कुष्ठ रोगका ३ बिरामी फेला परे

२०७६-२-२३ विहिबार
सप्तरी / राजविराज नगरपालिका स्वास्थ्य शाखाको सहयोग तथा वडा कार्यालय ९ को संयोजनमा विहिवार आयोजित एक दिने चर्म (छाला) रोग, उपचार निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय भन्दा बढी बिरामी लाभान्वित भएका छन् । राजविराज ९ मलेठ स्थित आधारभुत निम्न माध्यमिक विद्यालयको हातामा आयोजित शिविरमा छाला रोगले पीडित ५ सय ६ जनाले निःशुल्क उपचार सेवा प्राप्त...

ऐनले चिकित्सा क्षेत्रमा रहेका विकृति हटाउँछ :- मन्त्री पोखरेल

२०७६-२-२३ विहिबार
विराटनगर / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा ऐन २०७५ ले चिकित्सा शिक्षा र सेवामा रहेको विकृति हटाउने बताउनुभएको छ ।चिकित्सा शिक्षा आयोगद्वारा यहाँ आज आयोजित राष्ट्रिय चिकित्सा ऐन ,२०७५ अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दैै उहाँले ऐनले निजी चिकित्सा शिक्षाको क्षेत्रमा भएका विकृति अन्त्य गरी दुर्गम क्षेत्रमा शिक्षण संस्था स्थापनाका लागि पूँजी लगानीमा प्रोत्साहन...

एक सय बढीमा पाठेघरको क्यान्सरको आशङ्का

२०७६-२-२३ विहिबार
सप्तरी / ‘स्वस्थ्य नगरपालिका, समृद्ध नगरपालिका’ नाराका साथ सप्तरीको कञ्चनरुप नगरपालिकामा छ दिनसम्म सञ्चालित आङ खस्ने रोग तथा पाठेघर मुखको क्यान्सर जाँच शिविरमा एक हजार २४९ बिरामीले स्वास्थ्य परीक्षण गराएका छन् । स्वास्थ्य शाखा कञ्चनरुपको आयोजनामा कञ्चनरूप–८ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित शिविरमा ८३८ ले आङ खस्ने रोग र ४११ जनाले पाठेघरको मुखको जाँच गराएका...

त्रिपुरेश्वर आँखा अस्पतालमा बिरामी बढे

२०७६-२-२० सोमबार
नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा आँखाका बिरामी बढ्दै गएका छन् । विस २०३० चैत २६ मा स्थापना भएको अस्पतालमा पछिल्लो समय बढ्दै गएको धुलोधुँवा, वायुप्रदूषण र बढ्दो सामाजिक सञ्जालकोे प्रयोगसँगै आँखाका बिरामी बढेका हुन् । अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेले नयाँ प्रविधिको प्रयोगसँगै आँखाका बिरामी बढेको बताउनुहुन्छ । “पहिला दैनिक ३०० व्यक्तिले बहिरङ्ग( ओपिडी) सेवा...

यस कारण दुख्छ टाउको

२०७६-२-१९ आइतबार
टाउको दुख्नु आफैमा रोग हैन, टाउको दुख्ने समस्या धेरै मानिसमा भएको पाईन्छ । हामी सबैलाई कहिलेकाहीँ टाउको दुख्ने गर्छ । टाउको दुख्ने वित्तिकै डाक्टरलाई जचाउनै पर्छ भन्ने जरुरी छैन । लामो समयदेखि टाउको दुखेमा वा अचानक वेस्सरी दुख्न थालेमा डाक्टरको परामर्श लिनुपर्ने हुनसक्छ । त्यसैले टाउको दुख्ने वित्तिकै आत्तिनु हुँदैन । टाउको दुख्ने कारण सामान्य...

धरानमा नियन्त्रण बाहिर डेंगु , संक्रमितको संख्या ७७ पुग्याे

२०७६-२-१९ आइतबार
धरान / धरानमा डेगु रोगीको संख्या दिनदिन बढ्दै गएको छ । शुक्रबारसमम ६० जनामा डेंगुको संक्रमण भेटिएकोमा दुई दिनको अवधिमा थप १७ जना थपिदै यो संख्या ७७ पुगेको छ । डेंगु नियन्त्रणभन्दा बाहिर आएपछि धरान उपमहानगरपालिका र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको संयुक्तमा शुक्रबार मात्र गठन भएको ¥यापिड रेस्पोन्स टिम गम्भीर बन्दै छलफल यसको नियन्त्रणमा...

यार्सागुम्वा पाइने नौ नाकामा स्वास्थ्यकर्मी परिचालन

२०७६-२-१८ शनिबार
डोल्पाका पाटनमा पाइने यार्सागुम्वा सङ्कलनमा गएका सर्वसाधारणका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विभिन्न नौ पाटनमा स्वास्थ्य शिविर सञ्चालन गरी सङ्कलनकर्ता बिरामी भएमा उपचारको व्यवस्था मिलाएको स्वास्थ्य कार्यालय डोल्पाका निर्मित प्रमुख रनलाल कुलालले जानकारी दिनुभयो । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा स्वास्थ्य कार्यालय डोल्पाले यो अभियान सञ्चालन गरेको कुलालले जानकारी दिनुभयो । अहिले...

धरान पश्चात इटहरीमा पनि डेंगुको बिरामी फेला

२०७६-२-१८ शनिबार
इटहरी/ इटहरीमा पनि डेंगुको बिरामी फेला परेका छ । इटहरी वडा नं. ८ की २४ वर्षीया प्रमिला कार्की डेंगुको बिरामी भएको स्वास्य जाचको क्रममा खुलेको हो । कार्की पाँच दिनअघि इटहरीको एपेक्स हस्पिटलमा ज्वरो आएर भर्ना भएकी थिइन् । हस्पिटलले रगत परीक्षण गर्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएकोमा रिपोर्टमा डेंगुको संक्रमण देखिएको हो...

मधुमेहको रोगी बढ्दै गएपछि धरानमा एकदिने कार्यशाला गोष्ठी सम्पन्न

२०७६-२-१७ शुक्रबार
धरान / खानपिन र शारीरिक व्यायामको कमीका कारण लाग्ने मधुमेय रोगको विरामी दिनप्रतिदिन थपिदै गएपछि अहिले सरोकारवालाहरु गम्भीर बनेका छन् । शारीरिक व्यायाम र खानपान शैलीमा परिवर्तन नआउदा मोटोपना बढ्न गई मधुमेह लाग्ने क्रम बढेपछि यसको नियन्त्रणका लागि न्युट्रेशन काउन्सिलिङ एण्ड रिसर्च प्रा.लि. यससम्बन्धी विज्ञलाई समावेश गराएर सर्वसाधारणलाई मधुमेह र मोटोपना सम्बन्धी एक दिने र्काशाला...

धरानमा डेङ्गुको महामारी : साठी बिरामीको उपचार गरिँदै

२०७६-२-१७ शुक्रबार
धरान/ धरान उपमहानगरपालिकामा डेङ्गु रोग फैलिएको छ । उन्नाइस दिनमा धरानमा ६० जनामा डेङ्गु रोग देखापरेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका माइक्रोबाइलोजी विभागका विभागीय प्रमुख प्राडा बसुन्धरा खनालका अनुसार ११४ जनामा गरिएको ल्याब परीक्षणका क्रममा ६० जनामा डेङ्गु देखापरेको छ । उपमहानगरपालिकाको पहलमा बनाइएको ‘¥यापिड रेस्पोन्स टिम’का संयोजक एवं प्रतिष्ठानका प्रा डा विजयकुमार...

खसीको मासु भनेर बाख्राको मासु बेच्नेलाई ५० हजार जरिवाना

२०७६-२-१७ शुक्रबार
खसीको मासु भनेर ग्राहकलाई झुक्याएर बाख्राको मासु बिक्री गर्ने नेपालगञ्जका एक मासु पसलेलाई रु ५० हजार जरिवाना गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–८ स्थित ‘बब्लु फ्रेस हाउस’का सञ्चालक सवानअली कुरेसीलाई कारवाही गरिएको हो । पशु क्वारेन्टाइन कार्यालयका प्रमुख डा शितलबाबु श्रेष्ठका अनुसार अनुगमनका त्रममा कुरेसीले खसीको मासु भन्दै झुक्याएर बाख्राको मासु बेच्ने गरेका थिए । सहायक...

लाजले उपचार गराउँदैनन् पाठेघर खसेका महिला

२०७६-२-१७ शुक्रबार
समाजिक लोकलाज तथा गरीबी र स्वास्थ्यसँग पहुँच नभएका कारण डोटीका अधिकांश आङ (पाठेघर) खसेका महिला अझै गाउँमै आफ्नो रोग लुकाएर बस्न बाध्य भएका छन् । समाजिक लोकलाजका कारण उनीहरु उपचार गराउन खुलेर अस्पताल आउन सकिरहेका छैनन् । जिल्लामा पटकपटक पाठेघर खसेका महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भए पनि उनीहरु गाउँ समाजमा हुने लाजका कारण...

दुई स्वास्थ्य चौकी भवन हस्तान्तरण

२०७६-२-१७ शुक्रबार
महाभारत र चौँरीदेउराली गाउँपालिकामा भूकम्पपश्चात् निर्माण गरिएका स्वास्थ्य चौकी भवन ती गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । कोरियाली रेडक्रस सोसाइटीको को आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाबाट निर्माण भएका ती भवन गाउँपालिकाका अध्यक्षलाई हस्तान्तरण गरिएको हो । महाभारत गाउँपालिका वडा नं ६ वनखुचौरमा निर्माण गरिएको स्वास्थ्य चौकी सोही गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बालाई कोरियाली रेडक्रसका...

बेलबारी ९ मा नयाँ एम्बुलेन्स, स्थानीय हर्षित

२०७६-२-१७ शुक्रबार
बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नम्बर ९ मा तिन खुटिया युवा क्लबले गाँउमा नयाँ एम्बुलेन्स ल्याएपछि स्थानीय हर्षित भएका छन । सो एम्बुलेन्सको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बिहिबार उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै मेयर सुवेदीले बेलबारीका सामाजिक संघ सस्थाको भुमिकाले सम्बृद्ध नगर बनाउन सहज हुने बताए । उक्त एम्बुलेन्स बेलबारी नगरपालिका वडा...

भान्सामा तरकारी सँगै विषादी पाक्छ !

२०७६-२-१६ विहिबार
छोटो समयमा बढी उत्पादन गरी मनग्य आम्दानी गर्ने लोभमा किसानहरुले तरकारीमा जथाभावी विषादीको प्रयोग गर्दा यसको दुष्प्रभाव उपभोक्ताहरुमा देखिन थालेको छ । किसानले कृषि प्रविधिज्ञको सल्लाह नलिई आफूखुशी विषादीको प्रयोग गर्दा उपभोक्ताको भान्सामा तरकारीसँगै विषादी पनि पाकिरहेको छ । म्याग्दी जिल्लाका ग्रामीण भेगका साथै छिमेकी जिल्ला पर्वत र तराईका विभिन्न क्षेत्रहरुबाट सदरमुकाम बेनीमा भित्रिने तरकारी...

सिरहामा विषादी प्रयोग गरी पकाइएको आँप बजारमा

२०७६-२-१६ विहिबार
लहान / आँपको राजधानी मानिने सिरहामा अहिले भारतको विभिन्न स्थानबाट स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गरिरहेका छन् । भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी...

आँखा उपचार केन्द्रलाई अक्षयकोष सहयोग

२०७६-२-१५ बुधबार
रामपुरको कालीगण्डकी आँखा उपचार केन्द्रलाई अक्षयकोष सहयोग प्राप्त भएको छ । रामपुर नगरपालिका–७ बस्ने झपेन्द्र न्यौपानेले छोरा दीपक न्यौपानेको स्मृतिमा रु एक लाख एक सयको रकम अक्षयकोष स्थापना गरिदिनुभएको छ । भारतमा एक वर्षअघि छोराको अल्पायुमा निधन भएको थियो । छोराको सम्झनामा गरीब, दुःखी, विपन्नको उपचारमा सहयोग पुगोस् भनेर अक्षयकोष स्थापना गरेको सहयोगदाता झपेन्द्रले बताउनुभयो...

महिनावारी स्वच्छता दिवस बिभिन्न कार्यक्रम गर्दै मनाईयो ।

२०७६-२-१४ मंगलबार
राजबिराज / मर्यादित महिनावारी, अव काम थालौ भन्ने मुल नाराका साथ सबल नेपालले बिभिन्न स्थानमा महिनावारी स्वच्छता दिवस भव्यताका साथ मनाएको छ । सबल नेपालले महिनावारी स्वच्छता दिवसको अवसरमा सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नं. ६ मा रहेको जनता मा.बि. गोरगामा, रंजितपुरमा अन्तरकृया कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा संस्थाद्धारा बिद्यालयलाई ५० थान प्याड समेत बितरण...

सावधान : बजारमा मन्द विष कार्वाइड हालेर पकाएका आँप आएको तथ्य फेला !

२०७६-२-१३ सोमबार
काठमाडौं / बण्ढ्दो गर्मीसँगै तराइको जन जिवन कष्ठकर भएको छ । गर्मीको मौसममा आँप धेरैको लागि मनपर्ने फल पनि हो । यो बिचमा मानव स्वास्थ्यको लागि अत्यन्तै हानिकारक कार्वाइड प्रयोग गरेर पकाइएको आँप रौतहट सहित तराईका स्थानिय बजारमा खुल्याम रुपमा बिक्रि वितरण भइरहेको पाइएको छ । भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदामहरुमा कार्बाइड प्रयोग गरी...

अनिवार्य स्वास्थ्य बीमा गर्नुपर्ने

२०७६-२-१२ आइतबार
रुकुमपश्चिम / आठबीसकोट नगरपालिकाले स्वास्थ्य बीमालाई अनिवार्य गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्षको असार मसान्तसम्म नगरभरिका सबै नागरिकको स्वास्थ्य बीमा गर्ने निर्णय गरेको छ । सोका लागि नगरका वडाध्यक्षको नेतृत्वमै विशेष अभियान सञ्चालन गरिने भएको छ । वडा नं ३ खदीमा बसेको ३२ औँ नगरकार्यपालिकाको बैठकले स्वास्थ्य बीमा कार्यक्रमलाई नगर भरीमा अनिवार्य रुपमा लागू...

स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन

२०७६-२-१२ आइतबार
विगतमा झाडापखाला, स्वाइनफ्लुलगायतका रोगबाट झण्डै २५० भन्दा बढीको मृत्यु भएको जाजरकोटमा यो पटक भने जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा विभागको निर्देशनअनुसार काज वा बिदामा नबस्न परिपत्र गरिएको छ । यो समय महामारी फैलनसक्ने भएकाले अत्यावश्यक कामबाहेक बिदामा छाड्न नमिल्ने र बिदामा बस्नैपर्ने अवस्था आए वैकल्पिक व्यवस्था गरेर मात्र बिदा स्वीकृति गर्न निर्देशन दिइएको प्रमुख जिल्ला...

विपन्न बिरामीलाई पन्ध्र लाख

२०७६-२-८ बुधबार
रुकुम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले चालू आर्थिक वर्षमा प्राकृतिक प्रकोपपीडित र विपन्न बिरामीलाई रु १५ लाख वितरण गरेको छ । गाउँपालिकाको नीतिअनुसार चालू आवको अहिलेसम्ममा ७१ प्राकृतिक प्रकोपपीडित तथा ३८ विपन्न परिवारका बिरामीलाई उक्त रकम वितरण गरिएको हो । गत साउनदेखि हालसम्ममा बाढीपहिरो, आगलागी र चट्याङमा परेर मानवीय तथा सम्पत्ति क्षति भएका परिवारलाई रु...

गाउँमा सरुवा रोगको प्रकोप : चिकित्सक र औषधि अभाव

२०७६-२-६ सोमबार
बाँकेका अति दुर्गम मानिएका केही गाउँमा अहिले झाडापखाला र कमलपित्त (जण्डिस) लगायत सरुवा रोगको प्रकोप फैलिएको छ । खयरभट्टी, चुनभट्टी, महेशपुरलगायत केही गाउँमा अहिले झाडापखाला र कमलपित्त रोगको प्रकोप देखिएको हो । केही सातादेखि विभिन्न रोगको प्रकोप फैलिएपछि यहाँका आधा दर्जन गाउँका मानिस प्रभावित भएका छन् । झाडापखाला, कमलपित्तलगायत रोग लागेका बिरामीको सङ्ख्या धेरै भएको...

