औचित्य नभएको संशोधनमा एमालेले सहयोग गर्दैन : पोखरेल

२०७४-३-१५ विहिबार
पोखरा । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले औचित्य नभएका संविधान संशोधनका विषयमा एमालेले कदापि सहयोग नगर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले सरकारबाट संविधान संशोधनका लागि ल्याइएका प्रदेश नं २ मा स्थानीय तहको सङ्ख्या बढाउने, अङ्गीकृत नागरिकता र भाषाजस्ता विषयको संशोधनमा एमालेले साथ नदिने दृढता व्यक्त...

असहमति र त्रुटिलाई संंशोधन र परिमार्जन गर्दै जाने

२०७४-३-१४ बुधबार
इटहरी  । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले स्थानीय तह निर्वाचन संविधान कार्यान्वयनको महत्वपूर्ण उपलब्धिका रुपमा लिनुपर्ने बताउनुभएको छ । उपप्रधानमन्त्री गच्छदारले आज अपराह्न सुनसरीको दुहबी नगरपालिका – २ तुताहास्थित नवीन शिक्षा निकेत आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै विश्वका हरेक मुलुकमा शतप्रतिशत जनमत संविधानका पक्षमा उभिएको इतिहास नभएको स्मरण गराउनुभयो...

गृहमन्त्री शर्माबाट गृह प्रशासन सुधारको मार्गचित्र प्रस्तुत

२०७४-३-१३ मंगलबार
काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले गृह प्रशासन सुधार मार्गचित्र २०७४ आज सार्वजनिक गर्नुभएको छ । गृहमन्त्रालयमा आज पत्रकार सम्मेलन गरी मन्त्री शर्माले ‘जवाफदेही गृह प्रशासन ः शान्ति सुरक्षा र सुशासन’ भन्ने शीर्षक सहितको ८४ बुँदे सुधार कार्ययोजना सार्वजनिक गर्नुभयो ।  नेपालको संविधान कार्यान्वयन गर्न गृह प्रशासनसँग सम्बन्धित सङ्घीय प्रहरी ऐन, सशस्त्र प्रहरी बल ऐन, नेपाल विशेष...

झलनाथ खनाल र सुबास नेम्वाङ बिरुद्ध उजुरी दर्ता

२०७४-३-१३ मंगलबार
इलाम। मौन समयमा मतदातालाई प्रभावमा पार्ने काम गरेको भन्दै नेपाली काग्रेस इलामले एमालेका दुई बरिष्ठ नेता बिरुद्ध उजुरी हालेको छ । मतदात गर्नु पुर्वको मौन अवधिमा नेकपा एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र एमाले दलका उपनेता तथा पूर्व सभामुख सुवास नेम्वाङले गृह जिल्ला इलाममा आचार संहिता बिपरीत मतदातालाई प्रलोभनमा पार्ने काम गरेको...

काँग्रेसका तीन कार्यकर्ता कारबाहीमा

२०७४-३-१३ मंगलबार
पाल्पा । नेपाली काँग्रेस पाल्पाले आफ्ना तीनजना सक्रिय सदस्यता लिएका कार्यकर्तालाई कारबाही गरेको छ । काँग्रेस सचिव झपेन्द्र गहिरेका अनुसार तानसेन नगरपलिका–२ का सक्रिय सदस्य ब्रजेन्द्र प्रधान, तानसेन–४ का अनुपमान कर्माचार्य र बगनासकाली–२ पोखराथोकका देवीप्रसाद न्यौपानेलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ । उनीहरुले पार्टीको नीति र निर्णय विपरीत स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएको काँग्रेसले...

ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ःगृहमन्त्री शर्मा

२०७४-३-१२ सोमबार
काठमाडौँ  । गृहमन्त्री जनार्दन शर्माले ढुक्क भएर निर्वाचनमा भाग लिन मतदातालाई आग्रह गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले दोस्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक सुरक्षा मिलाएको भन्दै ढुक्क भएर निर्वाचनमा भाग लिन मतदातालाई आग्रह गर्नुभएको हो । गृहमन्त्री शर्माले भन्नुभयो– “पहिलो चरणको निर्वाचन सम्पन्न...

मतदान गर्न मतदाता इच्छुकः नेता राणा

२०७४-३-१२ सोमबार
काठमाडौँ  । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशम्शेर राणाले दोश्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न मतदाता अत्यन्त इच्छुक भएको बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो – “दोस्रो चरणअन्तर्गतको निर्वाचनमा राजपालाई पनि सहभागी गराउन तथा मधेसको समस्या समाधान गर्नका लागि निर्वाचनको मिति सारिएको छ ।” नेता राणाले तेश्रो...

निर्धक्क भएर निर्वाचनमा भागलिन गृहमन्त्रीको आग्रह

२०७४-३-१२ सोमबार
दाङ  । गृहमन्त्री जनार्दन शर्माले स्थानीयतहको निर्वाचनमा जनता निकै उत्साहित रहेको र राजनीतिक दलहरुबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण देखिएको बताउनुभएको छ । उहाँले आज बिहान यहाँ पत्रकारसँग गरिएको साक्षात्कार कार्यक्रममा सो कुरा बताउनुभएको हो । गृहमन्त्री शर्माले शान्ति सुरक्षाको दृष्टिकोणले कुनै कमीकमजोरी नरहेकाले निर्धक्क भएर निर्वाचनमा भाग लिन सबैलाई आग्रह गर्नुभयो । उहाँले पहिलो चरणको निर्वाचनमा...

निर्वाचनमा सहभागी भई मतदान गर्न राप्रपाको आग्रह

२०७४-३-११ आइतबार
काठमाडौँ, ११ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले यही असार १४ गते प्रदेश नं १, ५ र ७ मा हुन लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी भई मतदान गर्न आग्रह गरेको छ । पार्टीका प्रवक्ता भुवन पाठकद्वारा आज जारीे विज्ञप्तिमा मुलुकमा परिवर्तित राजनीतिक प्रणालीमा संविधान कार्यान्वयनका क्रममा आसन्न स्थानीय तहको निर्वाचन महत्वपूर्ण रहेको उल्लेख गर्दै...

पहाड र तराईबीचको विभाजन चिर्न एमालेलाई जिताऔँ : अध्यक्ष ओली

२०७४-३-११ आइतबार
बुटवल, ११ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पहाड र तराईबीचको विभाजन गराउने षड्यन्त्र चिर्न स्थानीय तहको निर्वाचनमा एमालेलाई विजयी गराउन मतदातालाई आह्वान गर्नु भएको छ । यही असार १४ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको प्रचार प्रसारका क्रममा आज बुटवलको ट्राफिक चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले आफ्नो नेतृत्वको सरकारलाई...

तेस्रो चरणको निर्वाचन तत्काल गर्नुपर्ने एमालेको माग

२०७४-३-११ आइतबार
इलाम  । नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले जनतामा चुनावप्रतिको व्यापक उत्साह रहेकाले तेस्रो चरणको निर्वाचन पनि तत्काल गर्नुपर्ने बताएको छ । सूर्याेदय नगरपालिकास्थित कन्याममा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता खनालले सरकारको कमजोरीका कारणले चुनाव सरेको आरोप लगाउनुभयो । पूर्वप्रधानमन्त्री खनालले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विचार व्यक्त गर्नुभयो । एमालेले नेतृत्व सम्हालेपछि मुलुकको...

