पोखरामा गर्मी छल्दै भारतीय पर्यटक

२०७६-३-१ आइतबार

पोखरा / गर्मी ह्वात्तै बढेसँगै केही दिनयता भारतका विभिन्न स्थानबाट पर्यटकीय नगरी पोखरा आउने भारतीय पर्यटकको सङ्ख्या बढेको छ । भारतका विभिन्न स्थानमा यतिखेर झण्डै ४२ देखि ४५ डिग्रीसम्म तापक्रम बढेपछि विशेष गरी गर्मी छल्नकै लागि आउने पर्यटकको सङ्ख्या बढेको हो । पोखरा आउने भारतीय पर्यटक पछिल्ला वर्षमा अधिकांशले आफ्नै सवारीसाधन प्रयोग गरी आउने गरेका छन् ।

नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष एवं होटल बाटिका रिसोर्ट, पोखराका सञ्चालक सन्तोष पोखरेलका अनुसार पोखरा आउने भारतीय पर्यटकमध्ये अधिकांश नेपालको भैरहवा सुनौली नाका हुँदै आउने गरेका छन् ।

तालैतालको शहर पोखरा र यहाँ नजिकै रहेको हिमाल आदिको दृश्यावलोकन गर्दै पर्यटक रमाउने गरेका छन् । पोखरा आउने भारतीय पर्यटकमध्ये अधिकांश हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको दर्शन गर्न जाने गरेको उहाँले जानकारी दिनुभयो ।

पोखरामा भारतीय पर्यटकको आगमन बढाउन नेपाल पर्यटन बोर्डसहित यहाँका पर्यटन सम्बद्ध सङ्घसंस्थाले गरेको प्रवद्र्धनात्मक कार्यक्रमको प्रभावकारिताका कारण पनि भारतीय पर्यटकको आगमनमा वृद्धि हुँदै गएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले बताउनुभयो ।

“यस समयमा विशेषतः दक्षिण भारत, पश्चिम बङ्गाल, महाराष्ट्र, उत्तरप्रदेश, विहार लगायतका स्थानबाट ठूलो सङ्ख्यामा पर्यटक आउने गरेका छन्”, उहाँले भन्नुभयो, “भौगोलिक निकटता, धार्मिक एवं सांस्कृतिकस्थलको बाहुल्यता आदिका कारण पनि भारतीय पर्यटकका लागि नेपाल घुम्ने उपयुक्त स्थल हो ।”

भारतीय पर्यटक पोखरामा रहेका धार्मिकस्थलको दर्शनका साथै यहाँबाट बाग्लुङ कालिका, गलेश्वर धाम हुँदै मुक्तिनाथसमेतको दर्शनका लागि पुग्ने गरेका छन् । अघिल्लो वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शन भ्रमणले पनि भारतीय धार्मिक पर्यटकको सङ्ख्या बढेको छ । पछिल्ला दिन भारतीय पर्यटकको आगमनले पोखराको होटेल व्यसायमा पनि उत्साह थपेको होटेल एशोसिएन अफ नेपाल(हान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष विकल तुलाचनले बताउनुभयो ।

यतिखेर पोखरा आएका पर्यटकमध्ये अधिकांशले दुई रात पोखरामा बिताउने गरेको उहाँको भनाइ छ । अध्यक्ष तुलाचनका अनुसार पोखरामा मात्रै पर्यटक लक्षित होटेलमा रु दुई खर्बभन्दा बढी लगानी पुगिसकेको छ । पोखरामा भण्डै ७०० भन्दाबढी पर्यटक लक्षित होटेल रहेको उहाँले जानकारी दिनुभयो ।

पोखरा आउने भारतीय पर्यटकमध्ये कोही अत्यन्त सुविधा सम्पन्न त कोही मध्यमस्तरका होटेलमा बस्ने गरेको यहाँका व्यवसायीको अनुभव छ । केही दिनयता बढेको भारतीय पर्यटकको आगमनले व्यवसायीलाई उत्साहित बनाएको होटल रानीवन अर्किट, लेकसाइडका सञ्चालक एवं टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले बताउनुभयो ।

यस याममा खासै उल्लेख्य सङ्ख्यामा पर्यटक नआउने गरेको भए पनि केही दिनयता भारतीय पर्यटकको आगमनले व्यवसायमा उत्साह थपेको उहाँले बताउनुभयो । नेपालको मुख्य पर्यटन बजार भारत र चीन नै हो । भारतीय पर्यटकको आगमनमा वृद्धि हुँदै गए पनि चिनियाँ पर्यटकको आमगनमा भने अझै वृद्धि हुन नसकेको व्यवसायी बताउँछन् । नेपाल आउने विदेशी पर्यटकमध्ये विगतमा ३० देखि ४० प्रतिशत मात्र पर्यटक पोखरा आउने गरेकामा पछिल्लो समयमा ५० देखि ६० प्रतिशतसम्म आउने गरेका छन् ।

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

२०७६-३-२७ शुक्रबार

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त...

