नेपालमा अध्यात्म पर्यटनको खोजी

२०७६-२-२५ शनिबार

काठमाडौँ / विश्वलाई आकर्षित गर्ने सर्वोच्च शिखर सगरमाथासहित अन्नपूर्ण, कञ्चनजङ्घा, लाङटाङ, मनास्लुलगायतका हिमशृङ्खला तथा पदयात्रा नेपालको पर्यटकीय आकर्षण हुन् । अर्कोतर्फ अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता र सांस्कृतिक सम्पदा आदिले नेपाल पर्यटनको उत्कृष्ट गन्तव्य रहँदै आएको छ । नेपालको प्राकृतिक, भौगोलिक, सांस्कृतिक, पुरातात्विक सम्पदा मात्र हैन, जैविक विविधता, स्थानीय जनजीवन, जाति तथा समुदायको रहनसहन पर्यटकीय आकर्षण बनिरहेका छन् ।

नेपालमा साहसिक पर्यटनमात्र हैन अध्यात्म पर्यटन ‘स्प्रिचुवल टुरिज्म’ को सम्भावनालाई उजागर गर्ने प्रयास पनि थालिएको छ । हिमालयको देश नेपाल आफैँमा अध्यात्म पर्यटनको उपयुक्त थलो हो । ऋषिमुनिले तपस्या गरेको, पवित्र धार्मिक तीर्थस्थल अध्यात्म पर्यटनलाई पहिचान गराउने आधार हुन् । त्यसैले, नेपाललाई एकै प्रकारको पर्यटन मात्र हैन विविध पर्यटकीय सम्भावनालाई विश्व बजारमा प्रस्तुत गर्न यस पटक अन्तर्राष्ट्रिय रुपमा अध्यात्म पर्यटनको अवधारणा अघि सारिएको छ ।नेपाली पर्यटन क्षेत्रकै सबैभन्दा ठूलो इभेन्टका रुपमा लिइने हिमालयन ट्राभल मार्टको तेस्रो संस्करणको जारी सम्मेलनमा अध्यात्म पर्यटनको विषयलाई विशेष प्राथमिकताका साथ छलफल गरिएको छ ।

यही जेठ २३ देखि काठमाडौँमा शुरु भएको मार्टमा अध्यात्म पर्यटनबारे छिमेकी मुलुक भारत तथा भुटानजस्ता मुलुकबाट प्रसिद्ध धर्मगुरुले प्रवचन दिनुका साथै अध्यात्म पर्यटनलाई कसरी स्थापित गराउने भन्नेबार बहस चलाइएको छ । सम्मेलनको मुख्य शत्र शुक्रबार अध्यात्म पर्यटनबारे अन्तरदेशीय छलफल गरिएको छ । ‘स्प्रिचुवालिटी फ्रम टप अफ दी वल्र्ड’, ‘स्प्रिचुवल टुरिजम इन दी हिमालय’ शिर्षकमा विज्ञहरु एलबी भानु शर्मा, वैद्यधारा आचार्य, महायोगी श्रीधर राना रिम्पोचेले अध्यात्म पर्यटन र नेपालको सम्भावनाबारे प्रस्तुति गर्नुभएको थियो । चर्चित भारतीय अध्यात्म गुरु श्री शिभकृपानन्द स्वामीले विशेष प्रवचन दिनुभएको थियो ।