मधेसी–जनजातिका माग सम्बोधन गर्न माग

२०७४-३-११ आइतबार
पाँचथर  । नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले हिमाल पहाड–तराई सबैलाई गोलबन्द बनाएर मधेसी, जनजाति, आदिवासी र अल्पसङ्ख्यकका मागलाई सम्बोधन गर्न आवश्यक रहेको बताउनुभएको छ । सदरमुकाम फिदिममा आज बिहान प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अहिलेको अवस्थामा राज्यले सबै दल र असन्तुष्ट पक्षलाई सहमति र सहकार्यमा ल्याई अगाडि बढ्न प्रेरिरत गर्नुपर्ने बताउनुभयो...

प्रतिपक्षको सहमतिमा नै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

२०७४-३-११ आइतबार
भक्तपुर । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को सहमतिमा नै संविधान संशोधन हुने बताउनुभएको छ । नेपाली काँग्रेस भक्तपुरका नेता राधेश्याम जोन्छेको पाँचौँ स्मृति सभालाई शनिबार सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले संविधान संशोधनका विषयमा सबै राजनीतिक दलसँग छलफल भइरहेको र सहमतिमै संविधान संशोधन गरिने बताउनुभयो । आगामी १४ गते हुन लागिरहेको दोस्रो चरणको स्थानीय...

परिवर्तनको नेतृत्व काँग्रेसले गर्यो : पूर्वमहामन्त्री गुरुङ

२०७४-३-११ आइतबार
इलाम । नेपाली काँग्रेसका सांसद तथा पूर्व महामन्त्री कुलबहादुर गुरुङले काँग्रेसले देशमा भएका ठूलठूला परिवर्तनमा निर्णायक भूमिका निर्वाह गरेको बताउनुभएको छ । इलाम सदरमुकाममा काँग्रेसले शनिबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सांसद गुरुङले परिवर्तनको नेतृत्व काँग्रेसले नै गरेकाले काँग्रेसको नेतृत्वमा मात्रै देशको विकास सम्भव रहेको बताउनुभयो । उहाँले राष्ट्र निर्माणका लागि राजनीतिक सङ्क्रमण, राष्ट्रियता र...

एमालेले सठ्ठी प्रतिशत ठाउँमा जित्ने महासचिब पोखरेलको दावी

२०७४-३-११ आइतबार
भोजपुर । नेकपा एमालेले असार १४ मा हुने दोश्रो चरणको स्थानिय तहको निर्वाचनमा साठ्ठी प्रतिशत ठाउँमा जितेर पहिलो पार्टी हुने एमाले महासचिव ईश्वर पोखरेलले दावी गरेका छन । नेकपा एमाले भोजपुरको सदरमुकाममा भएको नगर सभालाई शनिवार सम्बोधन गर्दे महासचिव पोखरेलले एमाले बाहेका अरु सवै शक्तिहरु एकातिर लागे पनि एमालेलाई हराउन नसक्ने दावी गरे । तेश्रो...

एमाले सबैको साझा पार्टी – अध्यक्ष ओली

२०७४-३-१० शनिबार
विराटनगर, १० असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हिमाल, पहाड र तराईका जनताको साझा पार्टीका रुपमा एमाले रहेको बताउनुभएको छ । विराटनगरमा आज साँझ आयोजित बृहत् सभालाई सम्बोधन गर्दै उहाँले आफूलाई मधेसी, आदिवासी, जनजाति र मुस्लिमको विरोधीका रुपमा प्रचार गरिएकाले त्यस्ता भ्रममा नपर्न आग्रह गर्नुभयो । उहाँले ऐतिहासिक नगरी विराटनगरको आधुनिकीकरण गर्दै यस...

ओलीलाई झ्याप्प अँगालो मार्दै च्याप्प किस खाने यी महिला को हुन् ֍ (भिडियोसहित)

२०७४-३-१० शनिबार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गृहजिल्ला झापामा एक महिलाले सार्बजनिक मञ्चमै चुम्बन गरेपछि उक्त बिषय चर्चाको सिखरमा छ।गत बुधबार बिर्तामोडको चुनावी सभामा मञ्चमै पुगेर एक महिलाले ओलीलाई झ्याप्प अँगालो मारेर दुइटै गालामा च्याप्प चुम्बन गरेपछि यो बिषयले चर्चा पाएको हो ।बुधबार दिउँसो ३ बजेतिर बिर्तामोडको एक चुनावी सभामा ओली मञ्चमा पुगेर बस्न मात्र भ्याएका...

धनकुटाबाट प्रतिनिधित्व गर्ने एमाले सांसद सुब्बाको निधन [BREAKING NEWS]

२०७४-३-१० शनिबार
धनकुटा । धनकुटाबाट प्रतिनिधित्व गर्ने  एमाले सांसद महिन सुब्बाको निधन भएको छ । धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज शनिबार साँझ सुब्बाको निधन भएको हाे । सुब्बा धनकुटाबाट प्रतिनिधीत्व गर्दै सांसद भएकी हुन् ।

अबको निर्वाचनबाट एमाले पहिलो पार्टी बन्छ : नेता खनाल

२०७४-३-१० शनिबार
इलाम । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले दोस्रो चरणको निर्वाचनबाट नेकपा एमाले पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ । इलामको रोङ गाउँपालिकाअन्तर्गत जिर्मलेको सलकपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सरकारको लाचारीपनले गर्दा प्रदेश नं २ को चुनाव सरेको बताउनुभयो । पूर्वप्रधानमन्त्री खनालले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विचार व्यक्त गर्नुभयो...

संविधानलाई सर्वस्वीकार्य बनाएर कार्यान्वयनमा लग्नुपर्छ : उपप्रधानमन्त्री गच्छदार

२०७४-३-१० शनिबार
मोरङ  । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले संविधान संशोधन गरेर सर्वस्वीकार्य बनाएर कार्यान्वयनमा लग्नुपर्ने बताउनुभएको छ । आज विराटनगरमा सञ्चारकर्मीस“ग कुरा गर्दै उहाँले संविधान संशोधनका लागि सत्ता र प्रतिपक्षबीच सहमति आवश्यक रहेको बताउनुभयो । उहाँले दोस्रोचरणको चुनावमा राष्ट्रिय जनता पार्टी समर्थित जनता, नेता तथा कार्यकर्ताले स्वतन्त्ररुपमा मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।...

जनलहर काँग्रेसको पक्षमा छः नेता सिटौला

२०७४-३-१० शनिबार
झापा  । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दोश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्नुभएको छ । झापाको भद्रपुरमा आज अगुवा कार्यकर्तासँगको भेटघाटमा उहाँले जनलहर काँग्रेसको पक्षमा देखिएकाले काँग्रेस पहिला शक्ति बन्ने दावी गर्नुभयो । नेता सिटौलाले ‘मुलुकको आर्थिक समृद्धि काँग्रेसले मात्र गर्नसक्छ भन्ने जनताले बुझेका छन्, त्यसैले काँग्रेस पक्षमा जनलहर...

राप्रपाः बागीको साधारण सदस्यता खारेज गरिने

२०७४-३-१० शनिबार
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारविरुद्ध बागी भएर उठ्ने कार्यकर्ताको साधारण सदस्यसमेत खारेज गर्ने भएको छ । पार्टीले स्थानीय तहमा सङ्गठन निर्माणमा गरेको दुःख र त्यागको मूल्याङ्कन गरी टिकट दिएका उम्मेदवारलाई पराजित गराउने उद्देश्यले उठेका स्थानीय नेता तथा कार्यकर्तालाई कारबाही गर्ने नीति लिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो...

संविधान कार्यान्वयन गर्न निर्वाचन आवश्यकः महासचिव पोखरेल

२०७४-३-९ शुक्रबार
विराटनगर  । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान कार्यान्वयन र सिंहदरबारको अधिकार जनताको हातमा पु¥याउनका लागि निर्वाचन अपरिहार्य भएको बताउनुभएको छ । प्रेस चौतारी मोरङद्वारा आज विराटनगरमा अयोजित पत्रकार भेटघाटमा उहाँले दोस्रो चरणअन्तर्गत हुने निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनु राजनीतिक दललगायत सम्बन्धीत सबै पक्षकोे साझा दायित्व हो भन्नुभयो । महासचिव पोखरेलले निर्धारित समयभित्रै...

गरिबी, अशिक्षा र बेरोजगारीलाई हटाउन एमाले नेतृत्व आवश्यक : नेता खनाल

२०७४-३-९ शुक्रबार
इलाम । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले निर्वाचनपछि मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने बताउनुभएको छ । इलामको रोङ गाउँपालिकाको शान्तिपुरको बरफल्याङमा आज बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै नेता खनालले अशिक्षा, बेरोजगारी र गरिबीलाई हटाउन नेकपा एमालेको नेतृत्व आवश्यक रहेको बताउनुभयो । नेता खनालले स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन जसरी भए पनि तोकिएकै...

काँग्रेसले नै विकासको मुहान खोल्छ : नेता पौडेल

२०७४-३-९ शुक्रबार
बुटवल  । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहका लागि काँग्रेसले नै विकासको मुहान खोल्ने बताउनुभएको छ । स्थानीय तहको निर्वाचनका प्रचार प्रसारका क्रममा बिहीबार बुटवल उपमहानगरपालिका–१३ बेलबासमा नेपाली काँग्रेसले आयोजना गरेको क्रियाशील भेलालाई सम्बोधन गर्दै काँग्रेस वरिष्ठ नेता पौडेलले देशको पूर्वाधार निर्माण, आर्थिक, सामाजिक, शैक्षिक सबै क्षेत्रको विकास काँग्रेसले नै गरेको दाबी गर्नुभयो...

मधेशमा देश टुक्राउने क्रियाशिल रहेको छ : अध्यक्ष थापा

२०७४-३-८ विहिबार
उदयपुर, ८ असार / राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष कमल थापाले परिर्वतनलाई संस्थागत गर्ने नाममा मधेशमा एउटा सानो समुह देश टुक्राउने अभियानमा क्रियासिल रहेको बताए । त्यो अहिले सानो समुहमा रहेको छ । यसलाई समयमा नै सम्बोधन गर्न सकिएनन् भने १० वर्ष पुग्दा नपुग्दै राष्ट्रिय एकता र सुरक्षा माथि खतरा हुनेमा चिन्ता रहेको अध्यक्ष थापाको भनाई...

काँग्रेसकी विक निर्विरोध

२०७४-३-८ विहिबार
सोलुखुम्बु, ८ असार । सगरमाथाको फेदी भनेर चिनिने सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ की दलित महिला सदस्यमा नेपाली काँग्रेसकी किरिमाया विक निर्विरोध निर्वाचित हुनुभएको छ । सो पदमा उहाँको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको गाउँपालिका निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

लोकतन्त्र,आर्थिक समृद्धि र समुन्नति एमालेको एजेन्डा–नेता खनाल

२०७४-३-८ विहिबार
इलाम  । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले लोकतन्त्र, आर्थिक समृद्धि र समुन्नत राष्ट्र एमालेको मुख्य एजेन्डा भएको बताउनुभएको छ । इलामको माई नगरपालिकास्थित सोक्तिममा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्दै उहाँले एमालेले चलाएको नौ महिने सरकारले ‘आफ्नो गाउँ, आफैँ बनाउँ’ भन्ने नाराका साथ अहिले सिंहदरबारको सुविधा गाउँमै पुगेको बताउनुभयो । काँग्रेस, माओवादीलगायतका...

तिनै तहको चुनावपछि मात्रै संविधान संशोधन गर्न सकिने–नेम्वाङ

२०७४-३-८ विहिबार
पाँचथर । नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले स्थानीय,प्रदेश र केन्द्रको गरी तिनै तहको चुनाव सम्पन्न भएपछि मात्रै संविधान संशोधन गर्न सकिने बताउनुभएको छ । पाँचथरको फिदिममा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रदेश नम्बर २ मा चुनावको मिति सार्दा पनि राजपा सरकारमा नआउने भएपछि सरकारले चुनाव सारेको कुनै अर्थ नभएको...

भयरहित वातावरणमा मतदान गराउने दायित्व सरकारको हो– गृहमन्त्री

२०७४-३-८ विहिबार
विराटनगर । गृहमन्त्री जनार्दन शर्माले आज विराटनगरमा प्रदेश नं १को क्षेत्रीय सुरक्षा गोष्ठीको एक समारोहबीच उद्घाटन गर्नुभयो । स्थानीय तहको निर्वाचन, २०७४ लाई मध्यनजर गरी शान्ति सुरक्षाको वस्तुस्थितिबारे सुरक्षा निकायले अपनाएका नीतिको सम्बन्धमा सुरक्षा निकायका पदाधिकारीहरुले एकअर्कासँग जानकारी लिने र आवश्यक रणनीति बनाउने उद्देश्यले आयोजित सो गोष्ठीमा प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर...

एमालेलाई जबर्जस्ती सरकारबाट हटाइयो : नेता नेम्वाङ

२०७४-३-८ विहिबार
इलाम । नेकपा (एमाले) संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले एमालेले सरकारमा छँदा राम्रो काम गरेकाले अन्य पार्टी मिलेर एमालेलाई सरकारबाट जबर्जस्ती हटाएको आरोप लगाउनुभएको छ । उहाँले नेकपा (एमाले)द्वारा इलामको घुर्विसे पञ्चमी बजारमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता नेम्वाङले एमालेले जति सरकार चलायो, त्यति राम्रा काम ग¥यो, तर अरू पार्टीले त्यसको इष्र्या...

स्थानीय निकायको चुनाव नगराउने तत्वहरु सक्रिय

२०७४-३-७ बुधबार
उदयपुर, असार ७ /  पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय निकायको निर्वाचन नगराउने तत्वहरु सक्रिय रहेको बताएका छन् । बुधबार नेकपा माओवादी केन्द्रले त्रियुगा नगर चुनाव प्रचार प्रसार कमिटीले गरेको आमसभा कार्यक्रमलाई सो कुरा बताएका हुन् । उनले घुमाउरो पारामा मधेशीवादी दल तथा विदेशीलाई इंगित गरेपनि नेपाली काँग्रेस र एमालेले...

मधेसी जनताको अधिकार खोसियोः वरिष्ठ नेता खनाल

२०७४-३-७ बुधबार
इलाम  । नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले मधेसी जनताको भावना विपरीत राजपाले निर्वाचनको मिति सार्न लगाएको आरोप लगाउनुभएको छ । इलाम नगरपालिका– ५ स्थित सुम्वेकमा आज आयोजित चुनावी सभामा उहाँले भन्नुभयो,“प्रदेश नं–२ का मधेसी जनताको भावना विपरीत राजपाले चुनावको मिति सार्न लगाएको हो । राजपाले मधेसी जनताको भावनामाथि खेलबाड ग¥यो, जनताको निर्वाचनको अधिकार कुण्ठित ग¥यो ।...

काँग्रेसले बागी उम्मेदवारमाथि कारबाही गर्ने

२०७४-३-७ बुधबार
काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठ्ने बागी उम्मेदवारलाई कारबाही गर्ने भएको छ । काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठ्नेलाई कारबाही गर्ने जनाउनुभएको छ । । विज्ञप्तिमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका कुनै सदस्यले बागी उम्मेदवारी दर्ता गरी निर्वाचन...

