ह्याप्पी फादर्स डे ‘बुवा’

२०७६-५-१२ विहिबार

काठमाडौं / एनसेल प्रा.लि.ले आयोजना गरेको एनसेल सर्ट फिल्म कम्पिटिसन अन्तर्गत कमल सुवेदी र उनको समुहले बनाएको ‘बुवा’ फिल्मले पहिलो पुरस्कार पाउन सफल भएको छ । यो प्रतियोगिता थिम बुवा रहेको थियो ।

बुवाको मुख हेर्ने दिनको अवसरमा एनसेलले साउनको तेस्रो साताबाट ईच्छुक सर्ट फिल्म निर्माताहरुबाट प्रतियोगितामा समाबेश हुन आवहान गरेको थियो । यस प्रतियोगिताको मुख्य लक्ष्य भनेको युवा प्रतिभाहरुलाइै चलचित्र निर्माणमा प्रोत्साहन गर्नु रहेको थियो । प्रतियोगितामा ७० वटा भन्दा बढि सर्ट फिल्महरु आएका थिए र निर्णायक मण्डललाई उत्कृष्ट १० विजेताहरु छान्नका हम्मे हम्मे परेको थियो । उक्त निर्णायक मण्डलमा क्युएफएक्स सिनेमाका संस्थापक एवं चलचित्र उद्यमी नकिम उद्दीन, निर्देशक आसिफ शाह र प्रख्यात पत्रकार विद्या चापागाँई रहेका थिए ।

यस प्रतियोगिताको मुख्य उदेश्य भनेको युवा प्रतिभालाई आफ्नो सिप र कौशल प्रस्तुत गर्ने प्लेटफर्म प्रदान गर्नु र बुवाको मुख हेर्ने दिन ग्राहकहरुका साथ सामाजिक सञ्जाल मार्फत साझा गर्न मिल्ने सामाग्रीहरु हेर्दै यो विशेष दिन मनाउनुरहेको छ । एक विशेष समारोहमाझ बुधबार साझ क्युएफएक्स सिनेमा लबिम मलमा उत्कृष्ट १० सर्ट फिल्महरुको प्रिमियर सो गरिएको थियो । सो समारोहमा नेपाली चलचित्र उद्योगका गन्यमान्य व्यक्तित्वहरु, चलचित्रकर्मीहरु, दिग्गज कलाकारहरु, प्रतियोगिताका साझेदार र मिडिया क्षेत्रका पाहुनाहरुको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा समावेश भएका र उत्कृष्ट १० मा पर्न सफल सर्ट फिल्महरुका कथाले रचनात्मक र भिन्ना भिन्नै शैलीमा बुवासँग सन्तानहरुका सम्बन्धका बारेमा चित्रण गरेका थिए । एनसेलले यी १० उत्कृष्ट सर्ट फिल्महरुलाई बुवाको मुख हेर्ने दिन आफ्नो सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गर्नेछ । कार्यक्रममा बोल्दै चर्चित कलाकार हरिवशं आचार्यले भने, “छोटो समयमा यसरी कथा भन्नु एउटा राम्रो खुबि हो । यसरी नै सिनेमा बनाउदै सिक्दै जाने माध्यम हो र आशा छ उहाँहरुलाई पछि ठूला–ठूला पर्दा देख्न पाउने छौं ।”

सोही कार्यक्रममा उत्कृष्ट सर्ट फिल्महरुको नाम सार्वजनिक गर्दै सहभागिहरुलाई आकर्षक पुरस्कार हस्तान्तरण गरिएको थियो । एनसेलका चिफ टेक्निकल अफिसर मोहम्मद अदिल ईसरारले उत्कृष्ट पहिलो, फस्ट रनर अप, सेकेण्ड रनर अपलाई पुरस्कार र अन्य दुई सर्ट फिल्मलाई पनि सान्त्वना पुरस्कार वितरण गरेका थिए ।

