सदस्य सचिवमा सिलवाल नियुक्त सँगै मोरङ खेलकुद अध्यक्षका लागि दौडधूप सुरू

२०७६-३-२४ मंगलबार
विराटनगर / राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भएसँगै मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षका लागि दौडधूप सुरु भएको छ । वर्तमान कार्यसमितिको कार्यकाल पनि आगामी साउन १३ गतेबाट सकिंदैछ । पुरानो समितिको कार्यकाल सकिंदै गर्दा र परिषद्ले नयाँ सदस्य सचिव पाइरहँदा अध्यक्षका आकांक्षीले राजनीतिक शक्ति केन्द्रसँगको लविङ बढाएका छन् । समितिको पदाधिकारी...

हङकङविरुद्ध सागरको घातक बलिङ, लिए ५ विकेट

२०७६-३-२४ मंगलबार
काठमाडौं / यू–१९ एसिया कपको पूर्वी क्षेत्र छनोटको फाइनलमा सागर ढकालले हङकङविरुद्ध घातक बलिङ गरेका छन् । मलेसियाको किनरारा ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । नेपालका सागर ढकालले घातक बलिङ गर्दै ५ विकेट लिए । उनले ९ ओभरमा ५ मेडिन राख्दै ८ रन दिए र ५ विकेट लिए छन् ।

विश्वकपको एशिया छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ

२०७६-३-२४ मंगलबार
काठमाडौँ / सिङ्गापुरमा आयोजना हुने आइसीसी टी ट्वान्टी विश्वकप एशिया छनोट फाइनल खेल्ने जाने नेपाली क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ । कप्तान पारस खड्काको कप्तानीमा रहेको १४ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिर्दै आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव रमेश सिलवालले बिदाइ गर्नुभयो । नेपाली टोली आज दिउँसो १...

हङकङद्धारा नेपाललाई ९६ रनको लक्ष्य

२०७६-३-२४ मंगलबार
काठमाडौँ / एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिको लागि हङकङले नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेटमा मैदानमा आज भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ९५ रनमा समेटियो । हङकङका आठ ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । खराब...

राखेप सदस्य सचिवमा सिलवाल

२०७६-३-२३ सोमबार
काठमान्डाै / राष्ट्रिय खेलकूद परिषद (राखेप)को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त हुनुभएको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सिलवाललाई चार वर्षका लागि सदस्य सचिवमा नियुक्त गर्नुभएको हो । निवर्तमान सदस्य सचिव केशवकुमार विष्टको असार ९ गते कार्यकाल समाप्त भएपछि सिलवाल नयाँ सदस्य सचिवमा नियुक्त हुनुभएको हो । मन्त्रिस्तरीय निर्णयपछि खेलकूदमन्त्री विश्वकर्माबाट सिंहदरबारस्थित युवा तथा...

नेपाल यू-१९ एसिया कप छनोटकाे फाइनलमा

२०७६-३-२३ सोमबार
काठमाडौं / मलेसियामाथि ७ विकेटको जित हात पार्दै नेपाल एसीसी यू-१९ एसिया कपको पूर्वी क्षेत्र छनोटको फाइनलमा प्रवेश गरेको छ । मलेसियाले दिएको ८८ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । ३० रन जोड्दा ३ विकेट गुमाइसकेको नेपालको सुरुवात भने राम्रो थिएन । तर कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले अविजित ६०...

कोपा अमेरिकाको उपाधि आयोजक ब्राजिललाई

२०७६-३-२३ सोमबार
एजेन्सी / आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि उचालेको छ । आइतबार राति भएको खेलमा पेरुलाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले उपाधि उचालेको हो । सन् २००७ पछि पहिलो पटक ब्राजिलले यस प्रतियोगिताको उपाधि उचालेको हो । उता १९७५ पछि फाइलनमा स्थान बनाएको पेरुले खेलमा पकड भने जमाउन सकेन । ब्राजिललाई जित दिलाउन ग्याब्रियल...

