भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गर्न माग

२०७५-१-६ विहिबार
भक्तपुर / विश्वसम्पदा दिवसका अवसरमा भक्तपुर नगरपालिकाले भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गर्न सरकारसँग माग गरेको छ । भक्तपुर नगरपालिकाले आज आयोजना गरेको कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गराउने विषयमा धेरै पटक अध्ययन र सिफारिश भइसकेको जानकारी दिनुभयो । नेपाल सरकारको नवौँ पञ्चवर्षीय योजना एवं अन्तरिम...

हलेसीगढी उत्खनन गर्न पुरातत्व विभागसमक्ष आग्रह

२०७५-१-६ विहिबार
खोटाङ / हलेसी तुवाचुङ नगरपालिकाले करीब ३५० वर्ष पुरानो गढी उत्खनन गर्न पहल थालिएको छ । हलेसी क्षेत्रमा राजकीय जग बसाएका होलैसुङको नामबाट चिनिने गढीको अस्तित्व र संरचनालाई संरक्षण गर्दै त्यसको ऐतिहासिक महत्वलाई उजागर गर्न वडा नं ५ दुर्छिमस्थित हलेसीगढी उत्खननका लागि नगरपालिकाले पुरातत्व विभागलाई आग्रह गरेको छ । ऐतिहासिक गढीको संरक्षण र संवद्र्धन गर्दै...

बेलायतबाट आदिम थलो खोज्दै क्होलासोंथर

२०७५-१-६ विहिबार
लमजुङ / बेलायतबाट आएको एक टोली गुरुङ जातिको आदिम तथा ऐतिहासिक थलो क्होलासोंथर पुगेका छन् । तमु धीं युकेको नेतृत्वमा हाल बेलायतमा रहेका ४७ जनाको समूह बुधबार लमजुङको क्होलासोँथर पुगेको हो । क्होलासोंथरको ऐतिहासिक पहिचान खोज्न र यसको यथार्थ जानकारीका लागि क्व्होलासोंथरको अध्ययन भ्रमण गरिएको तमु धीं युकेका अध्यक्ष ज्ञाम गुरुङले बताउनुभयो । यस भ्रमणले...

‘ओरेन्ज सिटी’ बन्दै पुर्बी पहाडी जिल्ला धनकुटा (११ तस्विरहरू )

२०७५-१-४ मंगलबार
धनकुटा । सुन्तलाको राजधानीका रुपमा परिचित प्रदेश नम्बर १ को पुर्बी पहाडी जिल्ला धनुकटा बजार क्षेत्रका माथिल्लो कोप्चे र तल्लो कोप्चेमा रहेका घरहरुमा मौलिक पहिचान कायम गर्न सुन्तला कलरको रङहरु पोतिएका छन । नगरपालिकाको वडा नम्बर ५ का घरहरुलाई मौलिक बनाउने उद्धेश्यका साथ सुन्तले (ओरेन्ज) रङ लगाएको छ भने धनकुटाको टुँडिखेलमा समेत सुन्तले रङ पोतिएको...

प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध

२०७५-१-३ सोमबार
चितवन / चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका छ वटा गिद्ध प्रकृतिमा छाड्नका लागि नवलपरासीको कावासोती नगरपालिकाअन्तर्गत नमूना मध्यवर्ती सामुदायिक वनमा रहेको जटायु रेष्टुरेण्टमा लगिएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार गतवर्ष कोरलिएका चारवटा बच्चा र एक जोडी माउ गिद्ध जटायु रेष्टुरेण्ट पठाइएको थियो । यसअघि गत वर्ष प्रजनन केन्द्रमा हुर्काइएका छ...

