पर्यटकको रोजाइमा खोटाङकाे भुलभुले दूधकुण्ड

२०७६-४-३० विहिबार

खोटाङ / बाह्रै महिना एकनाशले बगिरहने सङ्लो पानी । पानीमा एकोहोरो कुदिरहन्छ हरियो रङको माछा । मुहानबाट पानी ओरालो बगिरहँदा माछा मुहानतर्फ कुदिरहेको हुन्छ । एकनासले मुहानतर्फ लाइन लागेर कुदिरहने माछाको रङले पानीको रङ पनि हरियो नै देखिन्छ । मुहानमा सात वटा सर्पमाथि किराँतेश्वरको सुतिरहेको मूर्ति छ । मूर्ति वरिपरि मान्छेको हातको औँलाभन्दा अलिक ठूलो माछा खेलिरहेको हुन्छ । माछा बस्ने कुर (बस्ने ठाउँ) छैन ।

बढेर ठूलोसमेत नहुने माछा कहिले उत्पादन भएको हो पत्तो छैन । रुखको फेदमा अनौठो किसिमले जमीनमुनिबाट निस्कने शुद्ध पानीको मुहानसँगै सानो प्राकृतिक पोखरी जोडिएको छ । प्राकृतिक पोखरीका बीचमा किराँत समुदायको पहिलो राजा यलम्बरको पूर्णकदको शालिक राखिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दूधकुण्डको दृश्य हो यो । यीनै दृश्य हेर्न र दर्शन गर्न अहिले भुलभुले दूधकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । विशेषगरी किराँत र हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र रहेको धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दूधकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेपछि पछिल्लो समय स्तरोन्नतिको काम पनि धमाधम भइरहेको छ ।

मध्यपहाडी लोकमार्गमा पर्ने नेर्पामा अवस्थित भुलभुले दूधकुण्डको प्रवर्द्धन गर्न नगरपालिकाको ४१ लाख रुपैयाँ लगानीमा पुरानो संरचनालाई संरक्षण गर्दै स्तरोन्नति गरिएको स्थानीयवासी एवं निर्माण उपभोक्ता समितिका सचिव लोकेन्द्र राईले बताए । सचिव राईका अनुसार प्रवेशद्वार, रेलिङसहितको सिँढी, सात धारा, गणेशको मूर्तिसहितको राउण्ड पोखरी, कम्पाउण्ड, छानासहितको बस्ने फलामे बेञ्च, बगैँचा, रातको समयमा आउने पर्यटकका लागि बत्ती, फोहर फाल्ने टोकरी, जुत्ता चप्पल राख्ने र्‍याक, तस्बीरसहितको सूचना पाटीलगायतका संरचना निर्माण गरिएको छ ।

बाह्रै महिना उत्रै पानी हुने उम्रने भुलभुले दूधकुण्डमा जलशिकारी र सातकन्या देवीको पूजाअर्चना गरिन्छ । जमिनमुनिबाट भुलभुल गरेर उम्रने भुलभुले दूधकुण्डको पानीले नुहाएमा तथा स्नान गरेका रोगव्याधी नष्ट हुने जनविश्वास रहिआएको छ । पछिल्लो समय सबैको गन्तव्यस्थल बन्दै गएको भुलभुले दूधकुण्डमा आउने भक्तजनले पूजापाठसँगै परेवा जोडी उडाउने गरेका छन् । दिक्तेल बजारबाट यातायातका सवारी साधन प्रयोग गरेर जाँदा करीब आधाघण्टामा पुगिने भुलभुले दूधकुण्डमा प्रेमी/प्रेमिकाले आपसमा गरेको प्रेमले पूर्णता पाओस् भन्ने कामनासमेत गर्ने गर्छन् ।

भुलभुले दूधकुण्डमा खोटाङका सबै स्थानीय तहसँगै छिमेकी जिल्ला भोजपुर, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, सिन्धुली तथा भारतका समेत दर्शनार्थी आउने गरेका छन् । कालोपत्रको काम भइरहेको मध्यपहाडी लोकमार्ग फराकिलो हुनुका साथै बाह्रै महीना यातायातका साधन सञ्चालन भएपछि दर्शनार्थी तथा पर्यटकको संख्या वृद्धि हुँदै गएको वडा अध्यक्ष माधव राईले बताए ।

भुलभुले दूधकुण्डबाट करिब एक किलोमिटर उकालो पैदल चढेपछि एकनासले झररर ! गरिरहेको आवाज सहित मनोरम दृश्य देखिन्छ ‘रुवालुङ’ झरनाको । जहिले सङ्लो र सेतो पानी देखिने झरनामा अहिले दैनिक १५० बढी आन्तरिक तथा वाह्य पर्यटक अवलोकन र सेल्फी खिच्ने आउने गरेको स्थानीयवासीले बताएका छन् ।

ठूला पहाड र जङ्गलको बीचमा रहेको प्राकृतिक गुफामा अहिले पनि वन झाँक्रीको पूजाआजा गर्ने चलन रहिआएको छ । गुफामा गएर वन झाँक्रीको पूजाअर्चना गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट करीब दश किलोमिटर उत्तरमा पर्ने भुलभुले दूधकुण्डमा सवारी साधन पार्किङ गरेर झरनासम्म पुग्न पैदल यात्रा गर्नुपर्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टादेखि अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चिप्लिएको यति एयरलाइन्सको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान सकस भएको छ । धावन मार्गमा विमान चिप्लिएका कारण झण्डै चार घण्टादेखि मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध रहेको छ । निरन्तरको प्रयासका बाबजुत पनि विमानलाई निकाल्न नसकिएको महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँले विमान...

विपद्बाट हुने क्षति रोक्न तीनै तहका सरकार ‘हाइ अलर्ट’

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन सक्रिय भएसँगै मुलुकमा विपद्बाट हुनसक्ने सम्भावित क्षति रोक्न तीनै तहका सरकार र सम्बद्ध निकाय ‘हाइ अलर्ट’को अवस्थामा रहेका छन् ।विपद जोखिम न्यूनीकरण, तत्काल उद्धार तथा राहतका लागि बाढीबाट प्रभावित मुलुकका २४४ स्थानलाई उच्च जोखिम क्षेत्र पहिचान गरी सरकारी क्षमताले भ्याएसम्मका तयारी गरिएको छ । मुलुकको पहाड र हिमाली क्षेत्र पहिरोको उच्च जोखिममा...

पूर्वी र मध्य भेगमा उच्च सतर्कता अपनाउन आग्रह : सबै नदीहरूमा बहाव उच्च

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसम विश्लेषणसम्बन्धी आज विषेश बुलेटिन जारी गर्दै मनसुन तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बद्ली रही धेरैजसो...

विराटनगरका अधिकांश स्थान डुबानमा : प्रदेशसभाको पानी मोटरले फालिदै ( तस्बिरहरू सहित )

२०७६-३-२७ शुक्रबार

विराटनगर / तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने सिंगिया खोलामा आएको बाढीले विराटनगर वडा नं १, २ र ८ का केही क्षेत्र आज बिहानदेखि डुबानमा परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–१ स्थित परोपकार...

ठाउँ ठाउँमा पहिरो : यात्रामा सास्ती

२०७६-३-२७ शुक्रबार

  बागलुङ / मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ । बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा...

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

२०७६-३-२७ शुक्रबार

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त...

Similar Posts

डुबानसँगै मोरङमा सात सय ५५ परिवार विस्थापित

२०७६-३-२७ शुक्रबार

माेरङ / केही दिनदेखि परिरहेको निरन्तरको वर्षासँगै घर डुबानमा परेपछि मोरङमा सात सय ५५ परिवारका विस्थापित भएका छन् । शुक्रबारसाँझ सम्ममा सात सय ५५ परिवारका ३५ सय भन्दा बढी जनसंख्या डुबानको चपेटामा परेर विस्थापित बनेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए । विराटनगर महानगरपालिका, बूढीगंगा, कटहरी, धनपालथान र जहदा गाउँपालिकाका धेरै जसो घर डुबानमा...

छोराले बिहे गर्न नमान्दा कुटिएका व्यक्तिको मृत्यु भएपछि तनाव, दुई जना वडा अध्यक्षसहित ७ जना विरुद्ध जाहेरी

२०७६-३-२७ शुक्रबार

माेरङ / छोराको बिहे गर्न नमान्दा २८ दिन अघि जनप्रतिनिधि समेतको संलग्नतामा कुटिएका एक व्यक्तिको मृत्यु भएपछि शुक्रबार विराटनगरको कोसी अस्पताल बाहिर अवस्था तनावग्रस्त बनेको छ । अस्पताल प्रवेश गर्ने ठाउँमै सडक अवरुद्ध पार्दै शव राखेर आफन्त प्रदर्शनमा उत्रिएपछि अवस्था तनावग्रस्त बनेको हो । बुवाले हेरेको केटीसँग छोराले बिहे गर्न नमान्दा जनप्रतिनिधिसमेतको उपस्थितिमा विराटनगर–१४ जतुवाका...

गर्धनमा बलले लागेर भारतीय क्रिकेटरको मृत्यु

२०७६-३-२७ शुक्रबार

खेलका दौरान गर्धनमा बल लागेर एक भारतीय युवा क्रिकेटरको ज्यान गएको छ । कस्मिरका यु–१९ क्रिकेटर जहाँगिर अहमद वार एक प्रतियोगिता खेलिरहेका थिए । बिहीबार गर्धनमा बल लागेपछि बेहोस भएका वारलाई अस्पताल लगिएको थियो तर अस्पतालले उनलाई मृत घोषित गर्यो । ११ कक्षामा पढ्ने जहाँगिर हालै यु–१९ क्रिकेट क्याटेगोरीमा छनोट भएका थिए । उनी बारामुला...

उर्लियो हनुमन्ते, भक्तपुरमा डुबान शुरु, प्रशासनद्धारा उच्च सतर्कता

२०७६-३-२७ शुक्रबार

  भक्तपुर / अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान शुरु भएको छ । हिजोदेखि नै परेको अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी खोलाभन्दा माथि आएपछि बस्तीमा पानी पस्न थालेको हो । हनुमन्तेमा बाढी उर्लिएपछि जिल्ला प्रशासन कार्यालयले हनुमन्ते नदी आसपासका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ भने नदी...