मेस्सीले पाए १४ वर्षपछि रेड कार्ड (भिडियोसहित)

२०७६-३-२२ आइतबार
ऐजेन्सी / गएराती भएको कोपा अमेरिका फुटबलअन्तर्गत चिलीसँगको खेलमा अर्जेन्टिनी स्ट्राइकर मेस्सीले रेड कार्ड पाए । खेलमा चिलीलाई अर्जेन्टिनाले पराजित त गर्यो, तर यो खेल जित हार भन्दा पनि मेस्सीले रेडकार्ड पाएको खेलका रुपमा इतिहासमा चर्चा गरिनेछ । उनले १४ वर्षअघि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा डेब्यु गरेका बेला रातो कार्ड पाएका थिए । दुवै टिमका खेलाडी शारीरिक...

बेलबारी मेयरकपको उपाधि केराबारीको पोल्टामा

२०७६-३-२१ शनिबार
बेलबारी । मोरङको बेलबारीमा सम्पन्न मेयरकपको उपाधि पथरी शनिश्चरे नगरपालिकाको टिमलाई हराउँदै केराबारी गाँउपालिकाले जितेको छ । शनिबार बेलबारी ३ टुक्रे खेलमैदानमा भएको खेलमा केराबारीले पथरीशनिश्चरे लाई ० – २ गोल गर्दै पराजित गरेको हो । खेलको पहिलो हाफको ३६ औँ मिनेटमा केराबारीका मनिष लिम्बुले पहिलो गोल गरेका थिए भने दोस्रो हाफको ३५ औँ मिनेटमा...

कोपा अमेरिमा रेफ्रीले ब्राजिलको पक्ष लिएको भन्दै अर्जेन्टिनाले हाल्यो मुद्दा

२०७६-३-२१ शनिबार
एजेन्सी / बार्सिलोना फुटबल एसोसिएसनले कोपा अमेरिकाका रेफ्रीविरुद्ध दक्षिण अमेरिकी फुटबल कन्फेडेरेसन (कोन्मेबोल)मा मुद्दा हालेको छ । अर्जेन्टिना र उसका कप्तान लियोनेल मेस्सीले ब्राजिलविरुद्धको सेमिफाइनलमा रेफ्रीले ब्राजिलको पक्ष लिएको आरोप लगाएका थिए । मेस्सीले खेल सकिएपछि यो खेलमा अर्जेन्टिनाले पाउनुपर्ने २ पेनाल्टी नदिइएको र रेफ्रीले आवश्यक ठाउँमा पनि भिडियो असिस्टेन्ट रेफ्रीको सहयोग नलिएको आरोप लगाएका...

नेपालले सिङ्गापुरलाई दियो ३२७ को विशाल लक्ष्य

२०७६-३-२० शुक्रबार
काठमाडौँ / मलेसियामा जारी एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले सिङ्गापुरलाई जितका लागि ३२७ रनको विशाल लक्ष्य दिएको छ ।क्वालालम्पुरस्थित किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर पूरै खेल्दै चार विकेटको क्षतिमा ३२६ रनको योगफल बनायो । नेपालका लागि रित गौतमले सर्वाधिक...

मंज्रेकरलाई जडेजाको ट्वीट “तपाई भन्दा दोब्बर क्रिकेट खेलेको छु”

२०७६-३-१९ विहिबार
भारतीय विश्वकप टिममा रहे पनि हालसम्म अन्तिम-११ मा स्थान बनाउन असफल रहेका देब्रे हाते स्पिनर रभिन्द्र जडेजा एक ‘ट्वीट’ का कारण चर्चामा रहेका छन् । भारत विश्वकपको सेमीफाइनल प्रवेश गरिसके पनि जडेजा टिमको पहिलो रोजाइमा परेका छैनन्। यस क्रममा भारतले इग्ल्यांडसंगको खेलमा हार बेहोरेपछि भारतको ब्याटिंग प्रशिक्षक संजय बांगरले पत्रकारहरुसंगको कुराकानीमा जडेजालाई टिममा मौका दिने...

खेल हारेपछि रेफ्रीमाथि खनिए मेस्सी

२०७६-३-१८ बुधबार
एजेन्सी / जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा आयोजक ब्राजिल संग अर्जेन्टिनाले हारेपछि कप्तान मेस्सीले भने खेलका रेफ्री र भिएरप्रति चर्को असन्तुष्टि पोखे । खेलपछि मिडियासँग प्रतिक्रिया दिँदै मेस्सीले ब्राजिल जितको हकदार रहेको बताउँदै सो खेलमा भिएआर प्रयोग नगरिनु विडम्बनापूर्ण रहेको बताए । उनले खेल दौरान पटक–पटक आफूहरूमाथि गम्भीर फउल हुँदा रेफ्रीले सही निर्णय नलिएको र...

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालको जित

२०७६-३-१८ बुधबार
मलेसिया / मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले शानादार जित हासिल गरेको छ। क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ। टस जितेर बलिङ रोजेको नेपालले राम्रो बलिङ गर्दै चीनलाई ५३ रनमै समेटेको थियो । चीनलाई सस्तैमा समेट्न नेपालका सागर ढकालले...

सुरुंगा नगरपालिकाले चुम्याे सप्तरी महिला प्रिमियर लिगकाे उपाधि

२०७६-३-१६ सोमबार
राजबिराज । रुविना क्षेत्रि र अप्सरी बेगमको उत्कृष्ट ईनिंगले सुरुंगा नगरपालिकाले खडक नगरपालिकालाई सजिलै १० बिकेटले पराजित गर्दै पहिलो महिला सप्तरी प्रिमियर लिगको उपाधि चुमेको छ । प्रतियोगिता अन्र्तगत सोमवार सम्पन्न फाईनल खेलमा खडक नगरपालिकाका कप्तान सरस्वती चौधरीले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा १ बिकेटको नोक्सानीमा १ सय ४ रनको...

विश्वकप एशिया फाइनलका लागि खेलाडी छनोट

२०७६-३-१५ आइतबार
काठमाडौँ / सिङ्गापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एशिया फाइनलका लागि आज १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।आइसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै १४ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको खेलाडीको सूचीमा कप्तान पारस...

एसिसी यु–१९ क्रिकेट खेल्न नेपाली टोली मलेशिया जाँदै

२०७६-३-१५ आइतबार
काठमाडौँ / मलेशियामा यही असार १७ गतेदेखि आयोजना हुने एसिसी १९ वर्षमुनि (यु–१९) इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सहभागी हुन १४ सदस्यीय नेपाली युवा टोली आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।कप्तान रोहितकुमार पौडेलले नेतृत्व गर्नुभएको सो टोलीमा रित गौतम, पवन सर्राफ, विशाल विक्रम केसी, भीम सार्की, कुशल मल्ल, रशिद खान, सागर ढकाल, हरिबहादुर चौहान, प्रतिष जिसी, कमलसिंह...

सचिन र लारालाई पछि पार्दै कोहलीको नयाँ किर्तिमानी

२०७६-३-१३ शुक्रबार
इंग्ल्याण्डमा जारि आईसीसी विश्वकप अन्तर्गत वेस्ट इन्डिज र भारत बीच जारि खेलमा भारतीय कप्तान बिराट कोहलीले अर्को ठुलो विश्वकिर्तिमान कायम गरेका छन् । खेलमा भारतले टस जितेर ब्याटिंग गरिरहेको छ । वेस्ट इन्डिजसंग कोहलीले ३७ रन पुरा गर्ने वितिकै कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजार रन पुरा गरेका छन् । टेस्ट, एकदिवसीय र टि-२० गरि २०...

राजरंगशाला स्तरोेन्नती प्रकरण : अख्तियारद्वारा छानबिन सुरु

२०७६-३-११ बुधबार
सप्तरी / सप्तरी स्थित राजरंगशालाको खेलमैदान स्तरोन्नती कार्यमा भएको आर्थिक अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।  जिल्ला खेलकुद विकास समितिले टेन्डर प्रक्रियाद्वारा काम गराउँदा निर्माण कम्पनीको मिलोमतोमा आर्थिक अनियमितता गरेको उजुरी परेपछि आयोगले अनुसन्धान अघि बढाएको हो । आयोगको क्षेत्रिय कार्यालय इटहरीबाट खटेको प्राबिधिकसहितको तीन सदस्यीय टोलीले बुधबारदेखी राजरंगशालामा पुगि खेलमैदानको...

एएफसी कप : मनाङ मस्र्याङ्दी पराजित

२०७६-३-११ बुधबार
काठमाडौँ / एएफसी कप फुटबल प्रतियोगितामा नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब भारतको चेन्नईयिन एफसीसँग पराजित भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको लिग चरणको आफनो अन्तिम खेलमा मनाङ चेन्नइयिनसँग ३–२ गोलअन्तरले पराजित भएको हो । चेन्नईयिनको जितमा मोहमद राफीले दुई गोल गरे भने इला साबिया फिल्होले एक गोल थपे । राफी...

ब्रहमपुर नकआउट फुटबल: जब्दीको शानदार जित

२०७६-३-१० मंगलबार
इटहरी / ब्रहमपुर (इटहरी) प्रथम ब्रहमपुर नकआउट फुटबल प्रतियोगिताको आज भएको फाईनल खेलमा जब्दी युवा क्लब, अमाहा १९ ले मध्यन्तरपछि युथ क्लब आपगाँछी १ लाई शुन्यको विरुद्ध २ गोल गर्दै शानदार विजय हात पारेको छ । जब्दीका जर्सी नंम्वर ११ का नबीन चौधरी र जर्सी नम्वर ९ का मुकेश चौधरीले मध्यन्तरपछि गरेका गोलले नै जब्दी...

प्रदेश १ मा मुख्यमन्त्री कप फुटबल हुँदै

२०७६-३-९ सोमबार
विराटनगर /  प्रदेश १ को सामाजिक विकास मन्त्रालयको सहयोग र अखिल नेपाल फुटबल संघ –एन्फा) को आयोजनामा मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता २०७६ हुने भएको छ । प्रतियोगिताको छनोट चरणको खेल प्रदेश १ को तीन जिल्लामा हुनेछ । आयोजकले विराटनगरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर पहिलो चरणको छनोट खेल असार १६ गतेबाट सुरू हुने...

मनसुनले प्रधानमन्त्री कप क्रिकेट प्रभावित

२०७६-३-९ सोमबार
कञ्चनपुर / कञ्चनपुरको भीमत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगिताको खेल मनसुनका कारण प्रभावित भएको छ । आइतबार दिउँसो तय भएको सशस्त्र प्रहरीको एपिएफ क्लब र गण्डकी प्रदेशबीचको खेल वर्षाका कारण स्थगित भयो । खेल हुन नसकेपछि अङ्क बाँड्दा गण्डकी प्रदेश बाहिरिएको आयोजक महाकाली स्पोर्ट सोसाइटीका अध्यक्ष सुमन भट्टले जानकारी दिनुभयो । मनसुन अझै जारी रहेकाले...

कोपा अमेरिका : अर्जेन्टिना क्वाटरफाइनमा प्रवेश

२०७६-३-९ सोमबार
ब्राजिल / लाउटारो मार्टिनेज र सर्जिओ अग्वेरोको गोलको मद्दतले अर्जेन्टिनाले कतारलाई २–० गोल अन्तरले पराजित गरी अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।ब्राजिलमा जारी कोपा अमेरिका प्रतियोगिता अन्तर्गत नेपाली समय अनुसार सोमबार बिहान भएको समूह ख कै अर्को खेलमा कोलम्बियाले पाराग्वेलाई १–० गोल अन्तरले पराजित गरेका कारण पनि अर्जेन्टिनालाई क्वाटरफाइनलमा प्रवेश सहज...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि प्रदेश सरकारद्धारा रकम विनियोजन

२०७६-३-९ सोमबार
चितवन / राष्ट्रियरुपमा चर्चा पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि प्रदेश नम्बर ३ सरकारले रु पाँच करोड रकम विनियोजन गरेको छ । भरतपुर महानगरपालिका र वडा कार्यालयले पनि रकम विनियोजनको तयारी गरेका छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रदेश सरकारले रु पाँच करोड रकम विनियोजन गरिसकेको छ । काम अघि बढ्दै गर्दा...

एपिएफले चुम्यो छैटाैं उदयपुर रमपम गोल्ड कपको उपाधि

२०७६-३-८ आइतबार
उदयपुर / उदयपुरमा सम्पन्न छैटौं संस्करणको उदयपुर रमपम गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि शस्त्र प्रहरी बलको एपिएफ क्लवले जितेको छ । शनिबार थरुहट रंगशालामा भएको खेलमा गोर्खा ब्वाईज क्लब रुपन्देहीलाई दोह्रो हाफको ७३ औं मिनेटमा एपिएफका जर्सी नं. १४ का श्याम नेपालीले गोल गर्दै उपाधि उचाल्न सफल भयो । शनिबारको फाईनल खेलमा एपीएफले रुपेन्देहीलाई ०...

सन्दीप र सोमपाल ग्लोबल क्रिकेट लिगमा अनुबन्ध

२०७६-३-६ शुक्रबार
काठमाडौँ / नेपाली राष्ट्रिय क्रिकेट टोलीका लिग स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर सोमपाल कामी क्यानाडाको आधिकारिक ग्लोबल टी– ट्वान्टी क्रिकेट लिगका लागि अनुबन्ध भएका छन् ।राष्ट्रिय टोलीका सदस्य सन्दीपलाई टोरन्टो नेसनल्सले १०औँ चरणमा ६० हजार अमेरिकी डलर खर्चेर खरीद गरेको हो । उनले आफ्नो न्यूनतम मूल्य ६० हजार अमेरिकी डलर तोकेका थिए ।...

कोपा अमेरिका : उरुग्वे र जापानबीचको खेल बराबर

२०७६-३-६ शुक्रबार
ब्राजिल / ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत नेपाली समयअनुसार शुक्रबार बिहान सम्पन्न प्रतिस्पर्धामा उरुग्वे र जापानबीचको खेल दुईदुई गोलको बराबरीमा टुंगिएको छ । खेलमा जापानका तर्फबाट पहिलो गोल भएको थियो । विश्व फुटबलमा निकै शक्तिशाली मानिएको उरुग्वे विरुद्ध जापानका कोजी मियोशीले २५औं मिनेटमा पहिलो गोल गरेका थिए । तर सात मिनेटपछि नै उरुग्वेका...

सन्दीप र सोमपाल ‘ग्लोबल टि-२० क्यानडा’ खेल्दै, सन्दीप ६० हजार अमेरिकी डलरमा अनुबन्ध

२०७६-३-६ शुक्रबार
नेपाली लेग स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर सोमपाल कामीले ग्लोबल टी ट्वान्टी क्यानडा प्रिमियर लिग २०१९मा खेल्ने भएका छन् । बिहीबार सम्पन्न ड्राफ्टमा टोरोन्टो नेशनले सन्दीपलाई आफ्नो टिममा राखेको हो । सन्दीपलाई नेशनले ६० हजार अमेरिकी डलर खर्चेर अनुबन्ध गरेको जनाइएको छ । उनको टिममा भारतीय टिमका पुर्व ब्याट्सम्यान युवराज सिंह समेत रहेका...