रुकुम पश्चिममा आजबाट हात्तीपाइलेको सर्वेक्षण

२०७६-२-५ आइतबार
रुकुम / रुकुम पश्चिममा आजबाट हात्तीपाइले रोगको सर्वेक्षण हुने भएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत जिल्लामा हात्तीपाइलेको अवस्था के छ भनेर पत्ता लगाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सर्वेक्षण गर्न लागेको हो । नमूनाका रूपमा जिल्लाका १२ विद्यालयका कक्षा १ र २ मा अध्यनरत छ/सात वर्ष उमेरका ३८७ बालबालिकामा हात्तीपाइले रोगको सर्वेक्षण गरिने...

गर्भवतीको घरमै भिडियो एक्स–रे सेवा

२०७६-२-५ आइतबार
पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलाको घरमै गर्भजाँच सेवा दिन थालेको छ । नपाले गत शुक्रबारदेखि चिकित्सकसहितको टोली गर्भवतीको घरमै पुगेर गर्भजाँचअन्तर्गत भिडियो एक्स–रे सेवासमेत उपलब्ध गराएको हो । गर्भवती महिलाको घरमै भिडियो सेवासहितको गर्भजाँच कार्यक्रमको नपास्थित वडा नं १ अनैकोट र १३ नं वडाको कोशीदेखाबाट शुरु गरिएको नपा उपप्रमुख लक्ष्मी दनुवारले बताउनुभयो । उहाँले...

खानेकुराबाट २५० किसिमको रोग

२०७६-२-२ विहिबार
रोगबाट जोगिन मानिसले खानेकुराको स्वच्छतामा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । ‘खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिबद्धता’ भन्ने प्रमुख नाराका साथ विश्व खाद्य स्वच्छता दिवस प्रथम र एघारौँ राष्ट्रिय खाद्य स्वच्छता दिवसका अवसरमा खानेकुराको अस्वच्छताले बढी रोग लाग्ने, शिशु, वृद्ध र गर्भवती, खाद्य व्यापार आयात एवं निर्यात तथा पर्यटन क्षेत्रमा असर गर्ने, स्वास्थ्य रक्षासम्बन्धी...

किशोरीलाई ‘आइरन फोलिक एसिड’ खुवाउन शुरु

२०७६-२-१ बुधबार
तुलसीपुर उपमहानगरपालिकाले किशोरीका लागि ‘आइरन फोलिक एसिड’ खुवाउन शुरु गरेको छ । आइरनको कमीले रीहरुमा रक्तअल्पता हुने भएकाले नियन्त्रण गर्न आइरन फोलिक एसिड खुवाउन शुरु गरिएको हो । उपमहानगरपालिका र बेस संस्थाको आयोजना एवं सु–आहारा कार्यक्रमको सहयोगमा उपमहानगरपालिकाभित्रका सबै किशोरीलाई आइरन फोलिक एसिड खुवाउन शुरु गरिएको उपमहानगर स्वास्थ्य महाशाखाका प्रमुख डा गोकर्ण दाहालले बताउनुभयो ।...

दमक अस्पतालमा पहिलो प्रसूति

२०७६-१-३१ मंगलबार
एक साताअघि प्रसूति सेवा दिन शुरु गरेको झापाको दमक अस्पतालमा आज पहिलो पटक एक महिलाको प्रसूति गराइएको छ । कमल गाउँपालिका–७ निवासी निर्मला घिमिरेले आज सो अस्पतालमा सामान्य अवस्थामा नै छोरा जन्माएका हुन् । अस्पतालका प्रसूति रोग विषेशज्ञ डा सुरक्षा बाँस्कोटा नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले शल्यक्रिया विना नै तीन किलो ग्रामको बच्चा ‘डेलिभरी’ गराएका हुन् ।...

झाडापखालाका बिरामी बढे

२०७६-१-३१ मंगलबार
गर्मी बढेसँगै कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको छ । झाडापखाला, बान्ता आउने, टाउँको दुख्ने, रुघा, खोकी, ज्वरोका साथै अस्वस्थ्य खानपानले पनि बिरामी बढेको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल रेकर्डर नारद भट्टले वैशाखको पहिलो सातादेखि नै यहाँ बिरामीको चाप बढेको बताउनुभयो । ‘सबैभन्दा बढी झाडापखालाका बिरामीको सङ्ख्या बढ्दैछ’, उहाँले भन्नुभयो, “यो...

सावधान ! अस्पताल परिसरमा सुर्तीजन्य पदार्थ प्रयोग त गर्दै हुनुहुन्न ֍

२०७६-१-२९ आइतबार
के तपाईं काठमाडौँका अस्पतालभित्र या अस्पताल बाहिर सुर्तीजन्य पदार्थको प्रयोग वा बेचबिखन त गरिरहनु भएको छैन ? सावधान ! यदि यस्तो हो भने अब भने तपाई प्रहरीको फन्दामा पर्नुहुनेछ । ऐनमा भएको व्यवस्थाअनुसार काठमाडौँको ठूला ११ सरकारी अस्पतालमा आजदेखि सुर्तीजन्य पदार्थको प्रयोग र बिक्री वितरणमा रोक लगाइएको छ । सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन...

पूर्वमै पहिलो पटक नोबेलमा थोर्याकोस्कोपी सुरु

२०७६-१-२७ शुक्रबार
बिराटनगर / पूर्वी नेपालमै पहिलो पटक नोबेल शिक्षण अस्पतालले मेडिकल थोर्याकोस्कोपी सुरु गरेको छ । रोगका कारण फोक्सो बाहिरको झिल्लीमा जमेको पानी, पिप, हावा वा विकार युक्त पदार्थ निकाल्ने वा फोक्सो सम्बन्धि रोग पत्ता लगाउँने बिधि थोर्याकोस्कोपी हो । यो बिधि मार्फत छातीमा प्वाल पारेर थोर्याकोस्कोप छिराई रोग पत्ता लगाउँने र उपचार गर्ने गरिन्छ ।...

पोली क्लिनिकमा नवजात शिशुलाई छोडेर दुई हप्तादेखि बाबु आमा बेपत्ता

२०७६-१-२६ विहिबार
लहान । सिरहाको लहान नगरपालिका स्थित एक पोलीक्लिनिकमा नवजात शिशुलाई छोडेर बाबु आमा गायब भएका छन् । लहानको लिला मदन प्रसुती पोली क्लिनिकमा उदयपुरको कटारी ठेगाना भएका सम्झना राई र उनका श्रीमान ३२ वर्षिय विकास राईले बच्चा छाडेर गायब भएका छन् । पोलीक्लिनिकको रेकर्डमा उदयपुर कटारी घर भएको उनीहरुले बच्चा छोडेर गायव भएका छन् ।...

सुत्केरीको सालनाल बिरामीकै झोलामा

२०७६-१-२६ विहिबार
कनकाई / प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको लापरवाहीका कारण सेवा लिन आउने बिरामी समस्यामा परेका छन् । स्वास्थ्य केन्द्रमा अव्यवस्थित प्रसूति सेवाकक्ष साथै आवश्यक सामग्रीको अभाव भएकै कारण सुत्केरी अवस्थाका महिला यसको शिकार भएका हुन् । एक महीनामा १० सम्म सुत्केरी गराउँदै आएको यस स्वास्थ्य केन्द्रमा प्लासेन्टा (सालनाल) को व्यवस्थापन गर्ने कन्टेनर नहुँदा प्लासेन्टा सुत्केरीलाई नै...

अब विराटनगरमै छाला तथा कपाल प्रत्यारोपण हुने

२०७६-१-२५ बुधबार
माेरङ / छाला तथा कपाल प्रत्यारोपण संवन्धिको क्लिनिक बुधबारदेखि विराटनगरमा सञ्चालनमा आएको छ । नयाँ प्रविधि सहितबाट सेवा दिने गरि विराटनगर कोशी अञ्चल अस्पताल नजिकै भिनस छाला तथा कपाल प्रत्यारोपण क्लिनिक सञ्चालनमा ल्याइएको हो । पूर्व क्षेत्रमा पहिलो पटक सञ्चालनमा ल्याईएको क्लिनिकमा छाला सम्बन्धी सम्पूर्ण रोगको परामर्श तथा उपचार, नङ सम्वन्धि सम्पूर्ण रोग, कपाल सम्वन्धि...

कोशी अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ अग्रवाललाई हृदयघात

२०७६-१-२५ बुधबार
माेरङ / कोशी अस्पतालमा कार्यरत बालरोग विशेषज्ञका डा. विमल अग्रवाललाई हृदयघात भएको छ । अग्रवाल ६ वर्षदेखि कोसी अस्पतालमा कार्यरत थिए । विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा मंगलबार उपचारका लागि भर्ना भएका डा. अग्रवालको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उपाचारका क्रममा इसिजी गर्दा केही असहज देखिएपछि इलेक्ट्रो कार्डियोग्राम इको गरिएको थियो ।...

स्तन किन सानो वा ठूलो हुन्छ ֍

२०७६-१-२५ बुधबार
स्तन सानो वा ठूलो हुनु नारीको शारीरिक विकासमा निर्भर हुन्छ। स्तन भनेको तन्तुहरू मिलेर बनेको एउटा ग्रन्थि हो, जसलाई चिकित्सकहरू ग्लान्ड भन्छन्। हार्मोनका कारण व्यक्तिपिच्छे स्तनको आकार घटबढ हुन्छ। हार्मोन बढ्दा स्तनको आकार ठूलो हुने र घट्दा सानो हुने हुन्छ। थाइराइडले पनि स्तनको आकार बढाउने वा घटाउने काम गर्छ। थाइराइड भएपछि तौल बढ्ने क्रममा स्तन...

तलब नपाएपछि जानकी मेडिकल कलेजका कर्मचारीहरु आन्दोलित

२०७६-१-२५ बुधबार
जनकपुरधाम । लामो समय देखि तलब नपाएपछि जनकपुरधाम स्थित जानकी मेडिकल कलेज शिक्षण अस्पताल रमदैयाका कर्मचारीहरु आन्दोलित भएका छन् । पटक पटक कलेज संचालकलाई आफुहरुको विगत ४ वर्षको संचय कोष तथा बाँकी रहेका तलब उपलब्ध गराउन आग्रह गर्दापनि नमाने पछि आज शिक्षण अस्पताललाई विरोध स्वरुप बन्द गरेको कर्मचारी युनियनका अध्यक्ष उमेश यादवले बताउनुभयो । उनका...

गुणस्तरीय शिक्षामा राष्ट्रपतिको जोड

२०७६-१-२३ सोमबार
राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षा आज आजको आवश्यकता रहेको बताउनुभएको छ । बागलुङ नगरपालिका–१२ बलेवा, अमलाचौरस्थित पृथ्वीहिरण्य माध्यमिक विद्यालयको नवनिर्मित सुविधा सपन्न भवनको हस्तान्तरण समारोहमा राष्ट्रपति भण्डारीले राज्यलाई पछि योगदान दिने विद्यार्थीलाई आज गुणस्तरीय शिक्षा प्रदान गर्नु सरकारको दायित्व भएकामा जोड दिनुभयो । राष्ट्रपतिले भन्नुभयो, “अभिभावक र विद्यार्थीबीचको सम्बन्धबाट नै असल शिक्षा आर्जन गर्ने वातावरण...

अज्ञात रोगले गाउँले धमाधम बिरामी

२०७६-१-२३ सोमबार
खलङ्गा / जुम्लामा अज्ञात रोगका कारण तातोपानी गाउँपालिका–७ सर्मीका स्थानीय धमाधम बिरामी पर्न थालेका छन् । पहिचान नभएको रोगबाट सिङ्गो गाउँनै प्रभावित भएको जनता सेवक आधारभूत विद्यालय काटिया सर्मीका शिक्षक हेमराज कुँवरले बताउनुभयो । प्रत्येक घरमा बिरामी खाली नभएको उहाँले बताउनुभयो । रोग पहिचान नभए पनि प्रत्येक बिरामीलाई शुरुमा ज्वरो आउने, रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने,...

कोशी अस्पताललाई विशिष्टिकृत गरिने

२०७६-१-२१ शनिबार
विराटनगर / पूर्वक्षेत्रको सबैभन्दा पुरानो विराटनगरस्थित कोशी अस्पतालमा दिनदिनै बिरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ । अस्ताललाई समयसापेक्ष सुदृढ गर्न र घातक रोगको उपचारसमेत गर्न अस्पताललाई विशिष्टिकृत गर्ने प्रयास भइरहेको छ । विसं २०१३ मा त्रिभुवन स्मारकको नामबाट शुरु गरिएकोे सो अस्पताल कोशी अञ्चल अस्पताल हुँदै अहिले कोशी अस्पतालमा परिणत भएको छ । चालिस...