नयाँ वर्षमा दोब्बर पर्यटक

२०७५-१-३ सोमबार
चितवन / नयाँ वर्ष लागेसँगै जिल्लाको पर्यटन व्यवसायमा शुभ संकेत देखिएको छ । यस पटक नयाँ वर्षमा विगतभन्दा दोब्बर बढी पर्यटक सौराहा भित्रिएका छन् । “नयाँ वर्षमा उल्लेख्य पर्यटक आएका छन्, आगामी दिनमा पर्यटकको आगमन राम्रै हुने छ,” क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले भन्नुभयो । उहाँका अनुसार २०७५ सालमा २० प्रतिशत पर्यटक बढ्ने...

गुराँस उत्सवमा रमाए पर्यटक

२०७५-१-३ सोमबार
बागलुङ / यहाँका प्रकृतिप्रेमी पर्यटकले नयाँ वर्ष–२०७५ लाई घुम्टेको लेकबाट स्वागत गरेका छन् । घुम्टेमा आयोजित ‘गुराँस उत्सव’ अवलोकनमा पुगेका आन्तरिक पर्यटकले नयाँ वर्ष पनि सँगै मनाए । तीन हजार १२० मिटरको उचाइमा अवस्थित घुम्टे चढ्न पर्यटकले चार घण्टाको पदयात्रा तय गरेका थिए । चैत ३० र नयाँ वर्षको दिन चलेको गुराँस उत्सव गलकोट घुम्टे...

पर्यटन विकासका लागि सरकारलाई १६५ सुझाव

२०७५-१-२ आइतबार
काठमाडौँ / पर्यटन क्षेत्रको समग्र विकास, प्रवद्र्धन तथा आगामी रणनीतिका लागि नेकपा (एमाले) पर्यटन प्रवद्र्धन विभाग र नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले सरकारलाई आफ्ना मागसहित सुझाव पेश गरेको छ । विभागका इन्चार्ज सूर्य थापाको नेतृत्वमा गएको टोलीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई भेटी सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नका...

‘ध्रुवे’ हात्तीको अनौठो प्रेम !

२०७५-१-२ आइतबार
चितवन / मानिसमा जस्तै विपरीत लिङ्गीप्रतिको आकर्षण वा प्रेम जंगली हात्तीमा पनि हुन्छ भन्ने कुरालाई पाँच वर्षअघि निकै चर्चामा आएको धु्रवे हात्तीले देखाएको छ । पाँच वर्षअघि नेपाल र भारतका विभिन्न क्षेत्रमा १५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्ती अहिले सुखीभार पोष्ट आसपासमा देखिन थालेपछि त्यहाँ कार्यरत कर्मचारी, सेना त्रसित बनेका छन् । चितवन राष्ट्रिय निकुञ्जको मुख्य...

पर्यटकहरूकाे गन्तब्य गाेरखाकाे मनाेकामनामा लुटकाे धन्दा

२०७५-१-२ आइतबार
गोरखा ।  मनदेखिको आस्थाले पूजाआजा एवं दर्शनका लागि लाखौँ मानिस ओइरिने मन्दिर क्षेत्रलाई लुटी खाने भाँडो बनाएको देख्दा जोसुकैलाई नरमाइलो लाग्छ । गोरखास्थित प्रसिद्ध मनकामना मन्दिरमा यस्तै भइरहेको स्थानीय भक्तजनको गुनासो छ । सँधियारले मन्दिरको जग्गासमेत मिचेका छन् । मनकामना क्षेत्रको विकास निर्माण एवं व्यवस्थापनका लागि विसं २०५३ मा मनकामना क्षेत्र विकास समिति गठन भयो ।...

बूढीगंगामा व्याववसायिक जलयात्रा सञ्चालन

२०७५-१-२ आइतबार
अछाम / अछामको बूढीगंगा नदीमा औपचारिक रुपमा जलयात्र शुरु गरिएको छ । मष्टो आउटडोर कम्पनी काठमाडौँले साँफेदेखि धार्मिक पर्यटकीयस्थल चित्रेको जिमराडीसम्म बूढीगंगा नदीमा जलयात्रा शुरु गरेको हो । उक्त कम्पनीकै आयोजनामा एक वर्षअघि बूढीगंगा नदीको साँफेदेखि चित्रेसम्म परीक्षणको रुपमा जलयात्राको सम्भाव्यता अध्ययन सफल भएकाकाले नयाँ वर्षको अवसर पारी विधिवत् रुपमा जलयात्रा शुरु गरिएको कम्पनीका अध्यक्ष रमेश...

