हिमनदीको पिंधको तापक्रम माइनस तीन डिग्री सेल्सियस : नयाँ अध्ययन

२०७६-२-२८ मंगलबार

पछिल्लो अध्ययनले नेपालका हिमनदीको पिंधको तापक्रम माइनस १० डिग्री सेल्सियसको हाराहारीसम्म छ भन्ने सोचाइलाई गलत सावित गरिदिएको छ । नेपालका हिमनदीमा पहिलोपटक गरिएको ‘हट वाटर ड्रिलिङ’ अध्ययनले हिमनदीको पिंधको तापक्रम माइनस एकदेखि माइनस तीन डिग्री सेल्सियस मात्र रहेको प्रमाणित भएको छ ।

हिमनदीमा हालसम्म गरिएका अध्ययनमा हिमनदीको पिंधको तापक्रम माइनस १० डिग्री सेल्सियसको हाराहारीसम्म हुन्छ भन्ने मान्यतामा आधारित थिए । ‘हट वाटर ड्रिलिङ’ अध्ययन नेपालको हिमालयन रिसर्च सेन्टरले बेलायतको लिड्स विश्वविद्यालयसँग मिलेर सन् २०१६ अप्रिलदेखि २०१९ अप्रिलसम्म गरेको थियो । हिमालयन रिसर्च सेन्टर नेपाल उच्च हिमाली क्षेत्रको जलवायु परिवर्तन तथा उच्च हिमताल र हिमनदीको जोखिम न्यूनीकरणसम्बन्धी अध्ययन अनुसन्धानमा संलग्न रहँदै आएको छ ।

सेन्टरका अध्यक्ष भूआकृतिक विज्ञ डा धनञ्जय रेग्मीले भन्नुभयो, “हिमनदीको पिंधको तापक्रम नाप्दै जाँदा यथार्थमा माइनस एकदेखि माइनस तीन डिग्री सेल्सियस मात्र रहेको पाइयो । उच्च हिमाली क्षेत्रमा यसरी हिउँको तापक्रम मापन गरिएको यो पहिलो पटक भएको उहाँको भनाइ थियो । विश्वमा हालसम्म अन्टार्कटिका र अर्टिक क्षेत्रमा यसरी तापक्रम मापन गरिएको छ ।

अध्ययनमा तापक्रम मापन गर्ने उपकरण मात्रै रु तीन करोडका थियो भने सबै उपकरण हेलिकप्टरमार्फत् सो क्षेत्रमा पु¥याइएकाले अध्ययन खर्चिलो भएको सेन्टरले जनाएको छ । अध्ययनमा विदेशी २० र नेपाली १० गरी ३० वैज्ञानिक टोलीको सहभागिता थियो । अनुसन्धानमा वैज्ञानिक टोलीबाहेक अन्य थुप्रै सहयोगी समूहसमेत रहेको सेन्टरले जनाएको छ ।

वैज्ञानिक टोलीले नेपालको सबैभन्दा चिसो क्षेत्र सगरमाथाबाट बगेको खुम्बु हिमनदीको अध्ययन गरेको थियो । टोलीले खुम्बु हिमनदीको सगरमाथा आधार शिविरसम्म विभिन्न स्थानमा ड्रिल गरेर तापक्रम नापेको थियो । सो क्रममा १९२ मिटर गहिराइसम्म नाप्दा पनि माइनस तीन डिग्री सेल्सियस मात्र तापक्रम भेटिएको अध्ययनमा संलग्न बेलायतको लिड्स विश्वविद्यालयका डा डङ्कन क्युइन्सीले जानकारी दिनुभयो ।

हिमनदीको पिंधको तापक्रम माइनस एकदेखि तीन डिग्री सेल्सियससम्म भेटिएको डा डङ्कन क्युइन्सीले बताउनुभयो । यस अनुसन्धानले हिमनदीको माथिल्लो तहले केही कुराले रोकेर पग्लिनबाट रोकिए पनि जियोथर्मल (भूतापक्रम) ले पग्लिने क्रम बढी छ भन्ने निष्कर्ष निकालेको छ । डा क्युइन्सीले भन्नुभयो, “खुम्बु हिमनदीका विभिन्न स्थानमा २७ स्थानमा ड्रिल गरेर ५० देखि १९२ मिटरसम्म गहिराइमा जाँदा पनि माइनस तीन डिग्री सेल्सियसभन्दा बढी तापक्रम देखिएन ।” टोलीले मेसिनमार्फत् पाइपबाट तातो पानीको वाफले हिउँमा हानेर ड्रिल गरेको थियो । बरफ पगाल्दै हिमनदीमा ड्रिल गरिएको र खाल्डोबाट पग्लेको पानी बाहिर निकाल्दै सो खाल्डोमा उपकरण र क्यामेरा राखेर हिउँको भित्री भागको बनावट र संरचनाका बारेमा समेत अध्ययन गरेको डा क्युइन्सीले जानकारी दिनुभयो ।

विभिन्न चरणमा गरिएको अध्ययनमा पटकपटक तथ्याङ्क लिँदै पुष्टि गर्दै गरिएको २० वर्षदेखि निरन्तर हिमालय क्षेत्रको अनुसन्धानमा संलग्न सेन्टरका अध्यक्ष डा रेग्मीले बताउनुभयो । यस अध्ययनको अनुभवले नेपाली वैज्ञानिकको आफैँ अध्ययन गर्नसमेत क्षमता अभिवृद्धि भएको छ । “अध्ययनको निष्कर्ष हेर्दा हिमनदी जतिखेर पनि पग्लिेर जान सक्छन् । खतराको घण्टी बजाएको छ । सोचेभन्दा छिटो पग्लिन सक्छ”, अध्यक्ष डा रेग्मीले भन्नुभयो ।