कार्यक्रमको संयोजन गर्नुभएका पूर्व पर्यटनसचिव दीपेन्द्र पुरुष ढकालले अध्यात्म पर्यटनको पनि नेपालमा अपार सम्भावना छ र विश्वले यस क्षेत्रबाट अर्बौं आम्दानी गरिरहेको सन्दर्भमा नेपाललाई कसरी यसतर्फ लैजाने भनेर छलफल गरिएको जानकारी दिनुभयो ।अन्य क्षेत्रजस्तै अध्यात्म पर्यटनबाट पनि नेपालले धेरै पर्यटकलाई आकर्षण गर्न सक्ने भएकाले सोहीअनुरुपका प्रवद्र्धनात्मक गतिविधिलाई प्राथमिकतामा राखेर प्रचार गर्न जरुरी भएको उहाँले उल्लेख गर्नुभयो ।“यस पटक विशेष गरी लिटीबाट पनि टुरिज्मको क्षेत्र ठूलो छ, मान्छेले अर्बो डलरको व्यापार गरेको विश्व उदाहरण प्रस्तुत भएको छ । त्यसकारण यसबाट पनि धेरै पर्यटक भित्र्याउन सकिन्छ विश्वको अनुभवलाई सिक्ने अवसर सम्मेलनले दिएको छ, यसलाई व्यवसायसँग गाभेर दिगो पर्यटनको लक्ष्य हासिल गर्न बाटो खुलेको छ”, पूर्वसचिव ढकालले भन्नुभयो । सम्मेलनमा उत्तरदायित्वपूर्ण पर्यटन तथा दिगो पर्यटनलाई विश्वव्यापी रुपमै कसरी स्थापित गराउने भन्नेबारे छलफल गरिएको छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यस पटकको मार्टको साहसिक पर्वतीय गन्तव्य भन्दापनि अध्यात्म पर्यटनकोे खोजी गर्न सम्मेलन असाध्यै प्रभावकारी भएको बताउनुभयो । अध्यात्म गुरुहरुले गरेको प्रस्तुतिले नेपाल अब साहसिक मात्र हैन अध्यात्म पर्यटनको महत्वलाई पनि विश्वमाझ उजागर गर्न र अन्य मुलुकको ज्ञानलाई आदन प्रदान गर्न सफल भएको उहाँको भनाइ थियो । पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले नेपालको पर्यटन विकासको लागि पूर्वाधार विकास, नीतिगत सुधार तथा नयाँ गन्तव्यको प्रवद्र्धनमा मार्ट उपयोगी थलो भएको बताउनुभयो । सम्मेलनमा उत्तरदायी तथा दिगो पर्यटन अनुभवबारे वल्ड ट्रेल नेटवर्कका संस्थापक अध्यक्ष गलिओ साइन्टिज, अन्तर्राष्ट्रिय एयरलाइन्स एम्बेस्डर नेन्सी रिभार्ड, पूर्वसचिव डा सुधा शर्मालगायतले प्रस्तुति गर्नुभएको थियो । त्यस्तै ‘डिजिटल ट्रान्फरमेसन न्यू ट्रेन इन टुरिज्म एन्ड हस्पिटालिटी’ विषयमा व्यावसायिक ट्राभल ब्लर्गस एशोसिएशनका अध्यक्ष जानिक हसन, विज्ञ विलियम भाजकुइज, पाटा अन्तर्राष्ट्रिका सञ्चार मामिला निर्देशक पउल पुरुनजकर्नले प्रस्तुति दिनुभएको थियो ।

बेलायतबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने प्रसिद्ध पर्वतारोहीे डुग स्कोटले मुख्य वक्ताको रुपमा सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो । ‘स्पीड अफ दी हिमालय’ भन्ने मूल नारासाथ आयोजित सम्मेलनमा नेपालसहित ४३ देशका करीब ७०० को सहभागिता छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा इन्टरनेशनलको सहयोगमा पाटा नेपाल च्याप्टरले मार्ट आयोजना गरेको हो । मार्टअन्तर्गत यस पटकको व्यवसायीसँग व्यवसायी (बीटुबी) मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनी र छ वटा मुलुक (नेपाल, भारत, पाकिस्तान, चीन, भुटान र थाइल्याण्ड) बाट ५४ विक्रेता कम्पनी तथा संस्थाले सहभागिता जनाएको छ ।

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

२०७६-३-२७ शुक्रबार

कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा...

त्रिभुवन विमानस्थल अनिश्चित कालका लागि बन्द : विदेशबाट आएका जहाज अवतरण नगरी फर्किए

२०७६-३-२७ शुक्रबार

यति एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरणका त्रममा चिप्लिएको छ । नेपालगञ्जबाट काठमाडौं आएको उक्त विमान अवतरणको क्रममा शुक्रबार बिहान चिप्लँदा २ जना घाईते भएका छन् । 9N अल्फा MM को उक्त जहाज अवतरणको क्रममा चिप्लिएर विमानस्थलको धावनमार्गबाट १५ मिटर पर पुगेको छ । विमानमा ६६ जना यात्रु र चार जना चालक दलका सदस्य सवार थिए...

