अमेरिकी सीमामा आप्रवासी पक्राउ

२०७६-२-२३ विहिबार
वासिङ्टन / अमेरिकी सीमा सुरक्षा अधिकारीहरुले गत मे महिनामा मात्र मेक्सिकोको सीमाबाट अमेरिका प्रवेश गर्न चाहने एक लाख ३० हजारलाई सीमा क्षेत्रमा पक्राउ गरेका छन् । विगत १३ वर्षमा दक्षिणी सीमामा एकै महिनामा आप्रवासी पक्राउ परेको यो सबैभन्दा ठूलो संख्या हो । अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायका अनुसार पक्राउ परेकामध्ये परिवारसँगै अमेरिका प्रवेश गर्न...

बुडापेस्टमा पर्यटक डुङ्गा दुर्घटना, पन्ध्रको मृत्यु

२०७६-२-२३ विहिबार
बुडापेस्ट / हंगेरीको राजधानी बुडापेस्टमा एक साताअघि भएको डुङ्गा दुर्घटनामा परी मृत्यु हुने पर्यटकको सङ्ख्या १५ पुगेको छ ।दक्षिण कोरियाली दुई नागरिकको थप शव भेटिएपछि सो सङ्ख्या १५ पुगेको प्रहरी स्रोतले जानकारी दिएको छ । यस दुर्घटनामा परेका अझै पनि १३ व्यक्ति बेपत्ता रहेका प्रहरीले थप जानकारी दिएको छ । हंगेरीको राजधानी बुडापेस्टको ड्यानुब नदीमा...

इजिप्टमा १४ जना आतङ्की मारिए

२०७६-२-२३ विहिबार
कायरो / इजिप्टको सिनाईमा सरकारी फौजमाथिको आक्रमणमा संलग्न रहेका शंकास्पद १४ जना आतङ्ककारी मारिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तीमा आरिश शहरमा आक्रमण गरी भागेका आतङ्ककारी नै मारिएको उल्लेख छ । उनीहरु अल–मासाइद जिल्लास्थित एक खाली घरमा लुकेर बसेको अवस्थामा भेटिएको सुरक्षाफौजले जनाएको छ । उक्त घर खानतलासी गर्नेक्रममा सुरक्षाफौज र आतङ्ककारीबीच गोली...

सुडानमा १०८ सर्वसाधारणको मृत्युपछि प्रदर्शनकारीद्वारा वार्ता अस्वीकार

२०७६-२-२३ विहिबार
खार्तुम /सुडानमा प्रदर्शनकारीका नेताहरुरुले सत्तारुढ सैनिक परिषदसँगको वार्तालाई अस्वीकार गरेको छ । सुडानको राजधानी खार्तुमस्थित जारी प्रदर्शनको क्रममा सरकारी सेनाको दमनमा १ सय ८ जनाको मृत्यु भएपछि नेताहरुले वार्तालाई अस्वीकार गरेका हुन् । बुधबारसम्मा सैनिक मुख्यालय बाहिर चलाएको गोली लागि मृत्यु हुनेको संख्या ६० जनाभन्दा बढी पुगेको चिकित्सकहरुले बताएका थिए । परिषद्ले सत्ता हस्तान्तरण सम्बन्धी...

बेपत्ता चालक दलका सदस्यको खोजी कार्यलाई विस्तृत बनाइयो

२०७६-२-२३ विहिबार
जाकार्ता / इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा कार्गो जहाज दुर्घटनामा परी बेपत्ता भएका चालक दलका १७ सदस्यको खोजी कार्यलाई विस्तृत बनाइएको इन्डोनेसियाको सरकारी स्रोतले बिहीबार जानकारी दिएको छ । गत शनिबार भएको यस घटना चालक दलका एक सदस्यलाई भारतीय जहाजले उद्धार गरेपछि मात्र खुलाशा भएको थियो । सो दुर्घटनामा परेका याकोब नामक एक चालक दलका सदस्यलाई...

जि २०’ मा मेक्सिकोमा राष्ट्रपति नजाने

२०७६-२-२२ बुधबार
मेक्सिकोका राष्ट्रपति आन्डे«स् म्यानुएल लोपेज आब्राडोरले जुनको अन्त्यमा हुन लागेको जि२० सम्मेलनमा भाग नलिने घोषणा गर्नुभएको छ । आगामी जुनको २८ र २९ मा जापानको ओसाका शहरमा हुन लागेको यस सम्मेलनमा आन्ड्रेस्ले नजाने घोषणा गर्नु भएको समाचारमा जनाइएको छ । राष्ट्रपति आन्ड्रेस्ले आफूले जि२० सम्मेलनमा भाग नलिने जानकारी गराउनुभएको यहाँका सञ्चारमाध्यमले जनाएका छन् । नियमित...

इजिप्टमा आठ अर्धसैनिकको मृत्यु

२०७६-२-२२ बुधबार
कायरो / सिनाई प्रायःद्वीपमा बुधबार आतङ्ककारीहरुले इजिप्टका आठ अर्धसैनिकको हत्या गरेका छन् । लामो समयदेखि जिहादी आतङ्ककारीहरुले यस शहरमा हिंसा मच्चाइरहेका छन् । चिकित्सकहरुले आक्रमणबाट आठ सुरक्षा अधिकारीको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । सुरक्षा अधिकरीहरुकाअनुसार आतङ्ककारी समूहले गोली चलाएपछि सुरक्षाबलले जवाफी कारबाही गरेको थियो ।...

इन्डोनेसियामा डुङ्गा दुर्घटना सत्र वेपत्ता

२०७६-२-२२ बुधबार
इन्डोनेसिया / इन्डोनेसिया को मध्य सुलावेसी प्रान्तमा कार्गो जहाज दुर्घटना हुदाँ कम्तीमा १७ जना चालक दलका सदस्य वेपत्ता भएका इन्डोनेसियाको सरकारी स्रोतले बुधबार जानकारी दिएको छ । शनिबार भएको यस घटना चालक दलका एक सदस्यलाई भारतीय जहाजले उद्धार गरेपछि मात्र खुलाशा भएको थियो । सो दुर्घटनामा परेका याकोब नामक एक चालक दलका सदस्यलाई मङ्गबार उद्धार...

सुडान सङ्कटः सेनाको गोली लागि ६० जनाभन्दा बढीको मृत्यु

२०७६-२-२२ बुधबार
खार्तुम / सुडानको सत्तारुढ सैनिक परिषदको आदेशमा सेनाले राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर चलाएको गोली लागि मृत्यु हुनेको संख्या ६० जनाभन्दा बढी पुगेको छ । परिषदले सत्ता हस्तान्तरणसम्बन्धी नागरिक मोर्चासँग गरेको सम्झौता भङ्ग गरी नौ महिनाभित्र आम निर्वाचन गर्ने घोषणा पनि गरेको छ । सुडानको सेनाप्रमुख अब्देल फताह अल–बुरहानले टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै क्षेत्रीय...

अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा प्रतिबन्ध

२०७६-२-२२ बुधबार
वासिङ्टन / ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा मङ्गलबार प्रतिबन्ध लगाएको छ । अमेरिकी अर्थ विभागले अमेरिकी नागरिकको शैक्षिक भ्रमण, क्रुज पानीजहाज र निजी डुङ्गाबाट हुने क्युबा भ्रमण रोक्का गरिएको जनाएको छ । अमेरिकी यस प्रतिबन्धबाट क्युबाको अर्थतन्त्रमा निकै असर पार्ने अनुमान गरिएको छ किनभने सन् २०१९ को चार महिनामै करिब तीन लाख अमेरिकीले क्युबाको...

नाइजेरियामा २० आतङ्ककारी मारिए

२०७६-२-२१ मंगलबार
लेगोस / नाइजेरिया, चाड, क्यामरुन र नाइजरका सेनाले गरेको संयुक्त कारबाहीमा कम्तीमा २० जना आतङ्ककारीको मृत्यु भएको नाइजेरियाली सैनिक प्रवक्ताले बताएका छन् । नाइजेरियाली सैनिक प्रवक्ता टिमोथी एन्टीघाले जारी गर्नुभएको वक्तव्यमा आरिगे, माल्कोनोरी र टुमबुम रेगो क्षेत्रमा कारबाही गरिएको उल्लेख छ । लेक चाड क्षेत्रबाट इस्लामिक आतङ्कवादीलाई पूर्णरुपमा समाप्त पार्ने उद्देश्यले संयुक्त सैनिक कारबाही थालिएको...

एक बन्दुकधारीद्वारा चार सुरक्षा अधिकारीको हत्या

२०७६-२-२१ मंगलबार
त्रिपोली / लेबनानको राजधानी त्रिपोलीबाट उत्तरतर्फ एक बन्दुकधारीले गरेको आक्रमणमा परी चार सुरक्षाकर्मीको मृत्यु भएको सरकारी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । यस आक्रमणमा परी दुई सैनिक र दुई आन्तरिक सुरक्षा अधिकारीको मृत्यु भएको थियो । सैनिक स्रोतले आफ्ना दुई सदस्य मारिएको पुष्टि गरेको थियो । बन्दुकधारीले के कारणले सो आक्रमण गरेको सो भन्ने तत्काल...

सुडान सङ्कटः आम निर्वाचनको घोषणा, सेनाको गोली लागि ३० जनाभन्दा बढीको मृत्यु

२०७६-२-२१ मंगलबार
खार्तुम / सुडानको सत्तारुढ सैनिक परिषदले प्रदर्शनकारीसँग यसअघि भएको सत्ता हस्तान्तरणसम्बन्धी सम्झौता भङ्ग गरी नौ महिनाभित्र आम निर्वाचन गर्ने घोषणा गरेको छ । सुडानको राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर सेनाले चलाएको गोली लागि ३० जनाभन्दा बढीको मृत्यु भएको भोलिपल्टै सेनाले उक्त निर्णय सार्वजनिक गरेको हो । सुडानको सेनाप्रमुख अब्देल फताह अल–बुरहानले टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन...

जापानमा भूकम्प

२०७६-२-२१ मंगलबार
जापानको टोरिस् हिमा द्वीप क्षेत्रमा मङ्गलबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको मौसम विज्ञान निकायले जानकारी दिएको छ । यस भूकम्पको केन्द्रविन्दु ४ सय ४० किलो मिटर गहिराईमा रहेको जनाइएको छ । यस भूकम्पपछि सुनामीको सूचना जारी गरिएको छैन । स्थानीय समयानुसार मङ्गबार अपराह्न १ः४५ मा उक्त भूकम्प गएको थियो । यस भूकम्पपछि धनजनको क्षतिको कुनै समाचार...

नयाँ दिल्लीमा महिलालाई सार्वजनिक यातायातमा निःशुल्क सेवा प्रदान गर्ने केजरीवालको घोषणा

२०७६-२-२१ मंगलबार
नयाँ दिल्ली / भारतको राजधानी शहरमा झण्डै दश लाख महिलालाई सार्वजनिक यातायात सेवा निःशुल्क प्रदान गरिने भएको नयाँ दिल्लीको सरकारले सोमबार जानकारी गराएको छ । नयाँ दिल्लीमा सन् २०१२ मा एउटा निजी बसमा विद्यालयबाट घर फर्किरहेका समय एक छात्रामाथि सामूहिक वलात्कारपछि हत्या गरिएपछि यसलाई महिलाको सुरक्षाका दृष्टिकोणले असुरक्षित भएको महशुस गरिँदै आएको थियो । सन्...

भारतमा उच्च गर्मी, राजस्थानकाे तापक्रम ५०.३ डिग्री नाघ्याे

२०७६-२-२१ मंगलबार
भारत / भारतको सुख्खा क्षेत्रमा पर्ने शहरको तापक्रम ५० डिग्री सेल्सीयस पुगेको छ । पछिल्लो तीन दिनमा तापक्रम दोस्रो पटक यति धेरै बढेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । देशको राजस्थान प्रदेशमा पर्ने चुरुको तापक्रम ५०.३ डिग्री सेल्सीयस पुगेको समाचारमा जनाइएको छ । यसअघि गत शनिबार ५०.६ डिग्री सेल्सीयस पुगेको थियो । यो देशकै सवैभन्दा...

दश वर्षपछि ब्रिटिस एयरवेज पाकिस्तान फर्कियो

२०७६-२-२० सोमबार
इस्लामाबाद / दश वर्षभन्दा पहिले सुरक्षा अवस्था कमजोर रहेका कारण उडान स्थगित गरेको ब्रिटिस एयरवेजले सोमबारदेखि पाकिस्तान उडान शुरु गरेको छ । बेलायती वायुसेवाको उक्त उडान पाकिस्तानका लागि निकै महत्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ । इस्लामाबादको म्यारिअट होटलमा घातक आक्रमण भएपछि ब्रिटिस एयरवेजले सन् २००८ देखि उडान स्थगित गरेको थियो । अब ब्रिटिस एयरवेजले लन्डनको...

