एनसेलको फोरजी: एलटिई अब देशको १,००० बढी स्थानहरुमा

२०७६-२-२० सोमबार
काठमाडौं / एनसेल प्राइभेट लिमिटेडले नविन प्रविधि भित्र्याई त्यसको लाभ ग्राहकहरुलाई प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम देशकै बृहद् चौथो पुस्ताको मोबाइल सेवा फोरजी÷लङ्ग टर्म इभोलुसन (एलटिई) नेटवर्क थप विस्तार गरी देशका १,००० भन्दा बढी स्थानहरुमा फोरजी सेवा पुर्याएको छ । एनसेलले आइतबार आफ्नो फोरजी सेवा देशका सातै प्रदेशका १,००० भन्दा बढी स्थानमा बसोबास गर्ने नेपालीहरुको...

फेसबुकको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत जुकरबर्ग नै रहिरहने

२०७६-२-१८ शनिबार
मार्क जुकरबर्गलाई फेसबुकको अध्यक्षमा पुनः चयन गरिएको छ । यससँग फेसबुकका कतिपय लगानीकर्ताले उहाँलाई फेसबुक सञ्चालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी पदमा रहँदा यसका गतिविधिलाई हेर्न समस्या भएको र यसका कारण फेसबुकको साखमा समस्या आउनसक्ने विचार राख्दै अध्यक्ष पद छाड्न सुझाब दिएका थिए । फेसबुकको वार्षिक साधारणसभामा गत बिहीवार भएको थियो । साधारण सभाल जुकरबर्ग...

गुगलले एन्ड्रोइड अपडेट राेक्ने भएपछि हुवावे मोबाइलका ग्राहक बिच्किए, नेपालमा घट्यो व्यापार

२०७६-२-१७ शुक्रबार
काठमाडौं । एन्ड्रोइड सिस्टम निर्माता कम्पनी गुगलले विश्वकै दोस्रो ठूलो स्मार्टफोन उत्पादन गर्ने कम्पनी हुवावेविरुद्ध कदम चालेपछि हुवावेका ग्राहक बिच्किएका छन् । गुगलले हुवावे स्मार्ट फोनमा आफ्नो एन्ड्रोइड अपरेटिङ सिस्टमका सबै अपडेट रोक्ने निर्णय गरेसँगै हुवावेका ग्राहक घट्न थालेका हुन् । अमेरिका र चीनबीचको बढ्दो व्यापारिक द्वन्द्वसँगै चिनिया कम्पनी हुवावेविरुद्धका कदमहरु चालिन थालेका हुन् ।...

टुटल, पठाओलाई ऐनमा समेटिँदै

२०७६-२-१७ शुक्रबार
काठमाडौँ / सरकारले टुटल, पठाओलगायतका दुईपाङ्ग्रे यात्रुवाहक सेवा प्रदायकलाई नियमन र यात्रु सुरक्षाको विषय ऐनमा समेट्ने भएको छ । करीब दुई वर्ष पहिलेदेखि दुईपाङ्ग्रे सवारीसाधनले भाडामा यात्रु ओसार्दै आए पनि तिनलाई सञ्चालन, व्यवस्थापन र नियमन गर्ने कानून थिएन । यातायात व्यवस्था ऐन संशोधनका क्रममा रहेकाले त्यसले टुटल र पठाओलाई पनि सम्बोधन गर्ने भौतिक पूर्वाधार तथा...

हुवावेई–गुगल टकराव : हुवावेईको स्मार्टफोन व्यापारमा कस्तो असर ֍

२०७६-२-१७ शुक्रबार
काठमाडौं / अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी गुगलले गत सोमवार हुवावेईलाई हार्डवेयर र केही सफ्टवेयर सेवाको आपूर्ति बन्द गर्ने निर्णय गरेको छ । साथै उसले हुवावेईको उपकरणमा आफ्नो एन्ड्रोइड अपरेटिङ सिस्टमको अपडेटमा पनि रोक लगाएको छ । अमेरिका–चीन व्यापारयुद्ध जारी रहेको अवस्थामा अमेरिकी प्रविधि कम्पनीले हुवावेईलाई लगाएको प्रतिबन्धसँगै विश्व बजार तरंगित बन्न पुगेको छ । यद्यपि...

