चन्द्रमामा पाइला टेकेको ५० औँ वार्षिकोत्सव संसारभरि मनाइँदै

२०७६-४-५ आइतबार

हजारौँ मानिसले संसारभरि चन्द्रमामा पहिलो पटक मानव पाइला परेको ५० औँ वार्षिकोत्सव मनाइरहेका छन् । सन् १९६९ को जुलाईमा एपोलो ११ को इगल मोड्युल ट्र्याङ्कुलीटी आधारमा अवतरण गरेको थियो । घण्टौँपछि नील आर्मस्ट्रङले चन्द्रमामा पाइला टेक्ने पहिलो मान्छेको इतिहास रचेका थिए ।

शुरूमा सोभियत सङ्घसँगको प्रतिस्पर्धाका कारण चन्द्रमामा जाने होडका रूपमा अगाडि बढेको आयोजना भए पनि खगोलमा रुचि राख्नेहरूबीच अहिले त्यो क्षणलाई विशेष क्षणका रूपमा स्मरण गर्ने गरिन्छ ।

हामी फेरि सास फेर्दैछौँ

नासाले वार्षिकोत्सवका अवसरमा त्यस दिनको भिडिओ फूटेज अनलाइन राखेर मनाएको छ, जसले नयाँ पुस्तालाई ५० वर्षअघि आधा अर्ब मानिसले हेरेको ऐतिहासिक दृष्य पुन: हेर्ने मौका दिएको छ ।

अन्तरिक्ष यान चन्द्रमामा अवतरण गरेका बखत एपोलो ११ का कमाण्डर आर्मस्ट्रङले भनेका थिए, “ह्युष्टन, ट्रयान्क्वीलीटी बेस हियर। द इगल ह्याज ल्याण्डेड।” अर्थात् हामी ट्र्याङ्क्वीलीटी आधारस्थलमा अवतरण गरेका छौँ ।

ह्युष्टनस्थित उक्त मिसनको सञ्चारकेन्द्रबाट प्रत्युत्तर दिँदै चार्ली ड्युकले भनेका थिए, “रोजर ट्याङ्क्वीलीटी। वी कपी यु अन द ग्राउण्ड। यु गट अ बञ्च अफ गाइज अबाउट टु टर्न ब्लु। वी आर ब्रिदिङ अगेन ।” अर्थात्, अद्‌भुत भयो। हामी निश्चिन्त भयौँ (भावानुवाद)

त्यसको केही घण्टापछि चन्द्रमाको सतहमा पहिलो पाइला राख्दै नील आर्मस्ट्रङले ऐतिहासिक उद्‌गार गरेका थिए, “यो मान्छेका लागि सानो पाइला हो, तर मानवका लागि भने ठूलो फड्को।”

आर्मस्ट्रङ सँगसँगै बज एल्ड्रीन र माइकल कलिन्स पनि चन्द्रमा मिसनका सहयात्री थिए। तीनैजना सन् १९३० मा जन्मिएका थिए । एल्ड्रीन र कलिन्स अझ जिवितै छन्, तर आर्मस्ट्रङको सन् २०१२ मा ८२ वर्षको उमेरमा निधन भएको थियो ।

चन्द्रमामा पाइला टेकेका एल्ड्रीनले शनिवार ट्वीट गर्दै भनेका छन्, “आज अमेरिकाले एउटा ठूलो प्रश्नको जवाफ दिएको छ: हामी त्यहाँ सबभन्दा पहिले पुग्यौँ। हामी चन्द्रमामा अवतरण गरेको २५ करोड अमेरिकीहरूले हेरेका थिए।”

“सत्य यो हो: त्यो मिसन ती हाम्रो अवतरण हेर्नेहरू सबैको थियो र फेरि एक पटक चन्द्रमामा पुग्ने सपना देख्ने भावी अमेरिकीहरूको पनि थियो ।”

तेस्रो व्यक्ति माइकल कलिन्सले फक्स न्यूजलाई भने, उनले त्यो मिसन “त्यति धेरै सम्झिरहन्नन् “।

उनले भने “मैले शान्त जीवन बिताएँ।” उनले भने,”कहिलेकाहीँ मेरो गल्लीमा हिँडिरहँदा जब रात पर्न थाल्छ, म मेरो दाहिने काँधमाथि केही महसुस गर्छु- म माथि आकाशतर्फ हेर्छु र चाँदी चाँदी जस्तो देखिने आकारतर्फ हेरेर सोच्ने गर्छु ” “ओहो त्यो त चन्द्रमा हो जहाँ म पुगेर आएको छु।”

विश्वले कसरी मनायो

संसारभरिका शहर र ह्युष्टनस्थित नासा भिजिटर सेन्टरमा यो महत्त्वपूर्ण वार्षिकोत्सव मनाउन विभिन्न कार्यक्रम गरिएको छ ।

सैनिकहरूले प्याराशुट देखाएका छन् र लाइभ ब्याण्ड बजाएका छन्। र नयाँ वर्षको जस्तो समयको टिकटिक (काउण्ट डाउन) पनि आर्मस्ट्रङको पहिलो पाइलाको संस्मरणमा गरिएको थियो ।

भर्जिनियास्थित स्मिथसोनियनको एअर एण्ड स्पेस म्युजियममा चन्द्रमा मिसनबाट प्राप्त विभिन्न बस्तुहरू प्रदर्शनीमा राखिएको छ। नील आर्मस्ट्रङले लगाएको अन्तरिक्ष पहिरन पनि प्रदर्शनीमा राखिएको छ।

सियाटलस्थित म्युजियम अफ फ्लाइटले पनि अवतरणको फुटेज देखाएको छ ।

वाशिङटन डीसीमा शुक्रबार राति १७ मिनेटको भिडिओ देखाइएको थियो।

प्यारिसमा पनि चन्द्रमा केन्द्रित प्रदर्शन गर्दै वार्षिकोत्सव मनाइयो ।

वार्षिकोत्सव अवसर पारेर अमेरिकी, रुसी र इटलीका अन्तरिक्षयात्री बोकेको सोयुज अन्तरिक्ष यान कजकस्तानस्थित बैकोनुर कस्मोड्रोमबाट अन्तरिक्षका लागि प्रस्थान गरेको छ ।

रकेट छोडिएपछि नासाका प्रस्तोताले भने, “लौ उड्यो – मान्छेको सानो पाइलाको ५० वर्षपछि सोयुज रकेट र उसको बहुद्देशीय चालक दलले ठूलो फड्को मार्दै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनतर्फ लागेको छ।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टादेखि अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चिप्लिएको यति एयरलाइन्सको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान सकस भएको छ । धावन मार्गमा विमान चिप्लिएका कारण झण्डै चार घण्टादेखि मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध रहेको छ । निरन्तरको प्रयासका बाबजुत पनि विमानलाई निकाल्न नसकिएको महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँले विमान...

विपद्बाट हुने क्षति रोक्न तीनै तहका सरकार ‘हाइ अलर्ट’

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन सक्रिय भएसँगै मुलुकमा विपद्बाट हुनसक्ने सम्भावित क्षति रोक्न तीनै तहका सरकार र सम्बद्ध निकाय ‘हाइ अलर्ट’को अवस्थामा रहेका छन् ।विपद जोखिम न्यूनीकरण, तत्काल उद्धार तथा राहतका लागि बाढीबाट प्रभावित मुलुकका २४४ स्थानलाई उच्च जोखिम क्षेत्र पहिचान गरी सरकारी क्षमताले भ्याएसम्मका तयारी गरिएको छ । मुलुकको पहाड र हिमाली क्षेत्र पहिरोको उच्च जोखिममा...

