के पत्रकारले अडियो ईडिट गरेकै हुन ? ईटहरीका मेयरको किन भयो हाइहाई ?

२०७६-२-२५ शनिबार

इटहरी । केहीसाता यता ईटहरीको एउटा घटनाले देश तथा बिदेशमा समेत निक्कै चर्चा पाएको छ । त्यो हो मेयर द्धारिकलाल चौधरी र पत्रकार बिराट अनुपम बिचको फोनबार्ता । प्रायजसो त्यो फोन धेरैले सुनिसकेका छन तर फोन संवादको भित्री पाटो कमैलाई थाह हुन सक्छ । आज हामी सोही बिषयमा चर्चा गर्नु उपयुत्त ठान्छौँ ।

घटनाको चर्चा गर्नुअघि यो घटना कसरी शुरु भयो भन्ने बिषयको चुरो कुरो बुझनु जरुरी छ । धेरै कुरा मेयर चौधरीले बिभिन्न अन्तरबार्तामा भनिसकेका छन । उनको कुरालाई आधार मान्ने हो भने अनुपम लगायत केही पत्रकार र केही मिडियो उनी सँग शुरुदेखि नै असन्तुष्ट थिए । उनीहरुको माग पुरा गर्न नसक्दा केही भ्रष्टचारीहरु समेतको समुह बनाई उनीहरु हात नै धोएर लागेका थिए । उनले उल्लेख गरेका नाम यहाँ उल्लेख गर्नु उपर्युत छैन । किनकी मेयर साबले आफुलाई बायस गरे भन्दा कतै ब्यत्तिगत रुपमा उनीहरु पनि बायसमा परेका हुन की उनीहरुको जवाफ नआई यसै भन्न नसकिएला । एउटा मेयर भएपछि सबैको उनीमाथी नजर र निगरानी हुनु स्वभाविक पनि हो ।

दुई कार्यकाल हाँसपोसा गाबिसको अध्यक्ष समेत भएका चौधरीको बिगत कही कतै गलत काममा समाबेश भएको प्रायजसो भेटिँदैन । अन्जानमा कहिँ कतै भएको छ भने दैव जानुन् । उनले पत्रुकार र चाटुकार भनेका पत्रकार अनुपमले पनि कहिँ कतैबाट ब्यत्तिगत लाभ लिएको बिषय खासै भेटिएको छैन । भलै उनी स्वभावका हिसावले हक्की र छुच्चो भने पक्कै हुन । तर उनको पत्रकारितामा मेयरले आरोप लगाएजस्तो ठयाक्कै प्रमाणित हुने कुरा भने पाइँदैन । बिवाद कहाँबाट शुरु भयो भन्ने बिषयमा हालीले यसअघि पनि उल्लेख गरेका छौँ तसर्थ त्यतातिर नजाऔँ । पछिल्ला घटनाक्रमका बारेमा मात्र चर्चा गरौँ ।

केहीसाता यता कर्मचारीलाई कुटपिट,पत्रकारलाई दुब्र्यबहार र धम्की दिएको आरोप लागेका ईटहरीका मेयर चौधरीलाई बिराटनगर एअरपोर्टमा भब्य स्वागत गरिएकोे छ । शुक्रबार साँझ विराटनगर विमानस्थलमा ओर्लिदा उनलाई स्वागत गर्न इटहरीका युवाहरु पुगेका थिए । उनिहरुले मेयर चौधरीको भब्य स्वागत गरे । भ्रष्टाचार विरुद्दको अभियानमा हामी साथ छौं भन्ने आशयका ब्यानर सहित पुगेका युवाहरुले स्वागत गर्नुका साथै मेयरको जयजकार गरे ।

सहभागीहरुले भ्रष्टाचार नियन्त्रणमा मेयरको अडानको प्रसंसा गरेका थिए । युवाहरुले जथाभावी समाचार लेख्न पाइदैन भ्रष्ट कर्मचारी चाहिदैन भन्दै नारावाजीसमेत गरेका थिए । पत्रकारलाई कुट्ने धम्की दिएका मेयर चौधरीको आलोचना पत्रकारहरुबाट भैरहदा एउटा जमात भने उनको भ्रष्टाचार विरोधी गतिविधिको पक्षमा देखिएको छ । केहीदिन यता सामाजिक सञ्जाल लगायत स्थानीयस्तरमा मेयरको पक्षमा जनमत देखिएको छ ।

पछिल्लो मेयरले उठाएको भ्रष्टचार बिरोधी अभियानमा भने प्रशस्त जनमत देखिएको छ । उनको प्रशंषा गर्नेको लर्को समेत देखिन्छ । उनको सो अभियानमा हाम्रो पनि साथ छ । तरपनि समाचारको बिषयमा पत्रकारलाई धम्की दिने र थर्काउने काम भने गलत हो र यसलाई हामी गलत नै भनिरहने छौँ । सामाजिक सञ्जालमा र बाहिरपनि मेयरको पक्षमा बनेको जनमत पत्रकारलाई थर्काएको बिषयमा होईन यो जनमत भ्रष्टचार र खराब आचरण भएका ब्यत्तिहरुका बिरुद्ध उनले उठाएको मुद्धाको बिषयको जनमत हो ।

