ठाउँ ठाउँमा पहिरो : यात्रामा सास्ती

२०७६-३-२७ शुक्रबार

 

बागलुङ / मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ । बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा सडकबाट बगेर आएको बाढीका कारण लोकमार्गमा क्षति पु¥याउँदा आउजाउमा निकै सास्ती खेप्नुपरेको यात्रुले गुनासो गरेका छन् । लोकमार्गको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा तुरतुरे ताल नजिकै लोकमार्गमा सबैभन्दा ठूलो जोखिम रहेको छ ।

गत वर्षको भदौ २९ गते गएको सुक्खा पहिरो खस्दा बडिगाड खोला थुनिएर एक किलोमिटर ताल बनेको तुरतुरे ताल नजिकै लोकमार्गको करीब ५० मिटर सडक भासिएर चिराचिरा परेको छ । वैकल्पिक बाटोको व्यवस्था नहुँदा निकै जोखिम मोलेर यातायातका साधन चलाउँदै आएको चालक भरत गौतमले बताउनुभयो । गौतमका अनुसार बागलुङ बजारदेखि झण्डै तीन घण्टामा बुर्तिवाङ पुग्न सकिनेमा अहिले पाँच घण्टाभन्दा बढी समय लाग्ने गरेको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग सडकखण्ड माथिबाट खनिएका ग्रामीण सडकका कारण लोकमार्ग उच्च जोखिममा परेको बडिगाड गाउँपालिका–७ खाल बजारका रवीन्द्र श्रेष्ठले बताउनुभयो । “नाली बिनाको सडकले जम्मा गरेको भल सोझै लोकमार्ग हुँदै आउँछ”, श्रेष्ठले भन्नुभया,े “सामान्य पानी जाने गरी लोकमार्गले सडकमुनि बनाएको संरचना पुरिएर लोकमार्गमा लेदो बग्छ ।” लोकमार्ग माथि खनेको सडकको लेदो भ्वाङ खोलाले बगाउँदा पकट–पटक लोकमार्ग अवरुद्ध हुँदै आएको छ भने तीन घरमा क्षति पु¥याएको छ ।

वर्षायाममा लोकमार्ग हुँदै बग्ने दर्जनौँ खोलाको उचित व्यवस्थापन नहुँदा लोकमार्ग नै जोखिममा परेको हो । भ्वाङ खोलाले ल्याएको बाढीले बडिगाड गाउँपालिका–६ खाल बजार नजिकैका तीन वटा घरमा क्षति पु¥याएकोे छ भने दर्जनाँै पटक लोकमार्ग अवरुद्ध भएको छ । जेठ २८ गत बाढीका कारण क्षति पु¥याएको घर असार २३ गते आएको बाढीले थप क्षति पु¥याउँदा विस्थापित हुने अवस्थामा आएको पीडित गोठे सार्कीले बताउनुभयो ।

भ्वाङ् खोलो मात्र होइन, मध्यपहाडी लोकमार्गको बागलुङ बजारदेखि बुर्तिवाङसम्म लोकमार्ग माथि खनिएका सडकको भलसँगै आएको लेदोले लोकमार्ग जोखिममा परेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिनुभयो । राजमार्ग खुलाउने स्थानीय तहको काम नभए पनि यात्रुको सहजताका लागि पटक–पटक गाउँपालिकाको खर्चमा सडक खुलाउँदै आएको पाइजाको भनाइ छ । बागलुङ नगरपालिका–३ बोक्से, दुदिलाभाटी, तुरतुरे ताल वरपर, भ्वाङ खोला, रिघाको मनेवा पाटा, आँगा खेतलगायतका दर्जनाँै स्थानमा पहिरो जाँदा लोकमार्ग असुरक्षित भएको खाल बजारकी सुष्मा केसीले बताउनुभयो । वर्षात् शुरु भएसँगै मध्यपहाडी लोकमार्ग दर्जनाँै पटक अवरुद्ध भइसकेको छ ।

बागलुङ बजारदेखि घोडा बाँधे खण्डको २५ किलोमिटर सडक कालोपत्र हुन नसक्दा यात्रुले सास्ती भोगिरहेको सन्र्दभमा पक्की सडक भएको घोडाबाँधेदेखि बुर्तिवाङ पुग्ने सडक कतै भासिने, कतै चर्किने, कतै पहिरो जाने हुँदा निकै जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य भएका छन् । बागलुङ बजारदेखि बुर्तिवाङ सडकखण्डमा सहजरुपमा आउजाउ गर्न लोकमार्ग आयोजनासँग समन्वय गरेर अगाडि बढेको बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताउनुभयो । “विपद् व्यवस्थापनमा हामी संवेदनशील छौँ”, प्रजिअ क्षेत्रीले भन्नुभयो, “जोखिम भए पनि लामो समयसम्म सडक अवरुद्ध भएको छैन ।” दीर्घकालीन जोखिम न्यूनीकरणका लागि आयोजनासँग छलफल भइरहेको प्रजिअ क्षेत्रीको भनाइ छ ।

वर्षका कारण सिंहदरबारको पर्खाल भत्किदा सडक अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौं / केही दिन यता परिरहेको भारी वर्षका कारण सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको छ । पर्खाल भत्किएपछि अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । भूकम्पका बेला...

