राष्ट्रिय चिकित्सा शिक्षा ऐन प्रभावकारी कार्यान्वय हुनु पर्छ : मन्त्री पोखरेल

२०७६-२-२३ विहिबार
विराटनगर / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य क्षेत्रको गुणात्मकतालाई प्रत्याभूत गराउँदै स्वास्थ्य क्षेत्रमा देखिएको विकृतीको अन्त्य गर्ने ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ प्रभावकारी रूपमा कार्यन्वयन गर्नु पर्ने बताएका छन् । संघीय संसदबाट पारित भएर कार्यन्वयनको चरणमा रहेको राष्ट्रिय चिकित्सा ऐनले चिकित्सा शिक्षा र सेवामा रहेको विकृतिको पनि अत्य गर्ने भएकोले प्रभावकारी रूपमा कार्यन्वयन...

संस्कृत शिक्षाप्रति आकर्षण बढ्दै

२०७६-२-२३ विहिबार
गलेश्वर / पूर्वीय सभ्यता, दर्शन, धर्म र विज्ञानको जननी (आमा) मानिने संस्कृत शिक्षाको अध्ययनप्रति पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै जान थालेको छ । विसं २०५२ पछि जनयुद्धका क्रममा विस्थापित भएको संस्कृत शिक्षा देशमा शान्ति पुनःस्थापनासँगै आध्यात्मिक चेतनाको विस्तार हुन थालेपछि पुनःपठनपाठन हुन थालेको हो । समाजमा हुने विभिन्न किसिमका धार्मिककार्य, अनुष्ठान र पूजापाठमा ब्राह्मण तथा...

इटहरी स्थित पशुपति इंग्लिश बोडिङ स्कुलका विद्यार्थीहरुले यसरी मनाए बिश्व बाताबरण दिवस ( १५ तस्विरहरू )

२०७६-२-२२ बुधबार
इटहरी / “स्वच्छ वायु स्वस्थ जीवन” भन्ने नाराका साथ विश्व वातावरण दिवस २०१९ मनाइँदैछ । यसै अवसरमा इटहरी २ स्थित पशुपति इंग्लिश बोडिङ स्कुलका विद्यार्थीहरुले विध्यालय आसपासका बिभिन्न ठाँउहरूमा सरसफाइ एवं गमलामा फुल राेपी विश्व वातावरण दिवस छन् । कक्षा ८,९ मा अधयानरत विद्यार्थीहरुद्वारा बुधबार बिहान इटहरीका हलगडा, हवाई चोक, पशुपति चोक, तिनजुरे चोक लगायत...

इटहरी स्थित हाेटल बरन्डामा एक्पर्ट एजुकेशनको अष्ट्रेलिएन एजुकेशन सेमिनार सम्पन्न

२०७६-२-२२ बुधबार
इटहरी / इटहरी स्थित एक्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसले अष्ट्रेलिएन एजुकेशन सेमिनार सम्पन्न गरेकाे छ । गत जेठ २० गते इटहरी स्थित होटल बरन्डाको सभाहलमा सम्पन्न उक्त सेमिनारमा इटहरी आसपासका करिब ५०० जना बिद्यार्थीहरुको उपस्थिती रहेकाे थियाे ।  सेमिनारमा चाल्स स्टर्ड यूनिभरसिटि, भिक्टोरिया यूनिभरसिटि, यूनिभरसिटि अफ साउदर्न क्युनसलेण्ड, टोरेन्स यूनिभरसिटि, एजुकेशन सेन्टर अष्ट्रेलिया, साउदन क्रस...

