एनसेलले शुरु गर्यो ‘एनसेल फर बिजनेश’, गेन एडभान्टेज फाईदाहरु रहने

२०७६-३-१८ बुधबार

काठमाडौं / एनसेल प्राईभेट लिमिटेडले सोल्टी होटलमा आयोजित एक विषेश समारोहबीच आफ्नो ‘एनसेल फर बिजनेश’ सेवाको शुभारम्भ गरेको छ । उक्त समारोहमा विशिष्ट व्यक्तित्वहरु, कुटनीतिक नियोगका प्रतिनिधीहरु, उद्योगी व्यावसायी, उच्च पदस्थ सरकारी अधिकारीहरु र सञ्चार क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । समारोहमा पाहुनाहरुलाई लाइभ ज्याज व्याण्डको सुमधुर संगीतले स्वागत गरिएको थियो ।

प्रमुख वक्ताका रुपमा रहेका साउथ इष्ट एसिया टिएमटी, सिटीगु्रप इन्भेष्टमेन्ट बैंकिङ्गका निर्देशक तथा प्रमुख आयुष झुनझुनवालाले डिस्रप्टिभ एण्ड इमर्जिङ्ग टेक्नोलोजि ट्रेन्डस्का बारेमा आफनो प्रस्तुती राख्दै समारोहको शुरुवात गरेका थिए । प्रविधिले प्रत्येक क्षेत्र, उद्योग र व्यवसायलाई कसरी प्रभाव पारिरहेको छ भन्ने बारे उनले बताए । “केहि समय अगाडी सम्म मात्र पनि व्यवसायहरु एक भिन्न रुपमा छुट्टा छुट्टै संचालनमा रहन्थे । अहिले हामी यस्तो समयमा छांै जहाँ प्रविधिले हरेक क्षेत्रमा मुख्य भुमिका निर्वाह गर्दछ । आफ्नो ग्राहकको सहि मुल्य र पहिचानले व्यवसायहरुलाई फाइदा पुगेको छ ।”

यस पश्चात एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले उपस्थित सबै पाहुनाहरुलाई स्वागत गर्दै ‘एनसेल फर बिजनेश’ को लोगो अनावरण गरेका थिए । उनले कसरी डिजीटल विश्वले विकासका लागि उत्प्रेरकका रुपमा काम गरिरहेको र यसले कसरी नयाँ अवसरहरुको सिर्जना, उत्पादकत्वमा वृद्धि गर्दै नविन सेवा तथा व्यवसायहरुलाई बढावा दिर्दै व्यवसाय कसरी चुस्त बन्दछ भन्ने बारे प्रकाश पारे । उनले एनसेल ब्राण्डको सार ‘आज, भोलि, सधंै सँगै’ को बारेमा पनि पाहुनाहरुलाई जानकारी गराए । “हामी ठूला साना सबै व्यवसायहरुलाई उहाँहरुको क्षमताले भ्याए सम्म प्रगति गर्नका लागि सहयोग गर्छाैं । हाम्रो प्रविधि, वस्तु तथा सेवाहरु मार्फत व्यवसायहरुका लक्ष्य र महत्वकांक्षाहरु हाषिल गर्नका लागि सहयोग गर्न हामी हाम्रा ईन्टरप्राइज ग्राहकहरुसँग सझेदारी गर्छाैं ।”

त्यसै गरी चोङ्गले ‘एनसेल फर बिजनेश’ का बारेमा उत्साह प्रकट गर्दै भने, “एनसेल फर बिजनेश (एनफोरबी) मार्फत व्यवसायहरुका निमित्त नविन ईन्टरप्राइज सेवाहरु ल्याउन पाउँदा हामी एकदम हर्षित छौं । यो सेवा ठूला र साना व्यवसायहरुलाई उहाँहरुको सम्भावनाले भ्याए सम्म प्रगति गर्नका लागि सहयोग गर्न अनुकूलित छ । यसले हाम्रा ईन्टरप्राइज ग्राहकहलाई उहाँहरुको लक्ष्य प्राप्ति अर्थात आफ्नो गोल गेन गर्न सहगोग गर्दछ । त्यसका लागि चहिने पुर्वाधार, उच्चस्तरको नेटवर्किङ्ग, नयाँ प्रविधिमा पहुँच र प्रतिस्पर्धी बजारमा प्रतिस्पर्धा गर्न यो सेवाले सहयोग प्रदान गर्दछ । एनसेल फर बिजनेश (एनफोरबी) विश्वस्तरिय सेवाहरु प्रदान गर्ने र उच्तस्तरको कनेक्टिभीटी र डिजिटाईजेसनको लाभ लिन अवसर प्रदान गर्ने हाम्रो प्रतिवद्धता बमोजिम शुरु गरेका छौं । ”