सरकारले सबैलाई न्याय गर्छ–गृहमन्त्री

२०७४-३-७ बुधबार
चितवन । गृहमन्त्री जनार्दन शर्माले दोस्रो चरणको निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएको बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारले आफ्नो साधन स्रोत र शक्ति परिचालन गरेर समग्र सुरक्षाको व्यवस्था मिलाएको बताउनुभयो । अर्काे प्रसङ्गमा उहाँले असन्तुष्ट भएका राजनीतिक दलसँग पनि वार्ता र संवाद गरेर सहमतिमा निर्वाचनको मिति तय...

तीन तहकै निर्वाचन गर्र्नुपर्नेमा खनालको जोड

२०७४-३-७ बुधबार
इलाम । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले आगामी माघ महिना सम्ममा तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ । इलाम सदरमुकाममा आज बिहान रासससँग कुराकानी गर्दै नेता खनालले स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन जसरी भएपनि तोकिएकै समयमा सम्पन्न गर्न सरकारलाई आग्रह गर्नुभएको छ । चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ फड्को मार्ने र...

भतिज जिताउन काका केपी अाेली दमकमा

२०७४-३-६ मंगलबार
झापा, असार ६ /  दमककाे अाम चाेकमा भएकाे एमालेकाे सभामा बाेल्नु हुदै एमाले अध्यक्ष तथा पुर्व प्रधान मन्त्री के पि शर्मा अाेलीले काकर्भिटा बाट पहिलाे पल्ट रेल कुदाउ छै भन्नू भएकाे छ । विश्वकै अग्लाे बुद्घकाे मुर्ती पनि दमकै बन्दै गरेकाे र पुर्वबाट अाएकाे रेल त्यसकाे पहिलाे स्टेसन दमक हुन्छ र दमक हेर्ने ५४३ फिट...

काँगे्रसको चुनावी आमसभामा विकास निर्माणमा जोड

२०७४-३-६ मंगलबार
सङ्खुवासभा, ६ असार । धर्मदेवीनगरपालिकास्थित तामाफोकको मुढेबजारमा आज आयोजित नेपाली काँग्रेसको चुनावी आमसभामा सांसद दीपक खड्काले सिंहदरबारको अधिकार जनताको गाउँटोल दूरदराजसम्म ल्याउने पहिलो कार्य काँग्रेसले गर्ने उद्घोष गर्नुहुँदै स्थायी शान्ति र संविधान कार्यान्वयनका लागि काँग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो । सो कार्यक्रममा धर्मदेवी नगरपालिकाका काँग्रेसका उम्मेदवार रमेश जिमीले जनताका विकास निर्माणका पक्षमा आफू अहोरात्र...

राजपाकै समझदारीमा निर्वाचन सारिएको : नेता निधि

२०७४-३-६ मंगलबार
चितवन । नेपाली काँग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिले राष्ट्रिय जनता पार्टीको समझदारीमा नै २ नम्बर प्रदेशको निर्वाचन सारिएको बताउनुभएको छ । आज बिहान यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले राजपाले २ र ५ नम्बर प्रदेशको निर्वाचन सार्न माग गरेको भएपनि कानुनी समस्याका कारण २ नम्बर प्रदेशको मात्रै स्थानीय तहको निर्वाचन असोजमा सारिएको बताउनुभयो । दोस्रो...

म काम गर्ने मान्छे हुँ,मलाई सस्तो लोकप्रियता मन पर्दैन – ज्ञानेन्द्र

२०७४-३-६ मंगलबार
बेलबारी । मोरङको बेलबारी नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार हुन ज्ञानेन्द्र सुबेदी । यो नाम जिल्लाको राजनीति र समाजसेवाका क्षेत्रमा कुनै नौलो नाम होईन । पटक पटक जिल्ला बिकास समितिमा रहेर गरेका बिकास योजनाका काम हुन या स्थानीय स्तरका बिभिन्न संघसंस्थामा आबद्ध भएर उनले गरेको काम नै किन नहोस । थोरै बोल्ने तर...