पर्यटन सुन्दरी प्रतियोगिता साउन २५ मा

२०७६-३-५ विहिबार

काठमाडौँ / पर्यटकीय गतिविधिको प्रचारप्रसारका लागि महत्वपूर्ण ‘प्रडक्ट’ का रुपमा पर्यटन क्षेत्रको सुन्दरी प्रतियोगिता ‘मिस टुरिज्म’ लाई पनि लिइन्छ । सौन्दर्य ‘ग्ल्यामर’ पर्यटनको अभ्यास विकसित मुलुकमा पनि भएको पाइन्छ, जसका माध्यमबाट पर्यटनलाई आकर्षण गर्ने र प्रवद्र्धन गर्ने उपयुक्त आधार पनि बन्दै आएको उदाहरण छन् ।

नेपालको पर्यटन क्षेत्रमा पनि पछिल्लो समय सौन्दर्य पर्यटनको अभ्यास थालिएको छ । प्वाइन्ट मिडिया प्रालिले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१६ देखि हरेक वर्ष ‘मिस टुरिज्म’ प्रतियोगिता गर्दै आएको छ । विगत झैँ यस वर्ष पनि मिस टुरिज्म–२०१९ को चौथो संस्करण आगामी साउन महीनामा आयोजना हुने भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक प्वाइन्ट मिडियाले आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगिताले पर्यटन क्षेत्रमा नयाँ अवसरको सिर्जना गर्नाका साथै नेपालका पर्यटकीय गन्तव्यहरुको विकास र प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । पर्यटन क्षेत्रमा योग्य र दक्ष जनशक्तिलाई आकर्षण गर्ने मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा क्षमता प्रदर्शन गर्ने अवसरसमेत पाएको प्वाइन्ट मिडियाका प्रबन्ध निर्देशक नवीन काफ्लेले बताउनुभयो । उहाँले प्रतियोगितालाई व्यवस्थित र पारदर्शी बनाउन सरोकार भएका निकायसँग समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।

निजी क्षेत्रको अग्रसरतामा नेपाल पर्यटन बोर्डलगायत विभिन्न निकायको साझेदारीमा भइरहेका यस्ता प्रतियोगिताले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताइन्छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अन्तर्राष्ट्रिय रुपमा समेत अभ्यास भइरहेको मिस टुरिज्मजस्ता प्रतियोगिताले पर्यटन प्रवद्र्धनका लागि मात्र नभई महिला नेतृत्व विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का पूर्वअध्यक्ष चन्द्र रिजालले मिस टुरिज्मलाई व्यावसायिक प्रवद्र्धनको रुपमा स्थापित गरिनुपर्नेमा जोड दिनुभयो । नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य रामशरण थपलियाले भ्रमण वर्ष अभियानलाई प्रभावकारी बनाउन पनि प्रतियोगिताको उपयोग गर्नसक्नुपर्ने धारणा राख्नुभयो ।

पर्यटन व्यवसायी राजन सिंखडा, सागर पाण्डेलगायतले पर्यटनको महत्वपूर्ण प्रडक्टका रुपमा रहेको प्रतियोगितालाई ताज पहि¥याउने मात्र नभई उनीहरुको क्षमतालाई पर्यटन क्षेत्रले सदुपयोग गर्नसक्नुपर्नेमा जोड दिनुभयो । आगामी साउन २५ गते आयोजना हुने मिस टुरिज्मको अन्तिम प्रतिस्पर्धाका लागि भोलि शुक्रबार (असार ६ गते) देखि देशभर आवेदन खुल्ला गरिनेछ । प्रतियोगितामा १८ देखि २५ वर्ष उमेर समूहका अविवाहित नेपाली महिलाले आगामी असार २० गतेसम्म आवेदन दिन पाउने आयोजकले जनाएको छ । काठमाडौँ, पोखरा र चितवनमा अडिशन लिइनेछ । छानिएका प्रतिस्पर्धीलाई २० दिनसम्म विभिन्न विधाका प्रशिक्षकले तालीम प्रदान गरिनाका साथै आन्तरिक पर्यटन प्रवद्र्धनार्थ विभिन्न गन्तव्यको भ्रमणमा समेत लगिने जनाइएको छ । प्रतियोगिताका बिजेतालाई क्रमशः मिस टुरिज्मलाई नगद रु ५० हजार, फस्ट रनर अपलाई रु ३० हजार र सेकेण्ड रनर अपलाई रु २० हजार प्रदान गरिनेछ । बिजेतालाई ब्राण्ड एम्बेस्डरको अवसरका साथै वर्षभरी नै विभिन्न कार्यक्रममा अवसर दिइनेछ ।

यस्तो गाउँ जहाँ छ महिना सबैको घरमा तालाचाबी लाग्छ

२०७६-३-२७ शुक्रबार

  रोल्पा / सुनछहरी गाउँपालिका–२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ । बस्तीमा घर छन् । तर, मानिस छैनन् । ‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा सरेका छौं’, चालवाङका ४९ वर्षीय थमन बुढामगर भन्छन्, ‘गाउँमा सबैको घरमा तालाचाबी लागेको छ ।’ २२ घरधुरी रहेको यो गाउँ ६ महिना रित्तो हुन्छ । बस्तीमुनि...

जलवायु परिवर्तन अव्यवस्थित शहरीकरण लेप्टोस्पाइरोसिस अनी रोकथामका उपाय ।

२०७६-३-२७ शुक्रबार

पृष्ठभुमीः लेप्टोस्पाइसीस पशुबाट मानीसमा सर्ने बढी प्रचलीत जीवाणुजन्य रोग मानीन्छ । विश्व स्वास्थ्य संगठनले उष्ण हावापानी भएको यो रोग कमै चासोमा पर्ने रोगका रुपमा पहिचान गरी यस्को विस्तृत प्राज्ञिक अध्ययन अनुसंधान एवं अभीलेखीकरण गर्नु पर्ने भनी औल्याइएको छ । यस रोगको स्थिती विश्वव्यापी रहेको मानिन्छ, जसले गर्दा यस रोगबाट बर्षेनी ३००००० देखि ५००००० लाख मानिस...

नजिकिँदै कांग्रेस–राजपा, सरकारविरुद्ध मोर्चाबन्दी तयारी

२०७६-३-२७ शुक्रबार

काठमान्डाैं / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी थालेका छन् । प्रतिपक्षी दुई दलका नेताहरूबीच सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न तहमा छलफल जारी छ । दुई पार्टीले विभिन्न अजेन्डा उठाएर केही दिनदेखि संयुक्त रुपमा सदन अवरुद्ध गर्दै आएका छन् । यसबाट सरकारविरुद्ध यी दुई दल...

काँक्रोको बिउ बेचेरै सवा करोड कमाउने किसान

२०७६-३-२७ शुक्रबार

काठमाडाै‌ । पर्वतको फलेबास नगरपालिका-११ मा पर्ने सानो गाउँ कर्नासमा यस वर्ष सवा करोड मूल्य बराबरको काँक्रोका बिउ उत्पादन गरेका छन्।व्यावसायिक रूपमा बिउ उत्पादन गर्दै आएका १ सय घरधुरी परिवारले १ करोड २० लाखभन्दा बढी मूल्य पर्ने काँक्रोको बिउ उत्पादन गरेका हुन्। कर्नासका कृषकले यस वर्ष ४ टनभन्दा बढी काँक्रोको बिउ उत्पादन गरेको स्थाानीय कृषक बाबुराम...

अकुत सम्पत्ति आर्जन गरेका जोशीको मुद्दा सर्वोच्चले हेर्न नभ्याउने !

२०७६-३-२७ शुक्रबार

काठमाडौं । विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका गोविन्दराज जोशीको मुद्दाको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा बुझाए पनि हेर्न नमिल्ने सूचीमा राखेको छ । पटक–पटक मुद्दा स्थगित र हेर्न नभ्याउने सूचीमा राख्दै आएको सो मुद्दा १२औं पटक हेर्न नमिल्ने सूचीमा राखिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले हेर्न नमिल्ने सूचीमा पेसी तोकेपछि सो मुद्दा अर्को महिनाका...

आज हरिशयनी एकादशी : ‘असंख्य औषधीय गुण’ भएकाे तुलसी रोपेर चतुर्मास व्रतको आरम्भ गरिँदै

२०७६-३-२७ शुक्रबार

काठमाडौं । आज हरिशयनी एकादशी अर्थात ठूलो एकादशी । हिन्दू धर्ममा यस दिनलाई अति विशिष्ठ र महत्वका साथ हेर्ने र लिने गरिन्छ । आजको दिन नै घरघरमा तुलसी रोपेर आम हिन्दूहरुले चतुर्मास व्रतको आरम्भ गर्दै भगवान विष्णुको उपासना गर्ने गर्छन । भनिन्छ आजको दिनदेखि भगवान विष्णु चार महिनाका लागि क्षीर सागर सुत्न जानु हुन्छ ।...

Similar Posts

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

२०७६-३-२७ शुक्रबार

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त...

वर्षका कारण सिंहदरबारको पर्खाल भत्किदा सडक अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौं / केही दिन यता परिरहेको भारी वर्षका कारण सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको छ । पर्खाल भत्किएपछि अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । भूकम्पका बेला...

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

२०७६-३-२७ शुक्रबार

कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा...

त्रिभुवन विमानस्थल अनिश्चित कालका लागि बन्द : विदेशबाट आएका जहाज अवतरण नगरी फर्किए

२०७६-३-२७ शुक्रबार

यति एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरणका त्रममा चिप्लिएको छ । नेपालगञ्जबाट काठमाडौं आएको उक्त विमान अवतरणको क्रममा शुक्रबार बिहान चिप्लँदा २ जना घाईते भएका छन् । 9N अल्फा MM को उक्त जहाज अवतरणको क्रममा चिप्लिएर विमानस्थलको धावनमार्गबाट १५ मिटर पर पुगेको छ । विमानमा ६६ जना यात्रु र चार जना चालक दलका सदस्य सवार थिए...