सुडानमा सैनिक हस्तक्षेप, पाँच जनाको मृत्यु

२०७६-२-२० सोमबार
खार्तुम / सुडानको राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर धर्नामा बसेका प्रदर्शनकारीलाई हटाउनेक्रममा सेनाले गोली चलाउँदा पाँच जना प्रदर्शनकारीको मृत्यु भएको छ ।राजधा नीका सबैजसो क्षेत्रमा मेसिनगन जडान गरिएका ठूलो संख्यामा सैनिक ट्रक सहितको टोलीको बाक्लो उपस्थिति रहेको छ । सैनिक शासन विरुद्ध प्रदर्शनकारीहरु सैनिक मुख्यालय बाहिर र शहरका मुख्य प्रशासनिक केन्द्र वरपर महिनौंदेखि अबरोधहरु खडा...

इन्डोनेसियामा भूकम्प

२०७६-२-२० सोमबार
इन्डोनेसियिाको पश्चिमी प्रान्त सुमात्रामा सोमबार ६.० म्यानिच्युडको भूकम्प गएको छ । यहाँको मौसम तथा भू गर्भ विभागका अधिकारीहरुले सो जानकारी दिएका छन् । यस भूकम्पपछि सुनामीको भने कुनै सुचना नदिएको सो विभागले जनाएको छ । स्थानीय समयानुसार सोमबार अपराह्न १२ः५७ मा भूकम्प आएको थियो । सो भूकम्पको केन्द्रविन्दु निआज सुलातानबाट ३० किलोमिटर दक्षिणपश्चिममा समूद्र सतहबाट...

सिरियामा इजरायली आक्रमण, दश जना मारिए

२०७६-२-१९ आइतबार
बेरुत / इजरायलले सिरियामा आइतबार छिमेकी मुलुक सिरियामा गरेको हवाई आक्रमणमा दश जनाको मृत्यु भएको छ । इजरायली सेनाका अनुसार मारिएकाहरुमा सिरियाली सेना र विदेशी लडाकूहरु रहेका छन् ।सिरियाबाट इजरायली अधीनस्थ गोलान हाइट्सको माउन्ट हर्मनमा रकेट आक्रमण गरेपछि इजरायलले हवाई आक्रमण गरेको इजरायली सेनाले जनाएको छ । सेनाले जारी गरेको विज्ञप्तिमा इजरायलले सिरियाका दुईवटा सैनिक...

जापानका प्रधानमन्त्रीले खामेनीलाई भेट्ने

२०७६-२-१९ आइतबार
टोकियो / जापानका प्रधानमन्त्री शिन्जो आबेले इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीलाई भेट्नुहुने भएको छ । उहाँहरुका बीचमा अर्को हप्ता भेटवार्ता हुने तय भएको आइतबार प्रेसित समाचारमा जनाइएको छ । इरान र जापानबीचको नराम्रो सम्बन्धलाई न्यूनीकरण गर्न आगामी भेट फलदायी हुने अपेक्षा गरिएको अधिकारीहरुले जनाएका छन् । मिनिची सिम्बुन अखबारका अनुसार जापानका प्रधानमन्त्री र तेहरानका...

कार बम विस्फोटनमा आठको मृत्यु

२०७६-२-१९ आइतबार
अफगानिस्तान / प्रहरी कार्यालयलाई लक्षित गरी भएको आत्मघाती कार बम विस्फोटनमा परी अफगानिस्तानमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । देशको घाज्नी प्रान्तमा भएको घटनामा परी अरु सात जना घाइते पनि भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । स्थानीय समय अनुसार शनिबार बेलुका ९.५० बजे विस्फोट भएको थियो । उनीहरुले सैनिकको गाडी नियन्त्रणमा लिएर त्यसमा...