गेन एडभान्टेज ९न्।ब्।क्ष्।ल् ब्म्ख्ब्ल्त्ब्न्भ्० मा ‘जि’ को अर्थ ग्रोथ हो । अर्थात एनसेलले आफ्नो यस सेवा मार्फत व्यवसायहरुलाई वृद्धि, विस्तार गर्दै विकास गर्न पुर्वाधार प्रदान गर्दछ । त्यसै गरि ‘ए’ को अर्थ एजिलिटी हो जहाँ ग्राहकहरुले एनसेलको चुस्त र उच्चस्तरको नेटवर्कबाट लाभ लिन सक्छन् र ‘आई’ को अर्थ ईनोभेसन हो । यस अन्तर्गत ईन्टरप्राईज ग्राहकहरुले एनसेलका पछिल्ला र नविन सेवा तथा सुविधाहरु लिन सक्छन् र नेपाल बाहिर पनि आफ्ना सेवा विस्तार गर्न सक्छन् । त्यसै गरी ‘एन’ को अर्थ नर्भ अर्थात साहस वा बल हो जहाँ ग्राहकले अफ्ठ्यारो परिस्थितीहरुमा पनि कार्य गर्न सक्ने साहस प्रदान गर्दछ ।

आफ्नो उच्चगतिको फोरजी सेवा व्यापक रुपमा विस्तार गरेपछि एनसेलले अब आफ्ना ईन्टरप्राईज ग्राहकहरुलाई फिक्स्ड कनेक्टिभीटी सेवा ल्याएको छ । यस अन्तर्गत ईन्टरन्यासनल प्राईभेट लिज्ड सर्भिस (आईपिएलसी), डोमेस्टिक लिज्ड सर्भिस (डिएलसी)÷भर्चुअल प्राईभेट नेटवर्क (भिपिएन), ब्रोडव्याण्ड इन्टरनेट, ब्याण्डविथ अन डिमाण्ड, वेब एप्लिकेसन फायरवाल, युनिफाइड थ्रेट म्यानेजमेन्ट, सफ्टवेयर डिफाइन्ड वाइड एरिया नेटवर्किङ्ग (एसडि वान) र ईथरनेट भर्चुअल प्राईभेट नेटवर्क (इभिपिएन) जस्ता सेवाहरु उपलब्ध छन् ।

आफ्नो म्यानेज्ड सर्भिस अन्तर्गत, कम्पनीले म्यानेज्व्ड वाईफाई, भिडियो कन्फे्रन्सिङ्ग र सर्वेलेन्स सेवा प्रदान गर्नेछ । त्यस्तै, आइओटी सेवा अन्तर्गत कम्पनीले भेहिकल ट्राकिङ्ग सिस्टम (भिटिएस) ल्याएको छ । यसले गाडीको कार्य प्रगतिमा सहयोग गर्नुका साथै सुरक्षा र सवारी साधनको व्यवस्थापनलाई सहज बनाउछ ।
यस सेवाले सवारीचालहरुको सवारी चलाउदाको व्यवहार सुधार गर्न तथा कामलाई थप व्यवहारिक बनाउन र आफ्नो सवारी साधन माथि अझै राम्रो नियन्त्रण राख्न मद्दत पुर्याउनेछ ।

यसैगरी मोबिलिटी योजना अन्तर्गत एनसेलले व्यवसायहरुलाई आफ्नो नेटवर्क भित्र अनलिमिटेड कल र मेसेजिङ्ग, पर्याप्त मात्रामा डेटा र प्रिमियम नम्बरहरुको सेवा र अरु धेरै सेवाहरु प्रदान गर्नेछ । एनसेल डेटा सेन्टर सोलुसन्स अन्तर्गत नेपालमा रहेका व्यवसायहरुले एनसेलको विश्वसनिय र सुरक्षित डेटा सेन्टरमा आफ्नो सर्भर राखि इमेल तथा सुरक्षित होस्टिङ्ग सेवा लिन सक्नेछन् ।

ईन्टरप्राइज ग्राहकका लागि गुणस्तरीय सेवा सुनिश्चित गद,ै एनसेलले अहिले सम्मकै ठूलो इन्टरनेट प्रोटोकल (आइपि) मा आबद्घ मल्टि परपोस लेबल स्वीचिङ (एमपिएलएस) नेटवर्क पनि बनाएको छ । त्यसकासाथै एनसेलले देशभरी ३५०० कि.मि. आफ्नै फाइबर सञ्जाल बिस्तार गरिसकेको छ र कम्पनीका ३२०० भन्दा बढि टावरहरु रहेका छन् ।