घरेलु टिमलाई स्तब्ध पार्दै रुपन्देही फाइनलमा प्रवेश

२०७६-३-५ विहिबार
उदयपुर / छैठौ उदयपुर रमपम गोल्ड कप प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा आयोजक उदयपुर ११ लाई हराउँदै गोर्खा ब्वाईज रुपन्देही फाइनलमा प्रवेश गरेको छ । तीन विदेशी खेलाडी सहित मैदानमा उत्रिएको रुपन्देहीले ४–१ फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । उदयपुर गोल्ड कपमा दोस्रो पटक सहभागिता जनाएको रुपन्देहीले आयोजकलाई ४–१ गोलले हरायो । थरुहट...

कोपा अमेरिका : अर्जेन्टिना र पाराग्वेबीचको खेल बराबर

२०७६-३-५ विहिबार
साओपाउलो / ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न प्रतिस्पर्धामा अर्जेन्टिना र पाराग्वेबीचको खेल एकएक गोलको बराबरीमा टुंगिएको छ ।पाराग्वेका अग्रपंक्तिका खेलाडी डर्लिस गोन्जालेजले ३७औं मिनेटमा गोल गरेका थिए । तर अर्जेन्टिनाका विश्वचर्चित खेलाडी लियोनेल मेस्सीले ५७औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । यो बराबरीसँगै अर्जेन्टिनाले २ खेलबाट १ अंक प्राप्त गरेको छ...

महिला क्रिकेट शुरु : पहिलो खेलमा सुदूरपश्चिम विजयी

२०७६-३-४ बुधबार
महेन्द्रनगर / कञ्चनपुरको महेन्द्रनगरमा राष्ट्रिय खेलकूद परिषद्को आयोजनामा आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गरेको छ ।टस जितेर ब्याटिङ रोजेको गण्डकीले २० ओभरमा सबै विकेट गुमाएर ५८ रन बनाएको थियो । गण्डकीका शिला रेग्मीले १९ र सुशिला गुरुङले १७ रन बनाउनुभयो...

संकटालाई हराउँदै गोर्खा व्वाईज क्लव सेमिफाईनलमा प्रवेश

२०७६-३-३ मंगलबार
उदयपुर / छैटौँ उदयपुर रमपम गोल्ड कपका मंगलबारको खेलमा संकटा क्लब काठमाडौंलाई हराउँदै गोर्खा व्वाईज कल्व सेमिफाईनलमा प्रवेश गरेको छ । गोर्खा व्वाईज क्लव रुपन्देहीले २–१ ले संकटा क्लव काठमाण्डौँलाई पछि पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतिस्प्रधात्मक खेलको ५१ औँ मिटनमा गोर्खा व्वाईज क्लवका जर्सी नम्बर ७ को फोफानाले गोल गर्दै आफ्नो टिमको खाता...

मेयर र उप-मेयरको रोचक प्रतिस्पर्धा

२०७६-३-३ मंगलबार
राजविराज / प्रमुख अतिथिले ब्याटिंग वा बलिंग गर्दै क्रिकेट प्रतियोगिताको उद्घाटन गर्ने प्रचलन नेपालमा नयाँ हैन । प्राय घरेलु प्रतियोगिताहरुको सुरुवात यसरीनै गरिन्छ । सोमबार राजविराजमा सप्तरी क्रिकेट संघको आयोजनामा सुरु भएको मेयर कप सप्तरी प्रिमियर लिगको दोश्रो सिजनको उद्घाटनमा प्रमुख अतिथि राजविराज नगरपालिकाका मेयर सम्भुप्रसाद यादबको हातमा ब्याट थमाइयो भने बल थियो उप-मेयर साधना...