चीनद्वारा अमेरिकी सामानमाथि थप भन्सार कर उठाउन शुरू

२०७६-२-१८ शनिबार
चीन / चीनले शनिबारदेखि लागु हुने गरी केही अमेरिकी उत्पादनमाथि भन्सार कर थप गरेको चिनियाँ राज्य परिषद्को भन्सार कर समितिले जनाएको छ । घोषणा अनुसार अमेरिकाबाट उत्पादित लगभग ६० अर्ब अमेरिकी डलरका आयातित सामान सूचीमध्ये केही सामानका लागि छुट्टाछुट्टै थप कर उठाउनेछ । यसरी लिइने थप करमा सामान अनुसार थप २५ प्रतिशत, २० प्रतिशत र...

अमित शाहले पाए भारतको गृह मन्त्रीको जिम्मेबारी

२०७६-२-१८ शनिबार
नयाँ दिल्ली / भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालका लागि अमित शाहलाई शनिबार गृह मन्त्रीको जिम्मेबारी दिनुभएको छ । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्षसमेत हुनुभएका शाहलाई मोदीले आफ्नो निकट विश्वास पात्रका रुपमा गृह मन्त्रालयको जिम्मेबारी दिनुभएको अधिकारीले बताएका छन् । गृहमन्त्रीका रुपमा शाहलाई विषेश गरेर आतङ्कवाद, माओवादी द्वन्द्व र काश्मिर समस्या मुख्य...

भारतीय काँग्रेसको संसदीय दलको नेतामा चौथो पटक पनि सोनिया निर्वाचित

२०७६-२-१८ शनिबार
भारत / भारतीय राष्ट्रिय काँग्रेस पार्टीको संसदीय दलको नेतामा पुनःसोनिया गान्धी निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनबाट उहाँ चौथो कार्यकालका लागि निर्वाचित हुनु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गान्धी नेतृत्वको संसदीय दलले संसदमा प्रतिपक्षीको रुपमा प्रभावकारी भूमिका खेल्ने र जनताको पक्षमा आवाउ उठाउने तथा सरकारलाई गलत बाटोमा जानबाट रोक्ने पार्टीका प्रवक्ता रान्दीप सिंह...

तालिबान लडाकूसँगको झडपमा नौ प्रहरी मारिए

२०७६-२-१८ शनिबार
अफगानिस्तान / अफगानिस्तानको उत्तरी प्रान्त बग्दादमा भएको झडपमा परी कम्तीमा नौ प्रहरी मारिएका छन् भने तीन जना घाइते भएका छन् । स्थानीय एक प्रहरी कार्यालयमा शुक्रबार रातिदेखि शनिबार विहानसम्म तालिबान लडाकूले गरेको आक्रमणमा परी उनीहरु मारिएको प्रान्तीय श्रोतले शनिबार जनाएको छ । घटनामा परी कैयाँै लडाकू पनि मारिएको र घाइते भएको सुरक्षा अधिकारीले दावी गरेका...

अमेरिकाको भर्जिनियामा गोली लागी १३ को मृत्यु

२०७६-२-१८ शनिबार
अमेरिका / अमेरिकाको भर्जिनिया राज्य अन्तर्गत पर्ने भर्जिनिया सामुद्रिक तटमा भएको गोली प्रहारसम्वन्धी घटनामा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । ती शंकास्पद व्यक्तिले शुक्रबार मानिस धेरै भीड भएको ठाउँमा गोली प्रहार गरेको स्थानीय अधिकारीले जानकारी दिएका छन् । सो घटनामा एक जनाको उपचारका लागि लाने क्रममा मृत्यु भएको छ भने अन्य चार जना...

ट्रम्पसँग वार्ता बिग्रेपछि क्रुद्ध भएका किमले आफ्ना ५ उच्च अधिकारीलाई मृत्युदण्ड दिएकाे खुलासा

२०७६-२-१८ शनिबार
उत्तरकोरियाली शासक किम जोङ ऊनले आफ्ना ५ जना उच्च अधिकारीलाई मृत्युदण्ड दिएका छन् । गत फेबु्रअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भियतनाममा भएको किमको दोस्रो शिखर वार्ता असफल भएपछि क्रुद्ध भएका उनले वार्ताका लागि वातावरण बनाउने र सहयोग गर्ने आफ्ना अधिकारीहरुलाई मृत्युदण्डको सजाय दिएका हुन् । दक्षिण कोरियाको अखबार ‘चोसन इल्बो’ ती अधिकारीहरुलाई फायरिङ स्कावयडले गोली...