यस्तो गाउँ जहाँ छ महिना सबैको घरमा तालाचाबी लाग्छ

२०७६-३-२७ शुक्रबार

  रोल्पा / सुनछहरी गाउँपालिका–२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ । बस्तीमा घर छन् । तर, मानिस छैनन् । ‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा सरेका छौं’, चालवाङका ४९ वर्षीय थमन बुढामगर भन्छन्, ‘गाउँमा सबैको घरमा तालाचाबी लागेको छ ।’ २२ घरधुरी रहेको यो गाउँ ६ महिना रित्तो हुन्छ । बस्तीमुनि...

जलवायु परिवर्तन अव्यवस्थित शहरीकरण लेप्टोस्पाइरोसिस अनी रोकथामका उपाय ।

२०७६-३-२७ शुक्रबार

पृष्ठभुमीः लेप्टोस्पाइसीस पशुबाट मानीसमा सर्ने बढी प्रचलीत जीवाणुजन्य रोग मानीन्छ । विश्व स्वास्थ्य संगठनले उष्ण हावापानी भएको यो रोग कमै चासोमा पर्ने रोगका रुपमा पहिचान गरी यस्को विस्तृत प्राज्ञिक अध्ययन अनुसंधान एवं अभीलेखीकरण गर्नु पर्ने भनी औल्याइएको छ । यस रोगको स्थिती विश्वव्यापी रहेको मानिन्छ, जसले गर्दा यस रोगबाट बर्षेनी ३००००० देखि ५००००० लाख मानिस...

नजिकिँदै कांग्रेस–राजपा, सरकारविरुद्ध मोर्चाबन्दी तयारी

२०७६-३-२७ शुक्रबार

काठमान्डाैं / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी थालेका छन् । प्रतिपक्षी दुई दलका नेताहरूबीच सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न तहमा छलफल जारी छ । दुई पार्टीले विभिन्न अजेन्डा उठाएर केही दिनदेखि संयुक्त रुपमा सदन अवरुद्ध गर्दै आएका छन् । यसबाट सरकारविरुद्ध यी दुई दल...

काँक्रोको बिउ बेचेरै सवा करोड कमाउने किसान

२०७६-३-२७ शुक्रबार

काठमाडाै‌ । पर्वतको फलेबास नगरपालिका-११ मा पर्ने सानो गाउँ कर्नासमा यस वर्ष सवा करोड मूल्य बराबरको काँक्रोका बिउ उत्पादन गरेका छन्।व्यावसायिक रूपमा बिउ उत्पादन गर्दै आएका १ सय घरधुरी परिवारले १ करोड २० लाखभन्दा बढी मूल्य पर्ने काँक्रोको बिउ उत्पादन गरेका हुन्। कर्नासका कृषकले यस वर्ष ४ टनभन्दा बढी काँक्रोको बिउ उत्पादन गरेको स्थाानीय कृषक बाबुराम...

Similar Posts

विराटनगरका अधिकांश स्थान डुबानमा : प्रदेशसभाको पानी मोटरले फालिदै ( तस्बिरहरू सहित )

२०७६-३-२७ शुक्रबार

विराटनगर / तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने सिंगिया खोलामा आएको बाढीले विराटनगर वडा नं १, २ र ८ का केही क्षेत्र आज बिहानदेखि डुबानमा परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–१ स्थित परोपकार...

ठाउँ ठाउँमा पहिरो : यात्रामा सास्ती

२०७६-३-२७ शुक्रबार

  बागलुङ / मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ । बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा...

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

२०७६-३-२७ शुक्रबार

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त...

वर्षका कारण सिंहदरबारको पर्खाल भत्किदा सडक अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौं / केही दिन यता परिरहेको भारी वर्षका कारण सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको छ । पर्खाल भत्किएपछि अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । भूकम्पका बेला...