गुराँसको राजधानीमा पर्यटकको ओईरो ( ३० तस्विरहरू )

२०७५-१-२ आइतबार
गुराँसको राजधानीका रुपमा परिचित (टिएमजे) तिनजुरे, मिल्के र जलजले क्षेत्रमा नयाँ बर्षको आगमन सँगै पर्यटकहरुको घुईँचो लागेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरु दैनिक सयौँको संख्यामा त्याँहा पुग्न थालेका छन । प्रदेश नम्बर १ का संखुवासभा,ताप्लेजुङ र तेह्थुमको संगमस्थलका रुपमा रहेको सो क्षेत्रका बसन्तपुरदेखि टुटेदेउराली, घुर्मिसे, पाथिभरा, तीनजुरे, पाँचपोखरी, चौकी, मंगलबारे, गुफा लगायतका क्षेत्रमा बिशेषगरी...

पर्यटकीय गन्तब्य बन्दै छथरको शहिद पार्क 

२०७५-१-१ शनिबार
तेह्रथुम । जिल्लाको पश्चिमी क्षेत्रमा अन्तरगत छथर सुक्रबारे बजार नजिकै रहेको शहिद पार्क पर्यटकीय गन्तब्य बन्दै गएको छ । चारैतिर गुराँसे बनको काखमा रहेको पार्क पछिल्लो समय पर्यटकीय गन्तब्यको रुपमा परिचीत बन्न थालेको हो । छथरकै एक मात्र पार्क रुपमा निमार्ण भए सँगै पर्यटकहरुको आर्कषणको केन्द्रको रुपमा परिचीत बन्न थालेको पार्क निमार्ण समितीका अध्यक्ष धाम...

नयाँ वर्षमा टिएमजेमा घुइँचो

२०७५-१-१ शनिबार
तेह्रथुम / गुराँसका राजधानीका रुपमा चिनिएका तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा नयाँ वर्षको दिन आज पर्यटकको घुइँचो लागेको छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलका रुपमा रहेका टिएमजे क्षेत्रमा नयाँ वर्ष मनाउन आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुगेका छन् । यो क्षेत्रको वसन्तपुरदेखि माथि टुटेदेउराली, घुर्मिसे, पाथीभरा, तीनजुरे डाँडा, पाँचपोखरी, चौकी, मंगलबार र गुफाबजार क्षेत्रमा पर्यटकको...

पोखरामा आन्तरिक पर्यटकको लर्को

२०७५-१-१ शनिबार
नयाँ वर्ष २०७५ का अवसरमा यतिखेर पर्यटकीय नगरी पोखरा पर्यटकले भरिभराउ भएको छ । माछापुच्छ«े, अन्नपूर्णजस्ता हिमाली दृश्यावलोकनसहितका लागि प्रत्येक नयाँ वर्षका अवसरमा देशका विभिन्न भूभागबाट पर्यटक आउने भएकाले होटल खचाखच भरिने गरेको छ । नयाँ वर्षको आगमनपूर्व नै पोखराका अधिकांश पर्यटकले अग्रीम रुपमा होटेल बुकिङ गर्ने गरेको पोखराका पर्यटन व्यवसायी बताउँछन् । “नयाँ वर्षका...

नयाँ वर्षको अवसरमा ‘नारायणगढ फुड फेस्टिबल’

२०७४-१२-३० शुक्रबार
चितवन / नयाँ वर्षको अवसर पारेर चितवनमा पहिलो पटक ‘नारायणगढ फुड फेस्टिबल’ आयोजना गरिएको छ । नारायणगढको क्याम्पाचौरमा बिहीबारदेखि शुरु भएको फुड फेस्टिबल (खाना महोत्सव) आगामी वैशाख ३ गतेसम्म जारी रहने महोत्सव संयोजक ज्ञानेन्द्रमान शाक्यले जानकारी दिनुभयो । अंग्रेजी नयाँ वर्ष व्यापक रुपमा मनाइने तर विक्रम संवत्को नयाँ वर्ष मनाउने क्रम हराउँदै गएको सन्दर्भमा नेपाली नयाँ...

यि हुन् नयाँ बर्षमा पुग्नैपर्ने पूर्वका उत्कृष्ट ६ गन्तव्य

२०७४-१२-३० शुक्रबार
पुरानाे बर्ष २०७३ ले बिदा माग्दै गर्दा सबैकाे मनमा अब अाउने नयाँ बर्ष कसरी मनाउने भनेर खुलदुली बढने गर्छ । काेहि अाश्रममा रहेका बृद्धाहरूलार्य खाना खुवाउने , काेही केही ब्यवसाय सुरू गर्ने र काेही घुम्न जाने याेजना बनाउन ब्यस्त देखिन्छन ।त्यसैपनि नयाँ बर्ष घुम्न डुल्न र परिवारसंग रमाइलाे बाताबरणमा समय बिताउन कसलार्इ पाे रहर हुदैन...

पदयात्रानयाँ पर्यटकीय गन्तव्य पहिल्याउन पूर्वको पदयात्रा

२०७४-१२-३० शुक्रबार
तेह्रथुम / प्रदेश नं १ का आकर्षक पर्यटकीय क्षेत्र भएर नयाँ पर्यटकीय मार्गको पहिचान र प्रचारका लागि पदयात्रा शुरु भएको छ । पूर्वका सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पाँचथर र इलामका आकर्षक गन्तव्य छोएर नयाँ पर्यटकीय मार्गको विकास र प्रचारका लागि ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले साताव्यापी पदयात्रा थालेको हो । मंगलबार काठमाडौँबाट हिँडेको टोलीले बुधबार...

नयाँ पर्यटकीय गन्तव्य पहिल्याउन पूर्वको पदयात्रा

२०७४-१२-३० शुक्रबार
तेह्रथुम / प्रदेश नं १ का आकर्षक पर्यटकीय क्षेत्र भएर नयाँ पर्यटकीय मार्गको पहिचान र प्रचारका लागि पदयात्रा शुरु भएको छ । पूर्वका सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पाँचथर र इलामका आकर्षक गन्तव्य छोएर नयाँ पर्यटकीय मार्गको विकास र प्रचारका लागि ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले साताव्यापी पदयात्रा थालेको हो । मंगलबार काठमाडौँबाट हिँडेको टोलीले बुधबार...

बुधबारदेखि अर्ना गणना हुँदै : आरक्षमा अर्ना संख्या बढ्ने अनुमान

२०७४-१२-२७ मंगलबार
 मिकाइल आलम इनरुवा । कोशी टप्पु वन्यजन्तु आरक्षले बुधबारदेखि आरक्षमा अर्ना गणना गर्ने तयारी गरेको छ । प्रत्येक दुई वर्षमा आरक्षले गरिदै आएको अर्ना गणना यो वर्ष तीनदिन चैत २८ देखि ३० गतेसम्म गर्ने गणनाको सबै तयारी पुरा भएको आरक्षले जनाएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहका अनुसार दूरी र...

तिनजुरे–गुफा–पाथीभरा सर्किट पदयात्रा हुँदै

२०७४-१२-२५ आइतबार
ताप्लेजुङ / ताप्लेजुङ सरोकार केन्द्रले तिनजुरे–गुफा–पाथीभरा सर्किट पदयात्रा गर्ने भएको छ । ताप्लेजुङ क्षेत्रको प्राकृतिक, सांस्कृतिक तथा धार्मिक सम्पदाको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले पदयात्रा गर्न लागिएको पदयात्राका सचिव सन्तोष मादेनले बताउनुभयो । “तिनजुरे क्षेत्रमा पाइने २८ प्रजातिका गुराँसको प्रचार गरी आन्तरिक तथा बाह्य पर्यटनको विकासमा सहयोग गर्नु प्रमुख उद्देश्य हो”, मादेनले भन्नुभयो । विश्वमा जम्मा ३२...

पूर्वको नयाँ पर्यटकीय गन्तब्य बन्दै ट्रि हाउस (तस्विरहरू सहित)

२०७४-१२-२४ शनिबार
धरान । सुनसरीको धरान लाहुरेहरुको शहर मात्र नभएर पर्यटकीय सम्भावनायुत्त शहर पनि हो । दर्जनौ पर्यटकीय सम्भावनका बिच शुभगनतब्य प्रा.लि.द्धारा सञ्चालित ट्रि हाउस नयाँ गनतब्य बनेको छ । नेपालमै पहिलोपटक सुनसरीको धरान १३ का रुखहरुमा रुख घर निर्माण गरी दृश्यावलोकन गर्दै बिभिन्न स्वादका परिकारहरु खान्का लागी सो स्थान उपयुत्त गनतब्य स्थानका रुपमा परिचित भएको छ...

निकुञ्जमा ‘रात्रि गस्ती’ परिचालन

२०७४-१२-२३ शुक्रबार
चितवन । चितवन राष्ट्रिय निकुञ्जले राति वन्यजन्तुमाथि हुनसक्ने सुरक्षा खतरा रोक्न ‘रात्रि गस्ती’ टोली परिचालन गरेको छ । निकुञ्जको मध्यवर्ती क्षेत्र र आसपासका अन्य स्थानमा रात्रि गस्ती थालिएको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिनुभयो । मुख्यगरी राति वन्यजन्तु तस्करको खतरा हुने भएकाले वन्यजन्तुको सुरक्षाका लागि नेपाली सेना, स्थानीय समुदाय र वन्यजन्तु प्रविधिज्ञसहितको टोलीलाई...

यसवर्ष खुम्बु आउने पर्यटकको संख्यामा वृद्धि

२०७४-१२-२३ शुक्रबार
सोलुखुम्बु / फागुन महिनामा तीन हजारभन्दा बढी पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । सुन्दर पर्यटकीयस्थलका रुपमा रहेको सोलुखुम्बुको खुम्बु क्षेत्रमा गत फागुनमा तीन हजार २४४ जना विभिन्न मुलुकका पर्यटकले भ्रमण गरेका हुन् । सबैभन्दा बढी बेलायतका ३५४ जना पर्यटकले खुम्बु भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्ज, जोरसल्ले पोष्टका प्रमुख मिश्रकाजी तामाङले जानकारी दिनुभयो । अमेरिकाबाट ३७८,...

गुराँसकाे राजधानीमै कम फुल्यो गुराँस , पर्यटकमा देखियो निराशा

२०७४-१२-२२ विहिबार
तेह्रथुम । गुराँसको राजधानी भनेर चिनिने पूर्वी नेपालकै चर्चित पर्यटकीय गन्तव्य तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा आधा चैत बित्न लाग्दा पनि यस वर्ष पर्याप्त गुराँस फुलेको छैन । गुराँस हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने बेला कम मात्रै गुराँस फुल्दा पर्यटक निराश बन्न थालेका छन् । माघ अन्तिम साताबाटै फुल्न थाल्ने गुराँस यो...