टेलिकमले नवीकरण शुल्क पाँच किस्तामा तिर्नुपर्ने

२०७६-२-१६ विहिबार
नेपाल दूरसञ्चार कम्पनीले मोबाइल सेवाको नवीकरणका लागि रु २० अर्ब तिर्नुपर्ने भएको छ । मोबाइल सेवा सञ्चालनका लागि अनुमति लिएपछि पहिलो पटक दश वर्षमा एक पटक र दोस्रो पटक पाँच वर्षमा अनुमतिपत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाका आधारमा टेलिकमले पाँच किस्तामा उक्त परिमाण बराबरको नवीकरण शुल्क तिुर्नपर्ने भएको छ । मन्त्रिपरिषद्को यही...

नेपाल ईन्फो एप्सको शुभारम्भ

२०७६-१-२८ शनिबार
इटहरी / नेपाल ईन्फो नामक एप्स लन्च भएको छ । इटहरीमा शनिबार एक भव्य कार्यक्रमका बीच एप्सको उद्घाटन इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले गरिन् । एप्सलाई प्रोजेक्टरको माध्यमबाट उद्घाटन गर्दै गौतमले देशका सबै क्षेत्रको सुचना एउटै माध्यबाट लिन सकिने गरी एप्स शुरुवात हुनु महत्वपुर्ण कार्य भएको बताइन् । कार्यक्रममा नेपाल ईन्फोका कार्यकारी प्रमुख पुजा कोईरालाले...

विराटनगरमा आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला हुने

२०७६-१-२५ बुधबार
विराटनगर / विराटनगरमा आगामी शुक्रबारदेखि दुईदिने आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला हुने भएको छ । आइसिटीद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनका क्रममा फ्युज मेसिन आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला इन एसोसिएसन विथ ब्रोडवे इन्फोसिसको आयोजना हुने जानकारी दिइयो । पत्रकार सम्मेलनका क्रममा आसिटी स्टार्टअप एण्ड इनोभेसन मेलाका संयोजक राजन लम्सालका अनुसार मेलामा आइटी विषयमा अध्ययनरत विद्यार्थीका...

एनसेलको विवाद पूर्ण इजलासमा

२०७६-१-२४ मंगलबार
काठमान्डाैं / सर्वोच्च अदालतले दूरसञ्चार प्रदायक कम्पनी एनसेलको पूँजीगत लाभकरसम्बन्धी विवाद पूर्ण इजलाससमक्ष पेश गर्न आदेश दिएको छ । आज न्यायाधीशद्वय सपना मल्ल प्रधान र प्रकाशकुमार ढुङ्गेलको सयुक्त इजलासले आगामी जेठ २१ गते विवाद समाधानका गर्न पूर्ण सुनवाइका लागि पूर्ण इजलासमा पेश गर्ने अल्पकालीन आदेश दिएको सर्वोच्चका सहायक प्रवक्ता नगेन्द्रप्रसाद कालाखेतीले जानकारी दिनुभयो । उहाँका...

आइसिटी डेका अवसरमा क्यान सुनसरीकाे इटहरीमा प्रभातफेरी ( २१ तस्विरहरू सहित)

२०७६-१-१९ विहिबार
सुनसरी / डिजिटल नेपाल विकास र समृद्धिको आधार नाराका साथ राष्ट्रिय सुचना तथा प्रविधि दिवस आज देश भरी भव्यताको साथ मनाएको छ । कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान)महासंघ सुनसरीले राष्ट्रिय सुचना तथा प्रविधि दिवस (आइसिटी डे) बिहिबार इटहरीमा नगर प्रभातफेरी गरीसम्पन्न गरेकाे छ । इटहरी चाेकबाट सुरू भएकाे उक्त र्याली आइतबारे, आर्मी क्याप्प, जुटबिकास, बिपीचाेक हुँदै...

क्लासिक टेककाे “बुलेट-जीप्लान” : रु. ६९२ मा ४० एमबीपीएसकाे इन्टरनेट

२०७६-१-११ बुधबार
बिगत ९ बर्ष देखि इन्टरनेट सेवा प्रदान गर्दै आएको कम्पनी क्लासिक टेक प्रालिले प्रति महिना रु. ६९२ मा ४० एमबीपीएस गतिको “बुलेट-जीप्लान” याेजना ल्याएकाे छ । क्लासिक टेकले ईन्टरनेटको बढ्दो गतिको मागलाई ध्यानमा राख्दै बजारमा ४०, ५० तथा ६५ एमबीपीएसका थप याेजनाहरू समेत बजारमा ल्याएको छ । नेपालमा पहिलो पटक कम मूल्यमा यति धेरै ब्यान्डविथ...