“कथा कति सशक्त छ र प्रस्तुति कत्तिको राम्रो तरीकाले गरिएको छ भनेर निर्णायक मण्डलले निर्णय गरेका थियौं । सबै एम्मेच्योरहरु भएकाले टेक्निकालिटिज्मा त्यति धेरै ध्यान दिएनांै,” निर्णायक मण्डलका सदस्य मध्य एक शाहले भने ।

कमल सुबेदी र उनको समुहले बनाएको सर्ट फिल्म ‘बुवा’ ले पहिलो पुरस्कार स्वरुप रु १ लाख नगद पुरस्कार र समुहका तीन जनाले प्रत्येक महिना १२ महिना सम्म १० जिबी डेटा पाएका छन् । यसका साथै यो समुहले निर्देशक आसिफ शाहसँग सुटिङको बारेमा पनि सिक्ने मौका पाउनेछन् ।

त्यस्तै विशाल न्यौपाने र उनको समुहले बनाएको फिल्म ‘द ईण्ड अफ कल्चर’ ले दोश्रो पुरस्कार स्वस्प रु ७५,००० नगद पुरस्कार र समुहका तीन जनाले प्रत्येक महिना १२ महिना सम्म १० जिबी डेटा प्राप्त गरेकाछन् । द नेक्ट लेभल प्रोडक्सनको ‘वल्ड एज होम’ ले सेकेण्ड रनर अप बन्दै रु ५०,००० नगद पुरस्कार जित्नुका साथै समुहका तीन जनाले प्रत्येक महिना १२ महिना सम्म १० जिबी डेटा पाएका छन् ।

पहिलो पुरस्कार विजेता समुहका एक सदस्य निश्चल कार्कीले उतm भिडियोको प्रस्तुत कथामा विगत तीन वर्ष देखि काम गरिरहेको बताए र यस भिडियो मार्फत उनीहरुले छोराछोरीले आमाबुवालाई बुढेश कालमा बृद्घाश्रममा छोड्ने सामाजिक समस्यालाइ दर्शाउन खोजेको बताए । राजा महर्जन ‘बुवा’ र राईजिङ स्टार नेपालको ‘ड्याड, सन एण्ड ल्यापटप’ ले सान्त्वना पुरस्कार हात पारेका थिए । सान्त्वना पुरस्कार अन्तर्गत यी दुई सर्ट फिल्मले रु २५,०००÷२५,००० का साथै यी दुई सर्ट फिल्म निर्माण समुहका ३÷३ जनाले १० जिबी एनसेल डेटा प्रत्येक महिना १२ महिना सम्म पाउनेछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टादेखि अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चिप्लिएको यति एयरलाइन्सको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लैजान सकस भएको छ । धावन मार्गमा विमान चिप्लिएका कारण झण्डै चार घण्टादेखि मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध रहेको छ । निरन्तरको प्रयासका बाबजुत पनि विमानलाई निकाल्न नसकिएको महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँले विमान...

विपद्बाट हुने क्षति रोक्न तीनै तहका सरकार ‘हाइ अलर्ट’

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन सक्रिय भएसँगै मुलुकमा विपद्बाट हुनसक्ने सम्भावित क्षति रोक्न तीनै तहका सरकार र सम्बद्ध निकाय ‘हाइ अलर्ट’को अवस्थामा रहेका छन् ।विपद जोखिम न्यूनीकरण, तत्काल उद्धार तथा राहतका लागि बाढीबाट प्रभावित मुलुकका २४४ स्थानलाई उच्च जोखिम क्षेत्र पहिचान गरी सरकारी क्षमताले भ्याएसम्मका तयारी गरिएको छ । मुलुकको पहाड र हिमाली क्षेत्र पहिरोको उच्च जोखिममा...

पूर्वी र मध्य भेगमा उच्च सतर्कता अपनाउन आग्रह : सबै नदीहरूमा बहाव उच्च

२०७६-३-२७ शुक्रबार

काठमाडौँ / मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसम विश्लेषणसम्बन्धी आज विषेश बुलेटिन जारी गर्दै मनसुन तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बद्ली रही धेरैजसो...

विराटनगरका अधिकांश स्थान डुबानमा : प्रदेशसभाको पानी मोटरले फालिदै ( तस्बिरहरू सहित )

२०७६-३-२७ शुक्रबार

विराटनगर / तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने सिंगिया खोलामा आएको बाढीले विराटनगर वडा नं १, २ र ८ का केही क्षेत्र आज बिहानदेखि डुबानमा परेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–१ स्थित परोपकार...

ठाउँ ठाउँमा पहिरो : यात्रामा सास्ती

२०७६-३-२७ शुक्रबार

  बागलुङ / मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ । बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा...

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

२०७६-३-२७ शुक्रबार

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त...

Similar Posts

डुबानसँगै मोरङमा सात सय ५५ परिवार विस्थापित

२०७६-३-२७ शुक्रबार

माेरङ / केही दिनदेखि परिरहेको निरन्तरको वर्षासँगै घर डुबानमा परेपछि मोरङमा सात सय ५५ परिवारका विस्थापित भएका छन् । शुक्रबारसाँझ सम्ममा सात सय ५५ परिवारका ३५ सय भन्दा बढी जनसंख्या डुबानको चपेटामा परेर विस्थापित बनेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए । विराटनगर महानगरपालिका, बूढीगंगा, कटहरी, धनपालथान र जहदा गाउँपालिकाका धेरै जसो घर डुबानमा...

छोराले बिहे गर्न नमान्दा कुटिएका व्यक्तिको मृत्यु भएपछि तनाव, दुई जना वडा अध्यक्षसहित ७ जना विरुद्ध जाहेरी

२०७६-३-२७ शुक्रबार

माेरङ / छोराको बिहे गर्न नमान्दा २८ दिन अघि जनप्रतिनिधि समेतको संलग्नतामा कुटिएका एक व्यक्तिको मृत्यु भएपछि शुक्रबार विराटनगरको कोसी अस्पताल बाहिर अवस्था तनावग्रस्त बनेको छ । अस्पताल प्रवेश गर्ने ठाउँमै सडक अवरुद्ध पार्दै शव राखेर आफन्त प्रदर्शनमा उत्रिएपछि अवस्था तनावग्रस्त बनेको हो । बुवाले हेरेको केटीसँग छोराले बिहे गर्न नमान्दा जनप्रतिनिधिसमेतको उपस्थितिमा विराटनगर–१४ जतुवाका...

गर्धनमा बलले लागेर भारतीय क्रिकेटरको मृत्यु

२०७६-३-२७ शुक्रबार

खेलका दौरान गर्धनमा बल लागेर एक भारतीय युवा क्रिकेटरको ज्यान गएको छ । कस्मिरका यु–१९ क्रिकेटर जहाँगिर अहमद वार एक प्रतियोगिता खेलिरहेका थिए । बिहीबार गर्धनमा बल लागेपछि बेहोस भएका वारलाई अस्पताल लगिएको थियो तर अस्पतालले उनलाई मृत घोषित गर्यो । ११ कक्षामा पढ्ने जहाँगिर हालै यु–१९ क्रिकेट क्याटेगोरीमा छनोट भएका थिए । उनी बारामुला...

उर्लियो हनुमन्ते, भक्तपुरमा डुबान शुरु, प्रशासनद्धारा उच्च सतर्कता

२०७६-३-२७ शुक्रबार

  भक्तपुर / अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान शुरु भएको छ । हिजोदेखि नै परेको अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी खोलाभन्दा माथि आएपछि बस्तीमा पानी पस्न थालेको हो । हनुमन्तेमा बाढी उर्लिएपछि जिल्ला प्रशासन कार्यालयले हनुमन्ते नदी आसपासका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ भने नदी...