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

२०७६-३-२७ शुक्रबार

कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा...

त्रिभुवन विमानस्थल अनिश्चित कालका लागि बन्द : विदेशबाट आएका जहाज अवतरण नगरी फर्किए

२०७६-३-२७ शुक्रबार

यति एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरणका त्रममा चिप्लिएको छ । नेपालगञ्जबाट काठमाडौं आएको उक्त विमान अवतरणको क्रममा शुक्रबार बिहान चिप्लँदा २ जना घाईते भएका छन् । 9N अल्फा MM को उक्त जहाज अवतरणको क्रममा चिप्लिएर विमानस्थलको धावनमार्गबाट १५ मिटर पर पुगेको छ । विमानमा ६६ जना यात्रु र चार जना चालक दलका सदस्य सवार थिए...

यस्तो गाउँ जहाँ छ महिना सबैको घरमा तालाचाबी लाग्छ

२०७६-३-२७ शुक्रबार

  रोल्पा / सुनछहरी गाउँपालिका–२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ । बस्तीमा घर छन् । तर, मानिस छैनन् । ‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा सरेका छौं’, चालवाङका ४९ वर्षीय थमन बुढामगर भन्छन्, ‘गाउँमा सबैको घरमा तालाचाबी लागेको छ ।’ २२ घरधुरी रहेको यो गाउँ ६ महिना रित्तो हुन्छ । बस्तीमुनि...

जलवायु परिवर्तन अव्यवस्थित शहरीकरण लेप्टोस्पाइरोसिस अनी रोकथामका उपाय ।

२०७६-३-२७ शुक्रबार

पृष्ठभुमीः लेप्टोस्पाइसीस पशुबाट मानीसमा सर्ने बढी प्रचलीत जीवाणुजन्य रोग मानीन्छ । विश्व स्वास्थ्य संगठनले उष्ण हावापानी भएको यो रोग कमै चासोमा पर्ने रोगका रुपमा पहिचान गरी यस्को विस्तृत प्राज्ञिक अध्ययन अनुसंधान एवं अभीलेखीकरण गर्नु पर्ने भनी औल्याइएको छ । यस रोगको स्थिती विश्वव्यापी रहेको मानिन्छ, जसले गर्दा यस रोगबाट बर्षेनी ३००००० देखि ५००००० लाख मानिस...

नजिकिँदै कांग्रेस–राजपा, सरकारविरुद्ध मोर्चाबन्दी तयारी

२०७६-३-२७ शुक्रबार

काठमान्डाैं / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी थालेका छन् । प्रतिपक्षी दुई दलका नेताहरूबीच सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न तहमा छलफल जारी छ । दुई पार्टीले विभिन्न अजेन्डा उठाएर केही दिनदेखि संयुक्त रुपमा सदन अवरुद्ध गर्दै आएका छन् । यसबाट सरकारविरुद्ध यी दुई दल...

Similar Posts

विपद्बाट हुने क्षति रोक्न तीनै तहका सरकार ‘हाइ अलर्ट’

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन सक्रिय भएसँगै मुलुकमा विपद्बाट हुनसक्ने सम्भावित क्षति रोक्न तीनै तहका सरकार र सम्बद्ध निकाय ‘हाइ अलर्ट’को अवस्थामा रहेका छन् ।विपद जोखिम न्यूनीकरण, तत्काल उद्धार तथा राहतका लागि बाढीबाट प्रभावित मुलुकका २४४ स्थानलाई उच्च जोखिम क्षेत्र पहिचान गरी सरकारी क्षमताले भ्याएसम्मका तयारी गरिएको छ । मुलुकको पहाड र हिमाली क्षेत्र पहिरोको उच्च जोखिममा...

पूर्वी र मध्य भेगमा उच्च सतर्कता अपनाउन आग्रह : सबै नदीहरूमा बहाव उच्च

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसम विश्लेषणसम्बन्धी आज विषेश बुलेटिन जारी गर्दै मनसुन तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बद्ली रही धेरैजसो...

विराटनगरका अधिकांश स्थान डुबानमा : प्रदेशसभाको पानी मोटरले फालिदै ( तस्बिरहरू सहित )

२०७६-३-२७ शुक्रबार

विराटनगर / तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने सिंगिया खोलामा आएको बाढीले विराटनगर वडा नं १, २ र ८ का केही क्षेत्र आज बिहानदेखि डुबानमा परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–१ स्थित परोपकार...

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

२०७६-३-२७ शुक्रबार

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त...