प्रदेशको गौरव आयोजनाका रुपम अघि बढ्दै ‘उपत्यका काठ चक्रपथ’

२०७६-२-१८ शनिबार

काठमान्डाैं / तीन नं प्रदेश सरकारले उपत्यकाका तीन जिल्ला र ३० वटा प्रदेश निर्वाचन क्षेत्र जोडने गरी काठमाडौँ उपत्यका चक्रपथ निर्माणलाई प्रदेश गौरवको आयोजनाका रुपमा अघि बढाएको छ । ‘उपत्यका काठ चक्रपथ’को लम्बाइ १३५ किमि हुने प्रारम्भिक अध्ययनले देखाएको छ । यसैगरी केन्द्र सरकारले तीन जिल्ला जोडिने गरी ७२ किमि लामो बाहिरी चक्रपथ निर्माण अघि बढाएको छ । चालू आर्थिक वर्षमा ‘उपत्यका काठ चक्रपथ’ को विस्तृत परियोजना प्रस्ताव निर्माण गर्न रु एक करोड २० लाख छुट्याइएको छ ।

यो चक्रपथ शङ्खरापुर नगरपालिकाको कार्कीगाउँ–कागेश्वरी मनोहरा नगरपालिकाको अधिकारी गाउँ–सातघट्टे–कटुवा–पुँवारगाउँ–फुयाँलगाउँ–गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजल–नयाँपाटी–पण्डितगाउँ–बालुवा–जगडोल–बूढानीलकण्ठ नगरपालिकाको चुनिखेल–चपली–बूढानीलकण्ठ–टोखा–झोर–काभ्रेस्थली–जीतपुर–पाँचमाने भञ्ज्याङ–मुड्खु भञ्ज्याङ–रानीवन–भीमढुङ्गा–रामकोट नर्सरी–पुलडोल हुँदै स्युचाटार निस्कनेछ । यसैगरी पुरानो नैकाप–दहचोक–थानकोट–मातातीर्थ–मच्छेगाउँ–कीर्तिपुर–बोसन–ललितपुरको खोकना–ललितघुम्ती–भक्तपुरको गुण्डु–सुडाल–तेलकोट भएर पुनःकाठमाडौँको पालुवारी–साँखु हुँदै कार्की गाउँमै जोडिने गरी अध्ययन गरिएको प्रादेशिक भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

प्रारम्भिक अध्ययनअनुसार १३५ किमि काठ चक्रपथमध्ये शङ्खरापुर नगरपालिकाबाट कागेश्वरी मनोहरा नगरपालिका हुँदै गोकर्णेश्वर नगरपालिकासम्मको २५ किमिको विस्तृत परियोजना प्रस्ताव (डिपिआर) तयार भएको उक्त मन्त्रालयका इञ्जिनीयर पुण्यराम सुलुले राससलाई जानकारी दिनुभयो । बाँकी ११० किमि बाटोका लागि सम्भाव्यता अध्ययन भइरहेको पनि उहाँले बताउनुभयो । उपत्यकाका डाँडा छुने गरी काठ क्षेत्रलाई समेटेर चक्रपथ निर्माण गर्ने योजना विसं २०४९ मा जिल्ला विकास समितिले नै अघि सारेको प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले बताउनुभयो ।

“विसं २०४९ मा पहिलो जिल्ला परिषद्ले यो योजना अघि सारेको थियो । तात्कालिन जिविस सभापति चित्रबहादुर केसी, उपसभापति नारायण ढकाल र म साविकको आलापोट गाविस अध्यक्ष हुँदा नै यो चक्रपथको प्रस्ताव गरेका थियौँ, परिषद्ले पारित गरेपनि विविध कारणले यसको काम अघि बढ्न सकेको थिएन, प्रदेश सरकारले हाल यसलाई प्रदेश गौरवको आयोजनाका रुपमा अघि बढाउन प्रस्ताव गरेअनुसार काम भइरहेको छ”, उहाँले भन्नुभयो । यो मार्गको निर्माणपछि उपत्यकाका डाँडामा रहेका पर्यटकीय क्षेत्रको समेत प्रचारप्रसार भई पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । पर्यटन व्यवसायी इन्द्र लामा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जलगायत क्षेत्रमा केबलकार निर्माण गर्न पनि काठ चक्रपथको पूर्वाधारले सहयोग पुग्ने बताउनुभयो ।

काठ चक्रपथ निर्माणका लागि सडकको केन्द्रबिन्दुबाट दुवैतिर पाँच÷पाँच मिटर जग्गा लिइने गरी मापदण्ड तोकिएको छ । सरकारले जग्गाको मुआब्जा तिर्न नसक्ने भएकाले जग्गा दिन नचाहने धनीको ठाउँका सडक निर्माण रोकिनेछ । यस्तो अवस्थामा प्राविधिक रुपमा सम्भव भएसम्म अर्को स्थानबाट सडक लैजाने समेत तयारी गरिएको छ ।

काठ उपत्यका चक्रपथले राजधानीमै रहेरसमेत बत्तीमुनिको अँध्यारो बनेको डाँडाकाँडा क्षेत्रको विकासमा सहयोग पु¥याउने छ । यसले यहाँका जनताको जीवनस्तर उठाउन सहयोग गर्नेछ । डेढ दशक अघिदेखि नै चर्चामा रहेको बाहिरी चक्रपथ शुरु हुन नसकेका बेला काठ उपत्यका चक्रपथ शुरु गरेर ठूला योजना अलपत्र हुनसक्नेतर्फ कसैको ध्यान नगएको केही विश्लेषणको भनाइ छ । बूढानीलकण्ठ जगडोलवासी त्रिलोचन पौडेल भने केन्द्रीय सरकारले बाहिरी र प्रदेश सरकारले काठ उपत्यका चक्रपथलाई प्राथमिकताका साथ अघि बढाए राजधानीमा बढ्दै गएको जनसङ्ख्याको चापलाई व्यवस्थित गर्न सहयोग पुग्ने बताउनुभयो । बाहिरी चक्रपथ ७२ किमी लामोे हुने जनाइएको छ ।

यसअघि चीन सरकारको सहयोगमा निर्माण भएको २८ किमिको चक्रपथ बाहिर बस्ती बढेर शहर विकास भइसकेकाले बाहिरी र काठ उपत्यका चक्रपथ राजधानी शहरमा बसाइँसराई गर्नेहरूका लागि व्यवस्थापन गर्न दूरगामी सोच हुने प्रदेशसभा सदस्य फुयाँलको ठम्याइ थियो । हाल नगरपालिका घोषणा गरिसकिएको काठमाडौँ, भक्तपुर र ललितपुरका ग्रामीण भागका अधिकांश जग्गा खण्डीकरण भएर कतिपय ठाउँमा त धमाधम आवास निर्माण भइरहेको छ । देश सङ्घीयतामा गए पनि काठमाडौँ उपत्यकामै घरवास जोड्ने मानिसको चाहना अझै कम नभएको पाइन्छ ।

ठाउँ ठाउँमा पहिरो : यात्रामा सास्ती

२०७६-३-२७ शुक्रबार

  बागलुङ / मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ । बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा...

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

२०७६-३-२७ शुक्रबार

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त...

वर्षका कारण सिंहदरबारको पर्खाल भत्किदा सडक अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौं / केही दिन यता परिरहेको भारी वर्षका कारण सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको छ । पर्खाल भत्किएपछि अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । भूकम्पका बेला...

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

२०७६-३-२७ शुक्रबार

कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा...

त्रिभुवन विमानस्थल अनिश्चित कालका लागि बन्द : विदेशबाट आएका जहाज अवतरण नगरी फर्किए

२०७६-३-२७ शुक्रबार

यति एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरणका त्रममा चिप्लिएको छ । नेपालगञ्जबाट काठमाडौं आएको उक्त विमान अवतरणको क्रममा शुक्रबार बिहान चिप्लँदा २ जना घाईते भएका छन् । 9N अल्फा MM को उक्त जहाज अवतरणको क्रममा चिप्लिएर विमानस्थलको धावनमार्गबाट १५ मिटर पर पुगेको छ । विमानमा ६६ जना यात्रु र चार जना चालक दलका सदस्य सवार थिए...

यस्तो गाउँ जहाँ छ महिना सबैको घरमा तालाचाबी लाग्छ

२०७६-३-२७ शुक्रबार

  रोल्पा / सुनछहरी गाउँपालिका–२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ । बस्तीमा घर छन् । तर, मानिस छैनन् । ‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा सरेका छौं’, चालवाङका ४९ वर्षीय थमन बुढामगर भन्छन्, ‘गाउँमा सबैको घरमा तालाचाबी लागेको छ ।’ २२ घरधुरी रहेको यो गाउँ ६ महिना रित्तो हुन्छ । बस्तीमुनि...

Similar Posts

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टादेखि अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चिप्लिएको यति एयरलाइन्सको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान सकस भएको छ । धावन मार्गमा विमान चिप्लिएका कारण झण्डै चार घण्टादेखि मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध रहेको छ । निरन्तरको प्रयासका बाबजुत पनि विमानलाई निकाल्न नसकिएको महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँले विमान...

विपद्बाट हुने क्षति रोक्न तीनै तहका सरकार ‘हाइ अलर्ट’

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन सक्रिय भएसँगै मुलुकमा विपद्बाट हुनसक्ने सम्भावित क्षति रोक्न तीनै तहका सरकार र सम्बद्ध निकाय ‘हाइ अलर्ट’को अवस्थामा रहेका छन् ।विपद जोखिम न्यूनीकरण, तत्काल उद्धार तथा राहतका लागि बाढीबाट प्रभावित मुलुकका २४४ स्थानलाई उच्च जोखिम क्षेत्र पहिचान गरी सरकारी क्षमताले भ्याएसम्मका तयारी गरिएको छ । मुलुकको पहाड र हिमाली क्षेत्र पहिरोको उच्च जोखिममा...

पूर्वी र मध्य भेगमा उच्च सतर्कता अपनाउन आग्रह : सबै नदीहरूमा बहाव उच्च

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसम विश्लेषणसम्बन्धी आज विषेश बुलेटिन जारी गर्दै मनसुन तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बद्ली रही धेरैजसो...

विराटनगरका अधिकांश स्थान डुबानमा : प्रदेशसभाको पानी मोटरले फालिदै ( तस्बिरहरू सहित )

२०७६-३-२७ शुक्रबार

विराटनगर / तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने सिंगिया खोलामा आएको बाढीले विराटनगर वडा नं १, २ र ८ का केही क्षेत्र आज बिहानदेखि डुबानमा परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–१ स्थित परोपकार...