नेपालीस्याट–१ : डेढ महिनापछि पृथ्वीको परिक्रमा गर्ने

२०७६-१-१० मंगलबार
ललितपुर / नेपालले पहिलो पटक प्रक्षेपण गरेको नेपालीस्याट–१ भूउपग्रहले अब डेढ महीनापछि स्वतन्त्र रुपले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्ने भएको छ । यही वैशाख ४ गते प्रक्षेपित उक्त भूउपग्रह वैशाख ६ गते अपराह्न ३ः३० बजे (प्रक्षेपण भएको ३६ घण्टा चालीस मिनेटपछि) पृथ्वीलाई परिक्रमा गर्ने तल्लो कक्षस्थित अन्तरराष्ट्रिय केन्द्र सिग्नसमा पुगी पृथ्वीको परिक्रमा गर्न तत्पर रहेको...

पब्जी खेलमा प्रतिबन्ध कार्यान्वयन नगर्न अन्तरिम आदेश

२०७६-१-६ शुक्रबार
काठमाडौँ / सर्वोच्च अदालतले अनलाइन खेल पब्जीमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले आज अनलाइन खेल पब्जीमाथि प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, ‘खेल प्रसारणमा रोक लगाउने गरी काठमाडौँ जिल्ला अदालतबाट गत चैत २७ मा...

फोरजी सेवा देशभर विस्तार गरिने

२०७६-१-५ विहिबार
काठमाडौँ / नेपाल टेलिकमले जतिसक्दो चाँडो फोरजी सेवालाई देशव्यापीरुपमा विस्तार गर्ने भएको छ । देशभर सातै प्रदेशमा सेवा फोरजी सेवा विस्तारका लागि तीन वटा सम्झौता सम्पन्न भएको प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो । प्रबन्ध निर्देशक अधिकारीका अनुसार कम्पनीले फोरजी÷एलटीइ आयोजना, मध्यपहाडी लोकमार्ग अप्टिकल फाइबर आयोजना, एफटिटीएच सेवा विस्तार र गुणस्तर सुधार गर्ने टेलिकमको योजना...

पब्जी खेल प्रतिबन्ध विरुद्ध रिट

२०७६-१-३ मंगलबार
काठमाडौँ / अनलाइन खेल पब्जीमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ताहरु प्रवीण सुवेदी, विकास थापा, अनुराग सुवेदी, सुवास पाठक, रितेश पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय लगायतलाई विपक्षी बनाई दायर रिटमा पब्जीमाथि प्रतिबन्धको निर्णय बदरको माग गरिएको छ । रिटमा...

चुम्बकीय क्षेत्र गहन हुँदा सूर्यमा दाग

२०७६-१-२ सोमबार
काठमाडौँ / केही दिनयता सूर्यको माथिल्लो भागमा चुम्बकीय क्षेत्र गहन हुन गई दाग देखिएको ‘नेपाल एस्ट्रोनोमिकल सोसाइटी’ले जनाएको छ । सूर्यमा यस्तो हुँदा सामान्य अवस्थाभन्दा चुम्बकीय गतिविधि हजार गुणा बढी हुन गई उक्त स्थान अरु भागभन्दा अँध्यारो हुने गरेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । अँध्यारोपछि सूर्यमा दाग देखिने गरेको छ । यस्तो क्षेत्रबाट...

सामाजिक सञ्जाललाई करको दायरामा ल्याऊ : महालेखा

२०७५-१२-३० शनिबार
काठमान्डाैं / पछिल्ला वर्षहरुमा सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण दूरसञ्चार सेवा प्रदायकको आम्दानीमा समेत असर परेको छ । इन्टरनेटको सहज पहुँच तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोग तथा निर्बाध रुपमा सञ्चालन भइरहेका छन् । भाइबर, फेसबुक, म्यासेन्जर, स्काइप, ह्वाट्स एप, वि च्याट, इमोजस्ता एप्लिकेशन नेपालमा सञ्चालन भइरहेका छन् । ती एप्लिकेशनले नेपालमा कर क्षेत्रभित्र पर्ने भएकाले...

’बैशाख ’१ गते’ मात्रै फूल्ने यो फूलको यस्तो छ रहस्य ֍

२०७५-१२-३० शनिबार
लहानदेखि पूर्व–पश्चिम लोकमार्गको चार किलोमिटर पश्चिममा पर्छ– फूलबारी चोक । नेपालमा जलवायु परिवर्तनले धरै वनस्पति लोप भएको र मौसमअनुसार नफुल्ने र नफल्ने दाबी भइरहेको अवस्थामा पनि सिरहाको यो रूखमा भने वैशाख १ गतेकै दिन फूल फुल्दै आएको छ । पहिले भोटियाटोल भनेर चिनिने उक्त चोकदेखि करिब आधा किलोमिटर पैदल यात्रा गरेपछि नौ बिघा क्षेत्रफलमा फैलिएको...

नेपालमा पब्जी खेलमाथि प्रतिबन्ध

२०७५-१२-२८ विहिबार
काठमाडौँ / सरकारले पब्जी खेलमाथि प्रतिबन्ध लगाएको छ । इन्टरनेटको प्रयोग गरी खेलिने श्रव्यदृष्य खेल (भिडियो गेम)ले समाजमा नकारात्मक असर पारेको भन्दै उक्त खेलमा प्रतिबन्ध लगाइएको हो । नेपाल दूरसञ्चार प्राधिकरणका सूचना अधिकृत सन्दीप अधिकारीले खेल प्रतिबन्धका लागि सबै इन्टरनेटप्रदायक कम्पनीलाई आजै परिपत्र गरिसकेको जानकारी दिनुभयो । उक्त खेलमाथि विभिन्न क्षेत्रबाट प्रतिबन्धका लागि प्रहरीको महानगरीय...

नेपाल टेलिकमको ‘चितुवा वर्ष’

२०७५-१२-२८ विहिबार
काठमाडौँ / “यस वर्ष नेपाल टेलिकमका लागि ‘चितुवा वर्ष’ हुनुपर्छ”,थान्को लागेर बसेका नौ दश परियोजना यसै साल सञ्चालन गर्ने भनेर जमर्को गरिएको सन्दर्भ कोट्याउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भन्नुभयो, “जसभित्र तपाईँहरु सबैको कल्याण छ, देशको अनि संस्थाको पनि कल्याण छ ।” नेपाल टेलिकममा क्रियाशील नेपाल दूरसञ्चार कर्मचारी सङ्घ र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन,...

टेलिकमको भ्वाइस सेवा : सस्तो देखि निःशुल्क कल सम्म

२०७५-१२-२७ बुधबार
करिव २० वर्ष अघि नेपालमा सेलुलर मोबाइल फोन बोक्ने मानिस एकजना पनि थिएनन्, तर आज बाटोमा निस्केर सोध्ने हो भने मोबाइल नबोक्ने मानिस एक जना भेट्न पनि मुश्किल पर्ला ।नेपाल टेलिकमले २०५६ साल बैशाखमा मुलुकमा नै पहिलोपटक जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको थियो । त्यसवेला मोबाइल सेवाको मुल्य तुलनात्मक रुपमा महंगो पर्ने भएकाले शुरुका केही...

हावाहुरीका कारण पाँचसय बिटिएसमा क्षति

२०७५-१२-१८ सोमबार
काठमाडौँ / नेपाल दूरसञ्चार प्राधिकरणले हावाहुरी प्रभावित क्षेत्रमा तत्काल दूरसञ्चार सेवा उपलब्ध गराउन दूरसञ्चार सेवा प्रदायकलाई निर्देशन दिएको छ । आइतबार साँझ आएको हावाहुरीका कारण ती जिल्लामा ५०० बढी मोबाइलका बिटिएस टावरमा क्षति पुगेको छ । बिटिएस टावरमा क्षति पुगेका कारण ती जिल्लामा दूरसञ्चार सेवा अवरुद्ध भएको छ । प्राधिकरणका कायममुकायम अध्यक्ष पुरुषोत्तम खनालले नेपाल...

खोटाङका ६ स्थानिय तह दुरसंचारको टेलिफोन र इन्टरनेट सेवा बञ्चित

२०७५-१२-८ शुक्रबार
खोटाङ / खोटाङको १० स्थानिय तह मध्ये ६ स्थानिय तहमा अझै पनि दुरसंचारको टेलिफोन र इन्टरनेट सेवा पुग्न सकेको छैन । खोटाङको ४ स्थानियतहका स्थानियले मात्रै दुरसञ्चार टेलिफोन र इन्टरनेट सेवा लिइरहेका छन् भने अन्य स्थानिय तहका स्थानियले भने अझै पनि दुरसञ्चार टेलिफोन र इन्टरनेटको सेवा लिन पाएका छैनन् । एैसेलुखर्क गाउँपालिका, दिक्त्तेल रुपाकोट मझुवागढी...

जर्मनीद्वारा फाइभ–जी नेटवर्कको फ्रिक्वेन्सी लिलामी

२०७५-१२-५ मंगलबार
बर्लिन / जर्मनीले अति तीव्र गतिको पाँचौं पुस्ताको दूरसञ्चार नेटवर्क (फाइभ–जी) को फ्रिक्वेन्सी लिलामीमा राखेको जनाएको छ । सरकारी अधिकारीहरुले उक्त फ्रिक्वेन्सी खरिदमा राखेका शर्तहरु तथा चीनको हुवावे कम्पनीले उपकरण आपूर्ति गर्न पाउने वा नपाउने भन्ने बारेमा स्पष्ट नपारेको भन्दै कम्पनीहरुले विवाद खडा गरेका छन् । मङ्गलबार शुरु भएको फ्रिक्वेन्सी लिलामी केही हप्तासम्म खुला रहने...

फेसबुकमा विश्वव्यापी समस्या, भएको के हो ֍

२०७५-११-३० विहिबार
सामाजिक सञ्जाल ‘फेसबुक’मा समस्या आएको छ। केही प्रयोगकर्ताले फेसबुक नखुलेको गुनासो गरेका छन् भने केहीले ‘न्युज फिड’ खाली देखिएको र केहीले ‘प्रोफाइल’मा प्रवेश गर्न नसकेको गुनासो गरेका छन्। बुधबार रातिदेखि फेसबुकसहित इन्स्टाग्राम र ह्वाट्सएपमा समस्या देखिएको हो। विश्वका विभिन्न भागमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप नखुलेको र खुलेकामध्ये पनि राम्रोसँग काम नगरेको प्रयोगकर्ताहरुको गुनासो छ। आफ्ना...

वर्ल्डलिंकले एक वर्षभित्र दश हजार सार्वजनिक स्थलमा फ्रि हटस्पट सेवा दिने

२०७५-११-२८ मंगलबार
काठमाडौं / इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स प्रा.लि. ले आफ्ना सेवा सुविधासम्बन्धी भइरहेका कार्य र आगामी योजनाहरुबारे जानकारी दिएको छ । वर्ल्डलिंकले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर कम्पनीका हालसम्मका उपलब्धी र आगामी कार्ययोजनाका साथै पब्लिक वाईफाई प्रोजेक्ट, वायर म्यानेजमेण्ट प्रोजेक्ट, कर्णाली प्रोजेक्ट, इन्टरनेटसम्बन्धी संचालन गरिएका चेतनामूलक कार्यक्रम र हाल संचालनमा रहेका इन्टरनेटको नयाँ स्ट्याण्डर्ड...

सुकुना माविका विद्यार्थीले बनाए सेन्सर रोबोट

२०७५-११-२४ शुक्रबार
विराटचोक । मोरङको सुन्दरहरैचास्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले सडक दुर्घटना न्यूनिकरण गर्न सहयोग पुग्ने रोबोट निर्माण गर्न सफल भएका छन । विज्ञान विषयमा ११ कक्षा अध्यायन गर्ने विद्यार्थीहरुले सडकमा गुडिरहेको गाडीको दुरी तथा दुर्घटना हुन लागेको अवस्थामा सुचना दिने रोबोट निर्माण गरेका हुन् । जोखिम देखेपछि गाडीमा जडान गरिएको रोबोटले १० मिटरको दुरीबाट...

कर्णालीमा ‘क्यान इन्फोटेक २०१९’ हुने

२०७५-११-२३ विहिबार
सुर्खेत / कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबारदेखि ‘क्यान इन्फोटेक २०१९’ शुरु हुनेभएको छ । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासङ्घ कर्णाली प्रदेश सुर्खेतले कर्णाली प्रदेशस्तरीय ‘इन्फोटेक मेला’ को आयोजना गर्न लागेको हो । ‘सूचना प्रविधिको विस्तार–डिजिटल कर्णालीको आधार’ भन्ने मूल नारा सार्थक बनाई यस प्रदेशलाई प्रविधिमैत्री र पर्यटकीय आकर्षण केन्द्रका रूपमा विकास गर्न मेलाको आयोजना...

‘वाटर एटीएम’बाट पिउने पानी

२०७५-११-२१ मंगलबार
काठमाडौँ / बैंकको ‘एटिएम’बाट आवश्यकताअनुसार पैसा झिकेजस्तै अब मानिसको प्यास मेटाउनका लागि पनि बैंकजस्तै ‘वाटर एटिएम’बाट पानी पिउन पाइने भएको छ ।  नेपालमै पहिलो पटक ललितपुर उपमहानगरपालिकाको प्राङ्गणमा पहिलो पटक वाटर एटीएम मेसिन जडान गरिएको हो । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा स्थापना गरिएको उक्त एटीएमको खानेपानी मन्त्री बिना मगरले आज उद्घाटन गर्दै एटीएमबाट...

विद्युत् उत्पादनले वरुण नदीको अस्तित्व खतरामा

२०७५-११-२१ मंगलबार
सङ्खुवासभा/ हिमाली जिल्लाको रूपमा चिनिने पूर्वी नेपालको सङ्खुवासभाको भोटखोला गाउँपालिकामा रहेको ऐतिहासिक धार्मिक महत्व बोकेको वरुण नदीबाट विद्युत् उत्पादन गर्ने भएपछि यस नदीको अस्तित्व खतरामा पर्ने भएको छ ।मौलिक पहिचान बोकेको र अलौकिक शक्तिसमेत रहेको भनिएको नदीको संरक्षण हुन नसक्दा यसको महत्व गुम्ने खतरा बढेको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् । वरूण नदीबाट १३२ मेगावाटको...

वैशाख ४ मा भूउपग्रह प्रक्षेपण गरिने

२०७५-११-२० सोमबार
ललितपुर / नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले आउँदो वैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक निर्माण गरेको नेपालीस्याट–१ नामक भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो । यही फागुन ३ गते विश्वविद्यालयले पत्रकार सम्मेलन गरी वैशाखमा प्रक्षेपणको तयारी गर्ने भने पनि गते निश्चित गरिएको थिएन । “करीब...

फेसबुक र ट्वीइटर बन्द नगरिएको मन्त्रालयद्वारा स्पष्ट, गलत सूचना प्रवाह गर्ने व्यक्ति उपर कानूनी कारवाही

२०७५-११-१९ आइतबार
काठमाडौँ / सामाजिक सञ्जाल फेसबुक र ट्वीइटर बन्द गर्नेसम्बन्धी कुनै सूचना प्रकाशित नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह–सचिव एवं प्रवक्ता ऋषिराम तिवारीले आज एक विज्ञप्ति जारी गरी मन्त्रालय, सूचना विभागको नाम राखी फेसबुक र ट्वीइटरजस्ता सामाजिक सञ्जाल पूर्णरुपमा बन्द गरिनेजस्ता भ्रामक सूचना फेसबुकलगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पोष्ट गरी टिप्पणीसमेत गरिएको...

‘पठाओ’को सेवा नरोक्न सर्वोच्चको आदेश

२०७५-११-१४ मंगलबार
काठमाडौँ / सर्वाेच्च अदालतले यातायातको क्षेत्रमा निजी व्यवसाय सञ्चालन गरिरहेको ‘पठाओ’को सेवा रोक्न अस्वीकार गरेको छ । न्यायाधीश केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको संयुक्त इजलासले आज मोटरसाइकल र स्कुटरबाट निजी व्यवसाय सञ्चालन गरिरहेको पठाओको सेवा रोक्न अस्वीकार गरेको हो । निजी प्रयोजनमा प्रयोग हुने मोटरसाइकल र स्कुटरमा व्यवसाय चलाउन रोक लगाउन माग गर्दै श्यामकुमार श्रेष्ठले...

ताप्लेजुङका एक युवाले बनाए सिसी क्यामेरालाई चुनौती दिने प्रविधि

२०७५-११-१३ सोमबार
ताप्लेजुङ / ताप्लेजुङका एक युवाले सिसी क्यामेरालाई नै चुनौती दिने प्रविधिको विकास गरेका छन् । मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका पूर्णकुमार लम्वालिम्बूले ‘अटो सेक्युरिटी सिस्टम’ नाम दिएर तयार गरेको यो प्रविधिले सेन्सरका माध्यमबाट एकै साथ फोटो र भिडियो लिनाका साथै मोबाइलमा फोन जानेसम्मको काम गर्छ । घरको ढोका या कुनै प्रवेशद्वारमा जडान गरेर राख्न सकिने यो प्रविधिले...