एनसेलले ल्याएको नयाँ सेवाहरुले मुलतः भ्वाइस सेवामा मोबिलिटी, डेटा, एसएमएस, डेटा सेन्टर सोलुसन्स्, म्यानेज्ड सर्भिसका लागि फिक्स्ड कनेक्टिभिटी, सञ्चार सेवालाई सजिलो बनाउन इन्टरनेट अफ थिङ्स (आइओटी) र व्यवसायको उत्पादकत्व बढाउनमा केन्दि«त रहेको छ र यसले सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई साकार पार्न पनि मद्दत पुर्याउने छ । यस सँगै व्यवसायहरुले एनसेलको विभिन्न सोलुसन्स् जस्तै एनसेल ग्लोबल कनेक्ट, एनसेल नेशनल कनेक्ट, एनसेल बिज फाइबर ब्रोडब्याण्ड, एनसेल फिल्ड फोर्स अटोमेसन, भेकल ट्रयाकिङ्ग सिस्टम र मोबिलिटी प्लान प्रयोग गर्न सक्नेछन् ।

पूर्वी र मध्य भेगमा उच्च सतर्कता अपनाउन आग्रह : सबै नदीहरूमा बहाव उच्च

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसम विश्लेषणसम्बन्धी आज विषेश बुलेटिन जारी गर्दै मनसुन तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बद्ली रही धेरैजसो...

विराटनगरका अधिकांश स्थान डुबानमा : प्रदेशसभाको पानी मोटरले फालिदै ( तस्बिरहरू सहित )

२०७६-३-२७ शुक्रबार

विराटनगर / तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने सिंगिया खोलामा आएको बाढीले विराटनगर वडा नं १, २ र ८ का केही क्षेत्र आज बिहानदेखि डुबानमा परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–१ स्थित परोपकार...

ठाउँ ठाउँमा पहिरो : यात्रामा सास्ती

२०७६-३-२७ शुक्रबार

  बागलुङ / मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ । बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा...

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

२०७६-३-२७ शुक्रबार

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त...

वर्षका कारण सिंहदरबारको पर्खाल भत्किदा सडक अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौं / केही दिन यता परिरहेको भारी वर्षका कारण सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको छ । पर्खाल भत्किएपछि अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । भूकम्पका बेला...

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

२०७६-३-२७ शुक्रबार

कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा...

Similar Posts

गर्धनमा बलले लागेर भारतीय क्रिकेटरको मृत्यु

२०७६-३-२७ शुक्रबार

खेलका दौरान गर्धनमा बल लागेर एक भारतीय युवा क्रिकेटरको ज्यान गएको छ । कस्मिरका यु–१९ क्रिकेटर जहाँगिर अहमद वार एक प्रतियोगिता खेलिरहेका थिए । बिहीबार गर्धनमा बल लागेपछि बेहोस भएका वारलाई अस्पताल लगिएको थियो तर अस्पतालले उनलाई मृत घोषित गर्यो । ११ कक्षामा पढ्ने जहाँगिर हालै यु–१९ क्रिकेट क्याटेगोरीमा छनोट भएका थिए । उनी बारामुला...

उर्लियो हनुमन्ते, भक्तपुरमा डुबान शुरु, प्रशासनद्धारा उच्च सतर्कता

२०७६-३-२७ शुक्रबार

  भक्तपुर / अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान शुरु भएको छ । हिजोदेखि नै परेको अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी खोलाभन्दा माथि आएपछि बस्तीमा पानी पस्न थालेको हो । हनुमन्तेमा बाढी उर्लिएपछि जिल्ला प्रशासन कार्यालयले हनुमन्ते नदी आसपासका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ भने नदी...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टादेखि अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चिप्लिएको यति एयरलाइन्सको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान सकस भएको छ । धावन मार्गमा विमान चिप्लिएका कारण झण्डै चार घण्टादेखि मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध रहेको छ । निरन्तरको प्रयासका बाबजुत पनि विमानलाई निकाल्न नसकिएको महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँले विमान...

विपद्बाट हुने क्षति रोक्न तीनै तहका सरकार ‘हाइ अलर्ट’

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन सक्रिय भएसँगै मुलुकमा विपद्बाट हुनसक्ने सम्भावित क्षति रोक्न तीनै तहका सरकार र सम्बद्ध निकाय ‘हाइ अलर्ट’को अवस्थामा रहेका छन् ।विपद जोखिम न्यूनीकरण, तत्काल उद्धार तथा राहतका लागि बाढीबाट प्रभावित मुलुकका २४४ स्थानलाई उच्च जोखिम क्षेत्र पहिचान गरी सरकारी क्षमताले भ्याएसम्मका तयारी गरिएको छ । मुलुकको पहाड र हिमाली क्षेत्र पहिरोको उच्च जोखिममा...