वैशाखदेखि रारामा फ्रि वाइफाई

२०७४-१२-२२ विहिबार
सुर्खेत / कर्णाली प्रदेश सरकारले नेपालकै सबैभन्दा ठूलो ताल रारामा आउँदो वैशाख १ गतेदेखि फ्रि वाइफाइ सेवा सञ्चालन गर्ने भएको छ । रारा कर्णाली पर्यटन वर्ष—२०७५को शुभारम्भ कार्यक्रमसँगै रारामा घुम्न जाने पर्यटकका लागि आगामी वैशाख १ गतेदेखि फ्रि वाइफाइको सेवा जडान गर्न लागिएको हो । सरकारले रारा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै रारा ताल...

मनमोहक शुक्लाफाँटा निकुञ्ज : थोरै क्षेत्रफलमा धेरै बाघ

२०७४-१२-२२ विहिबार
भीमदत्तनगर / अहिले वसन्त ऋतुको याम छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको विशाल घाँसे मैदानको पश्चिमतर्फ सूर्यास्तको मनोरम दृश्यसँगै बाह्रसिङ्गेको झुण्ड सहजै देख्न पाइन्छ । पचपन्न वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो मुलुककै ठूलो घाँसे मैदान हो । घाँसे मैदानको वरपर पलाँसका रुख यतिबेला पहेँलपुर भएका छन् । पलाँसको फूलले शुक्लाफाँटा निकुञ्ज घुम्न आउने जोकोहीलाई पनि मन्त्रमुग्ध पार्छ ।...

पर्यटक लोभ्याउँदै कुडुले घर

२०७४-१२-२१ बुधबार
पाल्पा /  पाल्पा जिल्लाको निस्दी गाउँपालिका–३, खादरमा परम्परागत कुडुले घर पर्यटकको मन लोभ्याउन सफल छ । खरका छाना, एउटा ढोका, एक तलाको घुमारा घर हेर्दा निकै आकर्षित देखिन्छ । दश–पन्ध्र वटा परम्परागत कुडुले घर खादर आसपासका क्षेत्रमा देखिन्छन् । आवासका लागि नयाँ बनाउनेले कुडुले घर भने बनाउँदैनन् । कुडुले घर बनाउन कच्चापदार्थको अभाव र छानो हाल्न...

थाइल्याण्डका मन्त्रीसंग सुनसरीका पत्रकार ः बुद्ध नेपालमै जन्मेका हुन प्रमाणित गर्नै पर्दैन

२०७४-१२-२० मंगलबार
इटहरी । भगवान बुद्धको जन्म स्थान र देशको विषयमा बिश्वमा भ्रम फैल्याई रहदाँ बुद्ध धर्मको बाहुल्यता रहेको थाईल्याण्डका पर्यटन तथा खेलकुद मन्त्री विरसाक कोवसुरट भने बुद्ध नेपालमा जन्मेको बिषयमा जानकार रहेको बताएका छन् । एभिन्युज टेलिभिजनको पुर्वाञ्चल ब्युरो प्रमुख सचिन पोख्रेलको नेतृत्वमा थाईल्याण्ड गएको एभिन्युजकर्मीको टोलीले राजधानी बैकंक स्थित पर्यटन मन्त्रालयमा मन्त्री कोवसुरट संग भेटघाट...

ढोरपाटन र आसपासका क्षेत्रको पर्यटकीय सम्भावना उजागर गरिने

२०७४-१२-१९ सोमबार
बागलुङ / पर्यटकीय रुपमा लामो समयदेखि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा परिचित भएर पनि विकासका दृष्टिले ढोरपाटन र आसपासका क्षेत्र ओझेलमा परिरहेको आज बुर्तिवाङमा आयोजित एक अन्तरक्रियामा जोड दिइएको छ । नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजनामा बुर्तिवाङमा भएको अन्तरक्रियामा शिकार आरक्षका रुपमा लामो समयदेखि परिचित यस क्षेत्रको विकास अपेक्षित रुपमा...

शिकारमा रमाउँदै विदेशी

२०७४-१२-१९ सोमबार
बागलुङ / ढोरपाटन शिकार आरक्षमा यो वर्षको दोस्रो शिकार याम चलिरहेको छ । महँगो खर्चमा विदेशी आरक्षका विभिन्न शिकार ‘ब्लक’मा पर्यटक शिकार गरिरहेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले १० नाउर र ६ झारल शिकारको अनुमति दिएको छ । शिकारका लागि पहिलो टोली यही चैत ५ गते आरक्ष पुगेको थियो । आउँदो वैशाख १७...

बेपत्ता भएका दुई विदेशी पर्यटक पदमार्गबाट खसेको अवस्थामा भेटिए

२०७४-१२-१८ आइतबार
पर्वत / पदयात्रा(ट्रेकिङ)का लागि धौलागिरि पदमार्गमा जाँदा बेपत्ता भएका दुई विदेशी नागरिक फेला परेका छन् । हिमालपारिको जिल्ला मुस्ताङको पर्यटकीय गाउँ मार्फाको पश्चिमतर्फ धौलागिरि बेस क्याम्प जाने पदमार्गबाट शुक्रबार रातिदेखि बेपत्ता भएका चेक गणतन्त्रका दुई नागरिक शनिबार साँझ भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले जानकारी दिनुभयो । उनीहरुलाई मार्फाभन्दा दुई किलोमिटर माथिको...

तिलोत्तमाको वनवाटिकामा भ्यू टावर बन्ने

२०७४-१२-१६ शुक्रबार
बुटवल / रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा धरहरापछिको अग्लो भ्यू टावर बन्ने भएको छ । तिलोत्तमा नगरपालिका र शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रको रु १३ करोड ५८ लाखको संयुक्त लगानीमा १० तलाको भ्यू टावर बन्न लागेको हो । टावर १३३ फिट अग्लो र भुइँतला तीन हजार ५९५...

कोशी कटान क्षेत्रमा माछा मारेरै जीविकोपार्जन गर्दै स्थानीयहरू

२०७४-१२-१५ विहिबार
 इनरुवा । सामान्यतया दिनभर माछा मारेर जीविकोपार्जन गर्नै गरेको सबैले सुनेको कुरा हो तर सुनसरीको भणटावारी, हरिपुर, श्रीपुर, पश्चिम कुशहा क्षेत्रका स्थानीयहरु रातीको समयमा माछा मारेर जीविकोपार्जन गरिरहेको पाइएको छ । उनीहरुले मारेको माछाको बजार पनि खोजिरहनु पर्नै झनझट छैन ।राजमार्गमा भेटिने यात्रुहरूले नै उनिहरूकाे माछा खरिद गरिदिने गरेका छन । कोशीको माछा भन्दै प्रति...

पोर्चुगलमा नेपाली महोत्सव हुने

२०७४-१२-१३ मंगलबार
लिस्बन / युरोपेली मुलुक पोर्चुगलमा नेपाली महोत्सव हुने भएको छ । नेपाली नयाँ वर्ष २०७५ को अवसर पारेर गैरआवासीय नेपाली संघ, पोर्चुगलको आयोजनामा पहिलोपटक पोर्चुगलमा नेपाली महोत्सव हुने भएको हो । राजधानी लिस्बनस्थित मार्तिम मुनिज पार्कमा संघले यहीे १५ अप्रिलमा नेपाली महोत्सव गर्न लागेको हो । प्रवासमा नेपाली कला र लोक संस्कृतिको संरक्षण, संवद्र्धन, प्रवद्र्धन...