वर्षका कारण सिंहदरबारको पर्खाल भत्किदा सडक अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौं / केही दिन यता परिरहेको भारी वर्षका कारण सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको छ । पर्खाल भत्किएपछि अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । भूकम्पका बेला...

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

२०७६-३-२७ शुक्रबार

कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा...

त्रिभुवन विमानस्थल अनिश्चित कालका लागि बन्द : विदेशबाट आएका जहाज अवतरण नगरी फर्किए

२०७६-३-२७ शुक्रबार

यति एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरणका त्रममा चिप्लिएको छ । नेपालगञ्जबाट काठमाडौं आएको उक्त विमान अवतरणको क्रममा शुक्रबार बिहान चिप्लँदा २ जना घाईते भएका छन् । 9N अल्फा MM को उक्त जहाज अवतरणको क्रममा चिप्लिएर विमानस्थलको धावनमार्गबाट १५ मिटर पर पुगेको छ । विमानमा ६६ जना यात्रु र चार जना चालक दलका सदस्य सवार थिए...

यस्तो गाउँ जहाँ छ महिना सबैको घरमा तालाचाबी लाग्छ

२०७६-३-२७ शुक्रबार

  रोल्पा / सुनछहरी गाउँपालिका–२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ । बस्तीमा घर छन् । तर, मानिस छैनन् । ‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा सरेका छौं’, चालवाङका ४९ वर्षीय थमन बुढामगर भन्छन्, ‘गाउँमा सबैको घरमा तालाचाबी लागेको छ ।’ २२ घरधुरी रहेको यो गाउँ ६ महिना रित्तो हुन्छ । बस्तीमुनि...

जलवायु परिवर्तन अव्यवस्थित शहरीकरण लेप्टोस्पाइरोसिस अनी रोकथामका उपाय ।

२०७६-३-२७ शुक्रबार

पृष्ठभुमीः लेप्टोस्पाइसीस पशुबाट मानीसमा सर्ने बढी प्रचलीत जीवाणुजन्य रोग मानीन्छ । विश्व स्वास्थ्य संगठनले उष्ण हावापानी भएको यो रोग कमै चासोमा पर्ने रोगका रुपमा पहिचान गरी यस्को विस्तृत प्राज्ञिक अध्ययन अनुसंधान एवं अभीलेखीकरण गर्नु पर्ने भनी औल्याइएको छ । यस रोगको स्थिती विश्वव्यापी रहेको मानिन्छ, जसले गर्दा यस रोगबाट बर्षेनी ३००००० देखि ५००००० लाख मानिस...

Similar Posts

विपद्बाट हुने क्षति रोक्न तीनै तहका सरकार ‘हाइ अलर्ट’

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन सक्रिय भएसँगै मुलुकमा विपद्बाट हुनसक्ने सम्भावित क्षति रोक्न तीनै तहका सरकार र सम्बद्ध निकाय ‘हाइ अलर्ट’को अवस्थामा रहेका छन् ।विपद जोखिम न्यूनीकरण, तत्काल उद्धार तथा राहतका लागि बाढीबाट प्रभावित मुलुकका २४४ स्थानलाई उच्च जोखिम क्षेत्र पहिचान गरी सरकारी क्षमताले भ्याएसम्मका तयारी गरिएको छ । मुलुकको पहाड र हिमाली क्षेत्र पहिरोको उच्च जोखिममा...

पूर्वी र मध्य भेगमा उच्च सतर्कता अपनाउन आग्रह : सबै नदीहरूमा बहाव उच्च

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसम विश्लेषणसम्बन्धी आज विषेश बुलेटिन जारी गर्दै मनसुन तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बद्ली रही धेरैजसो...

विराटनगरका अधिकांश स्थान डुबानमा : प्रदेशसभाको पानी मोटरले फालिदै ( तस्बिरहरू सहित )

२०७६-३-२७ शुक्रबार

विराटनगर / तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने सिंगिया खोलामा आएको बाढीले विराटनगर वडा नं १, २ र ८ का केही क्षेत्र आज बिहानदेखि डुबानमा परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–१ स्थित परोपकार...

ठाउँ ठाउँमा पहिरो : यात्रामा सास्ती

२०७६-३-२७ शुक्रबार

  बागलुङ / मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ । बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा...