नेपालमै पहिलोपटक बिनाअपरेसन निकालियो फोक्सोको ट्युमर

२०७६-२-२२ बुधबार
काठमाडौं । नेपालमै पहिलोपटक एकजना २० वर्षीय युवकको फोक्सोको ट्युमर सर्जरीको विकल्पमा ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया’ अर्थात् बिनाशल्यक्रिया निकालिएको छ। उनको उपचार मेडिसिटी अस्पतालमा गरिएको शो । माइक्रोवभ एब्लेसन यस्तो प्रविधि हो जसले कलेजो, फोक्सो, थाइराइड ग्रन्थी तथा हड्डीलगायतका स्थान ३ देखि ५ सेन्टिमिटरको आकारमा रहेको ट्युमरको उपचार गर्न सक्छ। चिकित्सका अनुसार यस प्रविधिमा खुला शल्यक्रिया...

बिरामी हेर्न आएकालाई विराटनगर गोल्डेन अस्पतालले बनायो बन्धक

२०७६-२-२० सोमबार
माेरङ / भारतको बिहारस्थित मिल्कीडुमरियाका ३५ वर्षीय सत्यनारायण दास आइतबार दिउँसो विराटनगरको गोल्डेन अस्पताल पुगे । दुर्घटनामा घाइते भएर उपचाररत ४५ वर्षीय दुखन दासलाई हेर्न भनेर उनी अस्पताल पुगेका थिए । तर छिमेकी बिरामी हेर्न अस्पताल गएका सत्यनारायण बाहिर निस्कन पाएका छैनन् । त्यस क्रममा घाइतेका आफन्तले पठाएको ५८ हजार भारतीय रुपैयाँ पनि अस्पतालमा जम्मा...

मोदीको सपथ ग्रहणमा बिनोद चौधरी पनि सरिक हुँदै

२०७६-२-१६ विहिबार
काठमान्डाै / प्रधानमन्त्री नरेन्द्र मोदीले आफनो दोस्रो कार्यकाल सुरु गर्दैछन् । आज उनले प्रधानमन्त्रीको सपथ ग्रहण गर्दैछन् । जुन कार्यक्रम अहिलेसम्मकै भव्य हुने बताईएको छ । सपथ ग्रहण कार्यक्रममा विमेस्टक राष्ट्रहरुलाई बिषेश निम्तो दिईएको छ । साँझ ७ बजे हुने सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सरिक हुँदैछन् । जुन कार्यक्रममा ८ हजार...

रंग उद्योगको मेसिनले हात काट्दा मजदुर घाइते

२०७६-२-२ विहिबार
माेरङ / विराटनगर महानगरपालिका–५ पुलचौकमा रहेको सनलाइट रंग उद्योगको मेसिनले हात काट्दा विबहीबार साँझ एक मजदुर गम्भीर घाइते भएका छन् । दाहिने हातको नाडीमा मेसिनले काटेर मोरङको ग्रामथान गाउँपालिका–२ का १७ वर्षीय मेघराज राजवंशी घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । काम गर्ने क्रममा अचानक मेसिनले हात काटेपछि घाइते भएका राजवंशीको अवस्था...

क्रसर उद्धा मच्चियो हलचल

२०७६-२-१ बुधबार
आइतबार दिउँसो साँढे ११ बजेको थियो । त्यो दिनको दैनिकी सबैको सदाझैँ सामान्य तरिकाले बितिरहेको थियो । एकाएक ललितपुर क्रसर व्यवसायीहरुबीचको माहोल बिग्रियो । व्यवसायीहरुमा निकै हलचल मच्चियो । उनीहरु सबैको भागाभाग चलेको दिन थियोे । जब क्रसर व्यवसायी संघ ललितपुरका अध्यक्ष सुदर्शन विष्ट पक्राउ परे तव सबै व्यवसायी बीच हलचल मच्चिएको थियो भने कतिको...

नेपालगञ्जलाई उत्कृष्ट नमूना शहर बनाइने

२०७६-१-२६ विहिबार
नेपालगञ्ज / नेपालगञ्जलाई उत्कृष्ट नमूना शहर बनाउने लक्ष्यका साथ नेपालगञ्ज उपमहानगरपालिकाले विकासका महत्वपूर्ण योजनालाई प्राथमिकीकरण गर्दै निर्माण कार्यसमेत अघि बढाएको छ । “हामीले पहिलो चरणमा नगरका अधिकांश भागमा सडक, ढल, नाला, डम्पिङ साइट निर्माणलगायत पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ”, नगर प्रमुख डा धवलशम्शेर राणाले भन्नुभयो । नगरमा थुप्रै विकास निर्माणका काम जारी रहेको जनाउँदै उहाँले...

पाथीभरा पुरुष भलिबल प्रतियोगिताको उपाधीका लागि आज पुलिस र आर्मी भिड्ने

२०७६-१-२६ विहिबार
ताप्लेजुङ / ताप्लेजुङको मैवाखोला स्थित साँघुमा विहिबार सम्पन्न हुने तेश्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधीका लागि आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी भिड्ने भएकाछन् । खेल आज मध्यान्हदेखि सुरु हुने छ । बुधबार फाईनल प्रवेशका लागि भएको खेलमा साविक विजेता नेपाल पुलिसले गण्डकी प्रदेश र आर्मीले एपिएफलाई पराजित गर्दै उपाधीका लागि भिडन्त पक्का...

रिनालाई बेलुका भेटेर सँगै चिसो खाने अपरिचित युवा र भेटाउने साथी को थिए ֍

२०७६-१-१२ विहिबार
पथरी । मोरङ पथरीशनिश्चरे १ मा गत शनिबार बिहान नग्न अबस्थामा मृत भेटिएकी रिना बस्नेत (रुपा) को मृत्युको बिषयलाई लिएर प्रहरीले उनकै २ जना साथीलाई नियन्त्रणमा लिएको छ । शुक्रबार बेलुका ५ बजेको समयमा पथरीमा आएका २ जना अपरिचित युवाहरु सँग रिनाको भेट गराउने उनका २ जना मिल्ने साथीले भेट गराई चिसो समेत पिएर छुटेको...

भीमबहादुरको सपना र जलविद्युत आयोजना ले ल्याएको समृद्धि

२०७६-१-६ शुक्रबार
दोलखा / बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणमा भइरहेको ढिलाइको अनिश्चितता अब भने हटेको छ । स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको यो आयोजनाबाट आउँदो केहि महिनाभित्र परीक्षण उत्पादन हुनेगरी काम भइरहेको आयोजना का प्रबक्ता गणेश न्यौपाने ले जानकारी दिए । केही बर्ष अधि दुस्ख हेर्न दोलखाको उत्तरी भेगमा जानुपर्छ भनिन्थ्यो तर अहिले राम्रा अवसरका लागि...

नयाँ बर्षको पहिलो दिन तालतलैयामा १५ हजार बढी पर्यटक, नेपाली सेनाले निर्माण गरेकाे कटेज एवं जैबिक पुल हस्तान्तरण

२०७६-१-१ आइतबार
इटहरी / सुनसरी जिल्लाकाे इटहरीमा अवस्थित तालतलैया सिमसार क्षेत्रमा नेपाली सेनाले निर्माण गरिदिएको कटेज एवं जैबिक पुल तथा होटल एशोसियसन इटहरीले अर्नाको स्तम्भ बिधिवत रूपमा हस्तान्तरण गरेकाे छ। कार्यक्रममा नेपाली सेना सबुज गणका बिभिन्न दर्जा, होटल ब्यवसायी संघका पदाधिकारी एवं तालतलैया संरक्षण समितिका सदस्यहरुको उपस्थितीमा जैबिक पुल, कटेज तथा अर्नाको स्तम्भ हस्तान्तरण गरिएकाे हाे ।...

आरोहीबाट रु २५ करोड बढी रोयल्टी उठ्यो

२०७५-१२-२३ शनिबार
काठमाडौँ/ यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणका लागि हालसम्म ४६ आरोही समूहले आरोहण अनुमति लिएका छन् । छयालीस आरोही समूहका १९३ आरोहीबाट आजसम्म रु २५ करोड ५६ लाख २८ हजार ८३७ रोयल्टी जम्मा भएको पर्यटन विभागले जनाएको छ ।सो मध्ये सर्वोच्च शिखर सगरमाथाबाट मात्रै रु २३ करोड ९२ लाख ५७५ रोयल्टी उठेको छ । सगरमाथा...

मुख्य कुरा अङ्ग्रेजी कि अक्कल ֍

२०७५-१२-२० बुधबार
०७५ चैत्र १५ र १६ गते काठमाण्डौमा लगानी सम्मेलन सम्पन्न भयो । विश्वका ४० देशका ६ सयभन्दा बढि लगानीकर्ता र एक हजार भन्दा बढि सहभागी रहेकै कारण पनि यो अवसर आधुनिक पुर्वाधार विकासतर्फ घिस्रिँदै गरेको नेपालका लागि खास थियो । अन्तरराष्ट्रिय लगानी कर्ताहरुलाई नेपालका आवश्यकता र सरोकारका परियोजनाहरुबारे जानकारी गराउने र लगानीका लागि आकर्षित गर्ने...

शिक्षक आन्दोलनमा प्रहरी हस्तक्षेप भएको काङ्ग्रेसको आरोप

२०७५-११-२१ मंगलबार
काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राहत शिक्षकको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीबाट हस्तक्षेप भएको भनी विरोध गरेको छ । काङ्ग्रेस संसदीय दलले ‘सामुदायिक विद्यालयमा लामो समयदेखि अध्यापनरत राहत शिक्षकले काठमाडौँको नयाँ बानेश्वरमा शान्तिपूर्ण प्रदर्शन गरेको अवस्थामा प्रहरीको दमनबाट दर्जनौं शिक्षक घाइते भएको’ जनाएको छ । प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्तिमार्फत शान्तिपूर्ण रुपले प्रदर्शन गर्न पाउने...

भद्रपुरमा पुरुषको शव फेला

२०७५-११-८ बुधबार
झापा / भद्रपुर नगरपालिका–५ मा सडकको नालीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। मंगलबार राति करिब ४० वर्षीय पुरुष नालामा डुबेको अवस्थामा मृत फेला परेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए। मृतकको पहिचना खुलेको छैन। ती व्यक्ति किचकबध मेलाबाट फर्किएर भद्रपुरतर्फ आइरहेको हुन सक्ने प्रहरीको आशंका छ। माघे शुक्ल...

‘भ्यालेनटाइन डे’ नजिकिदैँ, के तपाई ‘सिङ्गल’ हुनुहुन्छ ֍ एकपटक पढ्नुस्

२०७५-१०-२९ मंगलबार
१४ फेब्रुअरी जकिँदै गर्दा प्रेम जोडीहरु ‘रोमान्टिक’ बन्दै गइरहेका छन् । कोही जोडी बनाउँने अवसर खोज्दैछन्, त कोही एक–अर्कामा नजिकिने प्रयास गर्दैछन् । त्यसो त भ्यालेन्सटाइन डे अर्थात् प्रणय दिवस पश्चिमा समाजबाट भित्रिएको संस्कृति हो । नेपालका केही प्रमुख शहरका युवा–युवतीले यो अवसरको भरपूर फाइदा उठाउन चाहान्छन् । हिजोआज जो–कोही प्रेममा हुन्छन्, तर कोही यस्ता...

इटहरी गोल्डकपमा मनाङको बिजयी सुरुवात

२०७५-१०-१३ आइतबार
सुनसरी / सुनसरीको इटहरीमा हिजोदेखी सुरु मदन भण्डारी स्मृती इटहरी गोल्डकपमा मनाङ मस्र्याङदी क्लबले बिजयी सुरुवात गरेको छ । आइतबार भएको दोसो्र क्वाटरफाइनल खेलमा आयोजक राष्टिय जागृती क्लबलाइ २–१ गोल अन्तरले पराजित गर्दै मनाङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । मनाङको जितमा सुजल श्रेष्ठ र म्यानअफ द म्याच कमल श्रेष्ठले गोल गरे । सुजलले खेलको...

यी देशमा पनि छन् मोटरसाइकल लिफ्ट सेवा

२०७५-१०-५ शनिबार
काठमाडौँ / नाकाबन्दीका बेला ‘लिफ्ट कल्चर’ निकै लोकप्रिय थियो । लिफ्ट कल्चरबाट पाठ सिकेर केही सिर्जनशील युवाले व्यावसायिक रूपमा ‘टुटल’ तथा ‘पठाउ’ एप्स बनाए । यसले धेरै युवालाई रोजगारी दियो भने यात्रु पनि लाभान्वित भए । केही दिनअघि प्रहरीले एकाएक यस्ता सेवामाथि रोक लगाएपछि धेरैमा निराशा छायो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले यस्ता सेवा...

एक सय जनालाई कपडा वितरण

२०७५-९-२८ शनिबार
माेरङ / इन्डिपेन्डेन्ट ह्युमन फाउण्डेसनले मन्दिर परिषरमा रहेर जीवनगुजारा गर्ने एक सय जनालाई जाडोमा लगाउने कपडा वितरण गरेको छ । विराटगनरस्थित विभिन्न मन्दिरमा दैनिक विहानीपख भक्तजनसंग आर्थिक सहयोग मागेर गुजारा गर्नेहरुलाई न्यानो ब्लान्केट वितरण गरिएको फाउण्डेसनकी अध्यक्ष सावित्री आचार्यले जानकारी दिइन । समाजिक कार्यमा विगत लामोसमयदेखि सक्रिय हुँदै आएको आचार्यपरिवारका सदस्य फाउण्डेसनमार्फत आर्थिक अवस्था कमजोर,...

आगलागीमा ८२० चल्ला जले

२०७५-९-१७ मंगलबार
सिरहाको लहान नगरपालिका–२२ जहदीस्थित एक कुखुरा फार्ममा आज आगलागी हुँदा करीब रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीयवासी अविनाशकुमार यादवको कुखुरा फार्ममा आगलागी हुँदा फार्ममा रहेका ८२० वटा चल्ला जलेर मर्नुका साथै फार्मसमेत पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा र प्रहरीको प्रयासमा आगो नियन्त्रणमा आएको थियो ।

आमालाइ गुमाएपछि भावुक हुँदै रविले फेसबुकमा यस्तो लेख

२०७५-९-११ बुधबार
काठमाडौ । दोस्रो नेपाल आर्इडल रवि ओडकी आमा विष्नादेवी ओडको मृत्यु भएपछि रविले आफ्नो फेसबुक एक भावकु स्टाटस लेखेका छन् । आमाको मृत शरिरसँग दुइवटा तस्विर राख्दै रविले लेखेका छन् । किन छोडेर जानु भो आमा मलाइ, दैब पनि कस्तो निस्तुरी भैइस मेरो खुसि देख्न सकिनस थुक्क यो शब्दले उनका फ्यानहरुलाई खुबै रुवाएको छ ।...

कृष्टिनसँग रोमान्टिक बने युवा ज्योतिष हरिहर अधिकारी

२०७५-८-२८ शुक्रबार
ईटहरी/ आफु काम गर्ने क्षेत्र जुन सुकै होस् तर नेपालि कला र मनोरन्जनको पाटोलाइ पछ्याउनेहरु पछिल्लो समय निक्कै बढेको छ । जसको ज्वलन्त उदाहरण हो चर्चित युवा ज्योतिष हरिहर अधिकारी । उनले एक नेपालि फिल्ममा अभिनय गरेका छन् । ‘शुभ लभ’नामक सो फिल्मको हालै फर्स्टलुक पोस्टर सार्बजनिक भएको छ । युवा ज्योतिष हरिहर यो फिल्ममा...

‘नेपाल आईडल’मा टप ११ बाट बाहिरिएकी मेनुका ‘सारेगमप’बाट पनि टप ११ बाटै बाहिरिईन्, यस्तो छ उनको स्टाटस

२०७५-८-२० विहिबार
इटहरी/ आफु दृष्टिबिहिन भएपनि आफ्नो कला देखाउन पछि नपर्ने गायिका मेनुका पौडेल सफलताको अर्को सिखरमा लम्किदै छिन । नेपाल आईडलको पहिलो सिजनमा ११ औ स्थान सम्म पुगेकी उनि हाल छिमेकी राष्ट्र भारतको टेलिभिजन च्यानलमा प्रसारण हुने सर्वाधिक चर्चित गायन रियालिटी शो ‘सारेगमप’ मा आफुलाई खरो प्रतिष्पर्धीको रुपमा उभ्याएकी थिइन् । अन्तत उनि त्यस मन्चबाट पनि...

पदेश १ का दुई स्थानमा आगलागी हुँदा ९ लाख बढी क्षति

२०७५-८-१७ सोमबार
खोटाङ / पदेश न. १ काे खोटाङ तथा मोरङ जिल्लामा हिजाे अाइतबार भएको आगलागीबाट ९ लाख बढीको क्षति भएको छ । खोटाङको रावावेशी गाउँपालिका-२ बस्ने ईश्वर बहादुर मगर र लोक बहादुर मगरको २ तले घरमा आगलागी हुँदा अन्दाजी ५ लाख ५७ हजार मूल्य बराबरको क्षति भएको हाे । आइतवार राती ८ बजेको समयमा २ वटा...

अछामकाे मेल्लेख छाउगोठ मुक्त वडा घोषणा

२०७५-८-१६ आइतबार
अछाम / मेल्लेख गाउँपालिका–१ र २ ऋषीदहलाई छाउगोठ मुक्त वडा घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराल–२ को डाँडासिरीमा आज पत्रकार सम्मेलन गरी दुईवटै वडालाई छाउगोठ मुक्त घोषणा गरिएको जानकारी दिनुभयो । जनयुद्ध कालदेखि नै छाउपडी नमान्ने ऋषिदहमा शान्ति प्रक्रियापछि पुनः छाउगोठ अस्तित्व शुरु भएका थिए । पछिल्लो दुई वर्षयता स्थानीय महिला सञ्जाल, आमा...

घाट व्यवस्थित नहुँदा शव जलाउन समस्या

२०७५-८-१६ आइतबार
विराटनगर / मोरङको उर्लाबारीस्थित बक्राहा खोलाको घाटलाई व्यवस्थित गर्न सरोकारवालाहरुले चासो नदिएकै कारण शव जलाउन समस्या हुन थालेको छ । उर्लावारी नगरपालिका ४ स्थित बक्राहा घाटको दुवैतर्फ शव जलाउने गरिएको भएपनि व्यवस्थित घाट निर्माण हुन सकेको छैन । स्थानीय समाजसेवी गंगाप्रसाद खरेलको संयोजकत्वमा बक्राहा घाट व्यवस्थापन समिति बनाएर घाट निर्माण गरिएको भएपनि गत वर्ष बक्राहा...

बोल्दा बोल्दै रोइन श्रृङ्खला (भिडियो )

२०७५-८-१६ आइतबार
काठमाडौं । श्रृङ्खला खतिवडा आफ्नो भिडियो सन्देशमा आँखा रसाउँदै भावुक बनेकी छन्। उनले आफूले हारिनसकेको भन्दै निरास नहुन पनि आग्रह गरेकी छन्।मिस वर्ल्डको हेड टु हेड च्यालेन्जको पहिलो राउण्डमा समूह विजेता बनेकी नेपाली प्रतिस्पर्धी श्रृङ्खला खतिवडा दोस्रो चरणमा भने पराजित हुनुपर्यो। श्रृङ्खला शनिबार भएको हेड टु हेडको दोस्रो चरणमा सिंगापुरकी भेनिसा पेहलासँगको प्रतिस्पर्धामा छनोट बाहिर...

सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलन गर्ने तयारीमा राजपा

२०७५-८-३ सोमबार
काठमाडौं / राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिई दबाबमूलक आन्दोलन गर्ने भएको छ । राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले आफूहरूले उठाउँदै आएको माग सम्बोधन नभएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर दबाबमूलक आन्दोलन गर्ने बताए । ‘सरकारको रवैया यस्तै रहिरह्यो भने हामी समर्थन फिर्ता लिएर आन्दोलनमा जाने भन्ने कुरा पहिलेदेखि...

पशुपति माविमा आर्थिक अनियमितता, हिसाब मिलाउन प्रअलाई भ्याइनभ्याई

२०७५-७-३० शुक्रबार
झापा / झापाको बाह्रदशी गाउँपालिका–३ राजगढमा रहेको पशुपति माध्यमिक विद्यालयका केही शिक्षक र व्यवस्थापन समितिको मिलेमतोमा आर्थिक अनियमितता हुँदै आएको तथ्य खुलेको छ । उनीहरुले नियम विपरीत मनोमानी ढंगले आर्थिक कारोवार र बिल भर्पाई बनाएको पाइएसँगै यस्तो तथ्य खुलेको हो । विद्यालयले गरेको आर्थिक कारोवारको अभिलेख अभिभावक सामेल भएको सामाजिक परीक्षण समितिमा आएसँगै कर्मचारी र...

नेकपाको चियापान शुरु

२०७५-७-१० शनिबार
काठमाडौँ / विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज राजधानीको भृकुटीमण्डप बगैँचामा आयोजना गरेको चियापान कार्यक्रम शुरु भएको छ । कार्यक्रममा राज्यका सबै पक्ष, संवैधानिक निकाय, राजनीतिक दल, नागरिक समाज, कूटनीतिक क्षेत्र तथा विकासका साझेदार पक्षबीचमा एकता र आपसी विश्वास अभिवृद्धि गर्ने अपेक्षासहित चियापानमा सहभागी हुन सबैलाई आग्रह गरिएको छ...

वाउ नेपालकी सोनिका रोकायाले छोडिन देश, आखिर किन ֍ (भिडियो सहित)

२०७५-६-२३ मंगलबार
बझाङबाट धनगढी बसाई झर्दैगर्दा होटलमा टिभी देखेर अच्चममा परेकी सोनिका रोकायाले त्यहीबेला कुनै दिन टिभीमा देखिने सपना पालेकी थिईन । बाल्यकालको त्यही सपना पूरा गर्न सोनिका ग्ल्यामर क्षेत्रमा आबद्द रहदै आएकी थिईन । बूढानीलण्ठ स्कुलबाट विद्यालय शिक्षा पूरा गरेकी सोनिकाको परिवारको इच्छा डाक्टर, इन्जिनियर बनाउनमै थियो । यद्यपि, परिवारको इच्छा विपरीत नै विज्ञान विषयको अध्ययन...

मेयरले आफ्नै कार्यालयका लेखा अधिकृतलाई कुटे

२०७५-६-१२ शुक्रबार
महोत्तरी । भंगहा नगरपालिकाका मेयर सञ्जीव साहले हिसाबकिताब नदिएको भन्दै आफ्नै कार्यालयका लेखा अधिकृत पवनकुमार अधिकारीलाई बुधबार कुटपिट गरेका छन् । कर्मचारी संगठनहरूले मेयरलाई कारबाही गर्न बिहीबार ज्ञापनपत्र बुझाएका छन् । मेयर साहले गत आर्थिक वर्षको भुक्तानी माग गरेपछि आफूले नियमविपरीत हुने जानकारी गराउँदा कुटपिट गरिएको दाबी लेखा अधिकृत अधिकारीले गरे । आजको नयाँ पत्रिका दैनिकमा...

मिडियाले नै षड्यन्त्र गर्यो भन्दै रबिनाबादी मिडियासँग यसरी भइन् आक्रोशित (भिडियो)

२०७५-६-९ मंगलबार
मिडियाले नै षड्यन्त्र गर्यो भन्दै रबिनाबादी मिडियासँग यसरी आक्रोशित भन्छिन : मलाई थुकेको भिडियो खिचिएँन तर मिले झम्टिएको भिडियो खिचियो अरु सबै काटियो भयो भन्दै जंगीईन (भिडियो) Purbeli TV

यस्ता छन् कागती पानिका अवगुण

२०७५-६-९ मंगलबार
भोजनमा कागतीको उपस्थिती निकै मन पराइन्छ र निकै स्वास्थ्यवर्दक पनि मानिन्छ । एण्टी क्यालोरी फुडका रुपमा चिनिने यो फलले तपाईं हाम्रो शारिरिक चुस्तता कायम राख्न निकै महत्वपूर्ण भूमिका खेल्छ । तर हरेक कुराको सकरात्मकका साथै नकरात्मक पक्ष पनि हुन्छ भनेझैं कागतिका पनि केही अवगुण छन् । स्वास्थ्यका लागि निकै लाभदायक मानिने कागतीको उपभोग गर्न नजान्दा यसले...

डाक्टरको मागअनुसार नै संहिता संशोधन, मेडिकल काउन्सिललार्इ अधिकार

२०७५-६-८ सोमबार
काठमाडौ‌ँ । उपचारका क्रममा चिकित्सकले लापरबाही गरे वा नगरेको लगायतका चिकित्सकीय कसुरसँग सम्बन्धित घटनाको अनुसन्धान मेडिकल काउन्सिलले गर्ने भएको छ । आन्दोलनरत चिकित्सकको माग बमोजिम सरकारले मुलुकी अपराध संहिताको व्यवस्था परिमार्जन गरेको हो। परिमार्जित व्यवस्था राष्ट्रियसभाको आइतबारको बैठकले पारित गरेको हाे। पारित विधेयकअनुसार अब कसुरका विषयमा काउन्सिलले अनुसन्धान गरेपछि मात्र मुद्दा चल्ने वा नचल्ने निर्णय...

लिक बन्यो, रेलै छैन

२०७५-५-१८ सोमबार
आगामी पुसबाट जयनगर-जनकपुर रेल सेवा चल्ने तरखरमा छ। बर्दिबाससम्म लिक बन्दैछ। तर, त्यो कुन ढंगले चलाउने सरकार अझै टुंगोमा पुगेको छैन। प्रधानमन्त्री केपी ओली र बिम्स्टेक सम्मेलनमा आएका भारतीय समकक्षी नरेन्द्र मोदीबीय यस विषयमा गहन छलफल भयो। प्रधानमन्त्री निकट स्रोतले भन्यो- भेटको मुख्य एजेन्डा नै रेल बन्यो। नेपालले रेलमार्ग यसमा प्राविधिक तयारी गरेकै छैन। रेल...

कञ्चनपुरमा पाँच घण्टाका लागि कफ्र्यू हटाइयो

२०७५-५-१० आइतबार
कञ्चनपुर / कञ्चनपुरमा पाँच घण्टाका लागि कफ्र्यू हटाइएको छ । आज बिहान ५ बजे देखि १० बजे सम्मका लागि कफ्र्यू हटाइएको हो । दश बजेदेखि पुनः कफ्र्यू यथावत रहने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । भीमदत्त नगरपालिका–२ खोल्टीका निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन उग्र बनेपछि शुक्रबार साँझ ८ बजेदेखि...

आलु र गोलभेंडामा पनि विदेशकै भर

२०७५-५-६ बुधबार
विराटनगर / कृषि प्रदान देश नेपालमा आलु र गोलभेंडामा पनि विदेशकै भर पर्नु पर्ने अवस्था छ । नेपालमा उत्पादन हुने आलु र गोलभेंडाले सीमित समय सम्म मात्रै यहाँको मागलाई धन्ने भएकाले पनि विदेशबाट आयात गर्नु पर्ने बाध्यता छ । नेपालमा उत्पादन हुने आलुले कठिनले पाँच महिना र गोलभेंडाले तीन महिना यहाँको मागलाई धान्छ । अरु...

‘नेपाली झण्डा राखेर पानी जहाज कलकत्ता पुग्छ’

२०७५-५-२ शनिबार
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश-२ को प्रदेशसभालाई शनिबार सम्बोधन गरेका छन्।ओलीले सम्बोधनमा मुलुकको विकास र समृद्धिमा कुनै पनि सम्झौता हुन नसक्ने बताएका छन्। उनले विकास निर्माणदेखि निर्वाचनको बेला सप्तरीमा भएको घटनाको समेत स्मरण गरे। प्रधानमन्त्री भएको ६ महिना हुन लागेको बताउँदै ओलीले अब ९ वटा ६ महिनामा देशको आमुल परिवर्तन गरेर छोड्ने बताए। ‘एउटा ६...

सामाजिक मर्म सहित ‘टेक्न पाईन माईतीको आँगनी’ (भिडियो सहति)

२०७५-५-२ शनिबार
हिन्दु नारीहरुको पर्व हरितालिका तिज नजिकिदै गर्दा सोलुखुम्बुकी प्रतिभावान् गायिका निशा कार्कीले ‘माईतीको आँगनी’ तिज लोक गीत सार्वजनिक गरेकी छिन् ।‘उस्ले ग¥यो घात’ दोहोरी गीतवाट गायनयात्रा शुरु गरेकी कार्कीले पछिल्लो समय आधा दर्जन बढि दोहोरी गीतमा आफ्नो स्वर भरेकी छिन् । जुन गीतहरुको भिडियो सार्वजनिक हुन बाँकी रहेको छ ।धेरैले स्टेज कार्यक्रम लक्षित सृजना बजारमा...

अब काम नगरी बेरोजगार हुने युवाले बिहे गर्न केटी नपाउने ֍

२०७५-४-३० बुधबार
बहिनीलाई सबैले हिरोनी भन्छन् । हुन पनि साह्रै राम्री छे । ‘ओहो, यो छोरी त कति राम्री छे, यसलाई पाउने केटा त कति भाग्यमानी होला है ? खोट लगाउने ठाउँ कतै छैन’, आफन्त सँगीसाथीले उसलाई सधैं यही भनेर फुक्र्याउँछन् ।बा भने छोरी सुहाउँदो ज्वाइँ नभेटेर हैरान छन् । कति ठाउँबाट कुरा आयो, कहाँ के मिल्दैन-मल्दैन...