Posts

ठाउँ ठाउँमा पहिरो : यात्रामा सास्ती

२०७६-३-२७ शुक्रबार

  बागलुङ / मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ । बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा...

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

२०७६-३-२७ शुक्रबार

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त...

वर्षका कारण सिंहदरबारको पर्खाल भत्किदा सडक अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौं / केही दिन यता परिरहेको भारी वर्षका कारण सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको छ । पर्खाल भत्किएपछि अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । भूकम्पका बेला...

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

२०७६-३-२७ शुक्रबार

कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा...