मकालु हिमाल आरोहण गर्न आउने पर्यटकको संख्या बढ्यो

२०७६-२-२३ विहिबार

संखुवासभा / विश्वको पाँचौ अग्लो मकालु हिमाल र मकालु वरुण राष्ट्रिय निकुञ्ज भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा वृद्धि भएको छ । गएको वर्षको तुलनामा यो बर्ष मकालु हिमाल आरोहण गर्न आउने र मकालु बरुण राष्ट्रिय निकुञ्ज अध्ययन र भ्रमणका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकहरु ८० प्रतिशतले बढेको हो । देशमा शान्ति सुरक्षाको सुव्यवस्था, स्थानीय बाटोघाटो र मुख्य सडकको अवस्था सुधार भएपछि बर्सेनि पर्यटकहरु बढ्न थालेको मकालु बरुण राष्टिय निकुञ्जका सूचना अधिकारी हिमाल पाठकले बताए।

उनका अनुसार, गएको आर्थिक वर्ष ०७४/७५ मा सार्क क्षेत्रबाट ४१ जना र त्यसबाहेक अन्य विदेशीहरु एक हजार २ सय ११ जना गरी कुल एक हजार दुई सय ५२ जना पर्यटकहरु आएका थिए । त्यसको तुलनामा आर्थिक वर्षको १० महिनामा नै ८० प्रतिशतले पर्यटकहरु आउने क्रम बृद्धि भएको हो । आर्थिक वर्ष ०७५÷७६ को बैशाख सम्मको १० महिनामा मात्रै २ हजार ६९ जना पर्यटकहरु हिमाल आरोहण गर्न र मकालु वरुण राष्ट्रिय निकुञ्जमा अध्ययन र भ्रमणका लागि भित्रिएका छन् ।

जसमा सार्क क्षेत्रबाट एक सय ४ जना, नेपाली दुई सय ४६ जना र विदेशी एक हजार ७ सय १९ जना गरि कुल दुई हजार ६९ जना स्वदेशी तथा विदेशी पर्यटकहरु आएको सूचना अधिकारी पाठकले जानकारी दिए।

यो वर्षदेखि आन्तरिक पर्यटक नेपालीहरुलाई समेत मकालु वरुण निकुञ्ज र मकालु बेसक्याम्प जाँदा प्रतिब्यक्ति एक सय रुपैया कर तिर्नुपर्ने नियम बनाइएको छ । अघिल्लो बर्षसम्म नेपालीहरुलाई कर लिने गरेको थिएन । सार्क क्षेत्रमा पर्ने नेपाल बाहेकका ७ वटा देशहरु भारत, चीन, पाकिस्थान, भुटान, श्रीलंका, माल्दिभस र बंगलादेशका नागरिकहरुलाई प्रतिब्यक्ति एक हजार पाँच सय रुपैयाँ र सार्क बाहेकका विदेशीहरुलाई प्रतिब्यक्ति तीन हजार रुपैयाँ कर लिने गरेको निकुञ्जका सूचना अधिकारी पाठकले बताए । उनका अनुसार, मकालु वरुण राष्टिय निकुञ्जको मुख्य ५ वटा हटिया, ताम्कु, बुङ र मेरापिकमा रहेको सेक्टरहरुबाट पर्यटकहरुले अनुमति लिने गरेका छन् । स्वदेशी तथा विदेशी पर्यटकहरुको आगमनको तथ्याङ्क संकलन गरी मन्त्रालय र विभागमा प्रत्येक महिना डाटा पठाउने गरेको पाठकले बताए ।

मकालु बरुण राष्टिय निकुञ्जमा चोरीसिकारी र निकासीलगायतका गतिविधिहरु नियन्त्रण गर्न ५ वटा मुख्य सेक्टर र १३ वटा पोष्ट खडा गरिएको छ । सेक्टर र पोष्टहरुले मात्रै मकालु वरुण निकुञ्जमा हुने चोरीसिकारी र निकासी नियन्त्रण हुन नसकेको भन्दै करिब तीन वर्ष अघिदेखि मात्रै सिलिचोङ गाउँपालिकाको ताम्कु र मकालु गाउँपालिकाको हेदाङ्गनामा नेपाली सेनाको क्याम्प समेत स्थापना गरी निकुञ्जको सुरक्षाको लागि खटाइएको छ ।

मकालु वरुण राष्ट्रिय निकुञ्जमा मात्रै चार सयभन्दा बढि प्रजातिका पुतली, लोपोन्मुख काँडेभ्याकुर, अन्य विभिन्न लोपोन्मुख जीवजन्तु र हिमाली कालो भालु समेत रहेको बताइएको छ । मकालु वरुण राष्टिय निकुञ्ज क्षेत्रभित्र नै विश्वको पाँचौ अग्लो मकालु हिमाल समेत पर्दछ । यहाँका आउनुको मुख्य आकर्षणहरु मकालु बेसक्याम्पबको सौन्दर्य र मकालु हिमाल आरोहण त्यसका साथै विभिन्न जीवजन्तुहरुको भ्रमण र अध्ययन नै हो । विदेशीहरु महिनौ दिन सम्म मकालु निकुञ्ज भित्र अध्ययन र भ्रमणका लागी बस्ने गरेको समेत सूचना अधिकारी पाठकले बताए ।

अधिकांश विदेशी पर्यटकहरु तुम्लिङटार विमानस्थलमा जहाजबाट ओर्लिएर डाँडाकाँडा, पहाड भञ्जाङ र गाउँबेशीको दृश्यावलोकन गर्दै पैदल नै जाने गर्दछन् । भने कतिपय पर्यटकहरु चाँही तुम्लिङटारबाट सिधै गाडीमा नुमसम्म पुग्ने गरेका छन् । नुमबाट माथि मकालु बेसक्याम्प र मकालु वरुण निकुञ्ज जानलाई पैदल मार्ग जानु पर्ने हुन्छ ।

यस्तो गाउँ जहाँ छ महिना सबैको घरमा तालाचाबी लाग्छ

२०७६-३-२७ शुक्रबार

  रोल्पा / सुनछहरी गाउँपालिका–२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ । बस्तीमा घर छन् । तर, मानिस छैनन् । ‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा सरेका छौं’, चालवाङका ४९ वर्षीय थमन बुढामगर भन्छन्, ‘गाउँमा सबैको घरमा तालाचाबी लागेको छ ।’ २२ घरधुरी रहेको यो गाउँ ६ महिना रित्तो हुन्छ । बस्तीमुनि...

जलवायु परिवर्तन अव्यवस्थित शहरीकरण लेप्टोस्पाइरोसिस अनी रोकथामका उपाय ।

२०७६-३-२७ शुक्रबार

पृष्ठभुमीः लेप्टोस्पाइसीस पशुबाट मानीसमा सर्ने बढी प्रचलीत जीवाणुजन्य रोग मानीन्छ । विश्व स्वास्थ्य संगठनले उष्ण हावापानी भएको यो रोग कमै चासोमा पर्ने रोगका रुपमा पहिचान गरी यस्को विस्तृत प्राज्ञिक अध्ययन अनुसंधान एवं अभीलेखीकरण गर्नु पर्ने भनी औल्याइएको छ । यस रोगको स्थिती विश्वव्यापी रहेको मानिन्छ, जसले गर्दा यस रोगबाट बर्षेनी ३००००० देखि ५००००० लाख मानिस...

नजिकिँदै कांग्रेस–राजपा, सरकारविरुद्ध मोर्चाबन्दी तयारी

२०७६-३-२७ शुक्रबार

काठमान्डाैं / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी थालेका छन् । प्रतिपक्षी दुई दलका नेताहरूबीच सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न तहमा छलफल जारी छ । दुई पार्टीले विभिन्न अजेन्डा उठाएर केही दिनदेखि संयुक्त रुपमा सदन अवरुद्ध गर्दै आएका छन् । यसबाट सरकारविरुद्ध यी दुई दल...

काँक्रोको बिउ बेचेरै सवा करोड कमाउने किसान

२०७६-३-२७ शुक्रबार

काठमाडाै‌ । पर्वतको फलेबास नगरपालिका-११ मा पर्ने सानो गाउँ कर्नासमा यस वर्ष सवा करोड मूल्य बराबरको काँक्रोका बिउ उत्पादन गरेका छन्।व्यावसायिक रूपमा बिउ उत्पादन गर्दै आएका १ सय घरधुरी परिवारले १ करोड २० लाखभन्दा बढी मूल्य पर्ने काँक्रोको बिउ उत्पादन गरेका हुन्। कर्नासका कृषकले यस वर्ष ४ टनभन्दा बढी काँक्रोको बिउ उत्पादन गरेको स्थाानीय कृषक बाबुराम...

अकुत सम्पत्ति आर्जन गरेका जोशीको मुद्दा सर्वोच्चले हेर्न नभ्याउने !

२०७६-३-२७ शुक्रबार

काठमाडौं । विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका गोविन्दराज जोशीको मुद्दाको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा बुझाए पनि हेर्न नमिल्ने सूचीमा राखेको छ । पटक–पटक मुद्दा स्थगित र हेर्न नभ्याउने सूचीमा राख्दै आएको सो मुद्दा १२औं पटक हेर्न नमिल्ने सूचीमा राखिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले हेर्न नमिल्ने सूचीमा पेसी तोकेपछि सो मुद्दा अर्को महिनाका...

आज हरिशयनी एकादशी : ‘असंख्य औषधीय गुण’ भएकाे तुलसी रोपेर चतुर्मास व्रतको आरम्भ गरिँदै

२०७६-३-२७ शुक्रबार

काठमाडौं । आज हरिशयनी एकादशी अर्थात ठूलो एकादशी । हिन्दू धर्ममा यस दिनलाई अति विशिष्ठ र महत्वका साथ हेर्ने र लिने गरिन्छ । आजको दिन नै घरघरमा तुलसी रोपेर आम हिन्दूहरुले चतुर्मास व्रतको आरम्भ गर्दै भगवान विष्णुको उपासना गर्ने गर्छन । भनिन्छ आजको दिनदेखि भगवान विष्णु चार महिनाका लागि क्षीर सागर सुत्न जानु हुन्छ ।...

Similar Posts

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

२०७६-३-२७ शुक्रबार

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त...

वर्षका कारण सिंहदरबारको पर्खाल भत्किदा सडक अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौं / केही दिन यता परिरहेको भारी वर्षका कारण सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको छ । पर्खाल भत्किएपछि अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । भूकम्पका बेला...

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

२०७६-३-२७ शुक्रबार

कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा...

त्रिभुवन विमानस्थल अनिश्चित कालका लागि बन्द : विदेशबाट आएका जहाज अवतरण नगरी फर्किए

२०७६-३-२७ शुक्रबार

यति एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरणका त्रममा चिप्लिएको छ । नेपालगञ्जबाट काठमाडौं आएको उक्त विमान अवतरणको क्रममा शुक्रबार बिहान चिप्लँदा २ जना घाईते भएका छन् । 9N अल्फा MM को उक्त जहाज अवतरणको क्रममा चिप्लिएर विमानस्थलको धावनमार्गबाट १५ मिटर पर पुगेको छ । विमानमा ६६ जना यात्रु र चार जना चालक दलका सदस्य सवार थिए...