हिमनदी छिट्टै पग्लिने र हिमताल फुट्ने खतराको सम्बन्धमा वैज्ञानिक टोलीले त्यस्ता ताललाई जलविद्युत् आयोजना, सिँचाइ, खानेपानीलगायत क्षेत्रमा उपयोग गरी खतरा कम गर्न सकिने सुझाव दिएका छन् । हिमनदीको प्रतिक्रिया नै जलवायु परिवर्तनको सङ्केत भएको अध्ययन टोलीमा संलग्न इसिमोडका अनुसन्धानकर्ता तेन्जिङ शेर्पाले बताउनुभयो । उहाँले विश्व तापमान वृद्धिले हिमनदी र हिमताल बन्ने र पग्लिने क्रमका परिवर्तन आएको जानकारी दिनुभयो ।

यो अध्ययनको निष्कर्ष मनसुनबाट प्रभावित क्षेत्र अर्थात् अन्नपूर्ण हिमालयबाट पूर्वतर्फको क्षेत्रमा लागू हुने र सम्पूर्ण हिन्दूकुश हिमालयमा भने लागू नहुन पनि सक्छ । अन्नपूर्ण पश्चिमको हिमाल क्षेत्रमा पश्चिमी वायुको प्रभाव हुन्छ । नेपालका हिमनदीको गहिराइ हेर्दा अहिलेसम्मको अध्ययनमा इम्जा हिमताल माथिको ल्होत्सेसार हिमनदीको सबैभन्दा बढी २५० मिटर देखिएको छ । पछिल्लो अध्ययनअनुसार नेपालमा करीब एक हजार ४०० हिमताल र तीन हजारको हाराहारीमा हिमनदी छन् ।

वर्षका कारण सिंहदरबारको पर्खाल भत्किदा सडक अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौं / केही दिन यता परिरहेको भारी वर्षका कारण सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको छ । पर्खाल भत्किएपछि अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । भूकम्पका बेला...

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

२०७६-३-२७ शुक्रबार

कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा...

त्रिभुवन विमानस्थल अनिश्चित कालका लागि बन्द : विदेशबाट आएका जहाज अवतरण नगरी फर्किए

२०७६-३-२७ शुक्रबार

यति एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरणका त्रममा चिप्लिएको छ । नेपालगञ्जबाट काठमाडौं आएको उक्त विमान अवतरणको क्रममा शुक्रबार बिहान चिप्लँदा २ जना घाईते भएका छन् । 9N अल्फा MM को उक्त जहाज अवतरणको क्रममा चिप्लिएर विमानस्थलको धावनमार्गबाट १५ मिटर पर पुगेको छ । विमानमा ६६ जना यात्रु र चार जना चालक दलका सदस्य सवार थिए...

यस्तो गाउँ जहाँ छ महिना सबैको घरमा तालाचाबी लाग्छ

२०७६-३-२७ शुक्रबार

  रोल्पा / सुनछहरी गाउँपालिका–२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ । बस्तीमा घर छन् । तर, मानिस छैनन् । ‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा सरेका छौं’, चालवाङका ४९ वर्षीय थमन बुढामगर भन्छन्, ‘गाउँमा सबैको घरमा तालाचाबी लागेको छ ।’ २२ घरधुरी रहेको यो गाउँ ६ महिना रित्तो हुन्छ । बस्तीमुनि...

जलवायु परिवर्तन अव्यवस्थित शहरीकरण लेप्टोस्पाइरोसिस अनी रोकथामका उपाय ।

२०७६-३-२७ शुक्रबार

पृष्ठभुमीः लेप्टोस्पाइसीस पशुबाट मानीसमा सर्ने बढी प्रचलीत जीवाणुजन्य रोग मानीन्छ । विश्व स्वास्थ्य संगठनले उष्ण हावापानी भएको यो रोग कमै चासोमा पर्ने रोगका रुपमा पहिचान गरी यस्को विस्तृत प्राज्ञिक अध्ययन अनुसंधान एवं अभीलेखीकरण गर्नु पर्ने भनी औल्याइएको छ । यस रोगको स्थिती विश्वव्यापी रहेको मानिन्छ, जसले गर्दा यस रोगबाट बर्षेनी ३००००० देखि ५००००० लाख मानिस...

नजिकिँदै कांग्रेस–राजपा, सरकारविरुद्ध मोर्चाबन्दी तयारी

२०७६-३-२७ शुक्रबार

काठमान्डाैं / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी थालेका छन् । प्रतिपक्षी दुई दलका नेताहरूबीच सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न तहमा छलफल जारी छ । दुई पार्टीले विभिन्न अजेन्डा उठाएर केही दिनदेखि संयुक्त रुपमा सदन अवरुद्ध गर्दै आएका छन् । यसबाट सरकारविरुद्ध यी दुई दल...

Similar Posts

पूर्वी र मध्य भेगमा उच्च सतर्कता अपनाउन आग्रह : सबै नदीहरूमा बहाव उच्च

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसम विश्लेषणसम्बन्धी आज विषेश बुलेटिन जारी गर्दै मनसुन तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बद्ली रही धेरैजसो...

विराटनगरका अधिकांश स्थान डुबानमा : प्रदेशसभाको पानी मोटरले फालिदै ( तस्बिरहरू सहित )

२०७६-३-२७ शुक्रबार

विराटनगर / तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने सिंगिया खोलामा आएको बाढीले विराटनगर वडा नं १, २ र ८ का केही क्षेत्र आज बिहानदेखि डुबानमा परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–१ स्थित परोपकार...

ठाउँ ठाउँमा पहिरो : यात्रामा सास्ती

२०७६-३-२७ शुक्रबार

  बागलुङ / मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ । बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा...

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

२०७६-३-२७ शुक्रबार

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त...