दायरा बढाउँदै कृषि विश्वविद्यालय

२०७६-२-२१ मंगलबार
कृषि तथा वन विज्ञान विश्वविद्यालयले आउँदो शैक्षिकसत्रदेखि स्नातक र स्नातकोत्तर तहमा थप तीन विषयको अध्यापन गराउने भएको छ । विश्वविद्यालयले स्नातक तहमा बिएससी एग्री इञ्जिनीयरिङ र बिएससी हर्टिकल्चर एवं स्नातकोत्तर तहमा एमएससी डेरी टेक्नोलोजीे अध्यापन गराउन लागेको हो । विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालका अनुसार स्नातकको एग्री इञ्जिनीयरिङका लागि रामपुरमै सम्पूर्ण तयारी पूरा गरिएको...

उदयपुरमा विद्यार्थी काँप्ने, मुर्छा पर्न थालेपछि विद्यालय बन्द

२०७६-२-२० सोमबार
उदयपुर / उदयपुरमा एक विद्यालयमा पढ्दै गरेका विद्यार्थीहरु मुर्छा पर्न थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । त्रियुगा नगरपालिका ६ घनचक्रे आधारभूत विद्यालयका ९ जना विद्यार्थी मुर्छा पर्न, रुने कराउने, दारा किच्ने, चिच्याउन, थरथर काप्न थालेपछि विद्यालय बन्द गरिएको हो । केही दिनदेखि यहाँका ९ जना विद्यार्थी मुर्छा पर्न, रुने, कराउने चिच्याउने, धामी...

प्राविधिक शिक्षाको पहुँच बढ्दै : त्रियासी हजारलाई सीपमूलक तालीम

२०७६-२-२० सोमबार
नेपाल सरकारले देशभर प्राविधिक शिक्षाको पहुँच विस्तार गर्ने लक्ष्य लिएपछि ५०९ स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो कार्यकालको पद बहालीपछि सम्पन्न पहिलो मन्त्रिपरिषद् बैठकले गरेको निर्णय कार्यान्वयनका क्रममा ती स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना भएका हुन् । ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न र...

शिक्षा र स्वास्थ्यलाई सहज र सर्वसुलभ बनाउनुपर्छ

२०७६-२-२० सोमबार
प्रतिनिधिसभाको आजको बैठकमा ‘शिक्षा तथा स्वास्थ्यसम्बन्धी वार्षिक प्रतिवेदन २०७५÷०७६’ पेश भएको छ । शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले बैठकमा सो प्रतिवेदन पेश गर्दै शिक्षा र स्वास्थ्य सहज, सहुलियत र सर्वसुलभ बनाउनुपर्ने बताउनुभयो ।

विधि र प्रक्रिया मिच्दै शिक्षकको सरुवा

२०७६-२-२० सोमबार
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकाँश सांसदले सोलुखुम्बु जिल्लाका शिक्षक÷शिक्षिकाको विधि र प्रक्रिया मिचेर सरुवा गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ । बैठकमा प्रमुख प्रतिपक्ष दलका सांसद वालकृष्ण खाँणले विधि, प्रक्रिया र नियमलाई मिचेर आप्mना मान्छेलाई इच्छा अनुसारको स्थानमा सरुवा र अन्यलाई विभेद् गरेको बताउनुभयो । सांसद डिला सङ्ग्रौलाले श्रम तथा रोजगारीका क्षेत्र अस्तव्यस्थ बन्दै...

मेयरले बाढे लिम्बु भाषाको किताव

२०७६-२-२० सोमबार
पथरी / लिम्बु भाषाको बिकास र प्रबद्र्धन गर्न मोरङको पथरीशनिश्चरेमा लिम्बु बिष्यको पुस्तक बितरण गरिएको छ । लिम्बु बिध्यार्थी मञ्चको पहलमा पथरीशनिश्चरेका मेयर दिलिप कुमार राईले चन्द्रकिरातेश्वर माध्यमिक विद्यालय पथरी शनिश्चरे–७ को कक्षा ६ सम्मका बिध्यार्थीहरुलाई पठ्यपुस्तक बितरण गरेका हुन । लिम्बु भाषामा यसअघि कक्षा ५ सम्म मात्रै लिम्बु भाषाको पढाइ हुदै आएको थियो ।...

इटहरी उपमहानगरद्वारा विद्यालयको शुल्क निर्धारण, बढि शुल्क लिए कारवाही गरिने

२०७६-२-१८ शनिबार
इटहरी । इटहरी उपमहानगरपालिकाले नगर भित्र संचालित नीजि बिद्यालयको शुल्क निर्धारण गरेको छ । शनिबार पत्रकार सम्मेलेनकाे अायाेजना गरि बिद्यालयहरुको शुल्क सार्वजनिक गरेको हाे । उपमहानगरका अनुसार क वर्गका विद्यालयहरुले अधिकतम नर्सरीको मासिक १८००, कक्षा १० को मासिक शुल्क ३ हजार ३५० रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै ख श्रेणीका बिद्यालयहरुले नर्सरीमा अधिकतम १५५० ,...

पाँचथर स्थित विधालयको क्वाटरमा आगलागी २२ लाखको क्षति

२०७६-२-१८ शनिबार
पाँचथर / पाँचथरको फालेलुङ गाउँपालिका-५ स्थित कालिका माध्यमीक विधालयको शिक्षक वस्ने क्वाटर कोठामा आगलागी हुँदा २२ लाख मूल्य बराबरको क्षति भएको छ । शुक्रबार दिउँसो पौने १२ बजेको समयमा अचानक विधुत सर्ट भई आगलागी हुँदा पक्कि गाह्रो टिनको छानो भएको ३ कोठे भवन भित्र रहेको फर्निचरको सम्पुर्ण सामान तथा भाडावर्तन, मोवाईल २ थान र नगद...

धरानको टप युनिभर्सलमा हाजीरिजवाफ, व्यवस्थापन संकाय विजयी

२०७६-२-१५ बुधबार
धरान । सुनसरीको धरानमा रहेको टप युनिर्भसल एकेडमीले विद्यार्थीहरुको व्यक्तित्व तथा अन्तरनिहित क्षमता विकास गर्ने उद्देश्यले दुई दिने हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । समिट सेकेडरी स्कुलमा शनिबार भएको प्रतियोगिताको फाइनलमा ७५ अंक जोड्दै व्यवस्थापन संकायका एरीना राई, निराजन सिह, रोहन साह, सुदिन ताम्राकार र कुशल बस्नेतको टिम विजयी भयो । यस्तै, ६५ अंक जोड्दै...

इटहरीमा सुरु भयो सेन्ट्रल फेसन हब

२०७६-२-१४ मंगलबार
इटहरी । फेसन डिजाइनको आकर्षण बढी रहेको तर्फ मध्यनजर गर्दै सुनसरीको इटहरीमा फेसन डिजाइनीगं सम्वन्धी कक्षा सञ्चालन गर्ने गरी सेन्टरल फेसन हब सञ्चालनमा आएको छ । पुर्वको व्यवसायीक केन्द्रका रुपमा विकसित वन्दै आएको इटहरीलाई केन्द्र वनाएर प्रदेस नम्वर १ कै फेसन डिजाइन सम्वन्धी कक्षा सञ्चालन गर्न लागिएको वताइएको हो । फेसन डिजाइन सम्वन्धी कक्षा सञ्चालन...

एक्सपर्ट एजुकेशनले इटहरीमा अष्ट्रेलियन एजुकेशन सेमिनार गर्ने

२०७६-२-१३ सोमबार
इटहरी / एक्सपर्ट एजुकेशन इटहरीको आयोजनामा इटहरीमा वृहत अष्ट्रेलियन एजुकेशन सेमिनार हुने भएकाे छ । २०७६ जेठ २० गते का दिन इटहरी स्थित होटल बरण्डाको सेमिनार हलमा बिहान ११ बजे देखि साझ ५ बजे सम्म साे सेमिनार संचालन हुने भएकाे हाे । अष्ट्रेलियन एजुकेशन सम्बन्धि सम्पुर्ण जानकरी दिने उदेश्यले साे सेमिनार आयोजना गर्न लागिएको एक्सपर्ट...

शैक्षिक प्रमाणपत्र धितो राखेर युवालाई ऋण

२०७६-२-१२ आइतबार
युवालाई स्वरोजगार बन्नका लागि दाङका एक सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु गरेको छ । बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने सरकारी नीति तथा कार्यक्रम अनुरुप घोराहीस्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्वरोजगार बन्नका लागि युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु गरेको हो । व्यवसाय...

सुजनको गृहकार्य हेर्ने अभिभावक सञ्चारमन्त्री

२०७६-२-१२ आइतबार
काभ्रेपलाञ्चोक / सूचना तथा सञ्चार, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा एकाएक सुजनलाई आँगनदेखि नै डो¥याउँदै उनको कोठामा लगेर कापी–किताब माग्नुभयो । सुजनले आफ्नो ब्यागमा भएको सबै किताब–कापी क्रमैसँग मन्त्री बाँस्कोटाको हातमा राखिदिए । पाँचखाल नगरपालिका–१२ बालुवास्थित सुजन दनुवारको घरमा शनिबार अपराह्न पुग्नुभएका मन्त्री बाँस्कोटाले सुजनलाई शुक्रबार दिइएको गृहकार्य सरासर हेर्दै कक्षा १ बाट हासिल गरेको स्थानबारे प्रश्न...

गर्मी बढेपछि विद्यालय बन्द

२०७६-२-१० शुक्रबार
कपिलवस्तु / गर्मी अत्यधिक बढेपछि कपिलवस्तुका अधिकांश विद्यालय बन्द भएका छन् । गर्मीले गर्दा पठनपाठनमा समस्या आएकाले वाणगङ्गा र कपिलवस्तु नगरपालिकाका निजी तथा संस्थागत विद्यालयले एक साताका लागि विद्यालय बन्द गरेका छन् । जिल्लाका अन्य आठ स्थानीय तहले समेत गर्मी बढेपछि विद्यालय बन्द गर्ने बारे छलफल भइरहेको जनाएका छन् । यही जेठ १२ देखि १७...

तिलाठी कोइलाडीमा सतप्रतिशत किशोरी विद्यालय भर्ना

२०७६-२-९ विहिबार
राजविराज / सप्तरीको चार स्थानिय तहमा संचालित किशोरी शिक्षा कार्यक्रम अन्तरगत ९ सय ५१ किशोरी मध्ये ८ सय ८७ किशोरीहरु विद्यालय भर्ना भएका छन् । जसमध्ये जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा सतप्रतिशत किशोरीहरु विद्यालय भर्ना भएका छन् । दातृ निकाय युनिसेफको सहयोग, सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साको आयोजना तथा तिलाठी कोइलाडी गाउँपालिका, डाक्नेश्वरी नगरपालिका, छिन्नमस्ता...

पूर्वप्रअ खनाललाई रु २१ लाख बिगो भराउन माग

२०७६-२-७ मंगलबार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित समयनाथ माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक थानेश्वर खनाल जैसीलाई रू २१ लाख ३९ हजार ६०५ पैसा चार विगो असुलउपरका लागि माग दावी गरेको छ । आयोगले आज माग दावीसहित आरोपपत्र विशेष अदालत काठमाडौँमा दायर गरेको छ । खनालले विद्यालय व्यवस्थापनका विविध विषयमा अनियमितता गरेको भन्दै सो बिगो भराउन माग दावी गरेको...

इटहरी स्थित डिभिएम स्कुलमा डोजर चलाईने मेयर चौधरीकाे चेतावनी

२०७६-२-५ आइतबार
इटहरी । इटहरी–९ मा रहेको डिभिएम स्कुलले हडपेको सार्वजनिक जग्गा नछोडे पछि स्कुलमा डोजर चलाईने भएको छ । आईतबार पत्रकार सम्मेलन गरी इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले स्कुलको भौतिक संरचनामा डोजर चलाएर भत्काउने बताएका छन् । ऐलानी जग्गामा नीजि स्कुल सञ्चालन गदै आएको सञ्चालकहरुले उपमहानगरको निर्णय नमानेको भन्दै स्कुलमा डोजर चलाउँने मेयरको भनाई रहेकाे थियो...