तसर्थ मेयरले यो कुरा बुझनु जरुरी छ । भलै पत्रकार गलत रहेछन भनेपनि मेयर चौधरी ईटहरीका अभिभावक हुन । उनले आफना सन्तान झै सम्झेर,सम्झाएर एकपटक माफी दिनुपर्छ,केही हल्ला समेत चलेको छ पत्रकारले शुरुमा गाली गरेको तर सोही अडियो चाँहि हटाएर (ईडिट) सम्पादन गरी मेयरले गाली गरेको मात्र राखिएको छ भनेर यदि यो कुरा साँच्चो हो भने पत्रकारले पनि आत्मालोचना गर्नुपर्छ । यदि मेयरले मात्र धम्की दिएका हुन भने उनले अलिकति पनि सानो मन नबनाई आत्मालोचना गर्नुपर्छ ।

यस्ताे छ ईटहरीका पत्रकार र मेयर द्धारिकलाल चौधरी बिच जुहारीको नालीबेली ! पत्रकार गलत कि मेयर ?

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

२०७६-३-२७ शुक्रबार

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त...

वर्षका कारण सिंहदरबारको पर्खाल भत्किदा सडक अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौं / केही दिन यता परिरहेको भारी वर्षका कारण सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको छ । पर्खाल भत्किएपछि अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । भूकम्पका बेला...

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

२०७६-३-२७ शुक्रबार

कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा...

त्रिभुवन विमानस्थल अनिश्चित कालका लागि बन्द : विदेशबाट आएका जहाज अवतरण नगरी फर्किए

२०७६-३-२७ शुक्रबार

यति एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरणका त्रममा चिप्लिएको छ । नेपालगञ्जबाट काठमाडौं आएको उक्त विमान अवतरणको क्रममा शुक्रबार बिहान चिप्लँदा २ जना घाईते भएका छन् । 9N अल्फा MM को उक्त जहाज अवतरणको क्रममा चिप्लिएर विमानस्थलको धावनमार्गबाट १५ मिटर पर पुगेको छ । विमानमा ६६ जना यात्रु र चार जना चालक दलका सदस्य सवार थिए...

यस्तो गाउँ जहाँ छ महिना सबैको घरमा तालाचाबी लाग्छ

२०७६-३-२७ शुक्रबार

  रोल्पा / सुनछहरी गाउँपालिका–२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ । बस्तीमा घर छन् । तर, मानिस छैनन् । ‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा सरेका छौं’, चालवाङका ४९ वर्षीय थमन बुढामगर भन्छन्, ‘गाउँमा सबैको घरमा तालाचाबी लागेको छ ।’ २२ घरधुरी रहेको यो गाउँ ६ महिना रित्तो हुन्छ । बस्तीमुनि...

जलवायु परिवर्तन अव्यवस्थित शहरीकरण लेप्टोस्पाइरोसिस अनी रोकथामका उपाय ।

२०७६-३-२७ शुक्रबार

पृष्ठभुमीः लेप्टोस्पाइसीस पशुबाट मानीसमा सर्ने बढी प्रचलीत जीवाणुजन्य रोग मानीन्छ । विश्व स्वास्थ्य संगठनले उष्ण हावापानी भएको यो रोग कमै चासोमा पर्ने रोगका रुपमा पहिचान गरी यस्को विस्तृत प्राज्ञिक अध्ययन अनुसंधान एवं अभीलेखीकरण गर्नु पर्ने भनी औल्याइएको छ । यस रोगको स्थिती विश्वव्यापी रहेको मानिन्छ, जसले गर्दा यस रोगबाट बर्षेनी ३००००० देखि ५००००० लाख मानिस...

Similar Posts

विपद्बाट हुने क्षति रोक्न तीनै तहका सरकार ‘हाइ अलर्ट’

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन सक्रिय भएसँगै मुलुकमा विपद्बाट हुनसक्ने सम्भावित क्षति रोक्न तीनै तहका सरकार र सम्बद्ध निकाय ‘हाइ अलर्ट’को अवस्थामा रहेका छन् ।विपद जोखिम न्यूनीकरण, तत्काल उद्धार तथा राहतका लागि बाढीबाट प्रभावित मुलुकका २४४ स्थानलाई उच्च जोखिम क्षेत्र पहिचान गरी सरकारी क्षमताले भ्याएसम्मका तयारी गरिएको छ । मुलुकको पहाड र हिमाली क्षेत्र पहिरोको उच्च जोखिममा...

पूर्वी र मध्य भेगमा उच्च सतर्कता अपनाउन आग्रह : सबै नदीहरूमा बहाव उच्च

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसम विश्लेषणसम्बन्धी आज विषेश बुलेटिन जारी गर्दै मनसुन तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बद्ली रही धेरैजसो...

विराटनगरका अधिकांश स्थान डुबानमा : प्रदेशसभाको पानी मोटरले फालिदै ( तस्बिरहरू सहित )

२०७६-३-२७ शुक्रबार

विराटनगर / तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने सिंगिया खोलामा आएको बाढीले विराटनगर वडा नं १, २ र ८ का केही क्षेत्र आज बिहानदेखि डुबानमा परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–१ स्थित परोपकार...

ठाउँ ठाउँमा पहिरो : यात्रामा सास्ती

२०७६-३-२७ शुक्रबार

  बागलुङ / मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ । बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा...