थरीथरीका नतिजा : सासूसँग बुहारी एकै मतले पराजित

२०७४-३-१७ शनिबार
काठमाडौं ।  रुकुमको सिस्ने गाउँपालिका–६ मा माओवादी केन्द्रका उम्मेदवार एक मतले विजयी भएका छन् । कांग्रेस–एमाले गठबन्धनसँग प्रतिस्पर्धा गरेका माओवादीका वडाध्यक्षका उम्मेदवार सुधन रेग्मीले ४७० मत ल्याए । गठबन्धनका उम्मेदवार पूर्णबहादुर मल्लले ४६९ मत पाए । धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ मा पनि एक मत अन्तरको हारजित भएको छ । वडाध्यक्षमा उठेका माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार...

मेयरले सुरु गरे घरदैलो अभियान : टोलीमा डाक्टर नर्स पनि

२०७४-३-१६ शुक्रबार
काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले घरदैलो अभियान सुरु गरेका छन् । शाक्यले महानगरको नक्साल क्षेत्रबाट जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता वितरण एवं घरघरमै गएर स्वास्थ्य परीक्षण सुरु गरेका हुन् । शाक्यको टोलीमा डाक्टर, नर्स, अनमी र अहेव एक/एक जना सहभागी छन् । आजको अन्नपूर्ण पोस्टमा खबर रहेको छ ।  

मधेसी बाहुल्य क्षेत्रमै बढी मतदान : मतदाताले राति ८ बजेसम्म भोट हाले

२०७४-३-१५ विहिबार
काठमाडौँ। दोस्रो चरणको स्थानीय निर्वाचनमा सुनसरीमा ७० प्रतिशत हाराहारीमा मत खसेको छ । जिल्लामा मधेसवादी दलको प्रभाव क्षेत्र दुहवी र इनरुवा नगरपालिकासँगै गढी, देवानगन्ज, हरिनगरा, बर्जु, केसी र भोक्राहा गाउँपालकिामा ८४ मत खसेको छ। बिहान ७ बजे अघिनै विराटनगरका मतदान स्थलमा मतदाताको लाम लागेको थियो । मतदाताको भीडका कारण मोरङ र सुनसरीका एक दर्जन मतदान...

‘फूलप्रुफ’ सुरक्षाबीच आज निर्वाचन

२०७४-३-१४ बुधबार
काठमाडौँ। निर्वाचन आयोगको फूलप्रुफ सुरक्षा र तयारीबीच एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिका गरी ३३४ स्थानीय तहमा प्रतिनिधि छनोट गर्न बुधबार निर्वाचन हुँदै छ। प्रदेश नं १, ५ र ७ का ३५ जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन लागेको हो। बुधबारको निर्वाचनबाट १५ हजार ३८ स्थानीय प्रतिनिधि छनोट हुनेछन्। मतदान बुधबार बिहान ७...

भोट हाल्न ‘पञ्चेती’

२०७४-३-१३ मंगलबार
बाँके। पटवारी कुचबधियाले सेता–मुठे जुँगा बटारे । रूखको फेदमा सयल तापिरहेका महिला–पुरुष सबैले इसारा बुझिहाले । मध्याहनको टन्टलापुर घाममा उनको पछिपछि नजिकैको स्कुलतिर गए । र, मतदाता परिचयपत्र बुझे । अर्को समूह केही पर अर्कै रूखमुनि जुटिरहेको थियो । परिचयपत्र बुझ्नेहरूसमेत सीधै त्यतै लागे । गोलाकार घेरा बनाएर सबै भुइँमा बसे । सामान्य खाजापानीसहित ‘पञ्चेती’...

म्यादी प्रहरीकै भर

२०७४-३-१२ सोमबार
स्याङ्जा। दोस्रो चरणको स्थानीय निर्वाचनका लागि स्याङजामा कार्यरत प्रहरी जनशक्तिमध्ये आाभन्दा बढी अन्यत्र खटाएपछि म्यादी प्रहरीको जिम्मेवारी बढेको छ । जिल्लामा कार्यरत ४ सय २० जना प्रहरीमध्ये २ सय ६० जना दोस्रो चरणको निर्वाचन भइरहेका जिल्लामा खटिएका छन् ।आजको कान्तिपुर दैनिकमा खबर रहेको छ ।  

देउरानी जेठानीको लडाइँ : सासुको टाउको दुखाइ

२०७४-३-११ आइतबार
गुल्मी। सदरमुकाम तम्घासको पुतलीबजारमा वल्लो घरमा एमालेको झन्डा फहराएको छ भने, पल्लो घरमा कांग्रेसको । वल्लो र पल्लो घरका जेठानी देउरानी एउटै पदका लागि दुइृ पार्टीबाट चुनावी प्रतिस्पर्धामा छन् । यो दृश्य हो रेसुङ्गा नगरपालिका वडा नम्बर १ को । जहाँ जेठानी देउरानीबीच महिला सदस्यको लागि चुनावी भिडन्त हुँदैछ । कांग्रेसबाट जेठानी लक्ष्मी पाण्डे र...

ठेकेदारको लापारबाहीले मान्छे मर्ने क्रम जारी

२०७४-३-१० शनिबार
कठमाडौं। विस्तार कार्यमा भएको चरम लापारबाहीले छत्तीस किलोमिटको नारायणगढ मुग्लिन सडक खण्डमा मान्छे मर्ने क्रम जारी छ । सडक विस्तार आयोजनाले पुरानो भएका पहाडका फेद फुटाउँदा माथिबाट पहाड खस्छ भन्ने सामान्य सुचना समयमा सर्वसाधारणलाई नदिँदा दुर्घट्ना भई मानवीय क्षति बढिरहेको छ । शुक्रबारा राति मात्र ड्युटिका क्रममा गुडेका भ्यानमा रहेका दुई प्रहरी जवानको यही सडकको...

प्रमसँगको प्रत्यक्ष सवाल–जवाफ कार्यान्वयन भएन

२०७४-३-९ शुक्रबार
काठमाडौँ। सरकारका कामबारे प्रधानमन्त्री र मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने गरी पारित भएको कार्यविधि कार्यान्वयनमा नआई थन्किएको छ। समसामयिक विषयमा प्रधानमन्त्री र मन्त्रीसँग संसद् बैठकमा प्रत्यक्ष सवाल–जवाफ लिने गरी कार्यविधि बने पनि हालसम्म एउटा प्रश्न पनि दर्ता भएको छैन। कार्यविधि कार्यान्वयनका लागि संसद् सचिवालय र सरकार दुवैले चासो दिएका छैनन्। संसद्को दोस्रो अधिवेशनबाट कार्यविधि पारित भए...

युवतीको ग्याङफाईट, एक गम्भिर घाईते

२०७४-३-८ विहिबार
ललितपुर। ललितपुरको सातदोबाटोमाा मंगलबार दुई युवती समुहबीच झडप भएको छ । झडपमा धारिलो हतियार प्रहारले एक युवती गम्भीर घाईते भएकी छिन् । प्रहरीका अनुसार सामाजिक सञ्जालको सामुहिक च्याट रुमबाट परिचित बनेको काभ्रेकी कोपिला गिरी र ओखलढुङ्गाकी सलिना राई सुनवार समुहबीच झडप भएको हो । महानगरीय प्रहरी वृत्त सातदोवाटोकाा डिएसपी रामेश्वर यादवले चक्कु प्रहारवाट घाईते १७...

नयाँ मर्यादाक्रममा सार्वजनिक֍, महानगरका मेयर १८औं स्थानमा (सूचीसहित)

२०७४-३-७ बुधबार
काठमाडौँ। गृह मन्त्रालयले स्थानीय तहको पदाधिकारीहरूको निर्वाचनपछि उनीहरूलाई समेत समेटेर नयाँ मर्यादाक्रम तयार पारेको छ। जसअनुसार राष्ट्रपतिलाई पहिलो स्थानमा राखिएको छ। यस्तै दोस्रो स्थानमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रधानन्यायाधीश र पाँचौमा स्थानमा सभामुख रहने व्यवस्था गरिएको छ। यस्तै पूर्वराष्ट्रपति र उपप्रधानमन्त्री छैठौ मर्यादाक्रममा रहने प्रावधान राखिएको छ। यस्तै मन्त्री,व्यवस्थापिका संसदको विपक्षी दलका नेता, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री,...

राष्ट्रपतिको तलब डेढ लाख

२०७४-३-६ मंगलबार
काठमाडौँ। राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक पारित भएसँगै राष्ट्रपति र उपराष्ट्रपतिका लागि सरकारले मासिक खर्च करिब २ लाख ६३ हजार रुपियाँ बेहोर्ने भएको छ । ‍राष्ट्रपतिका लागि १ लाख ५२ हजार ५ सय ३४ रूपियाँ र उपराष्ट्रपतिका लागि १ लाख ९ हजार ६ सय १६ रुपियाँ मासिक खर्च हुने...

दार्जिलिङमा इन्टरनेट पनि बन्द : शवयात्रामा हजारौं उत्रिए

२०७४-३-५ सोमबार
दार्जिलिङ । बंगाल प्रहरी र गोर्खा जनमुक्ति मोर्चाका प्रदर्शनकारीबीच शनिबार दार्जिलिङमा भएको झडपमा प्रहरी गोली लागेर ज्यान गुमाएका तीनमध्ये दुईजनाको शवयात्रामा हजारौं नेपाली भाषी भारतीय सहभागी भएका छन्। शनिबार ज्यान गुमाएकामध्ये महेश गुरुङको शव सिलिगुडीबाट ल्याउन ढिलो भएपछि विमल गजमेर र सुनील राईको शवयात्रामा गोर्खाल्यान्डका पक्षमा रहेका हजारौंले सहभागिता जनाएको मोर्चा नेत्री निरा शर्माले जानकारी...

गार्खाल्यान्ड आन्दोलन : चुलियो सरकारी दमन : सेनाको गोलीबाट तिनको मृत्यु

२०७४-३-४ आइतबार
झापा  / विद्यालय तहमाा बंगाला भाषलाई अनिवार्य गर्ने पश्चिम बंगाल रान्य रकारको निर्णयविरुद्ध आन्दोलन र्चिर्कएको दार्जिलिङमा सरकारी दमन चुलिएको छ । यशक्रममा शनिवार भारतीय सेनाले चलाएको गोली लागेर तीन आन्दोलनकारीको ज्यान गएको छ । मश्चिमी बंगालकी मुख्य मन्त्री ममता बेनर्जीले आंकवादी गतिविधि भनेर तिखो रुपमा खालोचना गरिरहँदा अलग रान्य स्थापनाको मागसहित संघर्षरत नेपालीभाषीमाथि दमन पनि उग्र भईरहेको...

सीके राउत र महन्थ ठाकुर मधेस मुद्दामा सहकार्य गर्दै

२०७४-३-३ शनिबार
काठमाण्डाै । सरकारसँग वार्तामा व्यस्त राजपाका शीर्ष नेताहरूले अलगाववादी नेता सीके राउतसँग भेटी मधेसका मुद्दामा सहकार्यको सम्भावना खोजेका छन् ।यसै साता राजपाका अध्यक्ष महन्थ ठाकुर र राउतबीच केही सहयोगीसहित बैठक भएको र त्यसमा सहकार्यको सम्भावना खोजिएको पुष्टि दुवै पक्षले गरेका छन् । स्वतन्त्र मधेस गठबन्धनका सहसंयोजक कैलाश महतोले भने, ‘संयोजक राउतसँग ठाकुर मात्र होइन, नेपाल...

रिङरोडभित्र मोटरसाइकल प्रतिबन्ध गर्ने तयारी

२०७४-३-२ शुक्रबार
काठमाण्डाै । सरकारले काठमाडौं उपत्यकाको रिङरोडभित्र मोटरसाइकल सञ्चालनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ। सहरी सवारी व्यवस्थापनमा साना सवारी नै मुख्य चुनौती रहेको ठहर गर्दै यातायात व्यवस्था विभागले रिङरोडभित्र मोटरसाइकल प्रवेश निषेध गराउने विषयमा छलफल थालेको हो। मोटरसाइकलमा प्रतिबन्ध लगाउनुअघि सार्वजनिक सवारी सहज र सर्वसुलभ बनाइने विभागको भनाई छ। सहरी सवारी व्यवस्थापनलाई व्यवस्थित बनाउन, प्रदुषण कम...

तीन घटनामा १८ नेपालीको मृत्यु

२०७४-३-१ विहिबार
दैलेख। दैलेखको आठबीस नगारपालिका-४ मा बस दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ । ना ४ ख २९९८ नम्बरको बस दुर्घटनजा हुँदा अन्य १७ जना घाइते भएका छन् । मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने क्रममा राजधानीको सीतापाइलामा बुधबार बिहान २ बजे तीन जना मजदुरको ज्यान गएको छ । खाल्डोमा पाइप राखिरहेको बेला माटोको ढिस्कोले पुरिएर...

प्रदेश नम्बर २ र ५ को निर्वाचन फेरि सार्न गृहकार्य

२०७४-२-३१ बुधबार
काठमाडौं, जेठ ३१ /  तीनपटक सरेर १४ असारमा पुर्याइएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन फेरि सर्ने सम्भावना बढेको छ। आन्दोलनरत राजपाले निर्वाचनमा आउने लिखित प्रतिबद्धता जनाए अझै केही समय निर्वाचन सार्न सत्तारुढ गठबन्धन लचिलो भएको छ।  राजपाले मधेसमा आन्दोलन चर्काएपछि मंगलबार साँझ सत्तारुढ घटकका तीन दल (कांग्रेस, माओवादी र फोरम लोकतान्त्रिक) र प्रमुख प्रतिपक्षी एमालेबीच...

भारतलाई उछिन्दै नेपालको आर्थिक वृद्धिदर विश्वमै तेस्रो

२०७४-२-३० मंगलबार
काठमान्डाै, जेष्ठ ३० / सन् २०१७ (आर्थिक वर्ष ०७३-७४)मा नेपालले विश्वमै तेस्रो उच्च आर्थिक वृद्धि हासिल गर्ने भएको छ। यस वर्ष नेपालले ७ दशमलव ५ प्रतिशत (बजार मूल्यमा)को आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ, जुन विश्वमै तेस्रो वृद्धिदर हो। नेपालको आर्थिक वृद्धि विश्वको औसत २ दशमलव ७ प्रतिशतभन्दा ४ दशमलव ८ प्रतिशत बिन्दुले...

निर्धक्क सुविधा लिइरहेछन् भ्रष्ट पूर्वआईजीपीहरू

२०७४-२-२९ सोमबार
काठमाण्डाै । सर्वोच्च अदालतले सुडान घोटालामा आर्थिक अपचलन गरेको भन्दै पूर्वप्रहरी महानिरीक्षकत्रय ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्‍यो । सर्वोच्चले वैशाख १७ मा गरेको फैसलामा राणालाई दुई वर्ष, चन्द र गुरुङलाई एक/एक वर्ष कैद सजाय तोकिएको छ । तर अदालतले दोषी ठहर गरेको एक महिना कटिसक्दा पनि उनीहरू...

सबै समस्याको समाधान डीएनए परीक्षण नहुन सक्छ

२०७४-२-२८ आइतबार
काठमाण्डाै । “विज्ञान असजिलो पनि हुन्छ, यसले सामाजिक संरचना हेर्दैन।  जे छ, त्यो देखाइदिई हाल्छ।  कहिलेकाहीँ त डीएनए नगराइदिए हुन्थ्योजस्तो लाग्छ।  सबै समस्याको समाधान डिअक्सिराइवो न्युक्लिक एसिड अर्थात् डीएनए नै त होइन नि ?” यो भनाइ राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समिति खुमलटारका कार्यकारी निर्देशक जीवनप्रसाद रिजालको हो ।  “अदालतले कतिपय मुद्दा र व्यक्तिले शङ्काकै...

यस्ता छन् स्थानीय तहका प्रमुख–अध्यक्षका अधिकार

२०७४-२-२७ शनिबार
काठमाण्डाै । प्रमुख–अध्यक्षलाई काजमा पठाउनेसम्मको अधिकार, उपप्रमुख–उपाध्यक्षलाई खासै जिम्मेवारी छैन सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो। सरकारको आदेशसँगै निर्वाचित भएका र अब निर्वाचित हुने नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्षलगायत सम्पूर्ण प्रतिनिधिको...

देउवाको क्याबिनेटमा ‘गुट’ को बास्ना : अर्थमन्त्रीलाई यस्ता–यस्ता आक्षेप

२०७४-२-२५ विहिबार
काठमाडौं । कुशल राजनीतिक खेलाडीका रुपमा परिचिति नेपाली कांग्रेसका सभापति एवम् नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार सम्हालेसँगै अपेक्षाहरू बढ्नु स्वभाविक हो । दोस्रो संविधानसभाबाट पहिलो दल बन्न पुगेको कांग्रेस र कांग्रेसका नेताहरूमाथि जनताको विश्वास छ । त्यही विश्वासका कारण अहिले पनि कांग्रेसको संगठन अन्य वामपन्थी दलहरूको जस्तो बलियो नहुँदा नहुँदै पनि निर्वाचनका बेला राम्रो मत...

नेपाल पर्ख र हेरको रणनीतिमा : लामो नाकाबन्दी भए रोजगारीमा समस्या

२०७४-२-२४ बुधबार
काठमाडौं । कतारमा गहिरिएको संकटबाट त्यहाँ रहेका नेपालीको रोजगारीमा तत्काल कुनै असर नगर्ने सरकारी अधिकारीहरूले बताएका छन् । कतारसँग सातवटा छिमेकी मुलुकले तत्कालका लागि कूटनीतिक सम्बन्धविच्छेद गरेपछि त्यहा“ कार्यरत नेपाली र आगामी दिनमा कतारमा रोजगारीको अवसर के होला भन्ने जिज्ञासा बढेको छ । श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता तथा सहसचिव गोविन्दमणि भुर्तेलका अनुसार कतारमा रोजगारीको अवसर र...

भीमसेन थापादेखि शेरबहादुर देउवासम्म

२०७४-२-२४ बुधबार
काठमाडौं। ‘बाह्र वर्षपछि खोलो फर्कन्छ’ भन्ने उखान नेपाली राजनीतिमा चरितार्थ भएको छ । अन्ततः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुनः नेपालको ४०औँ प्रधानमन्त्रीका रूपमा निर्वाचित हुनुभएको छ । यस पटकसमेत गरी उहाँले चारपटक प्रधानमन्त्रीका रूपमा नेपालको बागडोर सम्हाल्नुभएको छ । कांग्रेस संसदीय दलको नेतृत्व गर्दै २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री हुनुभएका देउवा २०५८ र २०६१ सालमा...

आज देउवा प्रधानमन्त्री : दुई चरणमा संसद बैठक बस्ने

२०७४-२-२३ मंगलबार
काठमाडौं / भरतपुर महानगरपालिका मतगणना विवादमा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई सम्मान गर्दै प्रमुख प्रतिपक्षी एमालेले संसद् अवरोध फिर्ता लिएपछि मंगलबार बस्ने व्यवस्थापिका संसद् बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री चयन गर्ने भएको छ । सभामुख ओनसरी घर्तीको पहलमा सोमबार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा मंगलबारको पहिलो बैठकमा प्रमुख दलका शीर्ष नेताले बोल्ने र...

देउवा प्रधानमन्त्री नबन्दै आरजुलाई कामिनीको कमिसन! अनियमितताले यसरी डुब्दैछ टेलिकम

२०७४-२-२२ सोमबार
काठमाडौं । ए बाबा चाकरीको पनि हद हुन्छ । २०५१ सालमा एमालेको नौ महिने सरकार बनेपछि एउटा अन्तर्वार्तामा तत्कालीन प्रज्ञा प्रतिष्ठानका उपकुलपति मदनमणि दिक्षितले भनेका थिए “म मनमोहन अधिकारीसँग एक रातसँगै सुतेको छु” । उनी नेपाली कांग्रेसको सरकार भएको समयमा तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको सिफारिसमा नियुक्ति भएका कारण तपाईलाई हटाउदैनन् भन्ने प्रश्नको जवाफमा साहित्यकार...

यसकारण प्रधानमन्त्री निर्वाचन प्रक्रिया लम्बिएको हो

२०७४-२-२२ सोमबार
काठमाडौं ।  अवरुद्ध संसद्को कारबाही सुचारु गर्नेमा प्रमुख दलहरूबीच सहमति नभएपछि आइतबारका लागि तय भएको प्रधानमन्त्री निर्वाचन प्रक्रिया दुई दिन सरेको छ । निर्धारित प्रधानमन्त्री निर्वाचन प्रक्रिया अगाडि बढाउन प्रमुख दलका शीर्ष नेताबीच छलफल भए पनि सहमति हुन सकेन ।  दुईपटक संसद् बैठक सारिए पनि दलीय सहमति हुन नसक्दा संसद् बैठकसमेत बस्न सकेन । प्रधानमन्त्री...

जिवनमै कहिल्यै नदेखेकाे पतिको नाममा ९० लाख क्षतिपूर्ति

२०७४-२-२१ आइतबार
भैरहवा । एक सेकेन्ड पनि पतिसँगै देखभेट-उठबस नगरी हकदारका रूपमा ९० लाखभन्दा बढी रकम बुझ्दा नन्दनी माली अचम्ममा परेकी छन्। रुपन्देही शुद्दोधन नगरपालिका निवासी उनी कतारको दोहामा ज्यान गुमाएका पति नन्दकुमार पासीको वियोगमा छिन्। उनीहरूको जोडी अभिभावकले बाल्यकालमै जुराइदिएको हो। वैदेशिक रोजगारका लागि कतारको दोहामा रहेका २३ वर्षीय नन्दकुमारको कामकै सिलसिलामा ज्यान गएको हो। नन्दकुमार...

देउवा सरकारको मन्त्रालय टुंगो लाग्यो, कसलाई कुन֍ विवरण सहित

२०७४-२-२० शनिबार
काठमाण्डाै । कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनमै रहेका दलहरुलाई सहभागि गराएर सरकार गठनको गृहकार्य थालेका छन्। तर, उनले आफ्नो पक्षमा समर्थन जुटाउन भने संसदमा प्रतिनिधित्व गरेको सबै दललाई शनिबार पत्र पठाउने तयारी गरेका छन्। देउवाले प्रधानमन्त्रीका लागि मनोनयन गर्नसाथ समर्थन जुटाउन पत्र पठाउने तयारी शुक्रबार नै गरेका हुन्। सरकार गठन र मन्त्रालय भागबण्डा मिलाउन...