पूर्वी र मध्य भेगमा उच्च सतर्कता अपनाउन आग्रह : सबै नदीहरूमा बहाव उच्च

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसम विश्लेषणसम्बन्धी आज विषेश बुलेटिन जारी गर्दै मनसुन तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बद्ली रही धेरैजसो...

विराटनगरका अधिकांश स्थान डुबानमा : प्रदेशसभाको पानी मोटरले फालिदै ( तस्बिरहरू सहित )

२०७६-३-२७ शुक्रबार

विराटनगर / तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने सिंगिया खोलामा आएको बाढीले विराटनगर वडा नं १, २ र ८ का केही क्षेत्र आज बिहानदेखि डुबानमा परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–१ स्थित परोपकार...

ठाउँ ठाउँमा पहिरो : यात्रामा सास्ती

२०७६-३-२७ शुक्रबार

  बागलुङ / मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ । बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा...

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

२०७६-३-२७ शुक्रबार

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त...

Similar Posts

डुबानसँगै मोरङमा सात सय ५५ परिवार विस्थापित

२०७६-३-२७ शुक्रबार

माेरङ / केही दिनदेखि परिरहेको निरन्तरको वर्षासँगै घर डुबानमा परेपछि मोरङमा सात सय ५५ परिवारका विस्थापित भएका छन् । शुक्रबारसाँझ सम्ममा सात सय ५५ परिवारका ३५ सय भन्दा बढी जनसंख्या डुबानको चपेटामा परेर विस्थापित बनेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए । विराटनगर महानगरपालिका, बूढीगंगा, कटहरी, धनपालथान र जहदा गाउँपालिकाका धेरै जसो घर डुबानमा...

छोराले बिहे गर्न नमान्दा कुटिएका व्यक्तिको मृत्यु भएपछि तनाव, दुई जना वडा अध्यक्षसहित ७ जना विरुद्ध जाहेरी

२०७६-३-२७ शुक्रबार

माेरङ / छोराको बिहे गर्न नमान्दा २८ दिन अघि जनप्रतिनिधि समेतको संलग्नतामा कुटिएका एक व्यक्तिको मृत्यु भएपछि शुक्रबार विराटनगरको कोसी अस्पताल बाहिर अवस्था तनावग्रस्त बनेको छ । अस्पताल प्रवेश गर्ने ठाउँमै सडक अवरुद्ध पार्दै शव राखेर आफन्त प्रदर्शनमा उत्रिएपछि अवस्था तनावग्रस्त बनेको हो । बुवाले हेरेको केटीसँग छोराले बिहे गर्न नमान्दा जनप्रतिनिधिसमेतको उपस्थितिमा विराटनगर–१४ जतुवाका...

गर्धनमा बलले लागेर भारतीय क्रिकेटरको मृत्यु

२०७६-३-२७ शुक्रबार

खेलका दौरान गर्धनमा बल लागेर एक भारतीय युवा क्रिकेटरको ज्यान गएको छ । कस्मिरका यु–१९ क्रिकेटर जहाँगिर अहमद वार एक प्रतियोगिता खेलिरहेका थिए । बिहीबार गर्धनमा बल लागेपछि बेहोस भएका वारलाई अस्पताल लगिएको थियो तर अस्पतालले उनलाई मृत घोषित गर्यो । ११ कक्षामा पढ्ने जहाँगिर हालै यु–१९ क्रिकेट क्याटेगोरीमा छनोट भएका थिए । उनी बारामुला...

उर्लियो हनुमन्ते, भक्तपुरमा डुबान शुरु, प्रशासनद्धारा उच्च सतर्कता

२०७६-३-२७ शुक्रबार

  भक्तपुर / अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान शुरु भएको छ । हिजोदेखि नै परेको अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी खोलाभन्दा माथि आएपछि बस्तीमा पानी पस्न थालेको हो । हनुमन्तेमा बाढी उर्लिएपछि जिल्ला प्रशासन कार्यालयले हनुमन्ते नदी आसपासका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ भने नदी...