एसपीएल : ३३ रनको लक्ष्य पछ्याउन नसक्दा तिलाठी कोइलाडी पराजित

२०७६-३-३ मंगलबार
मेयर कप सप्तरी प्रिमियर लिग-२ अन्तर्गत दोश्रो दिनको पहिलो खेलमा मेहबुब आलम कप्तानीको रुपनी राइडर्सले तिलाठी कोइलाडी जायन्टसलाई ५ रनले पराजित गरेको छ । वर्षाको कारण मैदान भिजेकोले ढिला सुरु भएको खेल ५/५ ओभरमा छोट्याएर खेलाइएको थियो । टस हारेर ब्याटिंग गरेको रुपनी राइडर्सले निर्धारित ५ ओभरमा ८ विकेट गुमाएर ३२ रनको योगफल तयार गरेको...

रात्रीकालिन क्रिकेटमा आर्मीको बिजयी सुरुवात

२०७६-३-३ मंगलबार
सुनसरी / इटहरीमा जारी एरिना प्रिमियर रात्रीकालिन क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार राती भएको खेलमा नेपाली सेनाको बिभागिय टिम त्रिभुवन आर्मी क्लब बिजयी भएको छ । गयराती भएको खेलका आर्मीले बिराटनगरलाइ ३२ रनले पराजित गरेको हो । इटहरी क्रिकेट मैदानको पिचमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै १ सय...

दोस्रो मेयरकप सप्तरी प्रिमियर लिग सुरु, उद्घाटन खेलमा बोदे बर्साइन थन्डर्स विजयी

२०७६-३-२ सोमबार
राजविराज / बोदेबरसाइन थन्डर्स क्रिकेट टिम यहाँ स्थित् पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानमा सोमबार देखि सुरु भएको दोस्रो मेयरकप सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगीतामा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन बजाज खडक वारियर्सलाई ३३ रनले पराजित गर्दै बोदेबरसाइन थन्डर्स विजयी भएको हो । पहिले ब्याटिंग गर्दै बोदे बर्साइनले दिएको १८० रनको...

नेपाली लिग च्याम्पियन मनाङ बङ्गलादेशतर्फ

२०७६-३-२ सोमबार
काठमाडौँ / एएफसी कप फुटबल प्रतियोगिताअन्तर्गत पाँचौं खेल खेल्न नेपाली लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब आज बङ्गलादेशको ढाका प्रस्थान गरेको छ । यही असार ४ गते बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने खेलमा नेपाली लिग च्याम्पियन मनाङले बङ्गालदेशको लिग च्याम्पियन अबहानी लिमिटेडसँग जित निकाल्ने उद्देश्यका साथ प्रतिस्पर्धा गर्दैछ । यसअघि गत अप्रिलमा नेपालमा नै भएको खेलमा...

आज देखि सप्तरी प्रिमियर लिग दोश्रो संस्करण सुरू

२०७६-३-२ सोमबार
राजविराज / सप्तरी क्रिकेट संघको आयोजनामा आज देखि मेयर कप सप्तरी प्रिमियर लिगको ( एसपीएल ) दोश्रो संस्करण आयोजना हुँदैछ । राजविराज स्थित प.बी. स्कुल मैदानमा आयोजना हुने प्रतियोगिता असार २ देखि ८ गतेसम्म संचालन हुनेछ । पहिलो संस्करण मात्र ३ टिम सहभागी रहेको लिगको यो संस्करण भने थप २ टिम सहभागी हुँदैछन् । पहिलो...

कोपा अमेरिका :- सुआरेज र काभानीको गोलले उरुग्वे विजयी

२०७६-३-२ सोमबार
ब्राजिल / ब्राजिलमा जारी दक्षिण अमेरिकाको प्रतिष्ठित कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा उरुग्वे विजयी भएको छ । उरुग्वेले १० खेलाडीमा सीमित भएको इक्वेडरलाई ४–० गोल अन्तरले पराजित गरेको हो । समूह ग को यस प्रतिस्पर्धामा उरुग्वेका तर्फबाट लुइस सुवारेज, एडिन्सन काभानी र निकोलास लोडेरोले एकएक गोल गरेका थिए । इक्वेडरका आर्टुरो मिनाले...