इभान विलियम्सद्वारा ट्वीटर सञ्चालक समितिबाट राजीनामा

२०७५-११-१२ आइतबार
सानफ्रान्सिस्को / बहुचर्चित सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक तथा पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले ट्वीटरको सञ्चालक समितिबाट राजीनामा दिनुभएको छ । उहाँले आफु ‘अन्य काममा’ व्यस्त हुनुपरेको कारण देखाउँदै पदबाट राजिनामा दिएको बताउनुभएको छ । ‘अमेरिकी सेकुरिटी एण्ड एक्चेन्ज कमिसन’मा रहेको फाइल अनुसार उहाँको राजीनामा फेब्रुअरीको अन्त्यपछि कायान्वयनमा आउनेछ । उहाँले राजिनामाबारे प्रष्ट पार्दे लेख्नुभएको छ,...

एनसेल आक्रमण गर्नेलाई कारवाहीको दायरामा ल्याउन माग

२०७५-११-१२ आइतबार
रुपन्देही / नेपाली काङ्ग्रेसका नेता तथा प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले एनसेलका टावरमा आक्रमण गर्नेलाई कारवाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नुभएको छ । प्रेस युनियनले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा उहाँले एनसेलका टावरमा विष्फोट हुनुले लगानीकर्ता त्रसित भएको हुँदा सरकारले तत्काल कारवाही गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय मुलुकको शान्ति सुरक्षामा...

ललितपुरस्थित नख्खु स्थित एनसेल टावरमा बम विष्फोट

२०७५-११-१० शुक्रबार
काठमाडौँ / ललितपुरस्थित नख्खुमा रहेको एनसेलको टावरमा बम विष्फोट भएको छ । नख्खु चोक नजिकको एनसेल टावरमा आज साँझ ७ः५५ बजे अज्ञात समूहले बम विष्फोट गराएको हो । बम विष्फोटमा तीनजना घाइते भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । घाइते प्रतिक्षा खड्काको अल्का अस्पताल, आयुषा मानन्धरको मेडिसिटी अस्पताल र सिंहप्रसाद गुरुङको बिएण्डबी अस्पतालमा उपचार...

एनसेल टावरमा आगजनी

२०७५-११-१० शुक्रबार
बलेवा / बागलुङका विभिन्न ठाउँमा रहेका दूरसञ्चार कम्पनी एनसेलका टावरमा बिहीबार राति अज्ञात समूहले आगजनी गरेको छ । बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आक्रमण गरिएको हो । आगजनीबाट टावरमा भएको क्षतिको विषयमा पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । टावरमा कसले के प्रयोजनका लागि आगजनीी गरेको...

‘सूचना प्रविधिसम्बन्धी विधेयक, २०७५’ प्रस्तुत : फेसबुक तथा अन्य सामाजिक सञ्जाल नेपालभित्र सञ्चालन गर्न दर्ता हुनुपर्ने

२०७५-११-८ बुधबार
काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकमा ‘सूचना प्रविधिसम्बन्धी विधेयक, २०७५’ प्रस्तुत भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त विधेयक प्रस्तुत गर्नुभएको हो । विधेयक प्रस्तुत गर्दै उहाँले सरकारले सामाजिक सञ्जाललाई थप व्यवस्थित र समायनुकूल बनाउन खोजिएको स्पष्ट पार्नुभयो । मन्त्री बाँस्कोटाले डिजिटल नेपाल बनाउने अभियानमा सरकार अगाडि बढेको सन्दर्भमा साइबर सुरक्षाका विषयलाई ध्यानमा राखी...

एक सातादेखि टेलिफोन अवरुद्ध

२०७५-११-५ आइतबार
मार्तडी / सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा लगातार आएको अविरल वर्षासँगै हिमपात र चट्याङका कारण एक सातादेखि सात स्थानीय तहमा टेलिफोन सेवा अवरुद्ध भएको छ । सुदूरपश्चिम प्रदेशमा रहेको बाजुराको उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाको टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम जिल्ला शाखा बाजुराले जनाएको छ । यस्तै...