अमेरिकाको भर्जिनियामा अन्धाधुन्ध गाेली प्रहार : ११ को मृत्यु, ६ घाइते

२०७६-२-१८ शनिबार
अमेरिका एक बन्दुकधारीले सरकारी भवनमा अन्धाधुन्ध गोली प्रहार गर्दा ११ जनाका मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । प्रहरीले भर्जिनिया पब्लिक युटिलिटीका ती कर्मचारीले अन्य कर्मचारीमाथि अन्धाधुन्ध गोली प्रहार गरेको जनाएको छ । प्रहरीको कारवाहीमा ती बन्दुकधारी मारिएको बताइएको छ । तर मारिने बन्दुकधारीको पहिचान भने खुलाइएको छैन । प्रहरीले रोक्न खोज्दा...

इराकी बिस्फोटनमा चारको मृत्यु

२०७६-२-१७ शुक्रबार
बग्दाद / इराकको किर्कुक शहरमा बिहीबार भएको शक्तिशाली बिस्फोटनमा कम्तीमा चार जनाको ज्यान जानुका साथै अरु २० जना घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार किर्कुकको मुख्य सडकमा छ वटा बम बिस्फोट गराइएको थियो । किर्कुक राजधानी बग्दादबाट करिब २५० किलोमिटर उत्तरमा रहेको छ । किर्कुकका प्रान्तीय प्रहरी प्रवक्ता अम्मार अल जुबोरीले उक्त...

काबुलमा कार बम आक्रमण

२०७६-२-१७ शुक्रबार
काबुल / अफगानिस्तानको राजधानी काबुलमा शुक्रबार भएको कार बम आक्रमणमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अरु धेरै व्यक्ति घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता नसरातुल्लाह राहिमीले क्वाला–ए–वाजिर इलाकामा रहेका विदेशी सैनिकमाथि लक्षित गरी बम बिस्फोट गराइएको जानकारी दिनुभयो । यो घटना काबुल शहरको पूर्वतर्फ काबुल–जलालाबाद सडकमा भएको छ । स्थानीय समय अनुसार बिहान...

भारतको १५औँ प्रधानमन्त्रीका रुपमा भाजपा नेता मोदीद्वारा सपथग्रहण

२०७६-२-१६ विहिबार
भारत / भारतको १५औँ प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीले बिहीबार सपथग्रहण गर्नुभएको छ । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले उहाँलाई सपथग्रहण गराउनुभएको हो । हालै सम्पन्न १७ औँ लोकसभा निर्वाचनपछि मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा)ले अत्यधिक बहुमत ल्याएकाले मोदीले सरकार गठन गर्नु भएको हो । प्रधानमन्त्रीका रुपमा ६८ बर्षीय मोदीको यो दोस्रो...

बुडापेस्टमा पर्यटक डुङ्गा दुर्घटना, सात जनाको मृत्यु

२०७६-२-१६ विहिबार
बुडापेस्ट / हंगेरीको राजधानी बुडापेस्टमा भएको डुङ्गा दुर्घटनामा परी सात पर्यटकको मृत्यु हुनुको साथै २१ जना बेपत्ता भएका हंगेरी र दक्षिण कोरियाली अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । हंगेरीको राजधानी बुडापेस्टको ड्यानुब नदीमा दृश्यावलोकन गराउने एक डुङ्गा पल्टिँदा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य २१ जना बेपत्ता भएका त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।...

मोक्सिकोमा बस दुर्घटना, २१ जनाको मृत्यु

२०७६-२-१६ विहिबार
भेराक्रुज / मेक्सिकोको पूर्वी क्षेत्रको भेराक्रुज राज्यमा बुधबार भएको सडक दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएका छन् । प्रहरीका अनुसार यात्रु बोकेको पर्यटक बससँग मिनिट्रक ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटना लगत्तै बसमा आगलागी पनि भएको थियो । स्थानीय आपतकालीन टोली पुगेर बसमा यात्रारत व्यक्तिहरुको उद्धार गरेको थियो ।...