पर्यटकको पर्खाइमा काहुँ धरहरा

२०७४-१२-११ आइतबार
पोखरा / पर्यटकीय नगरीका रूपमा ख्याति कमाएको पोखरा शहर र यहाँस्थित फेवातालसहित सेताम्य टल्कने हिमालको एक साथ अवलोकन गर्न सकिने स्थल हो काहुँ धरहरा । पोखराका समान उचाइका उस्तै दृश्य देखिने सराङकोट, विश्वशान्ति स्तुप जस्ता स्थानमा पर्यटकको ओइरो लाग्ने गरे पनि रमणीय स्थल काहँु धरहरा अझै पनि पर्यटकको पर्खाइमा रहेको छ । २०२६ सालमा निर्मित काहुँ...

विश्वव्यापी साहसिक पर्वतीय सम्मेलन शुरु

२०७४-१२-९ शुक्रबार
काठमाडौँ । विश्वव्यापी साहसिक पर्वतीय सम्मेलन तथा प्रदर्शनी ‘ग्लोबल एडभेन्चर ः माउन्टेनरिङ कन्फ्रेन्स एण्ड एक्स्पो–२०१८’ आजदेखि काठमाडौँमा शुरु भएको छ । नेपालको साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको सहकार्यमा हाउस अफ राजकर्णीकार नामक संस्थाले अन्तर्राष्ट्रियस्तरको सम्मेलन आयोजना गरेको हो । सम्मेलनको आज यहाँ आयोजित एक कार्यक्रमबीच नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले...

पर्यटन विकासका लागि प्याराग्लाइडिङ तालीम केन्द्र स्थापना

२०७४-१२-५ सोमबार
उदयपुर / प्याराल्गाइडिङको माध्यमबाट १ नम्बर प्रदेशकै महत्वपूर्ण पर्यटकीयस्थल बनाउनका लागि उदयपुर जिल्लाको बेलका नगरपालिकाले बेलकाको रामपुर ठोक्सिलामा तत्कालै प्याराग्लाइडिङ तालीम प्रशिक्षण केन्द्र सञ्चालन गर्नका लागि तालीम केन्द्र तथा स्कूल स्थापना गरेको छ । बेलका नगरपालिकाले रु नौ लाखको लागतमा प्याराग्लाइडिङ प्रशिक्षण स्कूल भवनको निर्माण कार्य शुरु गरेको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताउनुभयो ।...

पर्यटन विकासका लागि उदयपुरमा प्याराग्लाइडिङ तालीम केन्द्र स्थापना

२०७४-१२-५ सोमबार
उदयपुर । प्याराल्गाइडिङको माध्यमबाट १ नम्बर प्रदेशकै महत्वपूर्ण पर्यटकीयस्थल बनाउनका लागि उदयपुर जिल्लाको बेलका नगरपालिकाले बेलकाको रामपुर ठोक्सिलामा तत्कालै प्याराग्लाइडिङ तालीम प्रशिक्षण केन्द्र सञ्चालन गर्नका लागि तालीम केन्द्र तथा स्कूल स्थापना गरेको छ । बेलका नगरपालिकाले रु नौ लाखको लागतमा प्याराग्लाइडिङ प्रशिक्षण स्कूल भवनको निर्माण कार्य शुरु गरेको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताउनुभयो ।...

भौतिक संरचनाको अभावमा पर्यटकीय क्षेत्र सिद्धगुफा ओझेलमा

२०७४-१२-५ सोमबार
पाल्पा । बगनासकाली गाउँपालिका–५, राम्दीस्थित कालीगण्डकी किनारमा रहेको सिद्धगुफा प्रचारप्रसार र भौतिक संरचनाको विकास हुन नसक्दा आकर्षक पर्यटकीय गन्तव्य भएरपनि ओझेलमा परेको छ । धार्मिक र ऐतिहासिक महत्व बोकेको यस गुफा ऋषिमुनिको तपस्या गर्ने स्थलका रुपमा परिचित रहिआएको छ । कालीगण्डकी नदीको किनारामा रहेको यस गुफा शान्त र रमणीय गुफाभित्र अखण्ड धुनी, अखण्डदीप, रुद्री भइरहन्छ भने,...