१०२ दिन वित्दा पनि खुलेन परीक्षा नियन्त्रकको कार्यकक्षमा लागेको ताला

२०७६-२-३ शुक्रबार
बिर्तामोड / त्रिभुवन विश्व विद्यालय अन्तरगत क्षेत्रीय परीक्षा नियन्त्रणको कार्यकक्षमा विद्यार्थी संगठनले लगाएको ताला तीन महिना बित्दा समेत खुल्न सकेको छैन । जसका कारण कार्यलयको नियमित कामकाज प्रभावित भएको छ । कार्यालयको काम प्रभावित भएको यतिका समय बित्दा समेत तालावन्दी खुलाउने विषयमा कुनै पहल भएको छैन । मासिक ज्यालादारीमा कर्मचारी राख्ने बिषयमा असन्तुष्ट जनाउँदै तीन...

यस्ताे रह्याे चाबहिल स्थित विनायक कलेजकाे २ दिने क्लाेज क्याम्प ( २२ तस्विरहरू सहित)

२०७६-२-३ शुक्रबार
काठमाण्डौं / चाबहिल स्थित विनायक सिद्ध कलेजले २ दिने क्लाेज क्याम्पको आयोजना गरेकाे छ । कलेजले आफ्ना विद्यार्थीहरूको चौतर्फी विकास हाेस् भन्ने उदेश्यका साथ सिन्धुपाल्चोक स्थित नेशनल माउन्ट भ्यू रिसोर्टमा उक्त क्याम संचालन गरेकाे कलेजका प्रशासन प्रमुख नारायण बहादुर थापाले बताएका छन् । कार्यक्रममा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका हैबुङ्ग वडा नं. ३ का वडाध्यक्ष बसन्त गुरूङ्ग,...

सामुदायिक विद्यालयमा ९८ प्रतिशत बालबालिका

२०७६-२-२ विहिबार
ललितपुर / दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा ९८ प्रतिशत स्थानीय बालबालिका अध्ययन गर्ने गरेका छन् । समय–समयमा विद्यालयप्रति वडा कार्यालयको जागरुकता, विद्यार्थी भर्ना अभियानमा गाउँपालिकाको विभिन्न प्रयास, लगनशीलता र सफलताका साथै अभिभावकमा गुणस्तरीय शिक्षाको प्रभावकारिता रहँदा त्यहाँका सामुदायिक विद्यालयप्रति स्थानीयवासीको मोह बढेको हो । यस गाउँपालिकाभित्र २८ विद्यालय छन्, जसमा एक निजी र २७...

एक महीनादेखि खुला आकाशमुनि पठनपाठन

२०७६-१-३१ मंगलबार
गलकोट, ३१ वैशाख (रासस) : बागलुङ जिल्लाको जैमिनी नगरपालिका–५ विनामारेस्थित दलित उत्थान आधारभूत विद्यालयको छानो हावाले उडाउँदा महीना दिनदेखि पठनपाठन प्रभावित भएको छ । यही वैशाख ३ गतेको हावाहुरीका कारण विद्यालयको दुईकोठे भवनको कर्कट पाताको छानो उडाउँदा विद्यार्थीलाई खुला आकाशमुनि पठनपाठन गराउन बाध्य भएको विद्यालयले जनाएको छ । पानी पर्दा बाल विकास भवनको बार्दलीमा र...