मोदीको सपथ कार्यक्रममा सहभागी हुन नेताहरु दिल्लीमा

२०७६-२-१६ विहिबार
नयाँदिल्ली, १६ जेठ (रासस-एएनआई) – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि बिहीबार साँझ हुने सपथ कार्यक्रममा सहभागी हुन भुटानका प्रधानमन्त्री लोटे छिरिङ बिहीबार नयाँदिल्ली पुग्नुभएको छ । उहाँलाई भारतीय विदेश सचिव विजय गोखलेले विमानस्थलमा स्वागत गर्नुभएको थियो । राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले स्थानीय समय अनुसार साँझ ७ बजे...

अनुसन्धानको क्रममा डुङ्गा मालिक पक्राउ

२०७६-२-१६ विहिबार
चीनको दक्षिणपश्चिम प्रान्त गुइयाङमा गत मे २३ मा भएको एक डुङ्गा दुर्घटनाको छानबिनको क्रमका डुङ्गा मालिकलाई बिहीबार पक्राउ गरिएको छ । सो डुङ्गा दुर्घटनाको परी १३ व्यक्तिको मृत्यु भएको थियो । यस घटनाको प्रहरीले गरेको छानबिनको क्रममा मेङ युकाई नामक यी डुङ्गा मालिकले आफैले डुङ्गा चलाएका प्रमाणित भएको छ । झेनफेग काउन्टीको बेइपान नदीमा २९...

चिनियाँ राष्ट्रपतिले रुसको भ्रमण गर्ने

२०७६-२-१५ बुधबार
बेइजिङ / चीनका राष्ट्रपति सी चिनफिङले आगामी जुन ५ देखि ७ सम्म रुसको भ्रमण गर्नुहुने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणमा राष्ट्रपति सी रुसको भ्रमण गर्न लाग्नुभएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले घोषणा गरेका छन् । राष्ट्रपति सीले रुसमा रहँदा २३औं सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चको बैठकलाई सम्बोधन गर्नुहुने पनि प्रवक्ता लु काङले बताउनुभयो...

अष्ट्रेलियाली प्रधानमन्त्रीको सपथ

२०७६-२-१५ बुधबार
क्यानबेरा / अष्टे«लियाका प्रधानमन्त्री स्कट मरिसनले पुनः प्रधानमन्त्री पदको सपथ लिनुभएको छ । मरिसनको मन्त्रिमण्डलमा पहिलोपटक सात जना महिलाको सहभागिता रहेको छ । मरिसनले बुधबार बिहान गभर्नर जनरल पिटर कोसग्रोभ समक्ष सपथ लिनुभएको थियो । प्रधानमन्त्री मरिसनको नेतृत्वमा रहेको नेसनल पार्टी कोएलिसन (एलएनपी) गत मे १८ मा भएको आम निर्वाचनमा विजयी भएको थियो । एलएनपीको...

भारतमा नक्कली मदिरा, सत्रको ज्यान गयो

२०७६-२-१५ बुधबार
भारतको उत्तर प्रदेशमा नक्कली मदिरा सेवन गरेका कारण १७ जनाको मृत्यु हुनुका साथैै अन्य ४० जना उपचारको क्रममा रहेका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । उत्तर प्रदेशको राजधानी लखनउबाट करीब ५८ किलोमिटर पूर्वको बाराबंकी जिल्लास्थित रामनगर क्षेत्रमा उक्त घटना भएको हो । रामनगर प्रहरी चौकीमा कार्यरत एक प्रहरी अधिकारीले नक्कली मदिरा सेवन गरेका कारण छ...

नाइजेरिया आक्रमणमा २३ जनाको ज्यान गयो – स्थानीय प्रहरी

२०७६-२-१५ बुधबार
अबुजा / नाइजेरियाको उत्तर पश्चिमी राज्य जाम्फारामा मङ्गलबार भएको आक्रमणमा २३ जना स्थानीयबासीको मृत्यु भएको प्रहरीले जनाएको छ । जाम्फाराका प्रहरी प्रवक्ता मोहम्मद शेहुले शस्त्रधारीबाट भएको आक्रमणबाट टुङ्गा र काबाजेका २३ जना गाउँलेको ज्यान गएको पुष्टी गर्नुभयो । नाइजेरियाका उत्तरी भेगमा पछिल्ला दिनहरुमा गाउँलेमाथि लगातार आक्रमण भइरहेका छन् । शेहुले प्रभावित क्षेत्रमा प्रहरीको नियमित गस्ती...