मन्त्रालय भागबण्डा सुरू, कांग्रेस र माओवादीबाट को को बन्दैछन् मन्त्री֍

२०७४-२-१९ शुक्रबार
काठमाण्डाै । बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनका लागि राजनीतिक दलहरूबीच गृहकार्य सुरु भएको छ। नेकपा माओवादी केन्द्रले कांग्रेसलाई सरकारको नेतृत्वमा समर्थन गरिसकेकाले दुई दलले भने मन्त्रालय भागबन्डा समेत सुरु गरेका छन्। दुई दलबिच प्रधानमन्त्रीसहित अर्थ मन्त्रालय कांग्रेसले लिने र उपप्रधानसहित गृह मन्त्रालय माओवादी केन्द्रले लिने गरी समझदारी समेत भएको छ। अर्थ र गृह मन्त्रालय हेरफेर भएप...

विदेशी जेलमा कित छन् नेपालीहरू ֍१७ जनालाई मृत्युदण्ड : ४३ जनालाई जन्मकैदको सजाय

२०७४-२-१८ विहिबार
काठमाडौं। विभिन्न देशमा ३१८ जना नेपाली नागरिक विभिन्न अभियोगका कारण कारावास सजाय भोगिरहेको पाइएको छ । धानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सक्रियतामा नेपाली दूतावास रहेका र नरहेका तर प्रमाणीकरण हुुने विश्वका ३२ वटा मुलुकमा रहेका नेपाली नागरिकको अवस्था बुझ्ने क्रममा यस्तो पाइएको हो । सरकारले पहिलोपटक यी देशमा रहेका नागरिकको खोजी गरी कारागार सजाय भोगिरहेका नागरिकको...

एकाधिकार तोड्दै भारतलाई टक्कर : नेपालमा चीनले पनि पायो ठूलो जिम्मेवारी

२०७४-२-१७ बुधबार
काठमाडौं । नेपाल सरकारले हालसम्म एकलौटी र स्वतन्त्र रूपमा भारतीय दूतावासलाई दिँदै आएको सीमावर्ती क्षेत्रका विकास निर्माणका परियोजना कार्यान्वयन गर्ने अधिकार अब चीन सरकारलाई समेत दिने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा मंगलबार सम्पन्न गरिबी निवारण कोष सञ्चालक बोर्ड बैठकले नेपालको हिमाली भाग र तिब्बतसँग सिमाना जोडिएका १७ वटा जिल्लामा विकास निर्माणका लागि...

दुई पांग्रेमा ८० प्रतिशत कर : कुन मोटरसाइकलको कति कर बढ्यो֍(सूचीसहित) –

२०७४-२-१६ मंगलबार
काठमाण्डाै । दुई पांग्रेस सवारीमा भन्सार, अन्त शुल्क भ्याटलगायत गरी करिब ८० प्रतिशत कर लाग्दै आएको छ। सरकारले चालु आवको बजेटमा सडक निर्माण तथा मर्मत सम्भार दस्तुर र सवारी साधनको वार्षिक कर वृद्धि गरेको छ। दुई पांग्रे सवारीमा  केही वर्षदेखि नबढाइएको वार्षिक कर प्रणाली आर्थिक वर्ष २०७३/२०७४ मा बढाइएको थियो। २५० सिसि सम्मको मोटरसाइकलको पहिलेकै...

सत्तारुढ दलहरूले एमालेलाई यसरी अलमल बनाए

२०७४-२-१५ सोमबार
काठमाडौं । सहमतिअनुसार सत्तापक्षले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग फिर्ता नलिई स्थगन गर्न मात्र निवेदन दिएको भन्दै प्रमुख प्रतिपक्षी एमालेले आपत्ति जनाएको छ । महाअभियोगका प्रस्तावक र समर्थकले फिर्ता नभनी अघि नबढाउन मात्रै भनेर संसद् सचिवालयमा निवेदन दिइएपछि प्रमुख प्रतिपक्षी एमालेले आपत्ति जनाएको हो । कुनै नियम नै उल्लेख नगरी मनगणन्ते भाषामा निवेदन दिएको भन्दै...