‘बेटी पढाउ, बेटी बचाउ’ अभियानको राष्ट्रपति भण्डारीले गरिन प्रशंसा

२०७६-१-३० सोमबार
जनकपुरधाम / राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ सरकारले जारी गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान प्रशंसनीय रहेको बताउनुभयो । जानकी नवमीको अवसरमा जनकपुरधामको जानकी मन्दिरमा पूजाअर्चना पश्चात सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश सरकारले शुरु गरेको बेटी पढाउ, बेटी बचाउ’ अभियान प्रभावकारी रुपमा अघि बढेकोमा प्रशंसा गर्नुभएको छ । त्यस्तै अर्र्को प्रसंगमा उनले नेपालमा रहेको उर्वर...

रुरु गाउँपालिका जिल्लामै पहिलो पूर्ण विद्यार्थी भर्ना घोषणा

२०७६-१-३० सोमबार
गुल्मीको रुरु गाउँपालिकाका सबै बालबालिका विद्यालय भर्ना भएका छन् । उक्त गाउँपालिकाले यस शैक्षिकसत्रमा सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने योजना बनाएको थियो । सोही कार्यक्रमअन्तर्गत गाउँपालिकाले एक महीना गाउँगाउँमा भर्ना अभियान सञ्चालन गरेकोे थियो । विद्यालय उमेर समूहका सबै बालबालिका भर्ना भएपछि गाउँपालिकाले एक कार्यक्रम आयोजना गरी पूर्ण बालबालिका भर्ना गाउँपालिका घोषणा गरेको गाउँपालिकाका अध्यक्ष...

सबै विद्यार्थी शिक्षाको पहुँचमा ल्याउन शिक्षा मन्त्री पोखरेलको निर्देशन

२०७६-१-२९ आइतबार
इनरुवा । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले सबै विद्यार्थी लाई शिक्षाको पहुँचमा ल्याउन निर्देशन दिएका छन् । आइतबार सुनसरीको रामधुनी नगरपालिकामा आयोजित एक कार्यक्रम लाई सम्बोधन गर्दै शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री पोखरेलले बिद्यालय अभियान लाई थप प्रभावकारी बनाउन निर्देशन दिएका हुन् । सबैलाई समेट्ने गरी अभियान संचालन गर्दै विद्यार्थी शिक्षा बिद्यालय शिक्षाको पहुँचमा ल्याउन स्थानीय...

बालक हत्याका दोषीलाई कारवाहीको माग गर्दै विद्यार्थीको प्रदर्शन

२०७६-१-२६ विहिबार
जनकपुरधाम / धनुषाको मिथिला नगरपालिका ढल्केवरमा बालक हत्याका अभियुक्तलाई कारवाहीको माग गर्दै विद्यार्थीहरूले शान्तिपुर्ण र्याली प्रदर्शन गरेका छन्।ढल्केवरस्थित आधा दर्जनभन्दा बढी निजी विद्यालयका विद्यार्थीहरूले बालक आर्यन साहको हत्यारालाई यथाशीघ्र पता लगाई कारवाहीको माग गर्दै शान्तिपुर्ण प्रदर्शन गरेका हुन्। नगरका विभिन्न भागको परिक्रमा गरेको सो र्यालीमा दर्जनौ विद्यार्थीहरूको सहभागिता रहेको थियो। गत सोमबार साँझदेखि बेपत्ता रहेको...

त्रियुगा सभ्यता र विकास नामक स्थानीय पाठ्यक्रम लागू हुने

२०७६-१-२६ विहिबार
उदयपुर / उदयपुरको त्रियुगा नगरपालिकाले आगामी जेष्ठबाट त्रियुगा सभ्यता र विकास नामक स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । नगरक्षेत्र भित्रका सवै विद्यालयहरुमा यसै शैक्षिक वर्षबाट लागु हुने गरी त्रियुगा सभ्यता र विकास अभियान नामक स्थानीय पाठ्यक्र निर्माण गर्न लागिएको हो । त्रियुगा नगरपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखाले यसै वर्षबाट स्थानीय शिक्षा लागू...

सुनसरीमा अज्ञात व्यक्तिद्वारा स्कुलको सामान चोरी गरि आगजनी

२०७६-१-२५ बुधबार
सुनसरी / सुनसरीको ईनरुवा नगरपालिका-१ मा रहेको श्री चाँदनी आधारभूत प्राथमिक बिद्यालयमा गए राती अज्ञात समूहले चोरी गरी आगजनी गरेका छन् । अज्ञात व्यक्तिहरुले राती साढे २ बजे अफिस कोठाको ताला फोडेर अफिसमा रहेको अन्दाजी ५५ हजार बराबरको कम्प्युटर थान-१ र डिजे साउण्ड बक्स चोरी गरी अफिस कोठामा आगो लगाई फरार भएको जिल्ला प्रहरी कार्यालय...

राहत शिक्षक कोटामा आफन्त उत्तीर्ण गराएपछि , प्राध्यापकको छोरी र नगर प्रमुखको सासुको नियुक्तिले स्थानीय आन्दोलित

२०७६-१-२२ आइतबार
राजविराज । राहत शिक्षकको दरबन्दीमा सुनियोजित रूपले विद्यालय प्रधानाध्यापककी छोरी र नगरपालिका प्रमुखका माइजू–सासुलाई उत्तीर्ण गराएपछि वडाअध्यक्षसहित व्यवस्थापन समितिका केही सदस्य र स्थानीयहरू आन्दोलित भएका छन् । सप्तरीको बोदेबरसाइन नगरपालिका–७ स्थित महेन्द्र चुन्नी माध्यमिक प्रधानाध्यापक, व्यवस्थापन समिति अध्यक्ष र स्थानीय तहका प्रमुखले नातागोता आफन्तलाई शिक्षकमा नियुक्ति गर्न लिखित परीक्षापूर्व प्रश्नपत्र आउट भएको भनेर विरोध भएपछि...

अनुमति बिनाको विद्यालय बन्द कारबाही पत्राचारमा सिमित

२०७६-१-२२ आइतबार
राजविराज / सप्तरीमा सञ्चालित अनुमति बिना बिद्यालयहरुलाई बन्द गर्न प्रभावकारी पहल भएको छैन ।ती विद्यालयहरुलाई कारबाही गर्न दिएको निर्देशनको कार्यान्वयन पत्राचारमै सिमित भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीमा सञ्चालित अनुमिति बिनाको विद्यालयलाई बन्द गर्न शिक्षा विकास तथा समन्वय इकाइलाई पत्रचार गरेको थियो । सोही पत्रको आधारमा इकाइले २०७५ पुस १८ गतेमा विद्यालय बन्द...

दुई स्रष्टा सम्मानित

२०७६-१-२१ शनिबार
पथरी /  मोरङको एभरेष्ट आवासिय माध्यमिक बिध्यालयले बैशाख २६ गते दुई जना स्रष्टालाई सम्मान गर्ने भएको छ । लामो समय प्रगतिबादि राजनितीक, शैक्षीक र साहित्यमा जीवन बिताई समाजमा ठुलो योगदान पुर्याउनु भएका चन्द्रमान कन्दङ्वाको स्मृतीमा छोरा रविन कन्दङ्वाले ५ लाखको अक्षय कोष स्थापना गर्नु भएको छ । बिध्यालयले बिध्यालय स्थापक चन्द्रमान कन्दङ्वाको स्मृती कोष स्थपना...

कक्षाकोठामा हल्ला गरेको भन्दै शिक्षकले मरणासन्न हुनेगरी विद्यार्थी कुटे

२०७६-१-२१ शनिबार
काठमाडौ । कक्षाकोठामा हल्ला गरेको भन्दै शिक्षकले विद्यार्थीलाई निलडाम हुने गरि पिटेका छन् । शिक्षकको कुटाइबाट नारायणगढ स्थित आदिकवि भानुभक्त माध्यमिक विद्यालयका विद्यार्थी सुविन सुनार घाईते भएका छन् । कक्षा ९ मा अध्ययनरत १४ वर्षीय सुनारलाई अनुशासन पालना नगरेको आरोपमा शिक्षक निराजन भट्टले सुनारको ढाडमा निलडाम हुने गरि पिटेका हुन् । उनको उक्त कार्यको अहिले...

हाबाहुरीले विद्यालय भत्काएपछि पठनपाठन प्रभावित

२०७६-१-१९ विहिबार
पर्वत / हुरीबतास र असिनापानीका कारण पर्वतका दुई विद्यालय पूर्णरूपमा भत्किएका छन् । बुधवार दिउँसो आएको ठूलो हुरीबतासका कारण पर्वतको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीस्थित जनज्योति प्राविको चारकोठे भवनको पुरै छाना उडाउनुका साथै विद्यायको भवनमा समेतमा क्षति पुगेको छ । विद्यालयको छाना उडाएपछि विद्यार्थीको पढाई समेत प्रभावित हुने भएको छ । बुधवार अन्तर्राष्ट्रिय श्रमिक दिवसका कारण विद्यालय...

शिक्षक सङ्गठनका उपाध्यक्ष पक्राउ

२०७६-१-१९ विहिबार
भीमदत्तनगर / प्रहरीले गाउँ तथा नगरपालिका कार्यालयमा चन्दा असुल्ने उद्देश्यले डर धम्की देखाउने विप्लव समूह निकट अखिल नेपाल शिक्षक सङ्गठनका नेतालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले उक्त कार्यमा संलग्न अखिल नेपाल शिक्षक सङ्गठन कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष विवेकप्रसाद लम्साललाई पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले लम्साललाई कञ्चनपुरको...

देशभर कक्षा १२ को परीक्षा शुरु, चार लाख २८ हजार परीक्षार्थी सामेल

२०७६-१-१५ आइतबार
भक्तपुर / राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट देशभर एकैसाथ शुरु भएको छ । आज बिहान ७ बजेबाट देशभरका एक हजार १०७ परीक्षा केन्द्रहरुमा शान्तिपूर्ण रुपमा परीक्षा शुरु भएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । कक्षा १२ को परीक्षामा चार लाख २८ हजार ५२...

अंग्रेजी त्यागेर संस्कृत रोज्दै विद्यार्थी

२०७६-१-१५ आइतबार
बिर्तामोड / संस्कृत विषय अध्ययनपछि समाजमा कायम हुने इज्जत र आर्थिक उपार्जनका लागि समेत सहज हुने भएपछि पछिल्लो समय झापामा गुरुकुल शिक्षा प्रति विद्यार्थीको आकर्षण बढ्दो छ । अध्ययनपछि रोजगारीको सुनिश्चित र सुलभ शिक्षा प्रणालीका कारण अंग्रेजी शिक्षा त्यागेर विद्यार्थी संस्कृत विद्यालयमा धमाधम भर्ना हुन थालेका हुन् । सरकारले वैशाख महिनालाई विद्यार्थी भर्ना अभियान सञ्चालन...

विद्यार्थी आकर्षण गर्न ‘स्मार्ट बुक’ प्रयोग

२०७६-१-१५ आइतबार
वालिङ / यहाँको एक सामुदायिक विद्यालयले विद्यार्थी आकर्षण गर्न चालू शैक्षिक सत्रदेखि ‘स्मार्ट बुक’ प्रयोगमा ल्याएको छ । वालिङ नगरपालिका–१ वडा कार्यालयले बालबालिका शीर्षकमा विनियोजन गरेको रकमबाट नगरपालिकाभित्रै पहिलो पटक रणवीर जनहित माविमा ‘टकिङ टिचर’ प्रविधि अर्थात् ‘स्मार्ट बुक’ प्रयोगमा ल्याइएको वडाध्यक्ष केदार काफ्लेले बताउनुभयो । “सरकारी विद्यालयतप्रति विद्यार्थी तथा अभिभावकहरुको रुचि घट्दै गइरहेकाले पहिलो...