यसरी भयो लुक्लामा विमान दुई टुक्रा

२०७४-२-१४ आइतबार
अाेखलढुंगा । धावनमार्ग नजिकै रुखमा ठोकिन्न पुगेको गोमा एयरको नाईन एनकेए कले साईन भएको विमान समिट एयर शनिवार लुक्ला विमानस्थलमा दुर्घटना हुन पुगेको छ । भाच्एिर दुई टुक्रा भएको विमानमा रहेका तीनै चालक, सहचालक र परिचालिको उद्धार गरिए पनि उपचारका क्रममा चालक पारसक राई र सहचालक सुजन मानन्धरको मृत्यु भएको छ ।परिचारिकका प्रज्ञा मर्हजन घाईते...

मर्याे भनेर क्रियाकरम गरिसकेका छाेरा सकुसल घर अाएपछि.....

२०७४-२-१३ शनिबार
काठमाडौं। साउदी अरबमा दुर्घटनामा परेर ‘ज्यान गुमाएका’ भनिएका भोजपुर काउलेका सुवास तामाङको ‘क्षतविक्षत शव’ घर आइपुग्नासाथ परिवारले रित अनुसार अन्तिम संस्कार गर्‍यो। मृतकका परिवारले क्षतिपूर्ति र बिमा रकम पनि बुझे । तर, तिनै सुवास शुक्रबार अपरान्ह काठमाडौं आइपुगे । अझ रोचक कुरा त जातीय रितअनासर उनलाई फेरि न्वारान र बिहे गरेर मात्र परिवारमा स्वागत गरिँदै...

ओलीलाई चिनियाँ उपमन्त्रीले पत्र पठाए, के छ पत्रमा ֍

२०७४-२-१३ शनिबार
काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टीले नेपालले ‘वान वेल्ट वान रोड’ परियोजनामा हस्ताक्षर गरेको खुसी व्यक्त गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री झियाङ झिओसङले पूर्वप्रधानमन्त्री केपी ओलीलाई पत्र लेख्दै खुसी व्यक्त गरेका हुन् । ओबीओआर परियोजनाको फ्रेमवर्कको समझदारीपत्रमा नेपालले हस्ताक्षर गरेसँगै नेपाल र चीनबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताउँदै दुई देशका जनताबीच समेत सम्बन्ध सुदृढ...

प्रधानमन्त्री बन्लान् देउवा ֍ यस्ता छन् चुनौतीहरु

२०७४-२-१२ शुक्रबार
काठमाडौं । साढे १२ वर्षपछि सरकारको नेतृत्व गर्ने तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाका चुनौती कम छैनन् । संविधान कार्यान्वयनका लागि जग बसाएका प्रचण्डको भन्दा झन् धेरै काम गर्नुपर्ने अवस्था उनीसामु छ । निर्वाचनअघि नै आफ्नो नेतृत्वमा सरकार गठन भए मधेसी दललाई निर्वाचनमा ल्याउनु देउवाको पहिलो चुनौती हो । त्यस्तै, आगामी मंसिरसम्म प्रदेश र संसद्को...

लाहुराम थारुको पैसा झ्वाम पार्ने यी हुन् ‘भीआइपी’ थारु नेताहरू (नामसहित)

२०७४-२-११ विहिबार
काठमाडौं । थारु आन्दोलनका बेला कैलाली जिल्लामा पक्राउ परेर जेल जीवन विताइरहेका लाहुराम थारुको सबै सम्पत्ति बैंकले लिलाम गर्ने अन्तिम तयारी थालेको छ । केही सीमित थारु नेताहरूका ठूला–ठूला सपनाको लहलहैमा लागेर आन्दोलनमा होमिएका लाहुराम थारुले फर्निचरको पसल सञ्चालन गर्न बैंकबाट लिएको १२ लाख ऋण तिर्न नसक्दा सबै जग्गा–जमिन लिलामका लागि ३५ दिने सूचनामा परेको हो...